दुई बिघा जग्गा बेचेर श्रीमतीलाई हात्ती उपहार !

5 वर्ष पहिले प्रकाशित

(2077-06-08 B.S.)

6127 पटक देखिएको

असोज ८ 

पतिपत्नीले एक अर्काको इच्चा पूरा गर्नका लागि के सम्म गर्न सक्छन् ? कस्तोसम्म उपहार दिन सक्छन् ? यसको ठ्याक्कै उत्तर त कसैसँग पनि छैन । दुलाल चन्द्र रायले आफ्नी पत्नीको इच्छा पूरा गर्नका लागि जमिन बेचेर हात्ती किनिदिएका छन् । उनको यो तरिका चर्चाको विषय बनेको छ । 

बंगलादेशको लालमोनिरहाट पन्चग्राम निवासी दुलाल चन्द्र रायले आफ्नी श्रीमती तुलसी रानी दासका लागि हात्ती किन्न जमिन बेचेको हुन् । राय एक किसान हुन् । उनले आफ्नो दुई बिघा जमिन बेचे अनि मौलवी बजार गएर १६ लाख ५० हजार टाका(बंगलादेशी मुद्रा)मा हात्ती किने अनि २० हजार भाडा तिरेर ट्रकमा राखी घरमा ल्याए। 

रायकी पत्नी दासीले १ वर्षपहिले एक सपना देखेको पतिलाई बताएकी थिइन् । उनले सपनामा हात्ती किनेको र त्यसको रेखदेख गरिरहेका देखेकी थिइन् । उनले यसअघि पनि सपनामा जनावरहरू देख्दा पतिले त्यही जनावर किनेका थिए । केही वर्ष पहिले उनले सपनामा देखे अनुसार घोडा र बाख्रा किनिएको थियो । 
‘मैले जमिन बेचेँ र मेरी श्रीमतीको सपना पूरा गर्नका लागि हात्ती किनें’ दुलाल भन्छन् ।  

दुलाल चन्द्र रायले हात्तीको रेखदेखका लागि १५ हजार तलबमा माहुते पनि राखेका छन् । उनको घरमा हात्ती हेर्नलाई वरपरका गाउँहरुबाट समेत मान्छेहरु भीड लाग्ने गरेका छन् ।

हात्ती हेर्नका लागि आएकी उनकै गाउँकी सन्तोना रानीले भनिन्, ‘आफ्नी श्रीमतीको सपना पूरा गर्नका लागि हात्ती किन्ने मान्छे जीवनमा पहिलो पटक देखेको हुँ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

गौशालामा कानु–हलुवाई समाज गठन, १३ सदस्यीय समिति चयन

महोत्तरी, मंसिर ७ गते । महोत्तरीको गौशाला नगरपालिका–४ मा आज कानु–हलुवाई समाजको नयाँ समिति गठन गरिएको छ। वडा&..

12 दिन पहिले

महोत्तरीमा पत्नीको हत्या प्रकरण धारिलो हतियार प्रहार ग..

निरन्जन कुमार साह महोत्तरी, कात्तिक २९ गते । महोत्तरीको औरही नगरपालिका–६ मा शनिवार बैरिया बस्ने २५ वर्षीया कवि..

20 दिन पहिले

मौसम परिवर्तनसँगै स्वास्थ्य जोखिम बढ्दो, सचेत रहन डा. जा..

ममता शर्मा महोत्तरी, कार्तिक २३ गते ।  मौसम परिवर्तनसँगै महोत्तरी लगायत मधेशका विभिन्न क्षेत्रमा रुघाखोकी, सर्..

26 दिन पहिले

माओवादी केन्द्रले मधेश प्रदेश संसदीय दलको नेतामा भरत प्..

महोत्तरी, कात्तिक १७ गते ।नेकपा (माओवादी केन्द्र)ले मधेश प्रदेश सभामा आफ्नो संसदीय दलको नेताको जिम्मेवारी फेरि ए..

1 महीना पहिले

आयोजककै कब्जामा मुन्नी मिश्री भलिबलको उपाधि

  महोत्तरी, कार्तिक ९ गते । गौशालाको कान्तिबजारमा सम्पन्न तेश्रो मुन्नी मिश्री भलिबलको उपाधि आयोजकले सुरक्ष..

1 महीना पहिले

गौशालामा कानु–हलुवाई समाज गठन, १३ सदस्यीय समिति चयन

महोत्तरी, मंसिर ७ गते । महोत्तरीको गौशाला नगरपालिका–४ मा आज कानु–हलुवाई समाजको नयाँ समिति गठन गरिएको छ। वडा&..

12 दिन पहिले

मौसम परिवर्तनसँगै स्वास्थ्य जोखिम बढ्दो, सचेत रहन डा. जा..

ममता शर्मा महोत्तरी, कार्तिक २३ गते ।  मौसम परिवर्तनसँगै महोत्तरी लगायत मधेशका विभिन्न क्षेत्रमा रुघाखोकी, सर्..

26 दिन पहिले

माओवादी केन्द्रले मधेश प्रदेश संसदीय दलको नेतामा भरत प्..

महोत्तरी, कात्तिक १७ गते ।नेकपा (माओवादी केन्द्र)ले मधेश प्रदेश सभामा आफ्नो संसदीय दलको नेताको जिम्मेवारी फेरि ए..

1 महीना पहिले

बजारको फोहोरको आलोचना भएपछी महतो खुलासा गरे वास्तविक कु..

महोत्तरी, कार्तिक ९ गते ।महोत्तरीको गौशाला बजार फोहोर भएपछी जनसमुदायले गरेको आलोचनालाइ चिर्दै देव नारायण महतो..

1 महीना पहिले

छठ मनाउँदा मौसमको ख्याल गर्न अनुरोध

महोत्तरी, कार्तिक ८ गते । हिन्दू धर्मावलम्बीहरूको महान पर्व छठको अवसरमा मौसमविद्हरूले स्वास्थ्य र सुरक्षाप्रत..

1 महीना पहिले

महोत्तरीमा प्रदेशस्तरीय भलिवल प्रतियोगिता हुँदै

ममता शर्मामहोत्तरी, कार्तिक ६ गते । महोत्तरीको गौशालामा प्रदेशस्तरीय तेस्रो मुन्नी मिश्री स्मृति भलिवल प्रति..

1 महीना पहिले