इङ्ल्यान्डले दक्षिण अफ्रिकाविरुद्धको टि–ट्वान्टी सिरिज क्लिन स्विप गरे

6 वर्ष पहिले प्रकाशित

(2077-08-16 B.S.)

6278 पटक देखिएको

मंसिर १७ 

घरेलु टोली इङ्ल्यान्डले दक्षिण अफ्रिकाविरुद्धको टि–ट्वान्टी सिरिज क्लिन स्विप गरेको छ । यसअघिका दुई खेलमा सहज जित निकालेको इङ्ल्यान्डले अन्तिम खेलमा पनि जित निकाल्न सफल भएको छ । 

सिरिज अन्तर्गत मंगलबार राति भएको अन्तिम तथा तेस्रो खेलमा दक्षिण अफ्रिकालाई नौं विकेटले पराजित गर्दै घरेलु टोलीले सिरिज ३–० ले जितेको हो । 

न्युल्यान्ड क्रिकेट मैदानमा दक्षिण अफ्रिकाले जितका लागि दिएको १९२ रनको लक्ष्य इङ्ल्यान्डले १७ ओभर ४ बलमा मात्र एक विकेट गुमाएर १९२ रन बनाउन सफल भयो । 

इङ्ल्यान्डका लागि डेविड मलानले नट आउट ९९ रनको अर्धशतकीय पारी खेले । ४७ बल खेलेका उनले ११ चौका र ५ छक्काको सहयोगमा ९९ रनको योगदान गरे । 

त्यस्तै जोस बट्लरले पनि नट आउट अर्धशतकीय पारी खेले ४६ बल खेलेका उनले ३ चौका र ५ छक्काको सहयोगमा ६७ रन बनाउन सफल भए । 

बलिङतर्फ आरिच नोर्टेजले एक विकेट लिए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले २० ओभरमा ३ विकेट गुमाएर १९१ रन बनाएको थियो । 

दक्षिण अफ्रिकाका लागि रस्सी भान डेर डुसेनले अविजित रहदै ७४ रनको अर्धशतकीय पारी खेले । पाहुना टोलीका लागि फाप डु प्लेसिसले अविजित ५२ रनको अर्धशतकीय पारी खेले ।

बलिङतर्फ इङ्ल्यान्डका लागि बेन स्टोक्सले दुई विकेट लिए । त्यस्तै क्रिस जोर्डनले एक विकेट लिए । टि–ट्वान्टी सिरिजमा डेविड मलान प्लेअर अफ दी सिरिज चुनिए । एजेन्सी ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सोनमा–७ मा आधारभूत स्वास्थ्य सेवा केन्द्रसहित बर्थिङ्ग..

निरन्जन कुमार साह  महोत्तरी, साउन १। महोत्तरीको सोनमा गाउँपालिका–७, सुन्दरपुरमा आधारभूत स्वास्थ्य सेवा केन्..

23 दिन पहिले

कृषिमा आधारित सिकाइ तथा उद्यमशीलता अनुभव (SALEE-2026) दोस्रो चर..

भाग्यरेखा ठाकुर  महोत्तरी, असार ३२ गते । कृषि तथा वन विज्ञान विश्वविद्यालय (AFU) अन्तर्गत प्राकृतिक स्रोत व्यवस..

23 दिन पहिले

सम्सी गाउँपालिकाद्वारा १२ कोठे नयाँ विद्यालय भवन उद्घा..

महोत्तरी, असार २७ गते । सम्सी गाउँपालिकाले शिक्षा क्षेत्रको भौतिक पूर्वाधार विकासलाई प्राथमिकताका साथ अघि बढ..

28 दिन पहिले

गौशाला नगर प्रहरी पक्राउको विरोधमा भंगहा नगरपालिकाका क..

गौशाला, असार १९ । महोत्तरीको गौशाला नगरपालिकामा नियमित ड्युटीमा खटिएका आठ जना नगर प्रहरीलाई नेपाल प्रहरीले नियन..

1 महीना पहिले

गौशाला नगरपालिकाका कर्मचारीद्वारा नगर प्रहरीमाथिको दु..

महोत्तरी, असार १९ गते । महोत्तरीको गौशाला  नगरपालिकाका कर्मचारीहरूले नगर प्रहरीमाथि भएको दुर्व्यवहारको विर..

1 महीना पहिले

सोनमा–७ मा आधारभूत स्वास्थ्य सेवा केन्द्रसहित बर्थिङ्ग..

निरन्जन कुमार साह  महोत्तरी, साउन १। महोत्तरीको सोनमा गाउँपालिका–७, सुन्दरपुरमा आधारभूत स्वास्थ्य सेवा केन्..

23 दिन पहिले

सम्सी गाउँपालिकाद्वारा १२ कोठे नयाँ विद्यालय भवन उद्घा..

महोत्तरी, असार २७ गते । सम्सी गाउँपालिकाले शिक्षा क्षेत्रको भौतिक पूर्वाधार विकासलाई प्राथमिकताका साथ अघि बढ..

28 दिन पहिले

गौशाला नगर प्रहरी पक्राउको विरोधमा भंगहा नगरपालिकाका क..

गौशाला, असार १९ । महोत्तरीको गौशाला नगरपालिकामा नियमित ड्युटीमा खटिएका आठ जना नगर प्रहरीलाई नेपाल प्रहरीले नियन..

1 महीना पहिले

सम्सी गाउँपालिकाद्वारा ७१ करोड ६७ लाख ९५ हजार रुपैयाँको ..

गौशाला, असार ९ गते । महोत्तरीको सम्सी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ७१ करोड ६७ लाख ९५ हजार रुपैय..

2 महीना पहिले

संसदीय समितलाई प्रभावकारी बनाउन जनता र सरोकारवालाको भू..

काठमाडौँ, जेठ २५ गते । संसदको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति डा ओजस्वी शेरचनले समितिको काम का..

2 महीना पहिले

भानुभक्त स्कुलले ल्यायो एसईई परीक्षा २०८२ मा उत्कृष्ट न..

महोत्तरी, बैशाख २९ गते । महोत्तरी जिल्लाको गौशाला नगरपालिका–१ रामनगरस्थित भानुभक्त मेमोरियल सेकेन्डरी इङ्ग..

3 महीना पहिले