सार्वजनिक भएको २४ घण्टा नबित्दै लोकदोहोरी गीत ‘फुटेका चुरा’ले बजारमा तहल्का मच्चाउँदै

5 वर्ष पहिले प्रकाशित

(2077-08-16 B.S.)

7606 पटक देखिएको

मंसिर १७ 

सार्वजनिक भएको २४ घण्टा नबित्दै लोकदोहोरी गीत ‘फुटेका चुरा’को म्यूजिक भिडियो युट्युब ट्रेन्डिङको नं आठमा उक्लेको छ ।सोमबार साँझ सार्वजनिक उक्त गीतको ‘भ्यूज’ साढे तीन लाख नाघिसकेको छ । गायक प्रकाश सपुत र गायिका अनिता चलाउनेको स्वर रहेको गीतको म्यूजिक भिडियोमा गायक सपुतसँगै कलाकार नम्रता श्रेष्ठ, कविता नेपाली, गायिका चलाउने र नीरज पन्थीको अभिनय छ ।

गीतमा गायक सपुतकै शब्द र सङ्गीत छ । भिडियोको निर्देशन पनि सपुत आफैँले गर्नुभएको छ ।

गायक सपुतको आफ्नै युट्युब च्यानलबाट सार्वजनिक गीतमा चार हजारभन्दा बढीले प्रतिक्रिया दिएका छन् भने ३४ हजारले ‘लाइक’ गरेका छन् ।

कुनै एक देशको रानी युद्धकला र नाचगानमा पोख्त दरबारको सिपाहीसँग आकर्षित भएको प्रसङ्गबाट गीतको उठान हुन्छ । भिडियो निर्माण पक्ष पनि उत्कृष्ट छ ।

गीतमा प्रयुक्त तुक्कालाई बीचबीचमा काव्य वाचनको शैलीमा गरिएको प्रस्तुती रुचिकर लाग्छ । कुनै पुरुष पात्रले छोरीलाई कथा सुनाएर शुरु भएको गीत कथामै अन्त्य हुन्छ ।

दरबारको साङ्गीतिक समारोहमा नाचिरहेका सिपाहीलाई रानीले धनुषले ताकेर तीर हान्छिन् । सिपाही घाइते बनी डबलीमा ढल्न पुग्छन् ।

आफ्नो मनमा सिपाहीले नजरको जुठो हालेको भन्दै रानीले वाण हानेको बताउँछिन् । मन्त्रीलाई बोलाएर उपचारका लागि वैद्यलाई देखाउन आदेश दिन्छिन् ।

घाइते सिपाही मरे शहीद बन्ने र बाँचे राजा बन्ने घोषणा गर्छिन् । गीत यत्तिकैमा सकिन्छ । त्यसपछिको कथालाई अर्को गीतमा जोड्ने गायक सपुतले बताउनुभयो ।

“गीतको परिकल्पनादेखि दृश्य निर्माणमा केही नयाँपन दिन खोजिएको छ”, गायक सपुतले भन्नुभयो, “राम्रो प्रतिक्रिया आइरहेको छ, दर्शक/श्रोताले रुचाइदिनुभएको छ, हामी उत्साहित छौँ ।” गायक सपुतले गायिका चलाउनेसँग पहिलोपटक सहकार्य गर्नुभएको हो ।

बागलुङको काठेखोला गाउँपालिका–३ धम्जामा जन्मनुभएका गायक सपुतको गत तीजमा सार्वजनिक गीत ‘बदला बरीलै’ पनि युट्युब ट्रेन्डिङको शीर्ष स्थानमा उक्लेको थियो । त्यसअघि उहाँका ‘बोल माया’, ‘गलबन्दी’लगायतका गीत पनि सर्वाधिक सफल रहे ।

गत वर्ष सार्वजनिक लोकदोहोरी गीत ‘गलबन्दी’ युट्युबमा अहिलेसम्म चार करोडभन्दा बढी पटक हेरिएको छ । सपुत गायनसँगै अभिनय, लेखन र निर्देशनमा समेत उत्तिकै पोख्त हुनुहुन्छ ।

गायक सपुत चलचित्र प्रदेशी–२ मा नायकका रूपमा देखिदै हुनुहुन्छ । चलचित्रको अहिले छायाङ्कन भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

दिपावली सुरक्षित रूपमा मनाउन नगर प्रमुख डा. महतोको आग्रह

ममता शर्मा महोत्तरी, कार्तिक ३ गते । दिपावली पर्वको अवसरमा सम्पूर्ण नगरवासीहरुमा शुभकामना व्यक्त गर्दै महोत्तर..

20 घन्टा पहिले

अयोजकलाई स्तब्ध पार्दै श्रीनगर विजयी

कार्तिक १ गते ।महोतरी । गौशालाको कान्तिबजार परडियामा सम्पन्न अन्डर–१६ नाईन साइड फुटबल टुर्नामेन्टको उपाधि स..

2 दिन पहिले

कार्तिकमा उखु रोपाइँ उपयुक्त, किसानलाई समयमै खेती गर्न व..

निरन्जन कुमार साह  गौशाला, कार्तिक १ गते । कृषि विज्ञहरूले यस वर्षको कार्तिक महिनालाई उखु रोपाइँका लागि सबैभ..

3 दिन पहिले

कान्तिबजारमा जारी फुटबल टुर्नामेन्टमा आयोजनक, टुटेश्वर..

संतोष सिंह महोतरी, असोज ३१ गते । गौशालाको कान्तिबजार परडियामा जारी अन्डर–१६ नाईन साइड फुटबल टुर्नामेन्टको प..

3 दिन पहिले

गौशालामा शहीदहरूको स्मृतिमा दीप प्रज्वलन गर्दै श्रद्धा..

गौशाला, महोत्तरी  असोज २४ गते । राष्ट्रिय स्वतन्त्र पार्टी, गौशाला नगर समिति द्वारा शहीदहरूप्रति सम्मान प्रक..

10 दिन पहिले

दिपावली सुरक्षित रूपमा मनाउन नगर प्रमुख डा. महतोको आग्रह

ममता शर्मा महोत्तरी, कार्तिक ३ गते । दिपावली पर्वको अवसरमा सम्पूर्ण नगरवासीहरुमा शुभकामना व्यक्त गर्दै महोत्तर..

20 घन्टा पहिले

कार्तिकमा उखु रोपाइँ उपयुक्त, किसानलाई समयमै खेती गर्न व..

निरन्जन कुमार साह  गौशाला, कार्तिक १ गते । कृषि विज्ञहरूले यस वर्षको कार्तिक महिनालाई उखु रोपाइँका लागि सबैभ..

3 दिन पहिले

रातो नदीले तटबन्ध भत्काउँदा करोडौँको क्षति

गौशाला,असोज २२ गते  । शनिबार र आइतबार लगातार धेरैभन्दा धेरै पानी परेपछि महोत्तरीमा सयौँ परिवार घरबारविहीन भएका..

12 दिन पहिले

बाढीको पानीमा डुबेर बालकको मृत्यु

गौशाला, असोज २२ गते । महोत्तरीको सदरमुकाम जलेश्वरमा बाढीको पानीमा डुबेर एकजना बालकको मृत्यु भएको छ ।जलेश्वरमा ..

12 दिन पहिले

जलेश्वर कारागार डुवानमा,कैदीबन्दीलाई खानाको संकट

महोत्तरी - असोज १८ गतेदेखिको अविरल वर्षाका कारण महोत्तरीस्थित जिल्ला कारागार जलेश्वर डुवानमा परेको छ । कारागारम..

13 दिन पहिले

जलेश्वर फिडरको विद्युत सेवा पुनः सुचारु गर्ने तयारी, २–३..

जनकपुरधाम, असोज २१ । लगातार वर्षा र बाढीका कारण विगत चार दिनदेखि अवरुद्ध जलेश्वर फिडरअन्तर्गतको विद्युत सेवा प..

14 दिन पहिले

अयोजकलाई स्तब्ध पार्दै श्रीनगर विजयी

कार्तिक १ गते ।महोतरी । गौशालाको कान्तिबजार परडियामा ..