फलफुल व्यापारी र प्रहरीबीच भएको झडपमा व्यापारीमाथि मुद्धा दर्ता

5 वर्ष पहिले प्रकाशित

(2078-02-23 B.S.)

3120 पटक देखिएको

जेष्ठ २३

निरन्जन साह

महोत्तरीको गौशाला बजारमा केहि दिन अगाडी व्यापारी र प्रहरीबीच विवाद भएको थियो l जिल्ला प्रशासन कार्यालय महोत्तरीको अनुसार बिहान ६ बजे देखि १० बजे सम्म अति आवश्यक र फलफुल पसल खोल्ने र १० बजे पछी पूर्ण रुपमा बन्द गर्ने नियमपुर्वक निषेधाज्ञा जारि गरिएको छ l उक्त निषेधाज्ञालाइ उल्लङ्घन गर्दै फलफुल व्यापारी लालबाबु साहले केहि दिन अगाडीले दिनको ४ बजे तिर फलफुल ठेलागाडामा बजार भरि घुम्दै बेचिरहेका थिए l

त्यसै बखत गौशाला बजारको गणेश चोकमा  ड्युटीमा खटिएका प्रहरी हवल्दारले उनलाई फलफुल नबेच भन्दै जथाभावी फालिदिएपछी व्यापारी लालबाबु साहले आफ्नो दुख र गरिबिपनको व्यथा भन्दै गुनासो गरेका थिए "मेरो मात्र किन फाल्नुभएको l अरुको पनि त पसल खुलेको छ l नियम कानुन त सबैको लागि समान हो l मलाई मात्र किन यस्तो गर्नु भाको ? व्यापारीले यस्तो भनेपछि बर्ता नबोल भन्दै हवल्दार रोशन पासवानले व्यापारी साहमाथि निर्घात कुटपिट गरेको उनकी श्रीमतीले जानकारी दिएकी छन् l कुटिएका व्यापारी साह रुदै नेकपा प्रदेश न.२ का कमिटि सदस्य र गौशाला नगरपालिकाका सल्लाहकार विजय साहनिर पुगे र उनलाई आफ्नो दुखसो पोखे "हामी गरिबहरुलाई न त सरकारले खान दिन्छ न आफै गरेर खान दिन्छ l मेरो पसलको सबै समान फल्दिएर मलाई बेसरी पिटर र अरु पसलहरुलाइ केहि पनि भनेको छैन l"

उनको कुरा सुने पश्चात नेकपाका नेता साह हवल्दार पासवानलाइ सबैको पसल बन्द नगराई उनको पसल मात्र किन बन्द गर्न भनेको ,जबकी तरकारी पसलमा भिडभाड उत्तिकै हुन्छ तर तपाइँहरु केहि भन्नु हुन्न  भनेर सोध्दा हवल्दारले "तपाई बर्ता नबोल्नुस" भन्दै थर्काएपछी नेता साहले उनलाई एक थप्पड हानेका थिए सो जानकारी नेता साहले दिएका छन्  l

सो विवादमा आज व्यापारी साहलाइ नियन्त्रणमा लिई व्यापारी र नेता साहमाथि सार्वजनिक शान्ति बिरुद्धको मुद्धा चलाइएको गौशाला इलाका प्रहरी कार्यालय गौशालाको प्रहरी निरीक्षक विष्णु प्रदिप बसाइले जानकारी दिएका छन् l

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

गौशाला नगर प्रहरी पक्राउको विरोधमा भंगहा नगरपालिकाका क..

गौशाला, असार १९ । महोत्तरीको गौशाला नगरपालिकामा नियमित ड्युटीमा खटिएका आठ जना नगर प्रहरीलाई नेपाल प्रहरीले नियन..

7 दिन पहिले

गौशाला नगरपालिकाका कर्मचारीद्वारा नगर प्रहरीमाथिको दु..

महोत्तरी, असार १९ गते । महोत्तरीको गौशाला  नगरपालिकाका कर्मचारीहरूले नगर प्रहरीमाथि भएको दुर्व्यवहारको विर..

7 दिन पहिले

सम्सी गाउँपालिकाद्वारा ७१ करोड ६७ लाख ९५ हजार रुपैयाँको ..

गौशाला, असार ९ गते । महोत्तरीको सम्सी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ७१ करोड ६७ लाख ९५ हजार रुपैय..

17 दिन पहिले

रामगोपालपुर नगरपालिकाको १४औँ नगरसभा सम्पन्न, करिब ५० कर..

महोत्तरी, असार ८ गते । महोत्तरीको रामगोपालपुर नगरपालिकाले १४औँ नगरसभा सम्पन्न गर्दै आर्थिक वर्ष २०८३/८४ का लाग..

18 दिन पहिले

संसदीय समितलाई प्रभावकारी बनाउन जनता र सरोकारवालाको भू..

काठमाडौँ, जेठ २५ गते । संसदको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति डा ओजस्वी शेरचनले समितिको काम का..

1 महीना पहिले

गौशाला नगर प्रहरी पक्राउको विरोधमा भंगहा नगरपालिकाका क..

गौशाला, असार १९ । महोत्तरीको गौशाला नगरपालिकामा नियमित ड्युटीमा खटिएका आठ जना नगर प्रहरीलाई नेपाल प्रहरीले नियन..

7 दिन पहिले

सम्सी गाउँपालिकाद्वारा ७१ करोड ६७ लाख ९५ हजार रुपैयाँको ..

गौशाला, असार ९ गते । महोत्तरीको सम्सी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ७१ करोड ६७ लाख ९५ हजार रुपैय..

17 दिन पहिले

संसदीय समितलाई प्रभावकारी बनाउन जनता र सरोकारवालाको भू..

काठमाडौँ, जेठ २५ गते । संसदको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति डा ओजस्वी शेरचनले समितिको काम का..

1 महीना पहिले

भानुभक्त स्कुलले ल्यायो एसईई परीक्षा २०८२ मा उत्कृष्ट न..

महोत्तरी, बैशाख २९ गते । महोत्तरी जिल्लाको गौशाला नगरपालिका–१ रामनगरस्थित भानुभक्त मेमोरियल सेकेन्डरी इङ्ग..

2 महीना पहिले

गौशाला बजार व्यवस्थापनमा विवाद, वडा अध्यक्षकै नेतृत्वम..

गौशाला, चैत्र २१ गते । महोत्तरीको प्रमुख व्यापारिक केन्द्र गौशाला बजारमा बजार व्यवस्थापनका क्रममा विवाद चर्क..

3 महीना पहिले

रौतहटको रिसोर्टमा नक्कली सुन कारोबार पर्दाफास, चार जना प..

रौतहट, चैत्र ११ — रौतहटको चन्द्रनिगाहपुरस्थित एक रिसोर्टमा नक्कली सुन कारोबार भइरहेको सूचना पाएपछि प्रहरीले छ..

4 महीना पहिले