कोरोना संक्रमण दर घट्दै सर्लाहीमा

5 वर्ष पहिले प्रकाशित

(2078-02-31 B.S.)

2539 पटक देखिएको

जेष्ठ ३१ ,सर्लाही 

राजिव साह 

सर्लाहीमा कोरोना भाइरसको संक्रमण दर विस्तारै घट्दै गएको छ । संक्रमित भएका व्यक्तिहरु निको हुँदै गएको जिल्ला प्रशासन कार्यालय सर्लाहीले जनाएको छ । जिल्ला प्रशासनको तथ्यांक अनुसार सर्लाही जिल्लामा दोस्रो भेरियन्टको संक्रणबाट जेठ २९ गते शनिवारसम्म २ हजार ८२ जना संक्रमित भएका छन् । तीमध्ये ९ सय ६९ जना संक्रमणमुक्त भई निको भएका छन् ।

जिल्ला प्रशासन कार्यालयबाट प्रकाशित कोभिड -१९ सम्बन्धि दैनिक बुलेटिन अनुसार शनिवारसम्म ७८ जना संक्रमितहरुको मृत्यु भइसकेको छ ।जिल्लामा अहिले १ हजार ३३ जना कोरोनाको सकृय संक्रमित रहेका छन्। पछिल्ला दिनमा मृत्युदर घट्दै गएको कार्यालयले जनाएको छ ।

जिल्लामा भन्दा बाहिर मृत्यु हुनेको संख्या धेरै रहेको सहायक प्रमुख जिल्ला अधिकारी भुमिश्वर पोखरेलले बताएका छन्  । यहाँका अधिकांश सक्रमितहरु आ-आफ्नो घरमा होम आइसोलेसनमा बसिरहेको स.प्र.जि.अ पोखरेलले बताएका छन्  । हाल जिल्लाको सदरमुकाम मलंगवा वडा न-२ कृष्णा चौक स्थित नर्सिङ कलेजमा १६० शैयासहित लालबन्दी, हरिवन, ईश्वरपुर, बरहथवा लगायतका नगरपालिकामा गरि जम्मा ३६० शैयाको आइसोलेसन संचालनमा रहेको कार्यालयले जनाएको छ । नयाँ भेरियन्टसहित दोस्रो चरणमा कोरोना संक्रमण फैलिए यता सर्लाहीमा ३ हजार २ सय ९३ जनाको पीसीआर परीक्षण गर्दा १ हजार ९६७ र ४ सय ३८ जनाको एन्टिजेन परीक्षण गर्दा ११५ जनामा कोरोना संक्ण पुष्टी भएको छ ।

सर्लाहीमा ५९ हजार ५०३ जनाले कोभिड सिल्ड खोपको पहिलो मात्रा लगाएका छन् भने ६ हजार ४३ जनाले कोभिड सिल्ड खोपको दोस्रो लगाएका छन् ।  यस्तै २ हजार ७७ जनाले भेरोसेल खोपको पहिलो मात्रा लगाइसकेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । पीसीआर परिक्षण मलंगवा स्थित जिल्ला अस्पतालमा हुँदै आएको छ भने विभिन्न पालिकाले स्थानीयस्तरमै एन्टिजेन परीक्षण गर्दै आइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..

गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..

9 दिन पहिले

असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..

रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..

19 दिन पहिले

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

26 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

30 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिरà..

1 महीना पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ à¤..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

1 महीना पहिले