एसएनभी नेपालद्वारा अपाङ्गताका लागि सामाग्री हस्तान्तरण

4 वर्ष पहिले प्रकाशित

(2078-03-06 B.S.)

3027 पटक देखिएको

असार ६ , सर्लाही

राजिव शाह

कोभिड–१९ प्रतिकार्य नविनतम् प्रयासका लागि डि.एफ.एटी अस्ट्रेलिया वाटर फर वमन (ड्ब्लुएफड्ब्लु)को आर्थिक सहयोग तथा एस.एन.भि नेपालको प्रबिधिक सहयोग, ग्रामिण नारी उत्थान संघको सहजीकरणमा कौडेना गाउँपालिकामा अपाङ्गता परिवारका लागि राहत समाग्री हस्तान्तरण गरेको छ ।

आइतबार बिहान कौडेना गाउँपालिकामा राहत स्वरुप २० लिटर नल सहितको बाल्टिन १२५ थान ,हात धुने साबुन ७५० थान,सेफटी पयाड १२५ पैकेट हस्तान्तरण गरिएको हो । कौडेना हेल्थपोष्टका लागि सेनिटाईजर ३६ थान र मास्क ३६ पैक्ट पनि हस्तान्तरण गरेको छ ।

कौडेना गाउँपालिकाका अध्यक्ष राम प्रसाद यादवको अध्यक्षतामा भएको कार्यक्रममा एसएनभि नेपाल सर्लाही जिल्ला संयोजक अम्बिका यादबले कौडेना पालिका प्रमुख रामप्रसाद यादवलाई उक्त समाग्री हस्तान्तरण गरेका छन् । ग्रामिण नारी उत्थान संघको रोहवरमा अपाङ्गता संजालले उक्त सामग्री बुझेका छन् ।

कोरोना महामारीको यस परिस्थितिमा एसएनभी नेपालले अपाङ्गको लागि गर्दै आएको अतुलनीय सहयोगका लागि कौडेना गाउँपालिका प्रमुख यादबले एसएनभी नेपाललाई हृदय देखि धन्यवाद व्यक्त गर्नुभयो ।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष सुनिता देबी चौधरीले अपाङ्गता हेल्थ डेस्कका लागि ल्यापट्प उपलब्ध गराएकोमा आउने दिनमा अपाङ्गता भएको ब्यक्तिको डाटा संकलन गर्न सजिलो हुने बताइन् । यस्तो अपरिहार्य सहयोगका लागि एसएनभी नेपाल संस्थालाई धन्यवाद व्यक्त गरेकी थिइन् ।

अपाङ्ग परिवारका लागि एसएनभी नेपालले जिल्लामा गरेको कार्यक्रम प्रभावकारी भएको अपाङ्ग महासंघ जिल्ला अध्यक्ष बिरेन्द्र रायले बताउनुभयो । हस्तान्तरण कार्यक्रममा प्रशासकीय अधिकृत सुरेश साह,स्वास्थ्य प्रमुख शम्भु प्रसाद साह, अपाङ्ग महासंघ जिल्लाका अध्यक्ष बिरेन्द्र राय, गापा अपाङ्ग उपाध्यक्ष मनोज कुमार चौधरी,वडाअध्यक्ष प्रभु चौधरी,एसएनभि प्रतिनिधि ग्रामीण नारी उत्थान संघका वास फोक्लपर्सन अजय चौधरी पंकज सिंह लगायत पत्रकारको उपस्थिति रहेको थियो ।

यसैगरी आज (आइतबार) ग्रामिण नारी उत्थान संघको , सहजीकरणमा कौडेना सहित रामनगर, पर्सा र चन्द्रनगर गाउँपालिका १२० घरधुरी र ४ वटा हेल्थपोस्टका लागि स्वास्थ्य समाग्री हस्तान्तरण गरिएको एसएनभी नेपालको जिल्लासंयोजक अम्बिका यादबले जानकारी दिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मौसम परिवर्तनसँगै स्वास्थ्य जोखिम बढ्दो, सचेत रहन डा. जा..

ममता शर्मा महोत्तरी, कार्तिक २३ गते ।  मौसम परिवर्तनसँगै महोत्तरी लगायत मधेशका विभिन्न क्षेत्रमा रुघाखोकी, सर्..

5 दिन पहिले

माओवादी केन्द्रले मधेश प्रदेश संसदीय दलको नेतामा भरत प्..

महोत्तरी, कात्तिक १७ गते ।नेकपा (माओवादी केन्द्र)ले मधेश प्रदेश सभामा आफ्नो संसदीय दलको नेताको जिम्मेवारी फेरि ए..

11 दिन पहिले

आयोजककै कब्जामा मुन्नी मिश्री भलिबलको उपाधि

  महोत्तरी, कार्तिक ९ गते । गौशालाको कान्तिबजारमा सम्पन्न तेश्रो मुन्नी मिश्री भलिबलको उपाधि आयोजकले सुरक्ष..

19 दिन पहिले

बजारको फोहोरको आलोचना भएपछी महतो खुलासा गरे वास्तविक कु..

महोत्तरी, कार्तिक ९ गते ।महोत्तरीको गौशाला बजार फोहोर भएपछी जनसमुदायले गरेको आलोचनालाइ चिर्दै देव नारायण महतो..

19 दिन पहिले

छठ मनाउँदा मौसमको ख्याल गर्न अनुरोध

महोत्तरी, कार्तिक ८ गते । हिन्दू धर्मावलम्बीहरूको महान पर्व छठको अवसरमा मौसमविद्हरूले स्वास्थ्य र सुरक्षाप्रत..

19 दिन पहिले

मौसम परिवर्तनसँगै स्वास्थ्य जोखिम बढ्दो, सचेत रहन डा. जा..

ममता शर्मा महोत्तरी, कार्तिक २३ गते ।  मौसम परिवर्तनसँगै महोत्तरी लगायत मधेशका विभिन्न क्षेत्रमा रुघाखोकी, सर्..

5 दिन पहिले

माओवादी केन्द्रले मधेश प्रदेश संसदीय दलको नेतामा भरत प्..

महोत्तरी, कात्तिक १७ गते ।नेकपा (माओवादी केन्द्र)ले मधेश प्रदेश सभामा आफ्नो संसदीय दलको नेताको जिम्मेवारी फेरि ए..

11 दिन पहिले

बजारको फोहोरको आलोचना भएपछी महतो खुलासा गरे वास्तविक कु..

महोत्तरी, कार्तिक ९ गते ।महोत्तरीको गौशाला बजार फोहोर भएपछी जनसमुदायले गरेको आलोचनालाइ चिर्दै देव नारायण महतो..

19 दिन पहिले

छठ मनाउँदा मौसमको ख्याल गर्न अनुरोध

महोत्तरी, कार्तिक ८ गते । हिन्दू धर्मावलम्बीहरूको महान पर्व छठको अवसरमा मौसमविद्हरूले स्वास्थ्य र सुरक्षाप्रत..

19 दिन पहिले

महोत्तरीमा प्रदेशस्तरीय भलिवल प्रतियोगिता हुँदै

ममता शर्मामहोत्तरी, कार्तिक ६ गते । महोत्तरीको गौशालामा प्रदेशस्तरीय तेस्रो मुन्नी मिश्री स्मृति भलिवल प्रति..

22 दिन पहिले

देउसी भैलो खेल्दा स्वास्थ्य र अनुशासनमा ध्यान दिन सुझाव

निरञ्जन कुमार साह महोत्तरी, कार्तिक ५ गते । नेपालीहरुको मौलिक पर्व तिहारमा देशभर देउसी भैलोको रौनकता छाएको छ । दे..

23 दिन पहिले