सोनमा गाउपालिकाको पाचौ गाउसभा सम्पन्न

5 वर्ष पहिले प्रकाशित

(2078-03-09 B.S.)

3786 पटक देखिएको

असार ९ ,सोनमा

ममता शर्मा

सोनमा गाउपालिकाको पाचौ गाउसभा कार्यक्रम आज सम्पन्न भएको छ । आर्थिक वर्ष २०७८/०७९ को बजेट ,नीति तथा कार्यक्रम सोनमा गाउपालिकाको सभा हलमा प्रस्तुत गरिएको छ ।  सोनमा गाउपालिकाका अध्यक्ष राज कुमार यादवले बजेट ,नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन् ।

सोनमा गाउपालिकाका अध्यक्ष राज कुमार यादवले अध्यक्षता गरेका उक्त कार्यक्रममा गाउपालिकाका उपाध्यक्ष शोभा कुमारी ,वडा न.१ देखि ८ सम्मका वडा अध्यक्षहरु ,कार्यपालिका तथा गाउसभाका सम्पूर्ण सदस्यहरु ,बिभिन्न राजनीतिक दलका अध्यक्ष एवं प्रतिनिधिहरु ,गाउपालिकाका शाखा प्रमुख तथा कर्मचारी ,प्रहरी तथा सशस्त्र प्रहरीगण गरि स्थानीय वासीहरुको सहभागिता रहेको थियो ।

सोनमा गाउपालिकाले आगामी आर्थिक वर्ष २०७८/०७९ मा गर्ने बिकास निर्माणको कार्यक्रमहरु तथा त्यसमा समावेश गरिएका नीति तथा बजेट सार्वजनिक गरेको छ । अधिवेसनमा गाउपालिकाले स्वास्थ्य शिक्षा र कृषिमा बिशेष ध्यान दिएको र सोको लागि बजेट बिनियोजन गरेको जनाइएको छ ।

गाउपालिकाले सडक निर्माण तथा कालोपत्रेको लागि १ करोड बजेट बिनियोजन गरेको छ । दिर्घ बिरामीहरुको उपचारको लागि २५ हजार सहयोग गर्ने भएको छ । गरिब परिवारलाई निशुल्क चुल्हा र ग्यास सिलिन्डर प्रदान गर्ने भएको छ । सोनमा गाउपालिकाको बर्थिंग गराएमा २ हजार प्रोत्साहन भत्ता दिइने भएको छ । दलित समुदायको छोरी शिक्षालाइ प्रोत्साहन गर्न १२ कक्षा पास गरेका विद्यार्थीलाइ जनही २० हजार उपलब्ध गराइने भएको छ । हरियो वातावरण सिर्जना गर्न १५ लाख बजेट बिनियोजन गरिएको छ त्यस्तै कोभिड -१९ महामारीबाट समुदायलाइ बचाउन १५ बेडको आइसोलेसन अस्पताल सहित औषधि ,अक्सिजनको व्यवस्थापन मिलाइने भएको छ ।

सोनमा गाउपालिकाको आर्थिक वर्ष २०७८/०७९ को कुल बजेट रकम ४० करोड ८४ लाख ४ हजार अनुमान गरिएको जनाइएको छ ।

त्यस्तै प्रत्येक वडालाइ १-१ करोड गरि जम्मा ८ करोड बजेट बिनियोजन गरिएको छ । पुंजीगततर्फ कुल १५ करोड ३४ लाख बजेट अनुमान गरिएको छ भने चालु तर्फ २५ करोड ५० लाख ४ हजार बजेट अनुमान गरिएको छ ।

सोनमा गाउपालिकाका अध्यक्ष राज कुमार यादवले आफ्ना भनाइ राख्दै सोनमा गाउपालिकामा निकै बिकास निर्माणका कार्यहरु भएको र आगामी समयमा पनि यसलाई निरन्तरता दिइने बताएका छन् । जनताले चाहेमा बिकास हिने र जनताले नै चाहेमा बिनाश हुने बताउदै उनले भने "सोनमा गाउपालिकामा आ.व.मा प्रस्तुत गरिएका बजेटलाइ सदुपयोग गरि बिकासका कार्यहरु गरिने छ ।" हरेक वडामा गुणस्तरीय बिकास गर्ने ,स्थानीयको सहजताको लागि गाउपालिकाले सक्दो प्रयास गर्ने प्रतिबद्धता उनले जनाएका छन् ।

कार्यक्रममा आफ्नो कार्यक्षेत्रमा उत्तम तरिकाले कार्यभार सम्हालेका गाउपालिकाको कर्मचारीहरुलाइ प्रोत्साहनको लागि सम्मान स्वरूप कदर पत्र र मेडल प्रदान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..

गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..

9 दिन पहिले

असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..

रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..

19 दिन पहिले

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

26 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

30 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिरà..

1 महीना पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ à¤..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

1 महीना पहिले