आम जनतालाई ठगी गरेको आरोपमा नेकपा माओवादी केन्द्र पर्साले गर्‍यो रामबाबु बैठामाथि कारवाहीको सिफारिस

4 वर्ष पहिले प्रकाशित

(2078-03-12 B.S.)

2905 पटक देखिएको

असार १२ 

पवन प्रसाद साह 

पार्टीको संधर्ष, बलिदानी, भविष्य र जनताको हितको खयाल गर्दै, रामबाबु बैठा जस्ता पात्रलाई तत्काल कारवाही गर्ने र आउने दिनमा पनि कुनै जिम्मेवारीमा नराखिदिन जोडदार माग गर्दै नेपाल कम्युनिष्ट पार्टी ( माओवादी केन्द्र ) पर्साले पार्टी केन्द्रलाई सिफारिस गरेको छ।

नारायण काजी श्रेष्ठ, विश्वनाथ साह, गिरिराजमणि पोख्रेल जस्ता पार्टीका वरिष्ठ नेताहरुको नाम लिएर काम गाराइदिने भन्दै आम जनता , शिक्षक , युवा इत्यादिलाई ठग्दै पैसा लिएको आरोपमा केही समय अगाडि बैठा करिब ४ महिना जेल बसेका थिए ।

सिफारिसमा उल्लेख भए अनुसार , रौतहटका प्रदिपकुमार साहलाई जागिर लगाइदिने भन्दै बैठाले ७ लाख घुस लिएका थिए । आफ्नो पहुच नेता नारायण काजी श्रेष्ठ, विश्वनाथ साह सम्म रहेको र निजहरु संग निकटतम सम्बन्ध रहेकोले कामको लागि आफ्नो निरन्तर सम्वाद भईरहेकोले निज नेताहरु कै कोटामा राख्ने गरी असई बनाउने आश्वासन दिदै बैठाले ठगेका कुरा पीडितले जानकारी गराए।

करिब ४ महिना जेल बसेपछि पीडितलाई ब्याज सहित सम्पूर्ण पैसा फिर्ता गरेर मुद्दा छिनोफानो भएको थियो। जेलमा हुदा नै पर्साका केही शिक्षकहरुले आफुहरुबाट कुल १० लाख रुपैया उठाएर तत्कालीन शिक्षा मन्त्री गिरिराजमणि पोखरेलको नाम लिएर इच्छा अनुसारको दरबन्दी मिलाइ दिने आशवासन दिएका रामबाबुले काम गराउन नसकेको भन्दै प्रहरीमा निवेदन दिए। ती शिक्षकहरुलाइ सम्पूर्ण रकम चेक मार्फत फिर्ता भए पछि शिक्षकहरुले अगाडिको कार्वाही गरेनन् ।

श्रोतका अनुसार लामो समयदेखि रामबाबू बैठा जिल्लाका विभिन्न शैक्षिक संस्थाहरुबाट पनि रकम वसुल्ने, ठग्ने जस्ता क्रियाकलापमा रहिआएका छन् । जिल्ला कार्यसमितिले गरेको यस सिफारिसलाई आमजनमनसले निकै साहासिक र सकारात्मक कदमको सुरुवात भएको भनेर बुझेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मौसम परिवर्तनसँगै स्वास्थ्य जोखिम बढ्दो, सचेत रहन डा. जा..

ममता शर्मा महोत्तरी, कार्तिक २३ गते ।  मौसम परिवर्तनसँगै महोत्तरी लगायत मधेशका विभिन्न क्षेत्रमा रुघाखोकी, सर्..

5 दिन पहिले

माओवादी केन्द्रले मधेश प्रदेश संसदीय दलको नेतामा भरत प्..

महोत्तरी, कात्तिक १७ गते ।नेकपा (माओवादी केन्द्र)ले मधेश प्रदेश सभामा आफ्नो संसदीय दलको नेताको जिम्मेवारी फेरि ए..

11 दिन पहिले

आयोजककै कब्जामा मुन्नी मिश्री भलिबलको उपाधि

  महोत्तरी, कार्तिक ९ गते । गौशालाको कान्तिबजारमा सम्पन्न तेश्रो मुन्नी मिश्री भलिबलको उपाधि आयोजकले सुरक्ष..

19 दिन पहिले

बजारको फोहोरको आलोचना भएपछी महतो खुलासा गरे वास्तविक कु..

महोत्तरी, कार्तिक ९ गते ।महोत्तरीको गौशाला बजार फोहोर भएपछी जनसमुदायले गरेको आलोचनालाइ चिर्दै देव नारायण महतो..

19 दिन पहिले

छठ मनाउँदा मौसमको ख्याल गर्न अनुरोध

महोत्तरी, कार्तिक ८ गते । हिन्दू धर्मावलम्बीहरूको महान पर्व छठको अवसरमा मौसमविद्हरूले स्वास्थ्य र सुरक्षाप्रत..

19 दिन पहिले

मौसम परिवर्तनसँगै स्वास्थ्य जोखिम बढ्दो, सचेत रहन डा. जा..

ममता शर्मा महोत्तरी, कार्तिक २३ गते ।  मौसम परिवर्तनसँगै महोत्तरी लगायत मधेशका विभिन्न क्षेत्रमा रुघाखोकी, सर्..

5 दिन पहिले

माओवादी केन्द्रले मधेश प्रदेश संसदीय दलको नेतामा भरत प्..

महोत्तरी, कात्तिक १७ गते ।नेकपा (माओवादी केन्द्र)ले मधेश प्रदेश सभामा आफ्नो संसदीय दलको नेताको जिम्मेवारी फेरि ए..

11 दिन पहिले

बजारको फोहोरको आलोचना भएपछी महतो खुलासा गरे वास्तविक कु..

महोत्तरी, कार्तिक ९ गते ।महोत्तरीको गौशाला बजार फोहोर भएपछी जनसमुदायले गरेको आलोचनालाइ चिर्दै देव नारायण महतो..

19 दिन पहिले

छठ मनाउँदा मौसमको ख्याल गर्न अनुरोध

महोत्तरी, कार्तिक ८ गते । हिन्दू धर्मावलम्बीहरूको महान पर्व छठको अवसरमा मौसमविद्हरूले स्वास्थ्य र सुरक्षाप्रत..

19 दिन पहिले

महोत्तरीमा प्रदेशस्तरीय भलिवल प्रतियोगिता हुँदै

ममता शर्मामहोत्तरी, कार्तिक ६ गते । महोत्तरीको गौशालामा प्रदेशस्तरीय तेस्रो मुन्नी मिश्री स्मृति भलिवल प्रति..

22 दिन पहिले

देउसी भैलो खेल्दा स्वास्थ्य र अनुशासनमा ध्यान दिन सुझाव

निरञ्जन कुमार साह महोत्तरी, कार्तिक ५ गते । नेपालीहरुको मौलिक पर्व तिहारमा देशभर देउसी भैलोको रौनकता छाएको छ । दे..

23 दिन पहिले