रौतहटको माधोपुरमा पानी टयांकी शिलान्यास, पानी टयांकी निर्माण हुन लाग्दा स्थानीय हर्षित

4 वर्ष पहिले प्रकाशित

(2078-03-12 B.S.)

2942 पटक देखिएको

 

अषाढ १२ गते, रौतहट

ओम प्रकाश यादव 

विभिन्न बाधा, अवरोध र चुनौतिपछि बल्ल रौतहटको माधोपुरमा अब पानी टयांकी निर्माण हुने भएको छ । गाउँका राजनैतिककर्मी, भद्रभलादमी, जनप्रतिनिधि लगाएतका बीचमा पानी टयांकी निर्माणका लागि सहमति जुटेपछि अब पानी टयांकी निर्माण हुने भएको छ ।

पानी टयांकी निर्माण हुन लागेपछि माधोपुरबासीले अब शुद्ध खानेपानी उपभोग गर्न पाउने भएका छन । सहमति पछि आजै उक्त पानी टयांकीको शिलान्यास पनि गरिएको छ । शुद्ध खानेपानीका लागि माधवनारायण नगरपालिका ६ माधोपुरमा आज पानी टयांकी निर्माण कार्यको शिलान्यास गरिएको छ ।

माधोपुर उतरवारी टोलको बडका मठ अर्थात श्रीराम जानकी मठको जग्गामा खानेपानी टयांकीको शिलान्यास भएको हो । सो मठका पुजारी अर्थात महन्थ रामबिलास दास बैरागी र वडा अध्यक्ष राजीव यादव दुवै जनाले संयुक्त रुपमा उक्त पानी टयांकीको शिलान्यास गरेका छन ।

महन्थ बैरागी र वडा अध्यक्ष यादवले आज दिउँसो ३ बजेको समयमा एक कार्यक्रमका बीच श्रीराम जानकी मठको चार कठा जग्गामा उक्त पानी टयांकी शिलान्यास गरेका हुन । आज शिलान्यास भएको पानी टयांकी निर्माण कार्य भोलीदेखी नै दु्रत गतिमा अगाडि बढने छ । संघीय सरकारको खानेपानी तथा ढल व्यवस्थापन विभागको करोडौंको लागतमा माधोपुर उतरवारी टोलको बडका मठको जग्गामा पानी टयांकी निर्माण हुन लागेको छ ।

भोली देखी शुरु हुने पानी टयांकी निर्माण कार्य तिन वर्षमा सक्ने लक्ष्य राखिएको छ । दुई लाख २५ हजार लिटर क्षमताको टयांकी निर्माण हुने छ भने पानी टयांकी सञ्चालनका लागि भौतिक पुर्वाधार निर्माण कार्य पनि हुने छ । पानी टयांकी निर्माण हुने भएपछि अब शुद्ध खानेपानी उपभोग गर्न पाउने भन्दै स्थानीयहरु निकै हर्षित भएका छन ।

यसैविच खानेपानी पानी टयांकी निर्माणका लागि रामविलास राय यादवको अध्यक्षतामा ११ सदसीय उपभोक्ता समिति गठन गरिएको छ । यादवको अध्यक्षतामा माधोपुर खानेपानी तथा सरसफाई नामक उपभोक्ता समिति गठन गरिएको छ । गाउँका भद्रभलादमी, राजनैतिककर्मी, न्याय प्रेमी जनता लगाएतको रोहवरमा भएको भेलालले समितिको अध्यक्ष सहित सम्पुर्ण पदाधिकारीहरुलाई चएन गर्ने निर्णय गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मौसम परिवर्तनसँगै स्वास्थ्य जोखिम बढ्दो, सचेत रहन डा. जा..

ममता शर्मा महोत्तरी, कार्तिक २३ गते ।  मौसम परिवर्तनसँगै महोत्तरी लगायत मधेशका विभिन्न क्षेत्रमा रुघाखोकी, सर्..

5 दिन पहिले

माओवादी केन्द्रले मधेश प्रदेश संसदीय दलको नेतामा भरत प्..

महोत्तरी, कात्तिक १७ गते ।नेकपा (माओवादी केन्द्र)ले मधेश प्रदेश सभामा आफ्नो संसदीय दलको नेताको जिम्मेवारी फेरि ए..

11 दिन पहिले

आयोजककै कब्जामा मुन्नी मिश्री भलिबलको उपाधि

  महोत्तरी, कार्तिक ९ गते । गौशालाको कान्तिबजारमा सम्पन्न तेश्रो मुन्नी मिश्री भलिबलको उपाधि आयोजकले सुरक्ष..

19 दिन पहिले

बजारको फोहोरको आलोचना भएपछी महतो खुलासा गरे वास्तविक कु..

महोत्तरी, कार्तिक ९ गते ।महोत्तरीको गौशाला बजार फोहोर भएपछी जनसमुदायले गरेको आलोचनालाइ चिर्दै देव नारायण महतो..

19 दिन पहिले

छठ मनाउँदा मौसमको ख्याल गर्न अनुरोध

महोत्तरी, कार्तिक ८ गते । हिन्दू धर्मावलम्बीहरूको महान पर्व छठको अवसरमा मौसमविद्हरूले स्वास्थ्य र सुरक्षाप्रत..

19 दिन पहिले

मौसम परिवर्तनसँगै स्वास्थ्य जोखिम बढ्दो, सचेत रहन डा. जा..

ममता शर्मा महोत्तरी, कार्तिक २३ गते ।  मौसम परिवर्तनसँगै महोत्तरी लगायत मधेशका विभिन्न क्षेत्रमा रुघाखोकी, सर्..

5 दिन पहिले

माओवादी केन्द्रले मधेश प्रदेश संसदीय दलको नेतामा भरत प्..

महोत्तरी, कात्तिक १७ गते ।नेकपा (माओवादी केन्द्र)ले मधेश प्रदेश सभामा आफ्नो संसदीय दलको नेताको जिम्मेवारी फेरि ए..

11 दिन पहिले

बजारको फोहोरको आलोचना भएपछी महतो खुलासा गरे वास्तविक कु..

महोत्तरी, कार्तिक ९ गते ।महोत्तरीको गौशाला बजार फोहोर भएपछी जनसमुदायले गरेको आलोचनालाइ चिर्दै देव नारायण महतो..

19 दिन पहिले

छठ मनाउँदा मौसमको ख्याल गर्न अनुरोध

महोत्तरी, कार्तिक ८ गते । हिन्दू धर्मावलम्बीहरूको महान पर्व छठको अवसरमा मौसमविद्हरूले स्वास्थ्य र सुरक्षाप्रत..

19 दिन पहिले

महोत्तरीमा प्रदेशस्तरीय भलिवल प्रतियोगिता हुँदै

ममता शर्मामहोत्तरी, कार्तिक ६ गते । महोत्तरीको गौशालामा प्रदेशस्तरीय तेस्रो मुन्नी मिश्री स्मृति भलिवल प्रति..

22 दिन पहिले

देउसी भैलो खेल्दा स्वास्थ्य र अनुशासनमा ध्यान दिन सुझाव

निरञ्जन कुमार साह महोत्तरी, कार्तिक ५ गते । नेपालीहरुको मौलिक पर्व तिहारमा देशभर देउसी भैलोको रौनकता छाएको छ । दे..

23 दिन पहिले