रौतहटको माधोपुरमा पानी टयांकी शिलान्यास, पानी टयांकी निर्माण हुन लाग्दा स्थानीय हर्षित

5 वर्ष पहिले प्रकाशित

(2078-03-12 B.S.)

3004 पटक देखिएको

अषाढ १२ गते, रौतहट

ओम प्रकाश यादव 

विभिन्न बाधा, अवरोध र चुनौतिपछि बल्ल रौतहटको माधोपुरमा अब पानी टयांकी निर्माण हुने भएको छ । गाउँका राजनैतिककर्मी, भद्रभलादमी, जनप्रतिनिधि लगाएतका बीचमा पानी टयांकी निर्माणका लागि सहमति जुटेपछि अब पानी टयांकी निर्माण हुने भएको छ ।

पानी टयांकी निर्माण हुन लागेपछि माधोपुरबासीले अब शुद्ध खानेपानी उपभोग गर्न पाउने भएका छन । सहमति पछि आजै उक्त पानी टयांकीको शिलान्यास पनि गरिएको छ । शुद्ध खानेपानीका लागि माधवनारायण नगरपालिका ६ माधोपुरमा आज पानी टयांकी निर्माण कार्यको शिलान्यास गरिएको छ ।

माधोपुर उतरवारी टोलको बडका मठ अर्थात श्रीराम जानकी मठको जग्गामा खानेपानी टयांकीको शिलान्यास भएको हो । सो मठका पुजारी अर्थात महन्थ रामबिलास दास बैरागी र वडा अध्यक्ष राजीव यादव दुवै जनाले संयुक्त रुपमा उक्त पानी टयांकीको शिलान्यास गरेका छन ।

महन्थ बैरागी र वडा अध्यक्ष यादवले आज दिउँसो ३ बजेको समयमा एक कार्यक्रमका बीच श्रीराम जानकी मठको चार कठा जग्गामा उक्त पानी टयांकी शिलान्यास गरेका हुन । आज शिलान्यास भएको पानी टयांकी निर्माण कार्य भोलीदेखी नै दु्रत गतिमा अगाडि बढने छ । संघीय सरकारको खानेपानी तथा ढल व्यवस्थापन विभागको करोडौंको लागतमा माधोपुर उतरवारी टोलको बडका मठको जग्गामा पानी टयांकी निर्माण हुन लागेको छ ।

भोली देखी शुरु हुने पानी टयांकी निर्माण कार्य तिन वर्षमा सक्ने लक्ष्य राखिएको छ । दुई लाख २५ हजार लिटर क्षमताको टयांकी निर्माण हुने छ भने पानी टयांकी सञ्चालनका लागि भौतिक पुर्वाधार निर्माण कार्य पनि हुने छ । पानी टयांकी निर्माण हुने भएपछि अब शुद्ध खानेपानी उपभोग गर्न पाउने भन्दै स्थानीयहरु निकै हर्षित भएका छन ।

यसैविच खानेपानी पानी टयांकी निर्माणका लागि रामविलास राय यादवको अध्यक्षतामा ११ सदसीय उपभोक्ता समिति गठन गरिएको छ । यादवको अध्यक्षतामा माधोपुर खानेपानी तथा सरसफाई नामक उपभोक्ता समिति गठन गरिएको छ । गाउँका भद्रभलादमी, राजनैतिककर्मी, न्याय प्रेमी जनता लगाएतको रोहवरमा भएको भेलालले समितिको अध्यक्ष सहित सम्पुर्ण पदाधिकारीहरुलाई चएन गर्ने निर्णय गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..

गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..

9 दिन पहिले

असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..

रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..

19 दिन पहिले

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

26 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

30 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिरà..

1 महीना पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ à¤..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

1 महीना पहिले