अनौपचारिक क्षेत्र सेवा केन्द्रद्वारा राजविराजमा मौलिक अधिकारको विषयमा सार्वजनिक सुनवाई

5 वर्ष पहिले प्रकाशित

(2078-03-21 B.S.)

3379 पटक देखिएको

असार  २१ ,राजविराज 

नविन यादव 

अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक)को आयोजनामा स्वास्थ्य,खाद्य र आवासको अधिकारका विषयमा सार्वजनिक सुनवाई सम्पन्न भएको छ ।

राजविराज नगरपालिका कार्यालयमा राजविराज नगरपालिकाका विभिन्न शाखाका प्रमुख, अधिकारकर्मी, सञ्चारकर्मी, नागरिक समाज, अभिभावक र विद्यार्थीबीच सार्वजनिक सुनवाई कार्यक्रम सम्पन्न भएको हो । जिल्ला प्रशासन कार्यालयका प्रशासकिय अधिकृत किशोर रामले संवैधानिक रुपमा प्रत्याभूत मौलिक हकहरू तीनवटै तहको पारस्परिक समन्वयमा हुनु पर्ने तर विशेष चासो स्थानीय तहले लिनुपर्ने बताउनु भयो ।

कोभिड–१९ का कारण सबै क्षेत्र प्रभावित भएका बेला निजी विद्यालयले झै सामुदायिक बिद्यालयले पनि वैकल्पिक शिक्षा दिन सक्नुपर्ने उहाँले बताउनु भयो । नगरपालिकाले बजार अनुगमन गर्न सक्ने बताउनु हुँदै रामले स्वास्थ्यमाथि हेल्चेक्र्याइँ गर्ने, ठगी गर्ने व्यापारी विरुद्ध उजुरी गर्न उपभोक्तासँग आग्रह गर्नुभयो ।

स्वास्थ्य शाखा प्रमुख निरञ्जन प्रसाद यादवले स्थानीय तहबाट मागअनुरुप आवश्यक बजेट विनियोजन हुन नसक्दा र अनुशासन कमजोर हुँदा इच्छा बमोजिम काम हुन नसकेको स्विकार्नु भयो । पशुपक्षी विकास शाखा प्रमुख परमेश्वर यादवले निर्णय कार्यान्वयन पक्ष कमजोर रहेको स्विकार्नु हुँदै कम बजेट र सिमित साधन–स्रोतले थोरै काम मात्र गर्न सकिएको बताउनु भयो ।

कृषि शाखा प्रमुख हरीनारायण यादवले कोभिडका कारण काम प्रभावित भएको भन्नुहुँदै आगामी वर्षमा कार्यक्रमहरू सुचारु रुपले सञ्चालन गर्ने प्रतिबद्धता जनाउनु भयो । शिक्षा शाखा प्रमुख भोगेन्द्र यादवले शिक्षा क्षेत्रमा पहुँच, गुणस्तर र व्यवस्थापनको प्रमुख समस्या रहेको बताउनु भयो ।

कोभिडका कारण ७/८ वटा निजी विद्यालयले अनलाइन कक्षा लिए पनि एउटै सामुदायिक विद्यालयमा अनलाइन कक्षा सञ्चालन हुन नसकेको यादवले बताउनु भयो । सक्रिय, शिक्षित र स्वास्थ्य जीवनयापनका लागि प्रत्याभूत मौलिक हकमा नागरिकको भौतिक र आर्थिक पहुँच नभएको भन्नुहुँदै इन्सेक प्रतिनिधि मनोहरकुमार पोखरेलले पहुँच मात्र नभई सूचना तथा जानकारी समेत पाउने अवस्था नरहेको बताउनु भयो ।

स्थानीय तहबाट आवश्यक्ताको पहिचान, योजना तर्जुमा, व्यवस्थापन, मूल्यांकन र नियमन हुन नसक्दा नागरिकले सहज, सुलभ र समान ढंगले मौलिक हकको उपभोग गर्न नपाएको उहाँले गुनासो गर्नुभयो । नागरिक समाजका अध्यक्ष थानसिंह भन्साली र सामुदायिक सेवा केन्द्रका अध्यक्ष हितनारायण लाल दासले राहत वितरणमा नगरपालिका चुकेको र मापदण्ड भन्दा बाहिरकाले खोप सुविधा पाएको बताउनु भयो ।

अभिभावक रामअवतार मण्डलले कृषि कार्यका लागि आवश्यक साधन, स्रोतमा पहुँच हुन नसक्दा खाद्य, मल, विउको अभाव रहने गरेको बताउनु हुँदै किसानलाई खाद्य सम्प्रभुताको अधिकार हुनुपर्ने माग गर्नुभयो ।

बाल चेतना समूहका अध्यक्ष आकाश साहले सबै क्षेत्र प्रभावित पारेको कोभिडका कारण घाटा ब्याहोर्नेलाई राहत दिन तथा कोभिडलाई नै नाफा कमाउने माध्यम बनाउने केहीलाई कारवाही गर्न स्थानीय तह असफल भएको बताउनु भयो । पत्रकार दिनानाथ यादवले आधारभूत अधिकार संविधानले संरक्षण गरेको भएतापनि कार्यान्वयनमा नरहेको बताउनु भयो ।

नगरस्तरीय निगरानी समूहका अध्यक्ष रघुबर साहले नगरपालिकाबाट सार्वजनिक हितमा भइरहेको विकास, निर्माणलगायतका कामहरू गोप्य ढंगले एकद्वार प्रणालीबाट भइरहेको बताउनु भयो ।

साहको अध्यक्षता एवम् प्रशासकिय अधिकृत रामको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा निगरानी समूहका कोषाध्यक्ष नानीमैया कटवालले स्वागत मन्तव्य व्यक्त गर्नुभयो । इन्सेक सदस्य बैद्यनाथ झाको उपस्थितीमा भएको सार्वजनिक सुनवाई कार्यक्रममा निगरानी समूहका सदस्यहरू, अभिभावक, बिद्यार्थी, अधिकारकर्मी, राजविराज नगरपालिकाका विभिन्न शाखाका कर्मचारीहरूको उपस्थिती रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

गौशाला नगर प्रहरी पक्राउको विरोधमा भंगहा नगरपालिकाका क..

गौशाला, असार १९ । महोत्तरीको गौशाला नगरपालिकामा नियमित ड्युटीमा खटिएका आठ जना नगर प्रहरीलाई नेपाल प्रहरीले नियन..

7 दिन पहिले

गौशाला नगरपालिकाका कर्मचारीद्वारा नगर प्रहरीमाथिको दु..

महोत्तरी, असार १९ गते । महोत्तरीको गौशाला  नगरपालिकाका कर्मचारीहरूले नगर प्रहरीमाथि भएको दुर्व्यवहारको विर..

7 दिन पहिले

सम्सी गाउँपालिकाद्वारा ७१ करोड ६७ लाख ९५ हजार रुपैयाँको ..

गौशाला, असार ९ गते । महोत्तरीको सम्सी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ७१ करोड ६७ लाख ९५ हजार रुपैय..

17 दिन पहिले

रामगोपालपुर नगरपालिकाको १४औँ नगरसभा सम्पन्न, करिब ५० कर..

महोत्तरी, असार ८ गते । महोत्तरीको रामगोपालपुर नगरपालिकाले १४औँ नगरसभा सम्पन्न गर्दै आर्थिक वर्ष २०८३/८४ का लाग..

18 दिन पहिले

संसदीय समितलाई प्रभावकारी बनाउन जनता र सरोकारवालाको भू..

काठमाडौँ, जेठ २५ गते । संसदको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति डा ओजस्वी शेरचनले समितिको काम का..

1 महीना पहिले

गौशाला नगर प्रहरी पक्राउको विरोधमा भंगहा नगरपालिकाका क..

गौशाला, असार १९ । महोत्तरीको गौशाला नगरपालिकामा नियमित ड्युटीमा खटिएका आठ जना नगर प्रहरीलाई नेपाल प्रहरीले नियन..

7 दिन पहिले

सम्सी गाउँपालिकाद्वारा ७१ करोड ६७ लाख ९५ हजार रुपैयाँको ..

गौशाला, असार ९ गते । महोत्तरीको सम्सी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ७१ करोड ६७ लाख ९५ हजार रुपैय..

17 दिन पहिले

संसदीय समितलाई प्रभावकारी बनाउन जनता र सरोकारवालाको भू..

काठमाडौँ, जेठ २५ गते । संसदको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति डा ओजस्वी शेरचनले समितिको काम का..

1 महीना पहिले

भानुभक्त स्कुलले ल्यायो एसईई परीक्षा २०८२ मा उत्कृष्ट न..

महोत्तरी, बैशाख २९ गते । महोत्तरी जिल्लाको गौशाला नगरपालिका–१ रामनगरस्थित भानुभक्त मेमोरियल सेकेन्डरी इङ्ग..

2 महीना पहिले

गौशाला बजार व्यवस्थापनमा विवाद, वडा अध्यक्षकै नेतृत्वम..

गौशाला, चैत्र २१ गते । महोत्तरीको प्रमुख व्यापारिक केन्द्र गौशाला बजारमा बजार व्यवस्थापनका क्रममा विवाद चर्क..

3 महीना पहिले

रौतहटको रिसोर्टमा नक्कली सुन कारोबार पर्दाफास, चार जना प..

रौतहट, चैत्र ११ — रौतहटको चन्द्रनिगाहपुरस्थित एक रिसोर्टमा नक्कली सुन कारोबार भइरहेको सूचना पाएपछि प्रहरीले छ..

4 महीना पहिले