गौशालामा अपाङ्गता भएका व्यक्तिहरुलाइ सहायक सामग्री वितरण

4 वर्ष पहिले प्रकाशित

(2078-03-21 B.S.)

2984 पटक देखिएको

असार २१ ,गौशाला

ममता शर्मा

महोत्तरीको गौशालामा नगरपालिकामा अपाङ्गता भएका व्यक्तिहरुलाइ सहायक सामग्री वितरण गरिएको छ  महोत्तरी नेत्रहीन संघको सहयोगमा र गौशाला नगरपालिका आयोजना तथा आर्थिक सहयोगमा नगरका १२ वटै वडाका अपाङ्गता भएका व्यक्तिहरुलाइ समेटेर उक्त सहायक सामग्री वितरण गरिएको छ 

गौशाला नगरपालिकाका उपमेयर आशा लामाको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा टायर साइकल ७ थान ,ह्विल चेयर ८ थान ,सेतो छडी १८ थान, वैशाखी १२ थान ,ट्वाइलेट चेयर १५ थान, एएल स्टिक २ थान, एअर मसिन २ थान वितरण गरिएको हो 

जसमा महोत्तरी नेत्रहीन संघका सल्लाहकार तथा जिल्ला अध्यक्ष बिरेन्द्र महतो ,संघका अध्यक्ष सर्वजित झा ,नगरपालिकाको अपाङ्ग तथा बालबालिका शाखा प्रमुख अस्मिता शर्मा लगायत अपाङ्गता भएका व्यक्तिहरु र स्थानीयहरुको सहभागिता रहेको थियो 

नगरका अपाङ्गता भएका व्यक्तिहरुको माग अनुसार सो सहायक समाग्री वितरण गरिएको महोत्तरी नेत्रहीन संघका जिल्ला अध्यक्ष बिरेन्द्र महतोले बताउनुभएको छ 

त्यस्तै नगरपालिकाले बर्षेनी अपाङ्गता भएका व्यक्तिहरुको लागि बजेट छुट्याई सहयोग प्रदान गर्ने गरिएको नगर उपप्रमुख आशा लामाले बताउनु भएको छ  उहाले भन्नुभएको छ , "अपाङ्गता भएका व्यक्तिहरुको कठिन जीवनलाइ केहि सहज तरिकाले हिड्डुल गर्न ,व्यक्तिगत कार्यगर्न सहजता प्रदान गर्ने उद्देश्यले यो सामग्री वितरण गरिएको छ  अपाङ्गता भएका व्यक्तिहरुलाई यस्ता सामग्री अपरिहार्य हुने भएकोले नगरपालिकाले सो सामग्री वितरण गरिएको बताउनु भएको छ 

 

सहायक सामग्री वितरण गरिएको प्रति अपाङ्गता भएका व्यक्तिहरुले खुसि व्यक गर्दै नगरपालिका तथा महोत्तरी नेत्रहिन संघलाइ धन्यवाद ज्ञापन गरेका छन् 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मौसम परिवर्तनसँगै स्वास्थ्य जोखिम बढ्दो, सचेत रहन डा. जा..

ममता शर्मा महोत्तरी, कार्तिक २३ गते ।  मौसम परिवर्तनसँगै महोत्तरी लगायत मधेशका विभिन्न क्षेत्रमा रुघाखोकी, सर्..

5 दिन पहिले

माओवादी केन्द्रले मधेश प्रदेश संसदीय दलको नेतामा भरत प्..

महोत्तरी, कात्तिक १७ गते ।नेकपा (माओवादी केन्द्र)ले मधेश प्रदेश सभामा आफ्नो संसदीय दलको नेताको जिम्मेवारी फेरि ए..

11 दिन पहिले

आयोजककै कब्जामा मुन्नी मिश्री भलिबलको उपाधि

  महोत्तरी, कार्तिक ९ गते । गौशालाको कान्तिबजारमा सम्पन्न तेश्रो मुन्नी मिश्री भलिबलको उपाधि आयोजकले सुरक्ष..

19 दिन पहिले

बजारको फोहोरको आलोचना भएपछी महतो खुलासा गरे वास्तविक कु..

महोत्तरी, कार्तिक ९ गते ।महोत्तरीको गौशाला बजार फोहोर भएपछी जनसमुदायले गरेको आलोचनालाइ चिर्दै देव नारायण महतो..

19 दिन पहिले

छठ मनाउँदा मौसमको ख्याल गर्न अनुरोध

महोत्तरी, कार्तिक ८ गते । हिन्दू धर्मावलम्बीहरूको महान पर्व छठको अवसरमा मौसमविद्हरूले स्वास्थ्य र सुरक्षाप्रत..

19 दिन पहिले

मौसम परिवर्तनसँगै स्वास्थ्य जोखिम बढ्दो, सचेत रहन डा. जा..

ममता शर्मा महोत्तरी, कार्तिक २३ गते ।  मौसम परिवर्तनसँगै महोत्तरी लगायत मधेशका विभिन्न क्षेत्रमा रुघाखोकी, सर्..

5 दिन पहिले

माओवादी केन्द्रले मधेश प्रदेश संसदीय दलको नेतामा भरत प्..

महोत्तरी, कात्तिक १७ गते ।नेकपा (माओवादी केन्द्र)ले मधेश प्रदेश सभामा आफ्नो संसदीय दलको नेताको जिम्मेवारी फेरि ए..

11 दिन पहिले

बजारको फोहोरको आलोचना भएपछी महतो खुलासा गरे वास्तविक कु..

महोत्तरी, कार्तिक ९ गते ।महोत्तरीको गौशाला बजार फोहोर भएपछी जनसमुदायले गरेको आलोचनालाइ चिर्दै देव नारायण महतो..

19 दिन पहिले

छठ मनाउँदा मौसमको ख्याल गर्न अनुरोध

महोत्तरी, कार्तिक ८ गते । हिन्दू धर्मावलम्बीहरूको महान पर्व छठको अवसरमा मौसमविद्हरूले स्वास्थ्य र सुरक्षाप्रत..

19 दिन पहिले

महोत्तरीमा प्रदेशस्तरीय भलिवल प्रतियोगिता हुँदै

ममता शर्मामहोत्तरी, कार्तिक ६ गते । महोत्तरीको गौशालामा प्रदेशस्तरीय तेस्रो मुन्नी मिश्री स्मृति भलिवल प्रति..

22 दिन पहिले

देउसी भैलो खेल्दा स्वास्थ्य र अनुशासनमा ध्यान दिन सुझाव

निरञ्जन कुमार साह महोत्तरी, कार्तिक ५ गते । नेपालीहरुको मौलिक पर्व तिहारमा देशभर देउसी भैलोको रौनकता छाएको छ । दे..

23 दिन पहिले