रौतहटका ३ सुरक्षा निकायलाई विपद् उद्धार सामग्री वितरण

5 वर्ष पहिले प्रकाशित

(2078-03-21 B.S.)

2740 पटक देखिएको

असार २२, रौतहट

उपेन्द्र गोले 

रौतहटका ३ सुरक्षा निकायहरुलाई विपद् व्यवस्थापनको लागी विपद् खोज तथा उद्धार सामग्रीहरु वितरण गरिएको छ । सोमबार जिल्ला प्रशासन कार्यालय रौतहटमा एक कार्यक्रमको आयोजना गरि प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवद्वारा रौतहटका ३ ओटा सुरक्षा निकायका प्रमुखहरुलाई सो सामग्रीहरु वितरण गरिएको हो ।

बीरदल गण, पुरेनवा, जिल्ला प्रहरी कार्यालय रौतहट र सशस्त्र प्रहरी वल नेपाललाई लाईफ ज्याकेट २०/२० थान, लाइफ रिंग १५/१५ थान, फुट पम्प, प्याडेल लगायतका सामाग्रीहरु हस्तान्तरण गरिएको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ ।

जिल्ला विपद् व्यवस्थापन समिति रौतहटले जिल्ला प्रहरी कार्यालय रौतहटलाई बाढी र डुबानको अवस्था निगरानी गर्न सहजताका लागी १ थान ड्रोन क्यामेरा पनि प्रदान गरेको प्रमुख जिल्ला अधिकारी यादवले बताउनु भयो । रौतहटमा वर्षेनी बाढी तथा डुबानको चपेटामा पर्ने भएकाले संकट आइ परेमा उद्धार , राहत तथा निगारानीमा बढाउन उद्धार सामाग्रीहरु उपलब्ध वितरण गरेको यादवको भनाई रहेको छ ।

वर्षायाममा रौतहटका विभिन्न स्थानमा कुनैपनि बेला नदिजन्य विपद् आउन सक्ने भएकाले तीन वटै सुरक्षा निकायलाई हाइ अर्लटमा राखिएको समेत जानकारी दिनु भयो ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख प्रहरी उपरिक्षक सिद्धि बिक्रम शाह, बीरदल गणका प्रमुख सेनानी राजन दाहाल, सशस्त्र प्रहरी बल नेपाल नम्बर ११ गण रौतहटका सशस्त्र प्रहरी नायव निरिक्षक गोबिन्द खाती, गौर नगरपालिकाका नगर प्रमुख अजय गुप्ता लगायतको उपस्थिति रहेको जिल्ला प्रशासन कार्यालय नायव सुब्बा रामनरेश साहले जानकारी दिनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

गौशाला नगर प्रहरी पक्राउको विरोधमा भंगहा नगरपालिकाका क..

गौशाला, असार १९ । महोत्तरीको गौशाला नगरपालिकामा नियमित ड्युटीमा खटिएका आठ जना नगर प्रहरीलाई नेपाल प्रहरीले नियन..

7 दिन पहिले

गौशाला नगरपालिकाका कर्मचारीद्वारा नगर प्रहरीमाथिको दु..

महोत्तरी, असार १९ गते । महोत्तरीको गौशाला  नगरपालिकाका कर्मचारीहरूले नगर प्रहरीमाथि भएको दुर्व्यवहारको विर..

7 दिन पहिले

सम्सी गाउँपालिकाद्वारा ७१ करोड ६७ लाख ९५ हजार रुपैयाँको ..

गौशाला, असार ९ गते । महोत्तरीको सम्सी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ७१ करोड ६७ लाख ९५ हजार रुपैय..

17 दिन पहिले

रामगोपालपुर नगरपालिकाको १४औँ नगरसभा सम्पन्न, करिब ५० कर..

महोत्तरी, असार ८ गते । महोत्तरीको रामगोपालपुर नगरपालिकाले १४औँ नगरसभा सम्पन्न गर्दै आर्थिक वर्ष २०८३/८४ का लाग..

18 दिन पहिले

संसदीय समितलाई प्रभावकारी बनाउन जनता र सरोकारवालाको भू..

काठमाडौँ, जेठ २५ गते । संसदको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति डा ओजस्वी शेरचनले समितिको काम का..

1 महीना पहिले

गौशाला नगर प्रहरी पक्राउको विरोधमा भंगहा नगरपालिकाका क..

गौशाला, असार १९ । महोत्तरीको गौशाला नगरपालिकामा नियमित ड्युटीमा खटिएका आठ जना नगर प्रहरीलाई नेपाल प्रहरीले नियन..

7 दिन पहिले

सम्सी गाउँपालिकाद्वारा ७१ करोड ६७ लाख ९५ हजार रुपैयाँको ..

गौशाला, असार ९ गते । महोत्तरीको सम्सी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ७१ करोड ६७ लाख ९५ हजार रुपैय..

17 दिन पहिले

संसदीय समितलाई प्रभावकारी बनाउन जनता र सरोकारवालाको भू..

काठमाडौँ, जेठ २५ गते । संसदको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति डा ओजस्वी शेरचनले समितिको काम का..

1 महीना पहिले

भानुभक्त स्कुलले ल्यायो एसईई परीक्षा २०८२ मा उत्कृष्ट न..

महोत्तरी, बैशाख २९ गते । महोत्तरी जिल्लाको गौशाला नगरपालिका–१ रामनगरस्थित भानुभक्त मेमोरियल सेकेन्डरी इङ्ग..

2 महीना पहिले

गौशाला बजार व्यवस्थापनमा विवाद, वडा अध्यक्षकै नेतृत्वम..

गौशाला, चैत्र २१ गते । महोत्तरीको प्रमुख व्यापारिक केन्द्र गौशाला बजारमा बजार व्यवस्थापनका क्रममा विवाद चर्क..

3 महीना पहिले

रौतहटको रिसोर्टमा नक्कली सुन कारोबार पर्दाफास, चार जना प..

रौतहट, चैत्र ११ — रौतहटको चन्द्रनिगाहपुरस्थित एक रिसोर्टमा नक्कली सुन कारोबार भइरहेको सूचना पाएपछि प्रहरीले छ..

4 महीना पहिले