२ करोड ७२ लाखको कालोपत्रे २ महिना मै चैट
असार २३, रौतहट
उपेन्द्र गोले
रौतहटमा निर्माण सम्पन्न भएको २ महिनामै कालोपत्रे फुट्न थालेको छ । रौतहटको कटहरिया नगरपालिकाको बालुवादेखि देवाही गोनाहीसम्मको सडकखण्ड निर्माण गरेको ४ महिना पुग्न नपाउदै विभिन्न स्थानमा कालोपत्रे फुटेको छ ।
मुन्ना निर्माण सेवाका सञ्चालक प्रमोद यादवले गुणस्तरहीन काम गरेका कारण सो कालोपत्रे केही महिनामा नै फुट्न थालेको स्थानियले बताएका छन । सडक डिभिजन कार्यालय चन्द्रनिगाहपुर , सहरी विकास तथा स्थानीय तह लगायतका विभिन्न निकायबाट हुने टेन्डर प्रमोद यादव लगायतका ठेकेदारले ५० प्रतिशतभन्दा कममा निर्माण कार्यको ठेक्का साकार गरेको जनाइएको छ ।
डिभिजन सडक कार्यालय चन्द्रनिगाहपुरको ग्यारेन्टी अवधिमा नै रौतहटको बलुवा गोनाही कालोपत्रे ठाउँ–ठाउँमा फुट्न थालेको स्थानियले बताएका छन । मुन्ना निर्माण सेवाका सञ्चालक प्रमोद यादवले २ करोड ७२ लाखमा बलुवादेखि गोनाही सम्मको दुई फेजमा २३ सय ६० मिटर कालोपत्रे गर्ने टेन्डर साकार गरेका थिए ।
ठेकदार यादवले ठेक्का लिएको उक्त कालोपत्रे निर्माण पूरा गरेर २ महिना अघि डिभिजन सडक कार्यालय चन्द्रनिगाहपुरलाई हस्तान्तरण गरेका हो । कालोपत्रे गरेको ४ महिना नबित्दै बलुवा गोनाही सडक खण्ड अन्तर्गतको सो कालोपत्रे झन्डै १० स्थानमा फुटेको र अधिकांश स्थानमा कालोपत्रे धसेको स्थानियले बताएका छन ।
कालोपत्रे सम्पन्न सडकखण्डको गोनाही गाउँ छेउ, उचिडि भन्दा दक्षिण र उत्तरको सडकखण्डका ठाउँ ठाउँमा कालोपत्रे फुटेको स्थानियले जनाएका छन । ठेकदार प्रमोद यादवले कालोपत्रे गर्नुअघि ग्राभेल राम्ररी नपेलेको , रोलर कम चलाएको तथा कालोपत्रे मापदण्ड भन्दा कम प्रयोग गरेकाले वर्षा सुरु हुनुअघि नै कालोपत्रे फुटेको र ठाउँ ठाउँमा कालोपत्रे धसेको स्थानीय युवा रुपेश पटेलको भनाइ रहेको छ ।
कालोपत्रे स्तरीय भएको र ट्याक्टर आवतजावतले फुट्न थालेको ठेकदार यादवका एक प्रतिनिधिले प्रतिक्रिया दिएका छन । डिभिजन सडक कार्यालय चन्द्रनिगाहपुरका प्रमुख रामनरेस केसरीले उक्त कालोपत्रेको एक वर्ष ग्यारेन्टी अवधि रहेकाले मुन्ना निर्माण सेवाको धरौटी रोक्का रहेको बताउनु भयो ।
ग्यारेन्टी अवधिमा कालोपत्रे फुटेमा धसेमा पुरानै ठेक्काको रकमबाट ठेकेदारले फेरि सडक निर्माण गर्नुपर्ने कानुनी व्यवस्था रहेको प्रमुख केसरीले बताउनु भयो ।
ठेकदार प्रमोद यादवले सम्पन्न गरेको कालोपत्रे बलुवादेखि गोनाही सम्मको सडकको आवश्यक जाँचबुझ हुने र गुणस्तरहीन ठहर भएमा कानुन बमोजिम कारबाहीको प्रक्रिया अगाडि बढ्ने डिभिजन सडक चन्द्रनिगाहपुरका प्रमुख रामनरेस केसरीले प्रतिबद्धता गर्नुभयो ।
गौशाला नगर प्रहरी पक्राउको विरोधमा भंगहा नगरपालिकाका क..
गौशाला, असार १९ । महोत्तरीको गौशाला नगरपालिकामा नियमित ड्युटीमा खटिएका आठ जना नगर प्रहरीलाई नेपाल प्रहरीले नियन..
7 दिन पहिले
गौशाला नगरपालिकाका कर्मचारीद्वारा नगर प्रहरीमाथिको दु..
महोत्तरी, असार १९ गते । महोत्तरीको गौशाला नगरपालिकाका कर्मचारीहरूले नगर प्रहरीमाथि भएको दुर्व्यवहारको विर..
7 दिन पहिले
सम्सी गाउँपालिकाद्वारा ७१ करोड ६७ लाख ९५ हजार रुपैयाँको ..
गौशाला, असार ९ गते । महोत्तरीको सम्सी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ७१ करोड ६७ लाख ९५ हजार रुपैय..
17 दिन पहिले
रामगोपालपुर नगरपालिकाको १४औँ नगरसभा सम्पन्न, करिब ५० कर..
महोत्तरी, असार ८ गते । महोत्तरीको रामगोपालपुर नगरपालिकाले १४औँ नगरसभा सम्पन्न गर्दै आर्थिक वर्ष २०८३/८४ का लाग..
18 दिन पहिले
संसदीय समितलाई प्रभावकारी बनाउन जनता र सरोकारवालाको भू..
काठमाडौँ, जेठ २५ गते । संसदको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति डा ओजस्वी शेरचनले समितिको काम का..
1 महीना पहिले
गौशाला नगर प्रहरी पक्राउको विरोधमा भंगहा नगरपालिकाका क..
गौशाला, असार १९ । महोत्तरीको गौशाला नगरपालिकामा नियमित ड्युटीमा खटिएका आठ जना नगर प्रहरीलाई नेपाल प्रहरीले नियन..
7 दिन पहिले
सम्सी गाउँपालिकाद्वारा ७१ करोड ६७ लाख ९५ हजार रुपैयाँको ..
गौशाला, असार ९ गते । महोत्तरीको सम्सी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ७१ करोड ६७ लाख ९५ हजार रुपैय..
17 दिन पहिले
संसदीय समितलाई प्रभावकारी बनाउन जनता र सरोकारवालाको भू..
काठमाडौँ, जेठ २५ गते । संसदको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति डा ओजस्वी शेरचनले समितिको काम का..
1 महीना पहिले
भानुभक्त स्कुलले ल्यायो एसईई परीक्षा २०८२ मा उत्कृष्ट न..
महोत्तरी, बैशाख २९ गते । महोत्तरी जिल्लाको गौशाला नगरपालिका–१ रामनगरस्थित भानुभक्त मेमोरियल सेकेन्डरी इङ्ग..
2 महीना पहिले
गौशाला बजार व्यवस्थापनमा विवाद, वडा अध्यक्षकै नेतृत्वम..
गौशाला, चैत्र २१ गते । महोत्तरीको प्रमुख व्यापारिक केन्द्र गौशाला बजारमा बजार व्यवस्थापनका क्रममा विवाद चर्क..
3 महीना पहिले
रौतहटको रिसोर्टमा नक्कली सुन कारोबार पर्दाफास, चार जना प..
रौतहट, चैत्र ११ — रौतहटको चन्द्रनिगाहपुरस्थित एक रिसोर्टमा नक्कली सुन कारोबार भइरहेको सूचना पाएपछि प्रहरीले छ..
4 महीना पहिले
गौशाला नगरपालिकाका कर्मचारीद्वारा नगर प्रहरीमाथिको दु..
महोत्तरी, असार १९ गते । महोत्तरीको गौशाला नगरपालिका..
गौशाला नगर प्रहरी पक्राउको विरोधमा भंगहा नगरपालिकाका क..
गौशाला, असार १९ । महोत्तरीको गौशाला नगरपालिकामा नियमित ड..
कमेन्ट गर्नुहोस्
view comments