२ करोड ७२ लाखको कालोपत्रे २ महिना मै चैट

4 वर्ष पहिले प्रकाशित

(2078-03-22 B.S.)

3110 पटक देखिएको

असार २३, रौतहट

उपेन्द्र गोले 

रौतहटमा निर्माण सम्पन्न भएको २ महिनामै कालोपत्रे फुट्न थालेको छ । रौतहटको कटहरिया नगरपालिकाको बालुवादेखि देवाही गोनाहीसम्मको सडकखण्ड निर्माण गरेको ४ महिना पुग्न नपाउदै विभिन्न स्थानमा कालोपत्रे फुटेको छ ।

मुन्ना निर्माण सेवाका सञ्चालक प्रमोद यादवले गुणस्तरहीन काम गरेका कारण सो कालोपत्रे केही महिनामा नै फुट्न थालेको स्थानियले बताएका छन । सडक डिभिजन कार्यालय चन्द्रनिगाहपुर , सहरी विकास तथा स्थानीय तह लगायतका विभिन्न निकायबाट हुने टेन्डर प्रमोद यादव लगायतका ठेकेदारले ५० प्रतिशतभन्दा कममा निर्माण कार्यको ठेक्का साकार गरेको जनाइएको छ ।

डिभिजन सडक कार्यालय चन्द्रनिगाहपुरको ग्यारेन्टी अवधिमा नै रौतहटको बलुवा गोनाही कालोपत्रे ठाउँ–ठाउँमा फुट्न थालेको स्थानियले बताएका छन । मुन्ना निर्माण सेवाका सञ्चालक प्रमोद यादवले २ करोड ७२ लाखमा बलुवादेखि गोनाही सम्मको दुई फेजमा २३ सय ६० मिटर कालोपत्रे गर्ने टेन्डर साकार गरेका थिए ।

ठेकदार यादवले ठेक्का लिएको उक्त कालोपत्रे निर्माण पूरा गरेर २ महिना अघि डिभिजन सडक कार्यालय चन्द्रनिगाहपुरलाई हस्तान्तरण गरेका हो । कालोपत्रे गरेको ४ महिना नबित्दै बलुवा गोनाही सडक खण्ड अन्तर्गतको सो कालोपत्रे झन्डै १० स्थानमा फुटेको र अधिकांश स्थानमा कालोपत्रे धसेको स्थानियले बताएका छन ।

कालोपत्रे सम्पन्न सडकखण्डको गोनाही गाउँ छेउ, उचिडि भन्दा दक्षिण र उत्तरको सडकखण्डका ठाउँ ठाउँमा कालोपत्रे फुटेको स्थानियले जनाएका छन । ठेकदार प्रमोद यादवले कालोपत्रे गर्नुअघि ग्राभेल राम्ररी नपेलेको , रोलर कम चलाएको तथा कालोपत्रे मापदण्ड भन्दा कम प्रयोग गरेकाले वर्षा सुरु हुनुअघि नै कालोपत्रे फुटेको र ठाउँ ठाउँमा कालोपत्रे धसेको स्थानीय युवा रुपेश पटेलको भनाइ रहेको छ ।

कालोपत्रे स्तरीय भएको र ट्याक्टर आवतजावतले फुट्न थालेको ठेकदार यादवका एक प्रतिनिधिले प्रतिक्रिया दिएका छन । डिभिजन सडक कार्यालय चन्द्रनिगाहपुरका प्रमुख रामनरेस केसरीले उक्त कालोपत्रेको एक वर्ष ग्यारेन्टी अवधि रहेकाले मुन्ना निर्माण सेवाको धरौटी रोक्का रहेको बताउनु भयो ।

ग्यारेन्टी अवधिमा कालोपत्रे फुटेमा धसेमा पुरानै ठेक्काको रकमबाट ठेकेदारले फेरि सडक निर्माण गर्नुपर्ने कानुनी व्यवस्था रहेको प्रमुख केसरीले बताउनु भयो ।

ठेकदार प्रमोद यादवले सम्पन्न गरेको कालोपत्रे बलुवादेखि गोनाही सम्मको सडकको आवश्यक जाँचबुझ हुने र गुणस्तरहीन ठहर भएमा कानुन बमोजिम कारबाहीको प्रक्रिया अगाडि बढ्ने डिभिजन सडक चन्द्रनिगाहपुरका प्रमुख रामनरेस केसरीले प्रतिबद्धता गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मौसम परिवर्तनसँगै स्वास्थ्य जोखिम बढ्दो, सचेत रहन डा. जा..

ममता शर्मा महोत्तरी, कार्तिक २३ गते ।  मौसम परिवर्तनसँगै महोत्तरी लगायत मधेशका विभिन्न क्षेत्रमा रुघाखोकी, सर्..

4 दिन पहिले

माओवादी केन्द्रले मधेश प्रदेश संसदीय दलको नेतामा भरत प्..

महोत्तरी, कात्तिक १७ गते ।नेकपा (माओवादी केन्द्र)ले मधेश प्रदेश सभामा आफ्नो संसदीय दलको नेताको जिम्मेवारी फेरि ए..

10 दिन पहिले

आयोजककै कब्जामा मुन्नी मिश्री भलिबलको उपाधि

  महोत्तरी, कार्तिक ९ गते । गौशालाको कान्तिबजारमा सम्पन्न तेश्रो मुन्नी मिश्री भलिबलको उपाधि आयोजकले सुरक्ष..

18 दिन पहिले

बजारको फोहोरको आलोचना भएपछी महतो खुलासा गरे वास्तविक कु..

महोत्तरी, कार्तिक ९ गते ।महोत्तरीको गौशाला बजार फोहोर भएपछी जनसमुदायले गरेको आलोचनालाइ चिर्दै देव नारायण महतो..

18 दिन पहिले

छठ मनाउँदा मौसमको ख्याल गर्न अनुरोध

महोत्तरी, कार्तिक ८ गते । हिन्दू धर्मावलम्बीहरूको महान पर्व छठको अवसरमा मौसमविद्हरूले स्वास्थ्य र सुरक्षाप्रत..

18 दिन पहिले

मौसम परिवर्तनसँगै स्वास्थ्य जोखिम बढ्दो, सचेत रहन डा. जा..

ममता शर्मा महोत्तरी, कार्तिक २३ गते ।  मौसम परिवर्तनसँगै महोत्तरी लगायत मधेशका विभिन्न क्षेत्रमा रुघाखोकी, सर्..

4 दिन पहिले

माओवादी केन्द्रले मधेश प्रदेश संसदीय दलको नेतामा भरत प्..

महोत्तरी, कात्तिक १७ गते ।नेकपा (माओवादी केन्द्र)ले मधेश प्रदेश सभामा आफ्नो संसदीय दलको नेताको जिम्मेवारी फेरि ए..

10 दिन पहिले

बजारको फोहोरको आलोचना भएपछी महतो खुलासा गरे वास्तविक कु..

महोत्तरी, कार्तिक ९ गते ।महोत्तरीको गौशाला बजार फोहोर भएपछी जनसमुदायले गरेको आलोचनालाइ चिर्दै देव नारायण महतो..

18 दिन पहिले

छठ मनाउँदा मौसमको ख्याल गर्न अनुरोध

महोत्तरी, कार्तिक ८ गते । हिन्दू धर्मावलम्बीहरूको महान पर्व छठको अवसरमा मौसमविद्हरूले स्वास्थ्य र सुरक्षाप्रत..

18 दिन पहिले

महोत्तरीमा प्रदेशस्तरीय भलिवल प्रतियोगिता हुँदै

ममता शर्मामहोत्तरी, कार्तिक ६ गते । महोत्तरीको गौशालामा प्रदेशस्तरीय तेस्रो मुन्नी मिश्री स्मृति भलिवल प्रति..

21 दिन पहिले

देउसी भैलो खेल्दा स्वास्थ्य र अनुशासनमा ध्यान दिन सुझाव

निरञ्जन कुमार साह महोत्तरी, कार्तिक ५ गते । नेपालीहरुको मौलिक पर्व तिहारमा देशभर देउसी भैलोको रौनकता छाएको छ । दे..

22 दिन पहिले