तेश्रो भेरियन्टसंग लड्न स्वास्थ्य सामग्री सहयोग

5 वर्ष पहिले प्रकाशित

(2078-04-15 B.S.)

2493 पटक देखिएको

रञ्जन भण्डारी

महोत्तरी,१५  श्रावण ।

नेपालमा कोरोनाको तेस्रो भेरिएन्ट फैलिईरहदा पुर्व तयारी स्वरुप यस भेरिएन्टसंग लड्न सहयोग पुग्ने उदे्श्यले सेभ द चिल्ड्रेनको आर्थिक सहयोगमा रतौली युवा क्लवले जलेश्वर नगरपालिकालाई लाखौ मोल बरावरको स्वास्थ्य सुरक्षा सामग्री तथा अक्सिजन सिलिण्डर सहयोग गरेको छ । रतौली युवा क्लवका अध्यक्ष वैद्यनाथ चौधरीले जलेश्वर नगरपालिकाका मेयर रामशंकर मिश्रलाई विहिवार स्वास्थ्य सामग्री हस्तान्तरण गरेका हुन ।

चौध लाख ६१ हजार १२१ रुपया मोल वरावरको २५ थान भरिएको अक्सिजन सिलिन्डर,तिस थान अक्सिमिटर,२८ थान आईआर थर्मोमिटर,४० थान पिपिई सेट,२६ थान गाउन सेटका साथै सेनिटाईजर सहितका दर्जनौ सामग्रीहरु उपलब्ध गराउदै रतौली युवा क्लवका अध्यक्ष चौधरीले जलेश्वर नगरपालिकासंग कोरोनाको सुरुवात समय देखि नै सेभ द चिल्ड््रेनको सहयोगमा समन्वय भैरहेको र आगामी दिनमा समेत सहकार्य भैराख्ने बताए । उनले कोरोनासंग विश्व नै आक्रान्त भएको वेला स्थानिय तहहरुसंग मिलेर सेभ द चिल्डे्रन तथा रतौली युवा क्लवले संयुक्त रुपमा कोरोनासंगको लडाईमा साथ दिन पाउदा खुशी लागेको बताए ।

उनले समुदायमा अझै जनचेतना अभाव र कोरोनालाई वेवास्ता गर्दा तेस्रो भेरिएन्टले भयावह रुप लिन सक्ने जोखिम रहेकोले सामाजिक दुरी लगायतको सवै सावधानी अपनाउन आग्रह गरेका छन । यता जलेश्वर नगरपालिकाका मेयर रामशंकर मिश्रले पाएको सहयोग अमुल्य रहेको बताउदै सवैको साथ र सहयोगले जलेश्वर नगरपालिकाले कोरोनामाथी विजय पाएरै छोड्ने बताए । उनले प्राप्त स्वास्थ्य सामग्री र अक्सिजन सिलिन्डर जलेश्वर नगरपालिका भित्रका सवै स्वास्थ्य चौकीहरुलाई पठाईने समेत बताए ।

रतौली युवा क्लवले  पिपरा गाउपालिकालाई समेत शुक्रवार  बार्ह लाख ८५ हजार ६५८ रुपया बरावरको अक्सिजन सिलिन्डर १५ थान,भिटिएम दुईसय  सहित विभिन्न स्वास्थ्य सुरक्षा सामग्री प्रदान गर्न लागेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..

गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..

7 दिन पहिले

असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..

रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..

17 दिन पहिले

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

24 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

29 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिरà..

1 महीना पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ à¤..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

1 महीना पहिले