राज्यको हरेक निकायमा महिलाको पहुच हुनुपर्छ : मन्त्रि साह
भदौ ११
प्रदेश नम्बर २ का आन्तरिक मामिला तथा सञ्चार मन्त्री भरत प्रसाद साहले पहुँचको आधारमा विज्ञापन दिने कार्यलाई निरुत्साहित गर्ने बताएका छन् । मन्त्री साहले सञ्चार संस्थाहरुलाई वर्गीकरण गरेर त्यसकै आधारमा लोक कल्याण्कारी विज्ञापन दिने बताएका हुन् ।
महिला सञ्चारकर्मीहरुको सक्रियतामा प्रकाशित मध्य नेपाल सन्देशको पाँचौ वार्षिकोत्सवको अवसरमा वीरगञ्जमा आयोजित ‘पत्रकारितामा महिलाको अवसर र चुनौती’ विषयक अन्तरक्रिया तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री साहले सञ्चार क्षेत्रलाई व्यवस्थित र समृद्ध बनाउन मन्त्रालय गम्भिर रहेको बताए ।
सामाजिक सञ्जालको दुरुपयोगका कारण सञ्चार जगतको महत्व घट्नेतर्फ चिन्ता व्यक्त गर्दै मन्त्री साहले लेखन सम्बन्धी प्रशिक्षण तथा विभिन्न तालिमहरुको व्यवस्था गर्नुपर्ने बताए ।
पितृसतात्मक देशका केही महिलाहरुले गरेको प्रगती सकारात्मक रहेको बताउँदै उनले अँझै पनि समग्र रुपमा महिलाहरु मुलधारबाट वञ्चित रहेको विश्लेषण गरे । प्रदेश २ मा घुम्टो प्रथा, बोक्सी प्रथा जस्ता विकृतिहरुले पनि महिलाहरुलाई मुलधारमा ल्याउनबाट वञ्चित गराएको हुँदा सञ्चारमाध्यममार्फत समाजमा विद्यमान विकृतिहरुबारे नागरिकलाई जागरुप बनाउनुपर्नेमा उनले जोड दिए ।
राज्यको चौथो अंग पत्रकारिताबाट समाजको रुपान्तरणका गर्ने चेष्टाका साथै उत्पिडीत जनताका आवाजहरुलाई राज्यको निकायमा पुर्याउने कार्यको उनले सह्राना गरे ।
गुणस्तर राम्रो भएर पनि चाकडी र चाप्लुसी नगर्ने सञ्चार गृह विज्ञापन नपाएर धरापमा पर्ने अवस्था अहिले पनि यथावत रहेको हुँदा आफ्नो कार्यकालमा यस्तो अवस्थाको अन्त्यका लागि पहल गर्ने प्रतिबद्धता पनि उनले व्यक्त गरे ।
मध्यनेपाल सन्देशकी सम्पादक कविता खड्काको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रदेश नम्बर २ की प्रदेश सभा सदस्य भिमा यादव, वीरगञ्ज महानगरपालिकाकी उपप्रमुख शान्ति कार्की, पर्साको पोखरिया नगरपालिकाकी उपप्रमुख सलमा खातुन, जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरे, जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नम्बर २ का अध्यक्ष गणेश लाठ, नेपाल पत्रकार महासंघ प्रदेश नम्बर २ का महासचिब श्याम बन्जारा, पर्साका अध्यक्ष अनुप तिवारी, नेपाली कांग्रेस पर्साका सचिव श्याम पटेल लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
मौसम परिवर्तनसँगै स्वास्थ्य जोखिम बढ्दो, सचेत रहन डा. जा..
ममता शर्मा महोत्तरी, कार्तिक २३ गते । मौसम परिवर्तनसँगै महोत्तरी लगायत मधेशका विभिन्न क्षेत्रमा रुघाखोकी, सर्..
4 दिन पहिले
माओवादी केन्द्रले मधेश प्रदेश संसदीय दलको नेतामा भरत प्..
महोत्तरी, कात्तिक १७ गते ।नेकपा (माओवादी केन्द्र)ले मधेश प्रदेश सभामा आफ्नो संसदीय दलको नेताको जिम्मेवारी फेरि ए..
10 दिन पहिले
आयोजककै कब्जामा मुन्नी मिश्री भलिबलको उपाधि
महोत्तरी, कार्तिक ९ गते । गौशालाको कान्तिबजारमा सम्पन्न तेश्रो मुन्नी मिश्री भलिबलको उपाधि आयोजकले सुरक्ष..
18 दिन पहिले
बजारको फोहोरको आलोचना भएपछी महतो खुलासा गरे वास्तविक कु..
महोत्तरी, कार्तिक ९ गते ।महोत्तरीको गौशाला बजार फोहोर भएपछी जनसमुदायले गरेको आलोचनालाइ चिर्दै देव नारायण महतो..
18 दिन पहिले
छठ मनाउँदा मौसमको ख्याल गर्न अनुरोध
महोत्तरी, कार्तिक ८ गते । हिन्दू धर्मावलम्बीहरूको महान पर्व छठको अवसरमा मौसमविद्हरूले स्वास्थ्य र सुरक्षाप्रत..
18 दिन पहिले
मौसम परिवर्तनसँगै स्वास्थ्य जोखिम बढ्दो, सचेत रहन डा. जा..
ममता शर्मा महोत्तरी, कार्तिक २३ गते । मौसम परिवर्तनसँगै महोत्तरी लगायत मधेशका विभिन्न क्षेत्रमा रुघाखोकी, सर्..
4 दिन पहिले
माओवादी केन्द्रले मधेश प्रदेश संसदीय दलको नेतामा भरत प्..
महोत्तरी, कात्तिक १७ गते ।नेकपा (माओवादी केन्द्र)ले मधेश प्रदेश सभामा आफ्नो संसदीय दलको नेताको जिम्मेवारी फेरि ए..
10 दिन पहिले
बजारको फोहोरको आलोचना भएपछी महतो खुलासा गरे वास्तविक कु..
महोत्तरी, कार्तिक ९ गते ।महोत्तरीको गौशाला बजार फोहोर भएपछी जनसमुदायले गरेको आलोचनालाइ चिर्दै देव नारायण महतो..
18 दिन पहिले
छठ मनाउँदा मौसमको ख्याल गर्न अनुरोध
महोत्तरी, कार्तिक ८ गते । हिन्दू धर्मावलम्बीहरूको महान पर्व छठको अवसरमा मौसमविद्हरूले स्वास्थ्य र सुरक्षाप्रत..
18 दिन पहिले
महोत्तरीमा प्रदेशस्तरीय भलिवल प्रतियोगिता हुँदै
ममता शर्मामहोत्तरी, कार्तिक ६ गते । महोत्तरीको गौशालामा प्रदेशस्तरीय तेस्रो मुन्नी मिश्री स्मृति भलिवल प्रति..
21 दिन पहिले
देउसी भैलो खेल्दा स्वास्थ्य र अनुशासनमा ध्यान दिन सुझाव
निरञ्जन कुमार साह महोत्तरी, कार्तिक ५ गते । नेपालीहरुको मौलिक पर्व तिहारमा देशभर देउसी भैलोको रौनकता छाएको छ । दे..
22 दिन पहिले
मौसम परिवर्तनसँगै स्वास्थ्य जोखिम बढ्दो, सचेत रहन डा. जा..
ममता शर्मा महोत्तरी, कार्तिक २३ गते । मौसम परिवर्तनसँ..
कमेन्ट गर्नुहोस्
view comments