ज्ञानदा एकेडेमीले धुमधामको साथमा मनायो कृष्णजन्माष्टमी

5 वर्ष पहिले प्रकाशित

(2078-05-13 B.S.)

2375 पटक देखिएको

भदौ १३ ,पर्सा 

पवन प्रसाद साह 

हरेक वर्ष धूमधामले मनाउदै आएको श्री कृष्णजन्माष्टमी यस वर्ष पनि ज्ञानदा एकेडमीले धूमधामले मनाउन सफल भएको छ । कार्यक्रमको शुभारम्भ राष्ट्रिय गानबाट भएको थियो भने स्वागत मनतव्य ज्ञानदा एकेडमीका शैक्षिक प्रमुख श्रीमती सन्ध्या वशिष्ठले गर्नुभएको थियो ।

वहाँले आफ्नो मनतव्यमा यस प्रकारका कार्यक्रमले नयाँ पिढिहरुमा आफ्नो संस्कृति र पराम्पराप्रति गहिरो सम्बन्ध जगाउन प्रेरित गर्ने तथा वहाँले भगवत गीतामा दिएको शिक्षालाई पनि उल्लेख गर्नु भयो । जस्तै संधै नौलो किसिमको ज्ञान प्राप्त गर्न लालायित हुनु , अरु प्रति नम्र बन्दै जे हुन्छ त्यो राम्रोको लागि हुन्छ भन्ने सोच्नु , लोभ लालच र इष्र्या र डाहमा नपरी आफ्नो कर्तव्य पालना गर्नु साथै कृष्णका विभिन्न रुपहरु जस्तै मधुसुदन, कृष्णा , माखन चोर , मुकुन्दा आदिका बारेमा पनि चर्चा गर्नु भयो ।

उक्त अवसरमा ज्ञानदा एकेडमीले फेन्सी ड्रेस र नृत्य प्रतियोगिताको आयोजना गरेको थियो । उक्त प्रतियोगितामा विद्यालयका कक्षा ३ देखि ५ सम्मका विद्यार्थीहरुले भाग लिएका थिए ।

कार्यक्रममा सांस्कृतिक नृत्यका साथै विभिन्न सस्कृति झल्काउने झाँकीका कार्यक्रम पनि प्रस्तुत गरिएको थियो । उक्त कार्यक्रममा विद्यालयका छात्र – छात्राहरु, अभिभावक तथा शिक्षक शिक्षिकाहरुको पनि उपस्थितीरहेको थियो ।

कार्यक्रमको सहजिकरण मौसमी भाङ्गरले गर्नुभएको थियो । कार्यक्रमको सफलताको श्रेय सम्पूर्ण ज्ञानदा परिवारको योगदानले सफल भएको कुरा शैक्षिक प्रमुख वशिष्ठले बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

गौशाला नगर प्रहरी पक्राउको विरोधमा भंगहा नगरपालिकाका क..

गौशाला, असार १९ । महोत्तरीको गौशाला नगरपालिकामा नियमित ड्युटीमा खटिएका आठ जना नगर प्रहरीलाई नेपाल प्रहरीले नियन..

7 दिन पहिले

गौशाला नगरपालिकाका कर्मचारीद्वारा नगर प्रहरीमाथिको दु..

महोत्तरी, असार १९ गते । महोत्तरीको गौशाला  नगरपालिकाका कर्मचारीहरूले नगर प्रहरीमाथि भएको दुर्व्यवहारको विर..

7 दिन पहिले

सम्सी गाउँपालिकाद्वारा ७१ करोड ६७ लाख ९५ हजार रुपैयाँको ..

गौशाला, असार ९ गते । महोत्तरीको सम्सी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ७१ करोड ६७ लाख ९५ हजार रुपैय..

17 दिन पहिले

रामगोपालपुर नगरपालिकाको १४औँ नगरसभा सम्पन्न, करिब ५० कर..

महोत्तरी, असार ८ गते । महोत्तरीको रामगोपालपुर नगरपालिकाले १४औँ नगरसभा सम्पन्न गर्दै आर्थिक वर्ष २०८३/८४ का लाग..

17 दिन पहिले

संसदीय समितलाई प्रभावकारी बनाउन जनता र सरोकारवालाको भू..

काठमाडौँ, जेठ २५ गते । संसदको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति डा ओजस्वी शेरचनले समितिको काम का..

1 महीना पहिले

गौशाला नगर प्रहरी पक्राउको विरोधमा भंगहा नगरपालिकाका क..

गौशाला, असार १९ । महोत्तरीको गौशाला नगरपालिकामा नियमित ड्युटीमा खटिएका आठ जना नगर प्रहरीलाई नेपाल प्रहरीले नियन..

7 दिन पहिले

सम्सी गाउँपालिकाद्वारा ७१ करोड ६७ लाख ९५ हजार रुपैयाँको ..

गौशाला, असार ९ गते । महोत्तरीको सम्सी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ७१ करोड ६७ लाख ९५ हजार रुपैय..

17 दिन पहिले

संसदीय समितलाई प्रभावकारी बनाउन जनता र सरोकारवालाको भू..

काठमाडौँ, जेठ २५ गते । संसदको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति डा ओजस्वी शेरचनले समितिको काम का..

1 महीना पहिले

भानुभक्त स्कुलले ल्यायो एसईई परीक्षा २०८२ मा उत्कृष्ट न..

महोत्तरी, बैशाख २९ गते । महोत्तरी जिल्लाको गौशाला नगरपालिका–१ रामनगरस्थित भानुभक्त मेमोरियल सेकेन्डरी इङ्ग..

2 महीना पहिले

गौशाला बजार व्यवस्थापनमा विवाद, वडा अध्यक्षकै नेतृत्वम..

गौशाला, चैत्र २१ गते । महोत्तरीको प्रमुख व्यापारिक केन्द्र गौशाला बजारमा बजार व्यवस्थापनका क्रममा विवाद चर्क..

3 महीना पहिले

रौतहटको रिसोर्टमा नक्कली सुन कारोबार पर्दाफास, चार जना प..

रौतहट, चैत्र ११ — रौतहटको चन्द्रनिगाहपुरस्थित एक रिसोर्टमा नक्कली सुन कारोबार भइरहेको सूचना पाएपछि प्रहरीले छ..

4 महीना पहिले