तिन जना फरार प्रतिवादी पक्राउ

4 वर्ष पहिले प्रकाशित

(2078-05-20 B.S.)

2381 पटक देखिएको

भदौ २० ,सिरहा 

राजेन्द्र महतो 

सिरहा प्रहरीले कुटपिट मुद्धा ,भ्रष्टाचार सम्बन्धि मुद्धा र लागूऔषध मुद्वाका फरार तिन जना प्रतिवादीलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सिरहा भगवानपुर गा.पा. ४ का २९ वर्षीय सुर्य भन्ने सुरज यादव, सिरहा लहान नगरपालिका- २० हरीनगराका ५८ वर्षीय चन्देश्वर ठाकुर र सिरहा लक्ष्मीपुरपतारी गा.पा. ६ का २६ वर्षीय संजय कुमार यादब रहेका छन् ।

सुरज यादवलाई कुटपिट मुद्धामा जिल्ला अदालत सिरहाद्वारा  २०७२।१०।१८ गते २(दुई) वर्ष कैद सजाय तोकिएको थियो । यादवलाई मिति २०७८।०५।१९ गते शनिबार प्रहरी चौकी ठाडी सिरहाबाट खटिएको प्रहरी टोलीले भगवानपुर गा.पा.३ स्थित बाट पक्राउ गरीएको प्रहरीले जनाएको छ।

त्यस्तै भ्रष्टाचार मुद्धामा फरार रहेका सिरहाको लहान नगरपालिका २० हरीनगर का ५८ वर्षीय चन्देश्वर ठाकुरलाई मिति २०७८।०५।१९ गते शनिबार ईलाका प्रहरी कार्यालय लहान सिरहाबाट खटिएको प्रहरी टोलीले सम्बन्धित घर वतनबाटै पक्राउ गरीएको प्रहरीले जनाइएको छ।

ठाकुर लाइ भ्रष्टाचार मुद्धामा जिल्ला अदालत सिरहाले २०७३।१०।०७ गते १ वर्ष ६ महिना २० दिन कैद र रु.७,५५,१६५।–(सात लाख पचपन्न हजार एक सय पैसठ्ठी) जरीवाना तोकिएको फैसला सुनाएको थियो ।

त्यसैगरी लागु औषध मुद्धामा फरार रहेका सिरहाको लक्ष्मीपुरपतारी गा.पा. ६ बस्ने वर्ष २६ को संजय कुमार यादवलाई मिति २०७८।०५।१८ गते शुक्रबार प्रहरी चौकी सितापुर सिरहाबाट खटिएको प्रहरी टोलीले सम्बन्धित घर बतनबाटै पक्राउ गरी फैसला कार्यान्वयनको लागी जिल्ला अदालत सिरहामा बुझाइएको छ।

यादवलाई लागूऔषध मुद्दामा जिल्ला अदालत सिरहाले २०६५।०७।२८ गते १(एक) वर्ष कैद र १०,०००।– (दश हजार) जरीवाना तोकिएको फैसला सुनाइएको थियो । कुटपिट मुद्धा,भ्रष्टाचार मुद्धा र लागु औषध मुद्धामा जिल्ला अदालत सिरहाद्धारा सजाय तोकीएपछि फरार रहेका प्रतिवादिहरु पक्राउ परेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी प्रवक्ता एवमं प्रहरी नायव उपरिक्षक शुभाष बुढाथोकीले बताएका छ्न।

पक्राउ परेका तिनै जनालाई जिल्ला अदालत सिरहामा वुझाई सजाय दाखिला गराइएको प्रहरी प्रवक्ता एवमं प्रहरी नायव उपरिक्षक बुढाथोकीले वताएका छ्न।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मौसम परिवर्तनसँगै स्वास्थ्य जोखिम बढ्दो, सचेत रहन डा. जा..

ममता शर्मा महोत्तरी, कार्तिक २३ गते ।  मौसम परिवर्तनसँगै महोत्तरी लगायत मधेशका विभिन्न क्षेत्रमा रुघाखोकी, सर्..

4 दिन पहिले

माओवादी केन्द्रले मधेश प्रदेश संसदीय दलको नेतामा भरत प्..

महोत्तरी, कात्तिक १७ गते ।नेकपा (माओवादी केन्द्र)ले मधेश प्रदेश सभामा आफ्नो संसदीय दलको नेताको जिम्मेवारी फेरि ए..

10 दिन पहिले

आयोजककै कब्जामा मुन्नी मिश्री भलिबलको उपाधि

  महोत्तरी, कार्तिक ९ गते । गौशालाको कान्तिबजारमा सम्पन्न तेश्रो मुन्नी मिश्री भलिबलको उपाधि आयोजकले सुरक्ष..

18 दिन पहिले

बजारको फोहोरको आलोचना भएपछी महतो खुलासा गरे वास्तविक कु..

महोत्तरी, कार्तिक ९ गते ।महोत्तरीको गौशाला बजार फोहोर भएपछी जनसमुदायले गरेको आलोचनालाइ चिर्दै देव नारायण महतो..

18 दिन पहिले

छठ मनाउँदा मौसमको ख्याल गर्न अनुरोध

महोत्तरी, कार्तिक ८ गते । हिन्दू धर्मावलम्बीहरूको महान पर्व छठको अवसरमा मौसमविद्हरूले स्वास्थ्य र सुरक्षाप्रत..

18 दिन पहिले

मौसम परिवर्तनसँगै स्वास्थ्य जोखिम बढ्दो, सचेत रहन डा. जा..

ममता शर्मा महोत्तरी, कार्तिक २३ गते ।  मौसम परिवर्तनसँगै महोत्तरी लगायत मधेशका विभिन्न क्षेत्रमा रुघाखोकी, सर्..

4 दिन पहिले

माओवादी केन्द्रले मधेश प्रदेश संसदीय दलको नेतामा भरत प्..

महोत्तरी, कात्तिक १७ गते ।नेकपा (माओवादी केन्द्र)ले मधेश प्रदेश सभामा आफ्नो संसदीय दलको नेताको जिम्मेवारी फेरि ए..

10 दिन पहिले

बजारको फोहोरको आलोचना भएपछी महतो खुलासा गरे वास्तविक कु..

महोत्तरी, कार्तिक ९ गते ।महोत्तरीको गौशाला बजार फोहोर भएपछी जनसमुदायले गरेको आलोचनालाइ चिर्दै देव नारायण महतो..

18 दिन पहिले

छठ मनाउँदा मौसमको ख्याल गर्न अनुरोध

महोत्तरी, कार्तिक ८ गते । हिन्दू धर्मावलम्बीहरूको महान पर्व छठको अवसरमा मौसमविद्हरूले स्वास्थ्य र सुरक्षाप्रत..

18 दिन पहिले

महोत्तरीमा प्रदेशस्तरीय भलिवल प्रतियोगिता हुँदै

ममता शर्मामहोत्तरी, कार्तिक ६ गते । महोत्तरीको गौशालामा प्रदेशस्तरीय तेस्रो मुन्नी मिश्री स्मृति भलिवल प्रति..

21 दिन पहिले

देउसी भैलो खेल्दा स्वास्थ्य र अनुशासनमा ध्यान दिन सुझाव

निरञ्जन कुमार साह महोत्तरी, कार्तिक ५ गते । नेपालीहरुको मौलिक पर्व तिहारमा देशभर देउसी भैलोको रौनकता छाएको छ । दे..

22 दिन पहिले