बसतपुरमा मदर्शा इस्लामीया भवनको उदघाट्न कार्यक्रम सम्पन्न

4 वर्ष पहिले प्रकाशित

(2078-05-22 B.S.)

2107 पटक देखिएको

  भदौ २२ , कलैया 

उपेन्द्र पासवान

बाराको कलैया उपमहानगरपालिका वडा नम्बर २० बसतपुरमा रहेको मदर्शा ईस्लामियाको भवन निर्माण सम्पन्न भएपछी एक कार्यक्रमका बिच नगर प्रमुख राजेश राय यादवले उदघाटन गरेका छन ।

वडा स्तरिय बजेटबाट रु ७ लाख र नगरबाट ९ लाख तथा जन श्रमदानको रु ३ लाख २० हजारको सहयोगमा गरि जम्मा १९ लाख २० हजारको लागतमा सो मदर्शा भवन निर्माण भएको वडा अध्यक्ष महमद ईमामुदिनले बताउनुभयो । ईमामुदिनले बसतपुरमा कमि देखिएको भौतिक संरचनाको निर्माणमा गरेको सहयोगका लागि कलैया उपमहानगरका मेयर यादवलाई धन्यवाद व्यक्त गरे ।

ईमामुदिनले यो वर्ष १० लाख दिने र बाकी रहेको संरचना बनाउने घोषणा गरे । उक्त मदर्शाको होस्टेलमा ४५ जना विपन्न विद्यार्थी बसेर पढ्ने गरेको र सो मदर्शामा गाउका गरि कुल २ सय ५० जना विद्यार्थी पढ्ने गरेकोले भौतिक पुर्वाधारको कमि भएकोले आफुले सो मदर्शामा कक्षाकोठा निर्माणका लागि बजेट उपलब्ध गराएको नगर प्रमुख राजेश राय यादवले बताउनु भयो ।

यादवले यस मदर्शाको निर्माण पछि बसतपुर सहित वरपरका धेरै मुस्लिम विद्यार्थीले सहज रुपमा शिक्षा आर्जन गर्ने बताए । यादवले आफुले गाउँ गाउमा शिक्षाको बिकास चाहेको र त्यसका लागि आवश्यक लगानीका लागि उपमहानगरपालिकाले कमि नगर्ने बताउदै शिक्षा स्वास्थ्य र यातायातका निमित आफुले मुहिम नै चलाएको बताए । अस्वस्थ राजनितीले शिक्षा र स्वास्थ्य विकासमा आफुले गर्न चाहे जति काम गर्न नसके पनि जनताको अपेक्षा र भावना अनुसार गरेरै छाड्ने बताएका छन ।

मेयर यादवले वडाबाट छुट्याइएको रकम यदि अपुग भए अपुग रकम उपमहानगरपालिकाको नगर स्तरिय बजेटबाट दिने प्रतिबद्धता जनाएका छन । सोही अवसरमा नगर उप-प्रमुख रहिमा खातुनले मदर्शा भवन निर्माण पश्चात् स्थानिय महिला र बालबालिकाहरुले समेत शिक्षा प्राप्त गर्न लाभान्वित हुने बताईन ।

उक्त अवसरमा नेपाली काङ्ग्रेस जिल्ला कमिटी सदस्य जयनारायण यादव,उपभोक्ता समिती सचिव बिगु अन्सारी,कोषाध्यक्ष रोजिदिन खातुन,ओभरसियर चन्द्रशेखर कुश्वाहा,समाजसेवी नाजिर अन्सारी,आदिल अन्सारी,सचिव खेदु अन्सारी,उपमहानगरपालिकाको सुपरिवेक्षक निभेश यादव,मुम्ताज अन्सारी,चन्दन ठाकुर,समाजसेवी हारुण अन्सारी लगायतकाको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मौसम परिवर्तनसँगै स्वास्थ्य जोखिम बढ्दो, सचेत रहन डा. जा..

ममता शर्मा महोत्तरी, कार्तिक २३ गते ।  मौसम परिवर्तनसँगै महोत्तरी लगायत मधेशका विभिन्न क्षेत्रमा रुघाखोकी, सर्..

4 दिन पहिले

माओवादी केन्द्रले मधेश प्रदेश संसदीय दलको नेतामा भरत प्..

महोत्तरी, कात्तिक १७ गते ।नेकपा (माओवादी केन्द्र)ले मधेश प्रदेश सभामा आफ्नो संसदीय दलको नेताको जिम्मेवारी फेरि ए..

10 दिन पहिले

आयोजककै कब्जामा मुन्नी मिश्री भलिबलको उपाधि

  महोत्तरी, कार्तिक ९ गते । गौशालाको कान्तिबजारमा सम्पन्न तेश्रो मुन्नी मिश्री भलिबलको उपाधि आयोजकले सुरक्ष..

18 दिन पहिले

बजारको फोहोरको आलोचना भएपछी महतो खुलासा गरे वास्तविक कु..

महोत्तरी, कार्तिक ९ गते ।महोत्तरीको गौशाला बजार फोहोर भएपछी जनसमुदायले गरेको आलोचनालाइ चिर्दै देव नारायण महतो..

18 दिन पहिले

छठ मनाउँदा मौसमको ख्याल गर्न अनुरोध

महोत्तरी, कार्तिक ८ गते । हिन्दू धर्मावलम्बीहरूको महान पर्व छठको अवसरमा मौसमविद्हरूले स्वास्थ्य र सुरक्षाप्रत..

18 दिन पहिले

मौसम परिवर्तनसँगै स्वास्थ्य जोखिम बढ्दो, सचेत रहन डा. जा..

ममता शर्मा महोत्तरी, कार्तिक २३ गते ।  मौसम परिवर्तनसँगै महोत्तरी लगायत मधेशका विभिन्न क्षेत्रमा रुघाखोकी, सर्..

4 दिन पहिले

माओवादी केन्द्रले मधेश प्रदेश संसदीय दलको नेतामा भरत प्..

महोत्तरी, कात्तिक १७ गते ।नेकपा (माओवादी केन्द्र)ले मधेश प्रदेश सभामा आफ्नो संसदीय दलको नेताको जिम्मेवारी फेरि ए..

10 दिन पहिले

बजारको फोहोरको आलोचना भएपछी महतो खुलासा गरे वास्तविक कु..

महोत्तरी, कार्तिक ९ गते ।महोत्तरीको गौशाला बजार फोहोर भएपछी जनसमुदायले गरेको आलोचनालाइ चिर्दै देव नारायण महतो..

18 दिन पहिले

छठ मनाउँदा मौसमको ख्याल गर्न अनुरोध

महोत्तरी, कार्तिक ८ गते । हिन्दू धर्मावलम्बीहरूको महान पर्व छठको अवसरमा मौसमविद्हरूले स्वास्थ्य र सुरक्षाप्रत..

18 दिन पहिले

महोत्तरीमा प्रदेशस्तरीय भलिवल प्रतियोगिता हुँदै

ममता शर्मामहोत्तरी, कार्तिक ६ गते । महोत्तरीको गौशालामा प्रदेशस्तरीय तेस्रो मुन्नी मिश्री स्मृति भलिवल प्रति..

21 दिन पहिले

देउसी भैलो खेल्दा स्वास्थ्य र अनुशासनमा ध्यान दिन सुझाव

निरञ्जन कुमार साह महोत्तरी, कार्तिक ५ गते । नेपालीहरुको मौलिक पर्व तिहारमा देशभर देउसी भैलोको रौनकता छाएको छ । दे..

22 दिन पहिले