बसतपुरमा मदर्शा इस्लामीया भवनको उदघाट्न कार्यक्रम सम्पन्न
भदौ २२ , कलैया
उपेन्द्र पासवान
बाराको कलैया उपमहानगरपालिका वडा नम्बर २० बसतपुरमा रहेको मदर्शा ईस्लामियाको भवन निर्माण सम्पन्न भएपछी एक कार्यक्रमका बिच नगर प्रमुख राजेश राय यादवले उदघाटन गरेका छन ।
वडा स्तरिय बजेटबाट रु ७ लाख र नगरबाट ९ लाख तथा जन श्रमदानको रु ३ लाख २० हजारको सहयोगमा गरि जम्मा १९ लाख २० हजारको लागतमा सो मदर्शा भवन निर्माण भएको वडा अध्यक्ष महमद ईमामुदिनले बताउनुभयो । ईमामुदिनले बसतपुरमा कमि देखिएको भौतिक संरचनाको निर्माणमा गरेको सहयोगका लागि कलैया उपमहानगरका मेयर यादवलाई धन्यवाद व्यक्त गरे ।

ईमामुदिनले यो वर्ष १० लाख दिने र बाकी रहेको संरचना बनाउने घोषणा गरे । उक्त मदर्शाको होस्टेलमा ४५ जना विपन्न विद्यार्थी बसेर पढ्ने गरेको र सो मदर्शामा गाउका गरि कुल २ सय ५० जना विद्यार्थी पढ्ने गरेकोले भौतिक पुर्वाधारको कमि भएकोले आफुले सो मदर्शामा कक्षाकोठा निर्माणका लागि बजेट उपलब्ध गराएको नगर प्रमुख राजेश राय यादवले बताउनु भयो ।
यादवले यस मदर्शाको निर्माण पछि बसतपुर सहित वरपरका धेरै मुस्लिम विद्यार्थीले सहज रुपमा शिक्षा आर्जन गर्ने बताए । यादवले आफुले गाउँ गाउमा शिक्षाको बिकास चाहेको र त्यसका लागि आवश्यक लगानीका लागि उपमहानगरपालिकाले कमि नगर्ने बताउदै शिक्षा स्वास्थ्य र यातायातका निमित आफुले मुहिम नै चलाएको बताए । अस्वस्थ राजनितीले शिक्षा र स्वास्थ्य विकासमा आफुले गर्न चाहे जति काम गर्न नसके पनि जनताको अपेक्षा र भावना अनुसार गरेरै छाड्ने बताएका छन ।
मेयर यादवले वडाबाट छुट्याइएको रकम यदि अपुग भए अपुग रकम उपमहानगरपालिकाको नगर स्तरिय बजेटबाट दिने प्रतिबद्धता जनाएका छन । सोही अवसरमा नगर उप-प्रमुख रहिमा खातुनले मदर्शा भवन निर्माण पश्चात् स्थानिय महिला र बालबालिकाहरुले समेत शिक्षा प्राप्त गर्न लाभान्वित हुने बताईन ।
उक्त अवसरमा नेपाली काङ्ग्रेस जिल्ला कमिटी सदस्य जयनारायण यादव,उपभोक्ता समिती सचिव बिगु अन्सारी,कोषाध्यक्ष रोजिदिन खातुन,ओभरसियर चन्द्रशेखर कुश्वाहा,समाजसेवी नाजिर अन्सारी,आदिल अन्सारी,सचिव खेदु अन्सारी,उपमहानगरपालिकाको सुपरिवेक्षक निभेश यादव,मुम्ताज अन्सारी,चन्दन ठाकुर,समाजसेवी हारुण अन्सारी लगायतकाको उपस्थिति रहेको थियो ।
गौशाला नगर प्रहरी पक्राउको विरोधमा भंगहा नगरपालिकाका क..
गौशाला, असार १९ । महोत्तरीको गौशाला नगरपालिकामा नियमित ड्युटीमा खटिएका आठ जना नगर प्रहरीलाई नेपाल प्रहरीले नियन..
6 दिन पहिले
गौशाला नगरपालिकाका कर्मचारीद्वारा नगर प्रहरीमाथिको दु..
महोत्तरी, असार १९ गते । महोत्तरीको गौशाला नगरपालिकाका कर्मचारीहरूले नगर प्रहरीमाथि भएको दुर्व्यवहारको विर..
7 दिन पहिले
सम्सी गाउँपालिकाद्वारा ७१ करोड ६७ लाख ९५ हजार रुपैयाँको ..
गौशाला, असार ९ गते । महोत्तरीको सम्सी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ७१ करोड ६७ लाख ९५ हजार रुपैय..
16 दिन पहिले
रामगोपालपुर नगरपालिकाको १४औँ नगरसभा सम्पन्न, करिब ५० कर..
महोत्तरी, असार ८ गते । महोत्तरीको रामगोपालपुर नगरपालिकाले १४औँ नगरसभा सम्पन्न गर्दै आर्थिक वर्ष २०८३/८४ का लाग..
17 दिन पहिले
संसदीय समितलाई प्रभावकारी बनाउन जनता र सरोकारवालाको भू..
काठमाडौँ, जेठ २५ गते । संसदको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति डा ओजस्वी शेरचनले समितिको काम का..
1 महीना पहिले
गौशाला नगर प्रहरी पक्राउको विरोधमा भंगहा नगरपालिकाका क..
गौशाला, असार १९ । महोत्तरीको गौशाला नगरपालिकामा नियमित ड्युटीमा खटिएका आठ जना नगर प्रहरीलाई नेपाल प्रहरीले नियन..
6 दिन पहिले
सम्सी गाउँपालिकाद्वारा ७१ करोड ६७ लाख ९५ हजार रुपैयाँको ..
गौशाला, असार ९ गते । महोत्तरीको सम्सी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ७१ करोड ६७ लाख ९५ हजार रुपैय..
16 दिन पहिले
संसदीय समितलाई प्रभावकारी बनाउन जनता र सरोकारवालाको भू..
काठमाडौँ, जेठ २५ गते । संसदको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति डा ओजस्वी शेरचनले समितिको काम का..
1 महीना पहिले
भानुभक्त स्कुलले ल्यायो एसईई परीक्षा २०८२ मा उत्कृष्ट न..
महोत्तरी, बैशाख २९ गते । महोत्तरी जिल्लाको गौशाला नगरपालिका–१ रामनगरस्थित भानुभक्त मेमोरियल सेकेन्डरी इङ्ग..
2 महीना पहिले
गौशाला बजार व्यवस्थापनमा विवाद, वडा अध्यक्षकै नेतृत्वम..
गौशाला, चैत्र २१ गते । महोत्तरीको प्रमुख व्यापारिक केन्द्र गौशाला बजारमा बजार व्यवस्थापनका क्रममा विवाद चर्क..
3 महीना पहिले
रौतहटको रिसोर्टमा नक्कली सुन कारोबार पर्दाफास, चार जना प..
रौतहट, चैत्र ११ — रौतहटको चन्द्रनिगाहपुरस्थित एक रिसोर्टमा नक्कली सुन कारोबार भइरहेको सूचना पाएपछि प्रहरीले छ..
4 महीना पहिले
गौशाला नगरपालिकाका कर्मचारीद्वारा नगर प्रहरीमाथिको दु..
महोत्तरी, असार १९ गते । महोत्तरीको गौशाला नगरपालिका..
गौशाला नगर प्रहरी पक्राउको विरोधमा भंगहा नगरपालिकाका क..
गौशाला, असार १९ । महोत्तरीको गौशाला नगरपालिकामा नियमित ड..
कमेन्ट गर्नुहोस्
view comments