कलैयामा विद्यालय तथा लाइब्रेरीको उदघाटन सम्पन्न
भदौ २५ ,बारा
उपेन्द्र पासवान
गुणस्तरीय शिक्षाका लागि जो सुकै संग पनि लड्न सक्नुपर्ने काङ्ग्रेसका प्रभावशाली केन्द्रिय सदस्य एवम पूर्व सांसद राधेचन्द्र यादवले बताएका छन ।
नमुना विधालय गुरु योजना अन्तर्गत निर्माण भएको १२ कोठे ३ तल्ले भवनको बारा सदरमुकाम कलैया बरेवा बैरिया स्थित श्री दुर्गा नमुना मा.वि.को उदघाटन गर्दै प्रमुख अतिथी समेत रहेका यादवले यस्तो बताएका छन ।
यादवले शिक्षाको बिकास भए मात्र समग्रमा बिकासको कल्पना गर्न सकिने बताउदै अहिले पनि युगको आवश्यक्ता अनुरुप तराई मधेसमा शिक्षामा लगानी नभएको बताएका छन् । शिक्षामा लगानी भयो भने मात्र हाम्रो जिल्ला देशमा नमुना बन्न सक्छ भन्दै निरन्तरको प्रयासले मात्र दुर्गा मा.वि नमुना विधालयमा पर्न सकेको भन्दै यसको निरन्तरको बिकासका लागि सबै विधालयका कर्मचारी ईमान्दार हुनुपर्नेमा जोड यादवले दिएका छन् ।
१२ कोठे भवन निर्माणमा १ करोड ९२ लाख लागत लागेको लेखापाल देव कुमार प्रसाद साहले बताउनुभयो ।
सोही अवसरमा ९६ लाखको लागतमा निर्माण भएको २ तल्ले सुबिधा सम्पन्न लाईब्रेरिको कलैया उपमहानगरपालिकाका मेयर राजेश राय यादवले उदघाटन गरेका छन । यता सोही कार्यक्रममा ३९ लाखको लागतमा निर्माण गरिएको २ तल्ले चार कोठे भवनको रिबन काटेर उपमेयर रहिमा खातुनले उदघाटन गर्नुभएको विधालयका शिक्षक उमा शंकर यादवले जनाए ।
बिशिष्ट अतिथिका रुपमा सम्बोधन गर्दै कलैया उपमहानगरपालिकाका नगर प्रमुख राजेश राय यादवले कलैया उपमहानगर सरकारले नगरका सवै विधालयलाई नमुना बनाउन चाहेको बताउदै यसमा सबै नगरबासी र विधालयका व्यवस्थापन समिति र प्रधानाध्यापक तथा विधालय कर्मचारीको सहयोग हुनुपर्ने बताएका छन् ।
विधालय व्यवस्थापन समितीका अध्यक्ष अवधेश प्रसाद यादवको अध्यक्षतामा भएको उदघाटन कार्यक्रममा उप मेयर रहिमा खातुन,वडा अध्यक्षहरु,नेपाली काङ्ग्रेस बाराका सभापति जय चन्द्र चौरसिया, पुर्व मन्त्री कलावती पास्वान, प्रमुख प्रशासकिय अधिकृत प्रल्हाद बर्नवाल,प्रशासन सहा खा प्रमुख हाजी मुस्ताक अन्सारी,नेमकिपा बाराका अध्यक्ष मुक्ति यादब,छय रोग निवारण संस्थाका अध्यक्ष सुरेश मोदक,रोशन यादब,प्रधानाध्यापकहरु मनोज साह,दिबेन्द्र गिरि,नरेन्द्र गिरि,प्रदिप साह लगायतकाको उपस्थिति रहेको थियो । अहिले पनि विधालयमा प्रयोगशाला भवन निर्माणको क्रममा रहेको र प्रशासनिक भवन,चमेना गृह,आधारभुत भवन तथा छात्रछात्राबास बन्न बाकी रहेको विधालयका प्रधानाध्यापक मनोज यादवले बताएका छन् ।
दुर्गा नमुना मा.वि. का प्रधानाध्यापक मनोज यादवले स्वागत गरेको कार्यक्रमको सन्चालन शिक्षक पवन कुमार यादवले गरेका थिए ।
जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..
गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..
7 दिन पहिले
असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..
रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..
17 दिन पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
24 दिन पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
28 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिरà..
1 महीना पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ à¤..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
1 महीना पहिले
जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..
गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा म..
कमेन्ट गर्नुहोस्
view comments