भ्रष्टाचार विरुद्ध भण्डाफोर कार्यक्रम सम्पन्न
भदौ ,२५ गते
उपेन्द्र पासवान
पर्सा जिल्लाको पकहामैनपुर गाउँपालिकामा भ्रष्टाचार विरुद्धको भण्डाफोर कार्यक्रम सम्पन्न भएको छ । सर्वदलीय दल तथा पकहामैनपुर युवा सञ्जालको संयुक्त आयोजनामा गाउँपालिकामा भएको भ्रष्टाचार विरुद्ध भण्डाफोर कार्यक्रम सम्पन्न भएको हो ।
पकहामैनपुर गाउँपालिका वडा नं २ मधुबनी चौकमा भएको कार्यक्रममा नेकपा एमालेका गाउँपालिका अध्यक्ष अकलेश साहले गाउँपालिका भ्रष्टाचारमा लिप्त रहेको दाबी गर्नुभयो ।

गाउँपालिकाले पटक पटक रकम निकासा गरेर बनाएको धर्मशाला उद्दघाटन हुदै पहिला छत चुईरहेको बताउनु भयो । गाउँपालिकामा १० प्रतिशत पनि विकास निर्माण सम्पन्न नभएको बताउनुभयो । जे भएको छ त्यो मात्र कागजमा भएको ठोकुवा गर्नुभयो ।
कार्यक्रम सम्बोधन गर्दै गाउँपालिकाको वडा नं ४ का वडा सदस्य अनिल साहले गाउँपालिका अध्यक्ष विजय कुमार चौरसियाले डिजिटल गाउँपालिका बनाउने उदश्यले नेट जडानका लागि गाउँपालिकाबाट ३५ लाख रकम निकासा गरे पनि अहिले सम्म नेट जडान नभएको र कागज मै मात्र भएको बताउनु भयो । गाउँपालिकाले गलत प्रक्रियाबाट नियुक्ति गर्न लागेको र त्यो नियुक्ति प्रक्रिया तत्काल रोक्न आग्रह गर्नुभयो । गाउँपालिकामा उद्योग नभए पनि गाउँपालिका अध्यक्ष चौरसियाले उधोगको नाममा कागजमै रकम निकासा गरी रकम हिनामिना गरेको युवा सञ्जालका प्रवक्ता प्रमोद पटेलले बताएका छन् ।
गाउँपालिका अध्यक्ष चौरसियाले आफूखुसी गाउँपालिका वडा नं २ मा पर्ने पोखरीको जबरजस्ती ८ लाख बराबरको माछा मारी माछाको रकम अहिले सम्म गाउँपालिकाको खातामा रकम नबुझाएको युवा नेता राकेश कुशवाहाले आरोप लगाउनुभयो ।
गाउँपालिका अध्यक्ष चौरसियाले चुनाव जितेपछि सप्त ग्रहण गर्ने बेलामा "मैले १ रुपैयाँको भ्रष्टाचार गर्दिन र गर्न दिन्न " भनेका थिए ।
उहाँले साच्चिकै १ रुपैयाँको होइन करोडौं करोडौंको भ्रष्टचार गर्नुभएको वडा नं ५ का वडा सदस्य महेन्द्र रामले बताए।
कार्यक्रमलाई सम्बोधन गर्दै वक्ताहरुले भ्रष्टाचारमा लिप्त रहेका गाउँपालिका अध्यक्ष चौरसियालाई जेलमा पठाई आन्दोलन स्थगीत गर्ने बताएका थिए । कार्यक्रममा हरी चौहान , नर्सुल्लाह मियाँ , राजेश सहनी , सिन्दु मेहता , विनोद मेहता , रामबाबु चौरसिया , सुरेश मेहता , हृदयनारायण कुशवाहा , बलिराम दास , इदृष मियाँ ,पनालाल यादव , दिपनारायण ठाकुर , मोटर बर्नवाल , अब्दुल आलम , राजन साह , अकलेश पटेल , बिनय कुशवाहा लगायतको उपस्थिती रहेको थियो। कार्यक्रमको अध्यक्षता राकेश कुशवाहा , स्वागत मन्तब्य फरिन्द्र चौहान र कार्यक्रम सञ्चालक नवल पटेलले गरेका थिए ।
गौशाला नगर प्रहरी पक्राउको विरोधमा भंगहा नगरपालिकाका क..
गौशाला, असार १९ । महोत्तरीको गौशाला नगरपालिकामा नियमित ड्युटीमा खटिएका आठ जना नगर प्रहरीलाई नेपाल प्रहरीले नियन..
6 दिन पहिले
गौशाला नगरपालिकाका कर्मचारीद्वारा नगर प्रहरीमाथिको दु..
महोत्तरी, असार १९ गते । महोत्तरीको गौशाला नगरपालिकाका कर्मचारीहरूले नगर प्रहरीमाथि भएको दुर्व्यवहारको विर..
7 दिन पहिले
सम्सी गाउँपालिकाद्वारा ७१ करोड ६७ लाख ९५ हजार रुपैयाँको ..
गौशाला, असार ९ गते । महोत्तरीको सम्सी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ७१ करोड ६७ लाख ९५ हजार रुपैय..
16 दिन पहिले
रामगोपालपुर नगरपालिकाको १४औँ नगरसभा सम्पन्न, करिब ५० कर..
महोत्तरी, असार ८ गते । महोत्तरीको रामगोपालपुर नगरपालिकाले १४औँ नगरसभा सम्पन्न गर्दै आर्थिक वर्ष २०८३/८४ का लाग..
17 दिन पहिले
संसदीय समितलाई प्रभावकारी बनाउन जनता र सरोकारवालाको भू..
काठमाडौँ, जेठ २५ गते । संसदको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति डा ओजस्वी शेरचनले समितिको काम का..
1 महीना पहिले
गौशाला नगर प्रहरी पक्राउको विरोधमा भंगहा नगरपालिकाका क..
गौशाला, असार १९ । महोत्तरीको गौशाला नगरपालिकामा नियमित ड्युटीमा खटिएका आठ जना नगर प्रहरीलाई नेपाल प्रहरीले नियन..
6 दिन पहिले
सम्सी गाउँपालिकाद्वारा ७१ करोड ६७ लाख ९५ हजार रुपैयाँको ..
गौशाला, असार ९ गते । महोत्तरीको सम्सी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ७१ करोड ६७ लाख ९५ हजार रुपैय..
16 दिन पहिले
संसदीय समितलाई प्रभावकारी बनाउन जनता र सरोकारवालाको भू..
काठमाडौँ, जेठ २५ गते । संसदको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति डा ओजस्वी शेरचनले समितिको काम का..
1 महीना पहिले
भानुभक्त स्कुलले ल्यायो एसईई परीक्षा २०८२ मा उत्कृष्ट न..
महोत्तरी, बैशाख २९ गते । महोत्तरी जिल्लाको गौशाला नगरपालिका–१ रामनगरस्थित भानुभक्त मेमोरियल सेकेन्डरी इङ्ग..
2 महीना पहिले
गौशाला बजार व्यवस्थापनमा विवाद, वडा अध्यक्षकै नेतृत्वम..
गौशाला, चैत्र २१ गते । महोत्तरीको प्रमुख व्यापारिक केन्द्र गौशाला बजारमा बजार व्यवस्थापनका क्रममा विवाद चर्क..
3 महीना पहिले
रौतहटको रिसोर्टमा नक्कली सुन कारोबार पर्दाफास, चार जना प..
रौतहट, चैत्र ११ — रौतहटको चन्द्रनिगाहपुरस्थित एक रिसोर्टमा नक्कली सुन कारोबार भइरहेको सूचना पाएपछि प्रहरीले छ..
4 महीना पहिले
गौशाला नगरपालिकाका कर्मचारीद्वारा नगर प्रहरीमाथिको दु..
महोत्तरी, असार १९ गते । महोत्तरीको गौशाला नगरपालिका..
गौशाला नगर प्रहरी पक्राउको विरोधमा भंगहा नगरपालिकाका क..
गौशाला, असार १९ । महोत्तरीको गौशाला नगरपालिकामा नियमित ड..
कमेन्ट गर्नुहोस्
view comments