भ्रष्टाचार विरुद्ध भण्डाफोर कार्यक्रम सम्पन्न
भदौ ,२५ गते
उपेन्द्र पासवान
पर्सा जिल्लाको पकहामैनपुर गाउँपालिकामा भ्रष्टाचार विरुद्धको भण्डाफोर कार्यक्रम सम्पन्न भएको छ । सर्वदलीय दल तथा पकहामैनपुर युवा सञ्जालको संयुक्त आयोजनामा गाउँपालिकामा भएको भ्रष्टाचार विरुद्ध भण्डाफोर कार्यक्रम सम्पन्न भएको हो ।
पकहामैनपुर गाउँपालिका वडा नं २ मधुबनी चौकमा भएको कार्यक्रममा नेकपा एमालेका गाउँपालिका अध्यक्ष अकलेश साहले गाउँपालिका भ्रष्टाचारमा लिप्त रहेको दाबी गर्नुभयो ।

गाउँपालिकाले पटक पटक रकम निकासा गरेर बनाएको धर्मशाला उद्दघाटन हुदै पहिला छत चुईरहेको बताउनु भयो । गाउँपालिकामा १० प्रतिशत पनि विकास निर्माण सम्पन्न नभएको बताउनुभयो । जे भएको छ त्यो मात्र कागजमा भएको ठोकुवा गर्नुभयो ।
कार्यक्रम सम्बोधन गर्दै गाउँपालिकाको वडा नं ४ का वडा सदस्य अनिल साहले गाउँपालिका अध्यक्ष विजय कुमार चौरसियाले डिजिटल गाउँपालिका बनाउने उदश्यले नेट जडानका लागि गाउँपालिकाबाट ३५ लाख रकम निकासा गरे पनि अहिले सम्म नेट जडान नभएको र कागज मै मात्र भएको बताउनु भयो । गाउँपालिकाले गलत प्रक्रियाबाट नियुक्ति गर्न लागेको र त्यो नियुक्ति प्रक्रिया तत्काल रोक्न आग्रह गर्नुभयो । गाउँपालिकामा उद्योग नभए पनि गाउँपालिका अध्यक्ष चौरसियाले उधोगको नाममा कागजमै रकम निकासा गरी रकम हिनामिना गरेको युवा सञ्जालका प्रवक्ता प्रमोद पटेलले बताएका छन् ।
गाउँपालिका अध्यक्ष चौरसियाले आफूखुसी गाउँपालिका वडा नं २ मा पर्ने पोखरीको जबरजस्ती ८ लाख बराबरको माछा मारी माछाको रकम अहिले सम्म गाउँपालिकाको खातामा रकम नबुझाएको युवा नेता राकेश कुशवाहाले आरोप लगाउनुभयो ।
गाउँपालिका अध्यक्ष चौरसियाले चुनाव जितेपछि सप्त ग्रहण गर्ने बेलामा "मैले १ रुपैयाँको भ्रष्टाचार गर्दिन र गर्न दिन्न " भनेका थिए ।
उहाँले साच्चिकै १ रुपैयाँको होइन करोडौं करोडौंको भ्रष्टचार गर्नुभएको वडा नं ५ का वडा सदस्य महेन्द्र रामले बताए।
कार्यक्रमलाई सम्बोधन गर्दै वक्ताहरुले भ्रष्टाचारमा लिप्त रहेका गाउँपालिका अध्यक्ष चौरसियालाई जेलमा पठाई आन्दोलन स्थगीत गर्ने बताएका थिए । कार्यक्रममा हरी चौहान , नर्सुल्लाह मियाँ , राजेश सहनी , सिन्दु मेहता , विनोद मेहता , रामबाबु चौरसिया , सुरेश मेहता , हृदयनारायण कुशवाहा , बलिराम दास , इदृष मियाँ ,पनालाल यादव , दिपनारायण ठाकुर , मोटर बर्नवाल , अब्दुल आलम , राजन साह , अकलेश पटेल , बिनय कुशवाहा लगायतको उपस्थिती रहेको थियो। कार्यक्रमको अध्यक्षता राकेश कुशवाहा , स्वागत मन्तब्य फरिन्द्र चौहान र कार्यक्रम सञ्चालक नवल पटेलले गरेका थिए ।
मौसम परिवर्तनसँगै स्वास्थ्य जोखिम बढ्दो, सचेत रहन डा. जा..
ममता शर्मा महोत्तरी, कार्तिक २३ गते । मौसम परिवर्तनसँगै महोत्तरी लगायत मधेशका विभिन्न क्षेत्रमा रुघाखोकी, सर्..
4 दिन पहिले
माओवादी केन्द्रले मधेश प्रदेश संसदीय दलको नेतामा भरत प्..
महोत्तरी, कात्तिक १७ गते ।नेकपा (माओवादी केन्द्र)ले मधेश प्रदेश सभामा आफ्नो संसदीय दलको नेताको जिम्मेवारी फेरि ए..
10 दिन पहिले
आयोजककै कब्जामा मुन्नी मिश्री भलिबलको उपाधि
महोत्तरी, कार्तिक ९ गते । गौशालाको कान्तिबजारमा सम्पन्न तेश्रो मुन्नी मिश्री भलिबलको उपाधि आयोजकले सुरक्ष..
18 दिन पहिले
बजारको फोहोरको आलोचना भएपछी महतो खुलासा गरे वास्तविक कु..
महोत्तरी, कार्तिक ९ गते ।महोत्तरीको गौशाला बजार फोहोर भएपछी जनसमुदायले गरेको आलोचनालाइ चिर्दै देव नारायण महतो..
18 दिन पहिले
छठ मनाउँदा मौसमको ख्याल गर्न अनुरोध
महोत्तरी, कार्तिक ८ गते । हिन्दू धर्मावलम्बीहरूको महान पर्व छठको अवसरमा मौसमविद्हरूले स्वास्थ्य र सुरक्षाप्रत..
18 दिन पहिले
मौसम परिवर्तनसँगै स्वास्थ्य जोखिम बढ्दो, सचेत रहन डा. जा..
ममता शर्मा महोत्तरी, कार्तिक २३ गते । मौसम परिवर्तनसँगै महोत्तरी लगायत मधेशका विभिन्न क्षेत्रमा रुघाखोकी, सर्..
4 दिन पहिले
माओवादी केन्द्रले मधेश प्रदेश संसदीय दलको नेतामा भरत प्..
महोत्तरी, कात्तिक १७ गते ।नेकपा (माओवादी केन्द्र)ले मधेश प्रदेश सभामा आफ्नो संसदीय दलको नेताको जिम्मेवारी फेरि ए..
10 दिन पहिले
बजारको फोहोरको आलोचना भएपछी महतो खुलासा गरे वास्तविक कु..
महोत्तरी, कार्तिक ९ गते ।महोत्तरीको गौशाला बजार फोहोर भएपछी जनसमुदायले गरेको आलोचनालाइ चिर्दै देव नारायण महतो..
18 दिन पहिले
छठ मनाउँदा मौसमको ख्याल गर्न अनुरोध
महोत्तरी, कार्तिक ८ गते । हिन्दू धर्मावलम्बीहरूको महान पर्व छठको अवसरमा मौसमविद्हरूले स्वास्थ्य र सुरक्षाप्रत..
18 दिन पहिले
महोत्तरीमा प्रदेशस्तरीय भलिवल प्रतियोगिता हुँदै
ममता शर्मामहोत्तरी, कार्तिक ६ गते । महोत्तरीको गौशालामा प्रदेशस्तरीय तेस्रो मुन्नी मिश्री स्मृति भलिवल प्रति..
21 दिन पहिले
देउसी भैलो खेल्दा स्वास्थ्य र अनुशासनमा ध्यान दिन सुझाव
निरञ्जन कुमार साह महोत्तरी, कार्तिक ५ गते । नेपालीहरुको मौलिक पर्व तिहारमा देशभर देउसी भैलोको रौनकता छाएको छ । दे..
22 दिन पहिले
मौसम परिवर्तनसँगै स्वास्थ्य जोखिम बढ्दो, सचेत रहन डा. जा..
ममता शर्मा महोत्तरी, कार्तिक २३ गते । मौसम परिवर्तनसँ..
कमेन्ट गर्नुहोस्
view comments