ठग एजेन्टको कारण ११ जनाको घरपरिवार बिचल्लीमा ,गुहार्दै न्याय,मौन प्रहरी प्रशासन

5 वर्ष पहिले प्रकाशित

(2078-06-06 B.S.)

3674 पटक देखिएको

असोज ६  

महोत्तरीको गौशाला नगरपालिका र औरही नगरपालिकाका ११ जना व्यक्तित्वको घर परिवार बिचल्ली अवस्थामा रहेको छ ।  बुधबार गौशाला -५ स्थित गरिएको पत्रकार सम्मेलनमा एउटा नक्कली एजेन्टले  विदेश पठाईदिन्छु भनेर लिएको सम्पूर्ण रकम लिएर भागेपछी उनीहरु विचल्ली अवस्थामा पुगेको प्रेस विज्ञप्तिमार्फत जनाइएको छ । 

लगाइएको लनागी रकम चुर्लुम्म पानीमा डुब्दा गौशाला नगरपालिका बस्ने ३१ वर्षीय छठु रे यादव ,४० वर्षीय सोलिंदर सहनी ,३४ वर्षीय सिकिन् सहनी ,३५ वर्षीय सुरेन्द्र महरा ,२५ वर्षीय अनिल महतो ,१९ वर्षीय सुनिल महतो तथा रामकिशोर मुखिया र औरही नगरपालिका कंचनपुर बस्ने ३५ वर्षीय सिरिया महतो ,४० वर्षीय शिवशंकर महतो ,३० वर्षीय बद्रि मुखिया र २० वर्षीय कारी मुखिया दुखित भएका छन् । 

गरिब घर परिवारबाट रहेका ति व्यक्तित्वहरुले विदेश जानको लागि १ लाख ३० हजारको दरले सर्लाहीको हरिपुर्वा नगरपालिका वडा न.४ धनकौल सरस्वति टोल बस्ने ३१ वर्षीय कुन्दन कुमार मिश्रालाइ रकम दिएका थिए ।  घरयसी अवस्था कमजोर भएको कारणले कसैले खेत बेचेर ,कसैले जोहो गरेर राखेको पैसा ,कसैले साहुमहाजन सँग सैकडाको ३ रुपैयामा व्याजमा उठाई रकमको व्यवस्था गरि मिश्रालाइ दिएका थिए मिश्राले विदेश सजिलै सँग पठाईदिन्छु भनेर उनीहरुले दिएको रकम लिएर करिब छ महिना पछी भिसा आयो भनेर उनीहरुलाइ काठमाडौं लागेका थिए ।  पछी त्यहाँ गएर जसोतसो १२ दिन सम्म बसी उनीहरुलाई थाहा भयो कि मिश्राले बांएको भिसा भिजिट भिसा हो भनेर ।  उनीहरुले आफ्नो रकम र सम्पूर्ण कागजातहरु माग्ने प्रयास गरे तर एजेन्टले त्यहाँका लोकल गुण्डाहरुलाइ बोलाइ धम्कि दिएका थिए र मुश्रा त्यहाँ बाट  फरार भएको एकजनाले गुनासो गरेका छन्  । 

आफ्नो समस्या समाधानको अर्को कुनै बाटो फेला नपरेपछी उनीहरुले काठमाडौंको गौशालामा रहेको प्रहरी चौकीमा एजेन्ट विरुद्ध निवेदन दिए तर त्यहाँ त्यसको लागि कुनै पहल नगरिएको अर्का एक व्यक्ति बताउछन कुनै आश नरहेपछि उनीहरु त्यहाँ बाट आफ्नो आफ्नो घर फर्किए ।  उनीहरुले वैदेशिक स्वरोजगार कार्यालयमा मिति २०७८ साउन १२ गते मिश्रा बिरुद्ध निवेदन दिएका छन् ।  त्यहाँबाट पनि आफ्नुहरुलाई न्याय दिलाउन कुनै किसिमको पहल नभएको पिडितहरु बताउछन । 

पछी भदौ १९ गते गौशाला इलाका प्रहरी कार्यालयमा निवेदन दिएता पनि उनीहरुले कुनै किसिमको आश्वासन नपाएको पिडित मुखियाले बताएका छन् । 

न्याय पाउनको लागि अझै पनि उनीहरु ठाउँठाउँमा भौतारीरहेका छन् फरार एजेन्ट मिश्रालाइ कुनै प्रहरी प्रशासनले पक्राउ गर्न सकेका छन् । 

हिजो आज हाम्रो समाजमा यस्ता झुटा एजेन्टका घटनाहरु सर्वत्र रहेका छन् ।  स्वदेशमा रोजगारीको सिर्जना वा कुनै अवसर नभएपछी उनीहरु जस्ता हजारौ युवाहरु विदेश जान बाध्य भएका छन् ।  क्षमताको आधारमा अभएर पैसा र पावरको भरमा यहाँ जागिर पाइने हुनाले गरिब घर परिवारका व्यक्तिहरु सुखी जीवनयापनको आशले विदेश पलायन हुने गर्दछन ।  महोत्तरीमा मात्र नभएर यस्ता घटनाहरु अनेकौ स्थानमा सुन्न पाइन्छ ।  यस्ता घटनाहरुमा प्रहरी प्रशासन समेत निष्क्रिय रहेकोले मिश्रा जस्ता झुटा र धोखा दिने एजेन्टहरुको मनोबल बढेको छ ।  न्याय पाउनको लागि सर्वो मानिय प्रहरी प्रशासन पनि मौन हुने गरेको हजारु घटनाहरु सार्वजनिक रुपमै रहेका छन् ।  जसको कारणले हामी आफ्नो घरमा शान्तिको साथ बस्छौ आजभोलि कताकता प्रहरी प्रशासनका यस्ता मौनतापूर्ण रुपले भयवित हुने अवस्था सिर्जना भएको छ  । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..

गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..

7 दिन पहिले

असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..

रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..

17 दिन पहिले

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

24 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

28 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिरà..

1 महीना पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ à¤..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

1 महीना पहिले