मतदाता सुचिमा नाम दर्ता गराउनेको भिड,जनशक्ति अभाव

5 वर्ष पहिले प्रकाशित

(2078-06-07 B.S.)

4392 पटक देखिएको

रञ्जन भण्डारी
महोत्तरी,७ असोज 

महोत्तरीमा मतदाता सुचिमा नाम अद्यावधिक गराउने सेवाग्राहीको भिड ह्वात्तै वढेपनि कार्यालयमा जनशक्ति अभाव देखिएको छ । नियमित समयमा एकजना र भिड अत्याधिक भएपछि दुईजना कम्प्युटर अपरेटरले सेवा दिने गरेपछि भिड अत्याधिक देखिएको हो ।
जिल्ला भरि ईलाका प्रशासन कार्यालय गौशाला,बर्दिवास र जिल्ला निर्वाचन कार्यालय जलेश्वर गरि तिन स्थानबाट मात्र मतदानाहरुको नामावलि संकलन हुने गरेपछि भिड नियन्त्रण गर्न समस्या देखिएको हो । सदरमुकाम स्थित जिल्ला निर्वाचन कार्यालय महोत्तरी परिसर देखि वाहिर मुख्य सडकसम्म घन्टौ लाईनमा वसेर सेवालिनु परिरहेको गुनासो छ ।
जिल्ला प्रशासन कार्यालय महोत्तरीको प्रांगनमा साविक देखि नै मतदाताहरुको नाम दर्ता संकलन हुदै आएकोमा जिल्ला प्रसासन कार्यालयमै समेत राष्ट्रिय परिचयपत्र,नागरिकता,राहदानी र मधेशी तथा अन्य विभिन्न कागजात प्रमाणित गराउनेहरुको भिड अत्याधिक बढेपछि हालै जिल्ला प्रशासन कार्यालयमा सारिएको मतदाताहरुको नाम अद्यावधिक कार्य जिल्ला निर्वाचन कार्यालय मै गर्न थालिएको हो । 

स्थानिय तहहरुमा मतदाता सुचिमा विभिन्न जनप्रतिनिधीहरु र राजनितिक व्यक्तित्वहरुले समेत नाम दर्ता गराई मतदाता बन्न जानकारी गराउन थालेपछि गाउँघरमा जनचेतना फैलिन थालेको र आफ्नो मताधिकार बुझ्दै मतदान गर्न योग्य व्यक्तिहरुले मतदाता नामाबलिमा नाम दर्ता गराउन कार्यालय आउन थालेको जनप्रतिनिधीहरुको भनाई छ ।
तर कार्यालयमा आउदा घन्टौ घाममा उभिनु पर्ने सेवाग्राहीको गुनासो छ । विहानै आएर लाम लाग्नु पर्ने तर काम सुस्त हुने गर्दा  सास्ती भोग्नु परेको सेवाग्राही मनोज मण्डलले बताए । उनले तत्काल जनशक्ति थप्न आग्रह गरे ।
यता जिल्ला निर्वाचन कार्यालय महोत्तरीका प्रमुख दिवाकर भुजेलले जनशक्ति थप्न नमिल्ने बताए । उनले निर्वाचन केन्द्रिय कार्यालयबाट नै प्रत्येक अद्यावधिक केन्द्रमा एकजनामात्र कम्प्युटर अपरेटरको व्यवस्था गरिएकोमा तत्कालै संख्या थप्न नमिल्ने बताए । उनले कोरोनाकै कारण र अन्य विभिन्न कारणले नाम दर्ता गराउन छुटेकाहरुको भिड देखिएको र अवको केहि दिनमै भिड नियमित हुने बताए । केहि धेरै पहिले नै नागरिकता लिएर पनि मतदाता नामाबलिमा नाम दर्ता नगराएकाहरुको भिड उनले मतदाता नामावलीमा नाम दर्ता बन्द हुने हल्लाले समेत भिड बढाएको भन्दै तत्काल नामावली संकलन नरोकिने बताए ।

जिल्ला निर्वाचन कार्यालयबाट सुचना जारी गर्दै अनावश्यक भिडभाड नगर्न र थोरै संख्यामा आएर सेवा लिन आग्रह गरेको छ ।सरदर जिल्ला भरि दैनिक तिनसय पचास जति सेवाग्राहीको नाम मतदाता सुचिमा दर्ता भैरहेकोमा भिड भने दर्ता हुनेको भन्दा तिन देखि चार गुण वढी हुने गरेको छ ।
महोत्तरीका प्रमुख जिल्ला अधिकारी तिर्थराज भटटराईले समेत निर्वाचन कार्यालय मात्र नभई जिल्ला प्रसासन कार्यालय,मालपोत कार्यालय लगायतका विभिन्न कार्यालयमा सेवाग्राहीको चाप वढेको बताए । उनले कर्मचारी अझै कम भएकोमा यस्तो समस्या आएको थपे । उनले भिडभाड व्यवस्थापनको प्रयास भने भैरहेको बताए । अहिले राष्ट्रिय परिचय पत्र देखि मालपोतको कामसम्ममा भिड अत्यधिक रहेकोमा लामो समय देखि थाती रहेको कामहरु दशै अगावै मानिसहरुले सकाउन खोजेकोमा भिड अत्यधिक देखिएको उनको भनाई छ ।
जिल्लाको हरेक स्थानिय तहमा मतदाता नामावली संकलन कार्यलाई विस्तार गर्न नसके अझै भिडभाड वढ्ने सम्भावना वढेको छ । महोत्तरीमा गत भाद्र मसान्तसम्म पुरुष मतदाता एकलाख छयासी हजार १४० र महिला मतदाताको संख्या एकलाख सन्ताउन्न हजार ३८३ तथा एक तेस्रो लिंगी गरि कुल तिन लाख त्रिचालिस लाख ५२५ रहेको छ । वि.सं. २०७४ सालमा भएको स्थानिय तहको निर्वाचनमा एकलाख त्रिसठी हजार ४७७ पुरुष मतदाता,एकलाख चौवालिस हजार ९३१ महिला मतदाता र एक तेस्रो लिंगि गरि कुल तिन लाख आठ हजार ४०९ मतदाता थिए । 
सोहि निर्वाचन पछि हालसम्म पैतिस हजार ११६ मतदाता भाद्र मसान्तसम्म थप भएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..

गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..

7 दिन पहिले

असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..

रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..

17 दिन पहिले

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

24 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

28 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिरà..

1 महीना पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ à¤..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

1 महीना पहिले