परम्परागत चलिआएको भष्ट्रचार हटाउन गाह्रो : मालपोत प्रमुख गोपाल प्रसाद बराल
असोज १०
बाराको कलैया स्थित मालपोत तथा भुमि सुधार कार्यलयमा हरेक फाँटमा रु १०० देखि रु ५०० सम्मको नेपालीनोट नदिए कुनै फाईल अगाडि नबढ्ने गरेको गुनासो पहिला देखि नै चलिआएको छ।
मालपोत तथा भुमि सुधार कार्यालयमा जग्गा रोका , जग्गाको कित्ताकाट , जग्गा फुकुवा , जग्गा नामसारी , जग्गा दा. खा. , मठ भिडाउने श्रेस्ता नकल पुर्जा जस्ता कामहरू हुने गरेको पाईन्छ।
जग्गा सम्बन्धित काम गराउन मालपोत तथा भुमि सुधार कार्यलयमा जाँदा हरेक फाँटमा तथा हरेक झ्यालमा बिना पैसाको काम नहुने गरेको गुनासो दिन प्रतिदिन बढ्दै गएको छ। मालपोत तथा भुमि सुधार कार्यालयमा तोक दर्ता फाट ३ वाटा मोठ फाट १ वाटा मुद्दा फाट २ वाटा रजिस्ट्रेसन फाट २ वाटा सोधपुछ फाट १ वाटा तामेली फाट रहेको छ ।
स्थाई कर्मचारी तथा करारमा भर्ना भएका कर्मचारीहरु आर. के., डि. आर. , डि. एच. ,एन. एम. ,तथा ईन्ट्री समेत गर्नमा पनि बिना १०० देखी ५०० पैसा नलि काम नगर्ने गरेको जानकारी प्राप्त भएको छ। मालपोत तथा भुमि सुधार कार्यालयमा सम्पुर्ण कागज पत्र ठिक दुरुस्त भए पनि पैसा नदिए ति कर्मचारीहरु विभिन्न बहाना बनाई दुःख दिने गरेको कलैया उपमहानगरपालिका वडा नं १४ बस्ने शनि जैयस्वालले गुनासो पोखेका छन।
साथै जो सेवाग्राही तथा लेखापढी व्यवसायीहरु पैसा फाईलमा राखि दिएमा काम चाडै नै गरीदिने गरेको आरोप समेत लगाएका छन। कर्मचारी र लेखापढी व्यवसायीले सेवाग्राही लुट्ने गरेको छ बताए । मालपोत तथा भुमि सुधार कार्यालय कलैया बाराको प्रमुख गोपाल प्रसाद बरालसँग प्रतिक्रिया लिंदा यो पैसा लिने काम परम्परागत रूपमा नै चलिआईरहेको हो।

यसलाई भन्ने बितिकै हटाउन सकिदैन। सेवाग्राहीहरु मालपोतमा नआएको मात्र लेखापढी व्यवसायीहरु नै आउने गरेकोले यस्तो किसिमको आरोप लगाईएको हो। मालपोत कार्यालयको सेवाग्राही भनेको त्यहिँ लेखापढी व्यवसायीहरु हुन। कुनै कर्मचारी लेखापढी व्यवसायीसँग मिलाउन सके गुनासो नआउने तर मिलाउन नसके मात्र गुनासो आउने गरेको देखिन्छ भनि वरालले बताएका छन।
एउटा लेखापढी व्यवसायीहरु १० / १० जना कर्मचारी राखी जनतालाई लुट्ने गरेका छन। एउटा फर्मले कसरी कसरी त्यति कर्मचारी राखेका होलान भनि जिज्ञाशा समेत गरेका छन। नेपाल लेखापढी कानुन व्यवसायी एसोसिएसन बाराका अध्यक्ष बृजकिशोर यादव ( भगतजी ) सँग प्रतिक्रिया लिंदा हाम्रो रोहबरमा कुनै कर्मचारीले पैसा माँग्ने नगरेको साथै मालपोत कार्यालयमा गुनासो सुन्ने डेक्स राख्न गईरहेको जानकारी गराएका छन।
मौसम परिवर्तनसँगै स्वास्थ्य जोखिम बढ्दो, सचेत रहन डा. जा..
ममता शर्मा महोत्तरी, कार्तिक २३ गते । मौसम परिवर्तनसँगै महोत्तरी लगायत मधेशका विभिन्न क्षेत्रमा रुघाखोकी, सर्..
4 दिन पहिले
माओवादी केन्द्रले मधेश प्रदेश संसदीय दलको नेतामा भरत प्..
महोत्तरी, कात्तिक १७ गते ।नेकपा (माओवादी केन्द्र)ले मधेश प्रदेश सभामा आफ्नो संसदीय दलको नेताको जिम्मेवारी फेरि ए..
9 दिन पहिले
आयोजककै कब्जामा मुन्नी मिश्री भलिबलको उपाधि
महोत्तरी, कार्तिक ९ गते । गौशालाको कान्तिबजारमा सम्पन्न तेश्रो मुन्नी मिश्री भलिबलको उपाधि आयोजकले सुरक्ष..
17 दिन पहिले
बजारको फोहोरको आलोचना भएपछी महतो खुलासा गरे वास्तविक कु..
महोत्तरी, कार्तिक ९ गते ।महोत्तरीको गौशाला बजार फोहोर भएपछी जनसमुदायले गरेको आलोचनालाइ चिर्दै देव नारायण महतो..
17 दिन पहिले
छठ मनाउँदा मौसमको ख्याल गर्न अनुरोध
महोत्तरी, कार्तिक ८ गते । हिन्दू धर्मावलम्बीहरूको महान पर्व छठको अवसरमा मौसमविद्हरूले स्वास्थ्य र सुरक्षाप्रत..
18 दिन पहिले
मौसम परिवर्तनसँगै स्वास्थ्य जोखिम बढ्दो, सचेत रहन डा. जा..
ममता शर्मा महोत्तरी, कार्तिक २३ गते । मौसम परिवर्तनसँगै महोत्तरी लगायत मधेशका विभिन्न क्षेत्रमा रुघाखोकी, सर्..
4 दिन पहिले
माओवादी केन्द्रले मधेश प्रदेश संसदीय दलको नेतामा भरत प्..
महोत्तरी, कात्तिक १७ गते ।नेकपा (माओवादी केन्द्र)ले मधेश प्रदेश सभामा आफ्नो संसदीय दलको नेताको जिम्मेवारी फेरि ए..
9 दिन पहिले
बजारको फोहोरको आलोचना भएपछी महतो खुलासा गरे वास्तविक कु..
महोत्तरी, कार्तिक ९ गते ।महोत्तरीको गौशाला बजार फोहोर भएपछी जनसमुदायले गरेको आलोचनालाइ चिर्दै देव नारायण महतो..
17 दिन पहिले
छठ मनाउँदा मौसमको ख्याल गर्न अनुरोध
महोत्तरी, कार्तिक ८ गते । हिन्दू धर्मावलम्बीहरूको महान पर्व छठको अवसरमा मौसमविद्हरूले स्वास्थ्य र सुरक्षाप्रत..
18 दिन पहिले
महोत्तरीमा प्रदेशस्तरीय भलिवल प्रतियोगिता हुँदै
ममता शर्मामहोत्तरी, कार्तिक ६ गते । महोत्तरीको गौशालामा प्रदेशस्तरीय तेस्रो मुन्नी मिश्री स्मृति भलिवल प्रति..
20 दिन पहिले
देउसी भैलो खेल्दा स्वास्थ्य र अनुशासनमा ध्यान दिन सुझाव
निरञ्जन कुमार साह महोत्तरी, कार्तिक ५ गते । नेपालीहरुको मौलिक पर्व तिहारमा देशभर देउसी भैलोको रौनकता छाएको छ । दे..
21 दिन पहिले
मौसम परिवर्तनसँगै स्वास्थ्य जोखिम बढ्दो, सचेत रहन डा. जा..
ममता शर्मा महोत्तरी, कार्तिक २३ गते । मौसम परिवर्तनसँ..
कमेन्ट गर्नुहोस्
view comments