औरही नगरपालिकामा बृहत मोर्चा द्वारा पत्रकार सम्मेलन
निरन्जन साह
असोज १०
लोसपा पार्टीका नगर संयोजक शंकर यादवको नेतृत्वमा बृहत मोर्चा संगठन भइ केहि दिन देखि औरही नाग्र्पालिकको कार्यालय अगाडी बुदागत मागहरु राखी आन्दोलन तथा धर्ना कार्यक्रम गरिरहेका छन् ।
उक्त कार्यक्रमलाई बृहत रुपमा अगाडी बढाउनको लागि पत्रकार महासंघ महोत्तरी शाखाको कार्यालयमा पत्रकार सम्मेलन गरि प्रेस बिज्ञप्ति जारी गरिएको छ ।
उक्त प्रेस बिज्ञप्तिमा औरही नगरपालिकाका स्थानीय सरकार समक्ष पन्ध्र बुदे माग राखी ज्ञापन पत्र र केहि शिर्षकमा खर्च भएको विवरण उपलब्ध गराउन एक हप्ता भित्रमा माग गरेको तर नदिएको कारनले आन्दोलनमा उत्रिनु परेको दरेश यादवले बताएका छन्।
मागहरुमा भ्रष्टाचार बन्द गर ,बिगत वर्षको आय-व्यय शिर्षक अनुसार सार्वजनिक गर ,मेयर ,उपमेयर र अधिकृतले प्रयोग गरेको गाडीको अवस्था सार्वजनिक गर ,नगरको स्वामित्वमा रहेको व्ऋद्य र ट्याक्टर प्रयोजन सहित अवस्था सार्वजनिक गर ,किसानहरुको सहुलियतको मलखाद तुरुन्त उपलब्ध गर ,सोनामाई स्थानलाइ पर्यटक स्थलको रुपमा विकास गरि सर्वदलित पार्टीले निणर्य गरेबमोजिम प्रशासनिक भवन बनाउने घोषणा गर ,एम्बुलेन्स र दमकल सेवा तुरुन्त पुरा गर ,प्रधानमन्त्री युवा रोजगार कोषको रकम हिनामिना गर्नेलाइ कारवाही गर ,सम्मान र संस्कारको राजनीति सुरुवात गर र न्यायिक समिति तुरुन्त कार्यान्वयन गर रहेका
छन् ।
पत्रकारहरुले उपमेयर (रेणु झा )लाइ प्रश्न गर्दा उनको देवर ज्ञानु झाले उपमेयरलाइ बोल्न नै नदिई पत्रकार सम्मेलनमा निम्नानुसारको प्रश्नमा विद्यार्थी नेता ज्ञानु झाले यसरी जवाज दिएका छन् ।
१. मेयरको बहुमत कति छ ? र तपाईहरुको बहुमत कति छ ?
- हामी सबै पार्टी मिलेर निर्वाचित ३४ जना र नेपाली कांग्रेस बाट मेयर लगायत निर्वाचित १६ जना छन् । नगरसभाको बेलामा सबैलाई मेयरले फुटाइ फुटाइ लोभ र प्रलोभन दिएर आफ्नो बहुमत सभा पारित गर्ने गर्दछन । जसको परिणाम भ्रष्टाचार हुन्छ र उपमेयरलाइ खबर पनि हुदैन ।
२ जब सबै दल मिलेर तपाईहरु ३४ जना हुनुहुन्छ र नेपाली कांग्रेसबाट १६ जना मात्र छन् भने बहुमत कसरि पुग्यो त ?
- आज सम्म एउटा पनि कार्यपालिकाको बैठक कार्यविधि ढंगले बैठक नगरिकन मनमोजी र घर घरमै गएर हस्ताक्षर गराई सभा पारित गरेको मेयर माथि आरोप छ । जब कार्यपालिकाको बैठकको उपमेयरले माग गरेपछि प्रशासकीय अधिकृत नै लुकेर भाग्ने गरेका छन् । र आजसम्म एउटा पनि बैठक विधिवत भएको छैन ।
३ उपमेयर ज्यू तपाइको कार्यालयमा जहिले पनि ताल्चा लागेको हुन्छ जसकारण न्यायिक समिति संचालित नै छैन र खाद्धमलको लागि किसान पनि त्यहाँ लालाहित छ किन ?
- बहुमतले कार्यपालिकाको बैठकबाट मेरो अधिकार नै खोसिसकेको छ । जसकारण किसानहरुले खाद्धमल पाउन सकेका छैनन् र न्यायिक समिति संचालन पनि हुन सकेको छैन । जहिले पनि मेयरले अनुगमनमा मलाई हस्ताक्षर गर्न नै नदिई आफै गरेर कार्य सम्पन्न गरि भुक्तानी गर्ने गरेका छन् । जुन नियम बिपरित छ ।
४ जम्मा १६ जना सदस्यमा मेयरको बहुमत कसरि पुग्यो त, तपाइँ कार्यालयपनि नजाने तर कार्यालयको सेवा सुबिधा पनि लिईरहनु भएको छ । तपाई भन्नुहुन्छ नेपाली कांग्रेस बाहेक हामी सबै एकबद्ध रुपमा आन्दोलन गरिरहेका छौ तर आजको पत्रकार सम्मेलनमा तपाइको ३४ जना जनप्रतिनिधि उपस्थित भएका छैनन् किन ?
- जवाफ छैन
त्यस्तै बृहत् मोर्चाका संयोजक लोसपा पार्टीका नगर संयोजक शंकर यादवले कार्यक्रमलाइ समापन गर्ने क्रममा भने “हामी पटक पटक मेयर साहेबलाई आर्थिक खर्च र आम्दानीको हिसाब माग्न जादा हामीहरुलाइ जहिले पनि आटटाल गर्ने गरेका छन् । दुइ पटक हामीले ज्ञापन पत्र पनि बुझायौ तर पनि केहि सुनुवाई भएन । हामीहरु शान्ति पूणर् आन्दोलन गर्न गएपछि हामीहरुलाई कुटपिट गर्न बाहिरबाट मान्छे समेत मगाएका थिए । श्रीपुरमा रहेका दुइ ओटा मदिरा होटलमा दारु नास्ता खुवाई हामीहरुको आन्दोलनलाइ दबाउन खोज्ने प्रयास समेत गरेका छन् । आफ्नो आफ्नो मान्छेको काम भएको भुक्तानी गर्ने तर अरु अरु वडा अध्यक्ष लगायत उपमेयरले विगतमा गरेको कामको भुक्तानी नै नगर्ने गरेका छन् । उपमेयर वडा न. ९ मा गरेको कामको ५८ लाख रुपैयाँ ,वडा न.१ का वडा अध्यक्षको ५५ लाख रुपैयाँ ,वडा न.८ का वडा अध्यक्षको २५ लाख ,वडा न.३ का वडा अध्यक्षको १९ लाख रुपैयाँ कसैलाइ पार्टीमा आए मात्र भुक्तानी दिने र कतिलाइ भनेको ठाउँमा हस्ताक्षर गरे मात्र भुक्तानी दिने भनेर मेयरले भन्ने गरेका छन् ।
यति भन्दै उक्त मोर्चाका संयोजक शंकर यादवले कार्यक्रमलाइ समापन गरेका थिए ।

मौसम परिवर्तनसँगै स्वास्थ्य जोखिम बढ्दो, सचेत रहन डा. जा..
ममता शर्मा महोत्तरी, कार्तिक २३ गते । मौसम परिवर्तनसँगै महोत्तरी लगायत मधेशका विभिन्न क्षेत्रमा रुघाखोकी, सर्..
4 दिन पहिले
माओवादी केन्द्रले मधेश प्रदेश संसदीय दलको नेतामा भरत प्..
महोत्तरी, कात्तिक १७ गते ।नेकपा (माओवादी केन्द्र)ले मधेश प्रदेश सभामा आफ्नो संसदीय दलको नेताको जिम्मेवारी फेरि ए..
9 दिन पहिले
आयोजककै कब्जामा मुन्नी मिश्री भलिबलको उपाधि
महोत्तरी, कार्तिक ९ गते । गौशालाको कान्तिबजारमा सम्पन्न तेश्रो मुन्नी मिश्री भलिबलको उपाधि आयोजकले सुरक्ष..
17 दिन पहिले
बजारको फोहोरको आलोचना भएपछी महतो खुलासा गरे वास्तविक कु..
महोत्तरी, कार्तिक ९ गते ।महोत्तरीको गौशाला बजार फोहोर भएपछी जनसमुदायले गरेको आलोचनालाइ चिर्दै देव नारायण महतो..
17 दिन पहिले
छठ मनाउँदा मौसमको ख्याल गर्न अनुरोध
महोत्तरी, कार्तिक ८ गते । हिन्दू धर्मावलम्बीहरूको महान पर्व छठको अवसरमा मौसमविद्हरूले स्वास्थ्य र सुरक्षाप्रत..
18 दिन पहिले
मौसम परिवर्तनसँगै स्वास्थ्य जोखिम बढ्दो, सचेत रहन डा. जा..
ममता शर्मा महोत्तरी, कार्तिक २३ गते । मौसम परिवर्तनसँगै महोत्तरी लगायत मधेशका विभिन्न क्षेत्रमा रुघाखोकी, सर्..
4 दिन पहिले
माओवादी केन्द्रले मधेश प्रदेश संसदीय दलको नेतामा भरत प्..
महोत्तरी, कात्तिक १७ गते ।नेकपा (माओवादी केन्द्र)ले मधेश प्रदेश सभामा आफ्नो संसदीय दलको नेताको जिम्मेवारी फेरि ए..
9 दिन पहिले
बजारको फोहोरको आलोचना भएपछी महतो खुलासा गरे वास्तविक कु..
महोत्तरी, कार्तिक ९ गते ।महोत्तरीको गौशाला बजार फोहोर भएपछी जनसमुदायले गरेको आलोचनालाइ चिर्दै देव नारायण महतो..
17 दिन पहिले
छठ मनाउँदा मौसमको ख्याल गर्न अनुरोध
महोत्तरी, कार्तिक ८ गते । हिन्दू धर्मावलम्बीहरूको महान पर्व छठको अवसरमा मौसमविद्हरूले स्वास्थ्य र सुरक्षाप्रत..
18 दिन पहिले
महोत्तरीमा प्रदेशस्तरीय भलिवल प्रतियोगिता हुँदै
ममता शर्मामहोत्तरी, कार्तिक ६ गते । महोत्तरीको गौशालामा प्रदेशस्तरीय तेस्रो मुन्नी मिश्री स्मृति भलिवल प्रति..
20 दिन पहिले
देउसी भैलो खेल्दा स्वास्थ्य र अनुशासनमा ध्यान दिन सुझाव
निरञ्जन कुमार साह महोत्तरी, कार्तिक ५ गते । नेपालीहरुको मौलिक पर्व तिहारमा देशभर देउसी भैलोको रौनकता छाएको छ । दे..
21 दिन पहिले
मौसम परिवर्तनसँगै स्वास्थ्य जोखिम बढ्दो, सचेत रहन डा. जा..
ममता शर्मा महोत्तरी, कार्तिक २३ गते । मौसम परिवर्तनसँ..
कमेन्ट गर्नुहोस्
view comments