औरही नगरपालिकामा बृहत मोर्चा द्वारा पत्रकार सम्मेलन

5 वर्ष पहिले प्रकाशित

(2078-06-10 B.S.)

3169 पटक देखिएको

निरन्जन साह 
असोज १०

लोसपा पार्टीका नगर संयोजक शंकर यादवको नेतृत्वमा बृहत मोर्चा संगठन भइ केहि दिन देखि औरही नाग्र्पालिकको कार्यालय अगाडी बुदागत मागहरु राखी आन्दोलन तथा धर्ना कार्यक्रम गरिरहेका छन् । 
उक्त कार्यक्रमलाई बृहत रुपमा अगाडी बढाउनको लागि पत्रकार महासंघ महोत्तरी शाखाको कार्यालयमा पत्रकार सम्मेलन गरि प्रेस बिज्ञप्ति जारी गरिएको छ । 
उक्त प्रेस बिज्ञप्तिमा औरही नगरपालिकाका स्थानीय सरकार समक्ष पन्ध्र बुदे माग राखी ज्ञापन पत्र र केहि शिर्षकमा खर्च भएको विवरण उपलब्ध गराउन एक हप्ता भित्रमा माग गरेको तर नदिएको कारनले  आन्दोलनमा उत्रिनु परेको दरेश यादवले बताएका छन्। 
मागहरुमा भ्रष्टाचार बन्द गर ,बिगत वर्षको आय-व्यय शिर्षक अनुसार सार्वजनिक गर ,मेयर ,उपमेयर र अधिकृतले प्रयोग गरेको गाडीको अवस्था सार्वजनिक गर ,नगरको स्वामित्वमा  रहेको व्ऋद्य र ट्याक्टर प्रयोजन सहित अवस्था सार्वजनिक गर ,किसानहरुको सहुलियतको मलखाद तुरुन्त उपलब्ध गर ,सोनामाई स्थानलाइ पर्यटक स्थलको रुपमा विकास गरि सर्वदलित पार्टीले निणर्य गरेबमोजिम प्रशासनिक भवन बनाउने घोषणा गर ,एम्बुलेन्स र दमकल सेवा तुरुन्त पुरा गर ,प्रधानमन्त्री युवा रोजगार कोषको रकम हिनामिना गर्नेलाइ कारवाही गर ,सम्मान र संस्कारको राजनीति सुरुवात गर र न्यायिक समिति तुरुन्त कार्यान्वयन गर रहेका 
छन् । 
पत्रकारहरुले उपमेयर (रेणु झा )लाइ प्रश्न गर्दा उनको देवर ज्ञानु झाले उपमेयरलाइ बोल्न नै नदिई  पत्रकार सम्मेलनमा निम्नानुसारको प्रश्नमा विद्यार्थी नेता ज्ञानु झाले यसरी जवाज दिएका छन् ।

१.    मेयरको बहुमत कति  छ ? र तपाईहरुको बहुमत कति छ ?
- हामी सबै पार्टी मिलेर निर्वाचित ३४ जना र नेपाली कांग्रेस बाट मेयर लगायत निर्वाचित १६ जना छन् । नगरसभाको बेलामा सबैलाई मेयरले फुटाइ फुटाइ लोभ र प्रलोभन दिएर आफ्नो बहुमत  सभा पारित गर्ने गर्दछन । जसको परिणाम भ्रष्टाचार हुन्छ र उपमेयरलाइ खबर पनि हुदैन । 
२    जब सबै दल मिलेर तपाईहरु ३४ जना हुनुहुन्छ र नेपाली कांग्रेसबाट १६ जना मात्र छन् भने बहुमत कसरि पुग्यो त ?
- आज सम्म एउटा पनि कार्यपालिकाको बैठक कार्यविधि ढंगले बैठक नगरिकन मनमोजी र घर घरमै गएर हस्ताक्षर गराई सभा पारित गरेको मेयर माथि आरोप छ । जब कार्यपालिकाको बैठकको उपमेयरले माग गरेपछि प्रशासकीय अधिकृत नै लुकेर भाग्ने गरेका छन् । र आजसम्म एउटा पनि बैठक विधिवत भएको छैन ।
३    उपमेयर ज्यू तपाइको कार्यालयमा जहिले पनि ताल्चा लागेको हुन्छ जसकारण न्यायिक समिति संचालित नै छैन र खाद्धमलको लागि किसान पनि त्यहाँ लालाहित छ किन ?
-  बहुमतले कार्यपालिकाको बैठकबाट मेरो अधिकार नै खोसिसकेको छ । जसकारण किसानहरुले खाद्धमल पाउन सकेका छैनन् र न्यायिक समिति संचालन पनि हुन सकेको छैन । जहिले पनि मेयरले अनुगमनमा मलाई हस्ताक्षर गर्न नै नदिई आफै गरेर कार्य सम्पन्न गरि भुक्तानी गर्ने  गरेका छन् । जुन नियम बिपरित छ ।
४    जम्मा १६ जना सदस्यमा मेयरको बहुमत कसरि पुग्यो त, तपाइँ कार्यालयपनि नजाने तर कार्यालयको सेवा सुबिधा पनि लिईरहनु भएको छ  । तपाई भन्नुहुन्छ नेपाली कांग्रेस बाहेक हामी सबै एकबद्ध रुपमा आन्दोलन गरिरहेका छौ तर आजको पत्रकार सम्मेलनमा तपाइको ३४ जना जनप्रतिनिधि उपस्थित भएका छैनन् किन ?
-    जवाफ छैन 
त्यस्तै बृहत् मोर्चाका संयोजक लोसपा पार्टीका नगर संयोजक शंकर यादवले कार्यक्रमलाइ समापन गर्ने क्रममा भने “हामी पटक पटक मेयर साहेबलाई आर्थिक खर्च र आम्दानीको हिसाब माग्न जादा हामीहरुलाइ जहिले पनि आटटाल गर्ने गरेका छन् । दुइ पटक हामीले ज्ञापन पत्र पनि बुझायौ तर पनि केहि सुनुवाई भएन । हामीहरु शान्ति पूणर् आन्दोलन गर्न गएपछि हामीहरुलाई कुटपिट गर्न बाहिरबाट मान्छे समेत मगाएका थिए । श्रीपुरमा रहेका दुइ ओटा मदिरा होटलमा दारु नास्ता खुवाई हामीहरुको आन्दोलनलाइ दबाउन खोज्ने प्रयास समेत गरेका छन् । आफ्नो आफ्नो मान्छेको काम भएको भुक्तानी गर्ने तर अरु अरु वडा अध्यक्ष लगायत उपमेयरले विगतमा गरेको कामको भुक्तानी नै नगर्ने गरेका छन् । उपमेयर वडा न. ९ मा गरेको कामको ५८ लाख रुपैयाँ ,वडा न.१ का वडा अध्यक्षको ५५ लाख रुपैयाँ ,वडा न.८ का वडा अध्यक्षको २५ लाख ,वडा न.३ का वडा अध्यक्षको १९ लाख रुपैयाँ कसैलाइ पार्टीमा आए मात्र भुक्तानी दिने र कतिलाइ भनेको ठाउँमा हस्ताक्षर गरे मात्र भुक्तानी दिने भनेर मेयरले भन्ने गरेका छन् ।
यति भन्दै उक्त मोर्चाका संयोजक शंकर यादवले कार्यक्रमलाइ समापन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

गौशाला नगर प्रहरी पक्राउको विरोधमा भंगहा नगरपालिकाका क..

गौशाला, असार १९ । महोत्तरीको गौशाला नगरपालिकामा नियमित ड्युटीमा खटिएका आठ जना नगर प्रहरीलाई नेपाल प्रहरीले नियन..

6 दिन पहिले

गौशाला नगरपालिकाका कर्मचारीद्वारा नगर प्रहरीमाथिको दु..

महोत्तरी, असार १९ गते । महोत्तरीको गौशाला  नगरपालिकाका कर्मचारीहरूले नगर प्रहरीमाथि भएको दुर्व्यवहारको विर..

7 दिन पहिले

सम्सी गाउँपालिकाद्वारा ७१ करोड ६७ लाख ९५ हजार रुपैयाँको ..

गौशाला, असार ९ गते । महोत्तरीको सम्सी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ७१ करोड ६७ लाख ९५ हजार रुपैय..

16 दिन पहिले

रामगोपालपुर नगरपालिकाको १४औँ नगरसभा सम्पन्न, करिब ५० कर..

महोत्तरी, असार ८ गते । महोत्तरीको रामगोपालपुर नगरपालिकाले १४औँ नगरसभा सम्पन्न गर्दै आर्थिक वर्ष २०८३/८४ का लाग..

17 दिन पहिले

संसदीय समितलाई प्रभावकारी बनाउन जनता र सरोकारवालाको भू..

काठमाडौँ, जेठ २५ गते । संसदको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति डा ओजस्वी शेरचनले समितिको काम का..

1 महीना पहिले

गौशाला नगर प्रहरी पक्राउको विरोधमा भंगहा नगरपालिकाका क..

गौशाला, असार १९ । महोत्तरीको गौशाला नगरपालिकामा नियमित ड्युटीमा खटिएका आठ जना नगर प्रहरीलाई नेपाल प्रहरीले नियन..

6 दिन पहिले

सम्सी गाउँपालिकाद्वारा ७१ करोड ६७ लाख ९५ हजार रुपैयाँको ..

गौशाला, असार ९ गते । महोत्तरीको सम्सी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ७१ करोड ६७ लाख ९५ हजार रुपैय..

16 दिन पहिले

संसदीय समितलाई प्रभावकारी बनाउन जनता र सरोकारवालाको भू..

काठमाडौँ, जेठ २५ गते । संसदको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति डा ओजस्वी शेरचनले समितिको काम का..

1 महीना पहिले

भानुभक्त स्कुलले ल्यायो एसईई परीक्षा २०८२ मा उत्कृष्ट न..

महोत्तरी, बैशाख २९ गते । महोत्तरी जिल्लाको गौशाला नगरपालिका–१ रामनगरस्थित भानुभक्त मेमोरियल सेकेन्डरी इङ्ग..

2 महीना पहिले

गौशाला बजार व्यवस्थापनमा विवाद, वडा अध्यक्षकै नेतृत्वम..

गौशाला, चैत्र २१ गते । महोत्तरीको प्रमुख व्यापारिक केन्द्र गौशाला बजारमा बजार व्यवस्थापनका क्रममा विवाद चर्क..

3 महीना पहिले

रौतहटको रिसोर्टमा नक्कली सुन कारोबार पर्दाफास, चार जना प..

रौतहट, चैत्र ११ — रौतहटको चन्द्रनिगाहपुरस्थित एक रिसोर्टमा नक्कली सुन कारोबार भइरहेको सूचना पाएपछि प्रहरीले छ..

4 महीना पहिले