मनरासिस्वा नगरपालिकाको वडा नंं. १० मा पुनः मतगणना हुने

5 वर्ष पहिले प्रकाशित

(2078-06-12 B.S.)

4452 पटक देखिएको

रञ्जन भण्डारी

महोत्तरी,१२ असोज ।

स्थानिय तहको निर्वाचन सकिएको चार वर्ष पुगेपछि सर्वोच्च अदालतले मनरा सिस्वा नगरपालिका वडा नं. १० बथनाहामा पुनः मतगणना गर्न उच्च अदालत जनकपुरले दिएको  आदेश सदर गरिदिएको छ । उच्च अदालत जनकपुरबाट वि.सं. २०७५ असार २१ गते नै १५ दिन भित्र पुनः मतगणना गर्न आदेश दिएकोमा नेपाली काँग्रेसबाट निर्वाचित भएका वर्तमान वडाअध्यक्ष अरुण चौधरीले सर्वोच्चमा आदेश खारेजी गरिपाउ भनेर निवेदन दिएका थिए ।

सो पछि वि.सं. २०७७ साल चैत्र ६ गते उच्च अदालत जनकपुरकै आदेशलाई सर्वोच्चले सदरगरिदिएकोमा त्यही वेला कोरोनाको कारण मतगणनाको मिति तय हुन नसकेकोमा उच्च अदालत जनकपुरको ईजलास नं. २ बाट न्यायाधिशद्य हरि प्रसाद बगाले र रामेश्वर रेग्मीको संयुक्त ईजलासले वि.सं. २०७८ कार्तिक ७ गते बिहान ११ बजे को समय मतगणनाको लागि मिति तोकेको छ । मनरा सिस्वा नगरपालिका १० का वडाध्यक्ष अरुण कुमार चौधरी र मुख्य निर्वाचन अधिकृतको कार्यालय जलेश्वर समेत विरुद्ध वादी स्वतन्त्र उम्मेदवार रमेश  रायले पुनः मतगणना गर्न दोहोर्याई मतगणना समेत गरि पाउ भनेर उजुरी पत्र उच्च अदालत जनकपुरमा हालेका थिए ।

वि.सं. २०७४ असोज २ गते भएको स्थानिय तहको निर्वाचनमा नेपाली काँग्रेसवाट उम्मेदवार रहेका अरुण कुमार चौधरीको २६४ मत र स्वतन्त्र उम्मेदवार रमेश रायको २६७ मत आएकोमा निर्वाचन अधिकृतले अरुण कुमार चौधरीको ३ ओटा बदर मत समेत सदर गरिदिएपछि दुवै बराबरीमा भएको र सो पछि आफु नभएको बेला निर्वाचन अधिकृतले गोलाप्रथा गरि अरुण कुमार चौधरीलाई निर्वाचित गरिदिएको  भन्दै रमेश कुमार रायले मुद्दा हालेका थिए ।

उच्च अदालत जनकपुरले वि.सं. २०७५ असार २१ गते जारी गरेको आदेशमा मतको सदर र बदरमा विवाद देखिएको भन्दै पुनः मतगणना हुनु पर्ने उल्लेख थियो । गोला प्रथा गर्दा पनि निवेदकको अनुपस्थितिमै गरिएको भन्दै अदालतले निर्वाचन कसुर तथा सजाय ऐन २०६३ को दफा ४४ को उपदफा(१)को देहाय (क),(ख) र (ग) बमोजिम बदर हुने म तबदर नगरेको वा कानुन बमोजिम सदर हुने मत सदर नगरेको देखिएकोले दोहोर्याएर मतगणना गर्न आदेश थिएको थियो । सोहि आदेश पछि वर्तमान वडाअध्यक्ष चौधरीले आदेश खारेजीको मांग गर्दै सर्वोच्च अदालतमा निवेदन दिएका थिए ।

सर्वोत्चले उनको निवेदनको आधारमा आदेश खारेजीको अवस्था नदेखिएको भन्दै उच्च अदालतकै आदेश सदर गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..

गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..

7 दिन पहिले

असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..

रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..

17 दिन पहिले

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

24 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

28 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिरà..

1 महीना पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ à¤..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

1 महीना पहिले