मनरासिस्वा नगरपालिकाको वडा नंं. १० मा पुनः मतगणना हुने
रञ्जन भण्डारी
महोत्तरी,१२ असोज ।
स्थानिय तहको निर्वाचन सकिएको चार वर्ष पुगेपछि सर्वोच्च अदालतले मनरा सिस्वा नगरपालिका वडा नं. १० बथनाहामा पुनः मतगणना गर्न उच्च अदालत जनकपुरले दिएको आदेश सदर गरिदिएको छ । उच्च अदालत जनकपुरबाट वि.सं. २०७५ असार २१ गते नै १५ दिन भित्र पुनः मतगणना गर्न आदेश दिएकोमा नेपाली काँग्रेसबाट निर्वाचित भएका वर्तमान वडाअध्यक्ष अरुण चौधरीले सर्वोच्चमा आदेश खारेजी गरिपाउ भनेर निवेदन दिएका थिए ।
सो पछि वि.सं. २०७७ साल चैत्र ६ गते उच्च अदालत जनकपुरकै आदेशलाई सर्वोच्चले सदरगरिदिएकोमा त्यही वेला कोरोनाको कारण मतगणनाको मिति तय हुन नसकेकोमा उच्च अदालत जनकपुरको ईजलास नं. २ बाट न्यायाधिशद्य हरि प्रसाद बगाले र रामेश्वर रेग्मीको संयुक्त ईजलासले वि.सं. २०७८ कार्तिक ७ गते बिहान ११ बजे को समय मतगणनाको लागि मिति तोकेको छ । मनरा सिस्वा नगरपालिका १० का वडाध्यक्ष अरुण कुमार चौधरी र मुख्य निर्वाचन अधिकृतको कार्यालय जलेश्वर समेत विरुद्ध वादी स्वतन्त्र उम्मेदवार रमेश रायले पुनः मतगणना गर्न दोहोर्याई मतगणना समेत गरि पाउ भनेर उजुरी पत्र उच्च अदालत जनकपुरमा हालेका थिए ।
वि.सं. २०७४ असोज २ गते भएको स्थानिय तहको निर्वाचनमा नेपाली काँग्रेसवाट उम्मेदवार रहेका अरुण कुमार चौधरीको २६४ मत र स्वतन्त्र उम्मेदवार रमेश रायको २६७ मत आएकोमा निर्वाचन अधिकृतले अरुण कुमार चौधरीको ३ ओटा बदर मत समेत सदर गरिदिएपछि दुवै बराबरीमा भएको र सो पछि आफु नभएको बेला निर्वाचन अधिकृतले गोलाप्रथा गरि अरुण कुमार चौधरीलाई निर्वाचित गरिदिएको भन्दै रमेश कुमार रायले मुद्दा हालेका थिए ।
उच्च अदालत जनकपुरले वि.सं. २०७५ असार २१ गते जारी गरेको आदेशमा मतको सदर र बदरमा विवाद देखिएको भन्दै पुनः मतगणना हुनु पर्ने उल्लेख थियो । गोला प्रथा गर्दा पनि निवेदकको अनुपस्थितिमै गरिएको भन्दै अदालतले निर्वाचन कसुर तथा सजाय ऐन २०६३ को दफा ४४ को उपदफा(१)को देहाय (क),(ख) र (ग) बमोजिम बदर हुने म तबदर नगरेको वा कानुन बमोजिम सदर हुने मत सदर नगरेको देखिएकोले दोहोर्याएर मतगणना गर्न आदेश थिएको थियो । सोहि आदेश पछि वर्तमान वडाअध्यक्ष चौधरीले आदेश खारेजीको मांग गर्दै सर्वोच्च अदालतमा निवेदन दिएका थिए ।
सर्वोत्चले उनको निवेदनको आधारमा आदेश खारेजीको अवस्था नदेखिएको भन्दै उच्च अदालतकै आदेश सदर गरेको थियो ।
मौसम परिवर्तनसँगै स्वास्थ्य जोखिम बढ्दो, सचेत रहन डा. जा..
ममता शर्मा महोत्तरी, कार्तिक २३ गते । मौसम परिवर्तनसँगै महोत्तरी लगायत मधेशका विभिन्न क्षेत्रमा रुघाखोकी, सर्..
4 दिन पहिले
माओवादी केन्द्रले मधेश प्रदेश संसदीय दलको नेतामा भरत प्..
महोत्तरी, कात्तिक १७ गते ।नेकपा (माओवादी केन्द्र)ले मधेश प्रदेश सभामा आफ्नो संसदीय दलको नेताको जिम्मेवारी फेरि ए..
9 दिन पहिले
आयोजककै कब्जामा मुन्नी मिश्री भलिबलको उपाधि
महोत्तरी, कार्तिक ९ गते । गौशालाको कान्तिबजारमा सम्पन्न तेश्रो मुन्नी मिश्री भलिबलको उपाधि आयोजकले सुरक्ष..
17 दिन पहिले
बजारको फोहोरको आलोचना भएपछी महतो खुलासा गरे वास्तविक कु..
महोत्तरी, कार्तिक ९ गते ।महोत्तरीको गौशाला बजार फोहोर भएपछी जनसमुदायले गरेको आलोचनालाइ चिर्दै देव नारायण महतो..
17 दिन पहिले
छठ मनाउँदा मौसमको ख्याल गर्न अनुरोध
महोत्तरी, कार्तिक ८ गते । हिन्दू धर्मावलम्बीहरूको महान पर्व छठको अवसरमा मौसमविद्हरूले स्वास्थ्य र सुरक्षाप्रत..
18 दिन पहिले
मौसम परिवर्तनसँगै स्वास्थ्य जोखिम बढ्दो, सचेत रहन डा. जा..
ममता शर्मा महोत्तरी, कार्तिक २३ गते । मौसम परिवर्तनसँगै महोत्तरी लगायत मधेशका विभिन्न क्षेत्रमा रुघाखोकी, सर्..
4 दिन पहिले
माओवादी केन्द्रले मधेश प्रदेश संसदीय दलको नेतामा भरत प्..
महोत्तरी, कात्तिक १७ गते ।नेकपा (माओवादी केन्द्र)ले मधेश प्रदेश सभामा आफ्नो संसदीय दलको नेताको जिम्मेवारी फेरि ए..
9 दिन पहिले
बजारको फोहोरको आलोचना भएपछी महतो खुलासा गरे वास्तविक कु..
महोत्तरी, कार्तिक ९ गते ।महोत्तरीको गौशाला बजार फोहोर भएपछी जनसमुदायले गरेको आलोचनालाइ चिर्दै देव नारायण महतो..
17 दिन पहिले
छठ मनाउँदा मौसमको ख्याल गर्न अनुरोध
महोत्तरी, कार्तिक ८ गते । हिन्दू धर्मावलम्बीहरूको महान पर्व छठको अवसरमा मौसमविद्हरूले स्वास्थ्य र सुरक्षाप्रत..
18 दिन पहिले
महोत्तरीमा प्रदेशस्तरीय भलिवल प्रतियोगिता हुँदै
ममता शर्मामहोत्तरी, कार्तिक ६ गते । महोत्तरीको गौशालामा प्रदेशस्तरीय तेस्रो मुन्नी मिश्री स्मृति भलिवल प्रति..
20 दिन पहिले
देउसी भैलो खेल्दा स्वास्थ्य र अनुशासनमा ध्यान दिन सुझाव
निरञ्जन कुमार साह महोत्तरी, कार्तिक ५ गते । नेपालीहरुको मौलिक पर्व तिहारमा देशभर देउसी भैलोको रौनकता छाएको छ । दे..
21 दिन पहिले
मौसम परिवर्तनसँगै स्वास्थ्य जोखिम बढ्दो, सचेत रहन डा. जा..
ममता शर्मा महोत्तरी, कार्तिक २३ गते । मौसम परिवर्तनसँ..
कमेन्ट गर्नुहोस्
view comments