देवताल गापा अध्यक्षद्वारा पसाहा खोलाको झोलुङ्गे पुल उद्घाटन

4 वर्ष पहिले प्रकाशित

(2078-06-15 B.S.)

3882 पटक देखिएको

उपेन्द्र पासवान

असोज १५ गते

बाराको कलैया उपमहानगरपालिका वडा नं १४ भौरा टोल र देवताल गाउँपालिका वडा नं ६ जब्का जोड्ने पसाहा खोलामा निर्माण भएको झोलुङ्गे पुल देवताल गाउँपालिका अध्यक्ष चन्दन कुमार सिंहद्वारा विधिवत रूपमा शुक्रबार उदघाटन गरीएको छ।

तत्कालिन जिल्ला बिकास समिति बारा र देवताल गाउँपालिकाको रु ५१ लाखको लागतमा ट्रेल बृज सपोर्ट युनिट तथा गाउँपालिकाको सँयुक्त लगानिमा झोलुङ्गे पुल निर्माण भएको देवताल गाउँपालिकाको प्रमुख प्रशासकिय अधिकृत सिकिन्द्र साहले जानकारी गराएका छन् । आर्थिक बर्ष २०६८/०६९ मा शिलान्यास गरिएको भएता पनी टेन्डर लिएका तत्कालिन ठेकेदारको टाट पल्टेको कारण र आवश्यक सामग्री आपूर्ति नहुँदा झोलुङ्गे पुल निर्माणमा ढिलाई भएको गाउँपालिकाका प्राबिधिक शाखा प्रमुख ओकिल मियाले जानकारी दिएका छन् ।

देवताल गाउँपालिकाको बजेटबाट निर्माण भएको झोलुङ्गे पुल निर्माण भएसँगै देवताल गाउँपालिका र कलैया उपमहानगरपालिका जोड्ने काम भएको छ। ५१ लाखको लागतमा निर्माण भएको झोलुङ्गे पुल लागेपछि कलैयाबाट देवताल गाउँपालिकासम्म जाने साईकल मोटरसाईकललाई अहिले सहज भएको छ। भनि झोलुङ्गे पुल उदघाटन गर्ने बेला गाउँपालिका अध्यक्ष सिंहले बताएका छन। जान आउन धेरै समस्या भईरहेकोले जिल्ला बिकास भएको बेला नै झोलुङ्गे पुल निर्माण गर्न बजेट निकासा भएता पनि बन्न सकेको थिएन।

अहिले देवताल गाउँपालिकाको सहयोगमा झोलुङ्गे पुल निर्माण भएकोले स्थानियहरु हर्षित भएका छन। पसाहा खोलामा झोलुङ्गे पुल नभएकोले आफ्नो खेतहरु पारी भएकोले जान समस्या भईरहेको थियो। साथै जब्का रौवाहि तिर कुनै काम परेमा गढिमाई जाने पासाहा पुल भएर पत्रहट्टी हुदै जानु परेको थियो । तर अहिले झोलुङ्गे पुल निर्माण भएपछि सहज भएको छ।

५ देखि ७ किलोमिटरको लामो दुरी अब छोटो भएको छ। भनि कलैया उपमहानगरपालिका वडा नं १४ भौरा टोल निवासी राजेश यादबले बताएका छन। पुल निर्माण भए सँगै आफुहरु अत्यन्तै खुशी भएको देवताल गाउँपालिकाका तथा कलैया उपमहानगरपालिका वडा नं १४ भौरा टोलका स्थानिय समाजसेवीहरुले हर्षित हुदै बताएका छन ।

झोलुङ्गे पुल बनेपछी देवतालबाट दैनिक कलैया बजारसम्म आवत जावत गर्ने किसान, बिद्यार्थी ,कर्मचारी ,दैनिक ज्यालादारी गर्ने आम सर्वसाधारणलाई अत्यन्तै सजिलो भएको रमेश यादवले बताएका छन । कलैया सदरमुकाम भएकोले सम्पुर्ण कामकाज कोलागि कलैया नै पुग्ने भएकाले पुल निर्माण भएपछि हामिलाई कलैया जान आउन धेरै नै सहज भएको साथै समय पनि कम लाग्ने भनि देवताल गाउँपालिका वडा नं ६ का बाबुलाल यादवले हर्षित हुदै जानकारी दिएका छन।

उक्त अवसरमा गाउपालिकाका उपाध्यक्ष रामपती देबि ,प्रमुख प्रशासकिय अधिकृत सिकिन्द्र साह, वडा नम्बर ६ का अध्यक्ष रामपुजन पण्डित , वडा न १ का अध्यक्ष पन्नालाल साह , वडा नं २ का अध्यक्ष रमेश यादब, वडा नं ३ का अध्यक्ष अमर प्रसाद नेपाली, वडा नं ४ का अध्यक्ष मिश्रिलाल प्रसाद सहनी, वडा नं ५ का अध्यक्ष लखिन्द्र प्रसाद यादब, प्राबिधिक शाखा प्रमुख ओकिल मिया, योजना शाखा प्रमुख अभिनन्दन कुमार गुप्ता, सुचना प्रबिधी अधिकृत मुकेश यादब, स्थानिय समाजसेवी जवाहिर अन्सारी , प्रसाद महतो, झोलुङ्गे पुल उपभोक्ता निर्माण समितीका अध्यक्ष रामप्रवेश यादब, सचिव सन्जय पटेल सहित गाउपालिका बासिको उपस्थिति रहेको थियो। उदघाटन कार्यक्रममा गाँउपालिका अध्यक्ष चन्दन कुमार सिंहले समयमा झोलुङ्गे पुलको निर्माण कार्य सम्पन्न गरेकोले उपभोक्ता समितिका अध्यक्ष यादबलाई गमछा ओढाई सम्मान गरेका थिए। भने गाउँपालिका उपाध्यक्ष रामपति देबिले उपभोक्ता समितिका सचिव सन्जय पटेललाई गमछा ओढाई सम्मान गरेकि थिइन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मौसम परिवर्तनसँगै स्वास्थ्य जोखिम बढ्दो, सचेत रहन डा. जा..

ममता शर्मा महोत्तरी, कार्तिक २३ गते ।  मौसम परिवर्तनसँगै महोत्तरी लगायत मधेशका विभिन्न क्षेत्रमा रुघाखोकी, सर्..

4 दिन पहिले

माओवादी केन्द्रले मधेश प्रदेश संसदीय दलको नेतामा भरत प्..

महोत्तरी, कात्तिक १७ गते ।नेकपा (माओवादी केन्द्र)ले मधेश प्रदेश सभामा आफ्नो संसदीय दलको नेताको जिम्मेवारी फेरि ए..

9 दिन पहिले

आयोजककै कब्जामा मुन्नी मिश्री भलिबलको उपाधि

  महोत्तरी, कार्तिक ९ गते । गौशालाको कान्तिबजारमा सम्पन्न तेश्रो मुन्नी मिश्री भलिबलको उपाधि आयोजकले सुरक्ष..

17 दिन पहिले

बजारको फोहोरको आलोचना भएपछी महतो खुलासा गरे वास्तविक कु..

महोत्तरी, कार्तिक ९ गते ।महोत्तरीको गौशाला बजार फोहोर भएपछी जनसमुदायले गरेको आलोचनालाइ चिर्दै देव नारायण महतो..

17 दिन पहिले

छठ मनाउँदा मौसमको ख्याल गर्न अनुरोध

महोत्तरी, कार्तिक ८ गते । हिन्दू धर्मावलम्बीहरूको महान पर्व छठको अवसरमा मौसमविद्हरूले स्वास्थ्य र सुरक्षाप्रत..

18 दिन पहिले

मौसम परिवर्तनसँगै स्वास्थ्य जोखिम बढ्दो, सचेत रहन डा. जा..

ममता शर्मा महोत्तरी, कार्तिक २३ गते ।  मौसम परिवर्तनसँगै महोत्तरी लगायत मधेशका विभिन्न क्षेत्रमा रुघाखोकी, सर्..

4 दिन पहिले

माओवादी केन्द्रले मधेश प्रदेश संसदीय दलको नेतामा भरत प्..

महोत्तरी, कात्तिक १७ गते ।नेकपा (माओवादी केन्द्र)ले मधेश प्रदेश सभामा आफ्नो संसदीय दलको नेताको जिम्मेवारी फेरि ए..

9 दिन पहिले

बजारको फोहोरको आलोचना भएपछी महतो खुलासा गरे वास्तविक कु..

महोत्तरी, कार्तिक ९ गते ।महोत्तरीको गौशाला बजार फोहोर भएपछी जनसमुदायले गरेको आलोचनालाइ चिर्दै देव नारायण महतो..

17 दिन पहिले

छठ मनाउँदा मौसमको ख्याल गर्न अनुरोध

महोत्तरी, कार्तिक ८ गते । हिन्दू धर्मावलम्बीहरूको महान पर्व छठको अवसरमा मौसमविद्हरूले स्वास्थ्य र सुरक्षाप्रत..

18 दिन पहिले

महोत्तरीमा प्रदेशस्तरीय भलिवल प्रतियोगिता हुँदै

ममता शर्मामहोत्तरी, कार्तिक ६ गते । महोत्तरीको गौशालामा प्रदेशस्तरीय तेस्रो मुन्नी मिश्री स्मृति भलिवल प्रति..

20 दिन पहिले

देउसी भैलो खेल्दा स्वास्थ्य र अनुशासनमा ध्यान दिन सुझाव

निरञ्जन कुमार साह महोत्तरी, कार्तिक ५ गते । नेपालीहरुको मौलिक पर्व तिहारमा देशभर देउसी भैलोको रौनकता छाएको छ । दे..

21 दिन पहिले