दशै लक्षित बजार अनुगमन तिव्र,म्याद गुज्रेको सामग्री नष्ट गरियो (फोटो फिचर सहित)

4 वर्ष पहिले प्रकाशित

(2078-06-19 B.S.)

2528 पटक देखिएको

रञ्जन भण्डारी

महोत्तरी,१९ असोज

महोत्तरीमा दशै आउनै लाग्दा बजार अनुगमन तिव्र पारिएको छ । जिल्लाको जलेश्वर,सम्सी,रामगोपालपुर,गौशाला र औरही पालिकाहरुमा रहेको बजार अनुगमन गरि पसलहरुमा फेला परेको म्याद गुज्रेको अठहत्तरी हजार ८२५ रुपया बराबरको विभिन्न खाद्यय सामग्रीहरु नियन्त्रणमा लिई अनुगमन टोलीले नष्ट गरेको छ ।

महोत्तरीका सहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्यौपानेको नेतृत्वमा खाद्य प्रविधी तथा गुण नियन्त्रण कार्यालय,घरेलु तथा साना उद्योग कार्यालय,भेटेरेनरी अस्पताल,उपभोक्ता समिति,उद्योग वाणिज्य संघ,सुरक्षा टोली लगायत सम्मिलित टोलीले उक्त परिमाण वरावरको सामग्री नियन्त्रणमा लिई नष्ट गरेको हो।

टोलीले   बिस्कुट, जुस,चिसो पेय  पदार्थ,घिउ,तेल,मसाला,पाउडर दुध,ह्याण्ड वास लगायतका विभिन्न म्याद गुज्रेको सामग्री सम्बन्धित पसलहरुलाई पहिलो पटकलाई चेतावनी दिदै नियन्त्रणमा लिई नष्ट गरेको हो । महोत्तरीका सहायक प्रमुख जिल्ला अधिकारी न्यौपानेले अझै केहि पालिकाहरुमा अनुगमन बाकि रहेकोमा यसलाइ नियमति गरिने बताए ।

उनले पहिलो पटकलाई चेतावनी दिईए पनि पुनः सोहि पसलहरुमा म्याद गुज्रेको सामग्री भेटिए कानुन बमोजिम सजाय हुने बताए । बजारमा हाललाई मुल्य र म्याद हेर्ने कार्य भैरहेपनि सम्सी र गौशाला लगायतका विभिन्न स्थानमा पुग्दा पसलहरु बन्द गरेर भागेको पाइएकोमा त्यसता पसलहरु शंकाको घेरामा रहेको र जुन पनि वेला उक्त पसलहरुमा छड्के जाँच गरि गलत भेटिएको खण्डमा कार्यवाहीमा लगिने बताए ।

उनले उपभोक्ताको स्वास्थ्यसंग प्रत्यक्ष सरोकार राख्ने खाद्यय सामग्रीमा म्याद र मुल्यले प्रभाव पार्ने भएकोले जनस्वास्थ्यसंग खेलवाड गर्नेलाई कानुन अनुसार कार्यवाही गर्ने बताए । सप्रजिअ न्यौपानेले गडबडी नहुने पसल संचालकहरु डराउनु पर्ने कुनै कारण नरहेको र झनै पसलमा केहि समस्या नदेखिए जनताको उनको पसलमाथी झनै विश्वास वढ्ने भएकोले अनुगमन टोलीलाई सहयोग गर्न व्यापारीहरुलाई आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मौसम परिवर्तनसँगै स्वास्थ्य जोखिम बढ्दो, सचेत रहन डा. जा..

ममता शर्मा महोत्तरी, कार्तिक २३ गते ।  मौसम परिवर्तनसँगै महोत्तरी लगायत मधेशका विभिन्न क्षेत्रमा रुघाखोकी, सर्..

4 दिन पहिले

माओवादी केन्द्रले मधेश प्रदेश संसदीय दलको नेतामा भरत प्..

महोत्तरी, कात्तिक १७ गते ।नेकपा (माओवादी केन्द्र)ले मधेश प्रदेश सभामा आफ्नो संसदीय दलको नेताको जिम्मेवारी फेरि ए..

9 दिन पहिले

आयोजककै कब्जामा मुन्नी मिश्री भलिबलको उपाधि

  महोत्तरी, कार्तिक ९ गते । गौशालाको कान्तिबजारमा सम्पन्न तेश्रो मुन्नी मिश्री भलिबलको उपाधि आयोजकले सुरक्ष..

17 दिन पहिले

बजारको फोहोरको आलोचना भएपछी महतो खुलासा गरे वास्तविक कु..

महोत्तरी, कार्तिक ९ गते ।महोत्तरीको गौशाला बजार फोहोर भएपछी जनसमुदायले गरेको आलोचनालाइ चिर्दै देव नारायण महतो..

17 दिन पहिले

छठ मनाउँदा मौसमको ख्याल गर्न अनुरोध

महोत्तरी, कार्तिक ८ गते । हिन्दू धर्मावलम्बीहरूको महान पर्व छठको अवसरमा मौसमविद्हरूले स्वास्थ्य र सुरक्षाप्रत..

18 दिन पहिले

मौसम परिवर्तनसँगै स्वास्थ्य जोखिम बढ्दो, सचेत रहन डा. जा..

ममता शर्मा महोत्तरी, कार्तिक २३ गते ।  मौसम परिवर्तनसँगै महोत्तरी लगायत मधेशका विभिन्न क्षेत्रमा रुघाखोकी, सर्..

4 दिन पहिले

माओवादी केन्द्रले मधेश प्रदेश संसदीय दलको नेतामा भरत प्..

महोत्तरी, कात्तिक १७ गते ।नेकपा (माओवादी केन्द्र)ले मधेश प्रदेश सभामा आफ्नो संसदीय दलको नेताको जिम्मेवारी फेरि ए..

9 दिन पहिले

बजारको फोहोरको आलोचना भएपछी महतो खुलासा गरे वास्तविक कु..

महोत्तरी, कार्तिक ९ गते ।महोत्तरीको गौशाला बजार फोहोर भएपछी जनसमुदायले गरेको आलोचनालाइ चिर्दै देव नारायण महतो..

17 दिन पहिले

छठ मनाउँदा मौसमको ख्याल गर्न अनुरोध

महोत्तरी, कार्तिक ८ गते । हिन्दू धर्मावलम्बीहरूको महान पर्व छठको अवसरमा मौसमविद्हरूले स्वास्थ्य र सुरक्षाप्रत..

18 दिन पहिले

महोत्तरीमा प्रदेशस्तरीय भलिवल प्रतियोगिता हुँदै

ममता शर्मामहोत्तरी, कार्तिक ६ गते । महोत्तरीको गौशालामा प्रदेशस्तरीय तेस्रो मुन्नी मिश्री स्मृति भलिवल प्रति..

20 दिन पहिले

देउसी भैलो खेल्दा स्वास्थ्य र अनुशासनमा ध्यान दिन सुझाव

निरञ्जन कुमार साह महोत्तरी, कार्तिक ५ गते । नेपालीहरुको मौलिक पर्व तिहारमा देशभर देउसी भैलोको रौनकता छाएको छ । दे..

21 दिन पहिले