महोत्तरीको धेरै पुरानो धार्मिक स्थल सोनामाई मन्दिर
असोज २२ ,महोत्तरी
महोत्तरी जिल्लाको औरही नगरपालिका वडा नं. ७ भोइलमा रहेको सोनासती महारानीको मन्दिर सोनामाई मन्दिरको नामले प्रचलीत छ । यो मन्दिर जिल्ला कै महत्वपूर्ण एवं चर्चित धार्मिक स्थलको रुपमा रहेको छ ।
यो स्थान बर्दिबास-जलेश्वर राजमार्गको बिचमा रहेको सोनामाईको मन्दिर सदरमुकाम जलेश्वरवाट २३ कि. मि. उत्तरमा पर्छ । यहाँ विशेष गरी भुत, प्रेत, पिसाच,दुष्ट आत्मा, बोक्सीहरु द्वारा सताइएका व्यक्तिहरुलाई झार फुक एवं तान्त्रीक विधी द्वारा निको पार्नुको अतिरिक्त सन्तान नभएकाहरुलाई सन्तान प्राप्त हुने जस्ता अनेकौ महत्वकांक्षाहरु पुरा हुने जन विश्वास रहेकाले यहाँ दैनिक जसो पुजा पाठ,आराधना,दर्शन तथा वलि प्रदान गर्न भक्तजनहरुको घुइँचो लाग्ने गर्दछ ।
साथै दसैमा यहाँ भुत मेला पनि लाग्ने गर्छ । सोनासती महारानीको उत्पतीको सम्वन्धमा चर्चा गर्दा करीव पाँच सय वर्ष पहिले हाल मन्दिर रहेको क्षेत्र पुरै जंगल थियो । जंगलमा गाई भैसी चराउन दक्षणी भेगवाट मान्छेहरु समुह वनाएर आउथ्यो र राती वास जंगल मै बस्थयो । एक दिन चरी रहेकै अवस्थामा पाँचवटा भैसी एकै साथ हरायो ।
भैसी खोज्दै जाँदा हाल मन्दिर रहेको क्षेत्रमा पुग्दा अनौठो अनुभव हुन थाल्यो एक छिन पछि सोनासती महारानी मानवको रुपमा प्रकट भई आफ्नो परीचय दिदै भैसी आफुसंग रहेको जानकारी गराउनु भयो । मलाई दैनीक पुजापाठ,साझवती, आरती गरे मात्र भैसी दिने नत्र नदिने शर्त अगाडी वढाउनु भयो । उनीहरुले शर्त स्वीकार गरे । त्यसै दिन देखी यहाँ पुजा, पाठ, आरती हुदै आएको छ ।
अर्को प्रसंगमा पुजारी माझी झाको मित्र माझी चौधरी विना कसुर विरगंज जेलमा थियो । जेलबाटै सोनासती महारानीको मन्दिर वनाइदिन्छु भनि स्मरण गर्दा जेलमा कसैलाई जानकारी नभइ उनि जेलवाट निस्के । मन्दिर निर्माण हुनुपुर्व यहाँ कहचरीया स्थान भन्ने एउटा धेरै पुरानो सिसौंको रुखको टोड्कामा सोनासती महरानी अवस्थित रहेको स्व. पुजारी राजेन्द्र झा वन्ठुको भनाइ थियो । केही बर्ष पछि पुजारीले कहचरीया स्थानबाट मुर्ती ल्याई हाल मन्दिर रहेको स्थानमा माटोको घर वनाई दैनीक पुजा पाठ गर्न थाल्नु भयो । पुर्व वाचा गरे अनुसार मन्दिर वनाई दिदा त्यसमा पुजापाठ हुनथाल्यो । पुरानो मन्दिर जीणर् भएको कारण त्यसलाई भत्काइ अहिले नयाँ मन्दिर वनेको छ र यसै मन्दिरमा माताको पुजा पाठ आरती दैनिक रुपमा भइरहेको छ ।
नेपाल कै धार्मिक एवं एतिहासिक धरोहर मध्येको यो मन्दिर पनि एउटा शक्ति पिठ हो । यहाँ विशेष गरी दसैमा नेपाल तथा छिमेकी मुलुक भारतका हजारौ श्रद्धालु भक्तजनहरुको घुइचो लाग्ने गर्छ । हरेक वर्ष वडादशैंको शुभ अवसरमा घटस्थापना देखी विजयादशमी सम्म धुम धाम संग विशेष पुजा अराधना गर्नुको साथै यहाँ ठुलो मेला लाग्ने गर्दछ ।
यसो भए तापनि प्रत्येक दिन यहाँ श्रद्धालु भक्तजनहरु पुजा पाठ गर्न, दर्शन गर्न ,वलि प्रदान गर्न, मनोकामना पुरा गर्न आउने क्रम जारी नै रहन्छ । मनोकामना पुरा भएको व्यक्ति पुर्व वाचा अनुसार लडु,मिठाई तथा वोका,परेवा,रागाू लगायतका पंच वलि चढाउने गर्छ । कतिले त सुन चाूदीका गहना,कपडा, मौर, गेरुवा,चनमा आदी चढाउने गर्छ । कतिले त विभिन्न किसिमका घण्टीहरु समेत चढाउने गर्छ । प्रत्येक वर्षको वैसाख देखी अशोज सम्म यस वरपरका छिमेकी गाउँहरुवाट(पहिले मेघनाथवाट) चामल,धुप,अगरवती, फुल,पैसा आदी संकलन गरी महिला र पुरुषको समुह वनाएर पुजा गर्न आउने चलन समेत रहेको छ ।
कुन दिन के के हुन्छ आदी शक्ति माता दर्गा भवानीको अनेकौ रुप रहेतापनि धर्मशास्त्रमा मुख्य रुपमा नौ रुपको वणर्न गरीएको पाइन्छ । पहिलो रुप शैलपुत्री ,दोश्रो व्रहमचारणी, तेश्रो चन्द्रघण्टा, तस्तै कुष्माण्डा, स्कन्धमाता र कात्यायनी माता आदी शक्तिको चौथो, पाचौ र छठौ रुपको नाम हो । सातौ, आठौं र नवौं रुपको नाम क्रमशः कालरात्री, महागौरी र सिद्धीदातृ रहेका छन् । हिन्दु धर्मालम्वीहरु दशैंमा यीनै नौ रुपको नौ दिनसम्म विशेष श्रद्धाको साथ पुजापाठ अर्चना गर्दै आइरहेका छन । यसै नौ दिनसम्म भक्तजनहरु मातालाई खुशी पार्न, इच्छा पुर्ती गर्न विभिन्न मन्दिर धाउछन ।
त्यसमा एउटा सोनामाईको मन्दिर नेपाल कै प्रसिद्ध एवं ख्याति कमाएको रुपमा चिनिएको छ । असोज शुक्ल प्रतिपदा देखी विजया दशमी सम्म यहाँ ठूलो मेला लाग्ने गर्छ । पहिलो अर्थात घटस्थापनाको दिन विहन ३(४ वजे पुजारीको घरवाट परमपरागत वाजागाजा (ढोल पिपही) को साथ सवै पुजारी सामेल भई “डाला”(धुप,दीप,अक्षत,कलश,नैवेध,रातो कपडा,खर्ग आदी) मन्दिरमा लगिन्छ र घटस्थापना हुन्छ एवं जमरा राखिन्छ । यसै दिन देखी नवरात्र आरम्भ हुन्छ । द्वितीया देखी षष्ठी सम्म ठुलो संख्यामा भक्तजनहरु आउने पुजापाठ गर्ने, दर्शन गर्ने, लडु, पेडा, मिठाइ, माता लाई चढाउने तथा वोका, परेवाको वलि प्रदान गर्ने र मेला लाग्ने गदर्छ । सप्तमीको दिन विभिन्न ठाउूवाट(विरता,डोलठी आदी) आएको फुलपाती मन्दिरमा भित्रिन्छ ।
त्यसै निशा पुजा अष्टमीको दिन हुन्छ र सो दिन रातीमा धुप-दिप, नैवेध,फल फुल,चुरा,सुन,चाूदी आदीले भव्य पुजा भई मन्दिर भित्रै बोकावली दिन्छ त्यस्तै कुभिन्डोको बलि राजदेवीलाइ दिइन्छ तथा माताको जीउ भरी घृत र सिन्दुर लगाई नयाँ कपडा लगाउने चलन छ । महानवमीको दिन करीब १०० देखी १५० को संख्यामा राूगाको बलि प्रदान हुन्छ । विजया दशमीको दिन फेरी डाला मन्दिरवाट परमपरागत वाजागाजाको साथ पुजारीको घरमा लगेर विधिवत तरीकाले सोनामाई मेलाको समाप्ती हुन्छ । यसै दिन यस वरपर (भोइल,टिमकिया, औरही, चेपकट, श्रीपुर,मेघनाथ गोरहन्ना आदी) का वासिन्दाहरु खुशीले लडु,मिठाई,पेडा,खोवा, जिलेवी आदी चढाउने गर्दछ ।
यसैविच चौठी देखी अष्टमी सम्म भुत मेला लाग्ने गदर्छ । यी पाूच दिन सम्म करीव तीन चार सयको संख्यामा आफुलाई भुत, प्रेत, पिसाच, दुष्ट आत्मा र बोक्सिहरु द्वारा सताइएका ठानिएका व्यक्तिहरु यस गाउूको चारै तिरको सिमा क्षेत्रमा प्रवेश गर्दा उक्त व्यक्तिहरु रुदै, कराउदै,दौडदै यहाू अवस्थित राजदेवीमाईको खुट्टानिर लडने गर्दछ र यहाूका पुजारीहरुले पिडीत व्यक्तिहरुलाई मन्त्र,तन्त्र,जन्त्र द्वारा बाध्ने तथा आयुर्वेदीक औषधीको माध्यमले वैदिक उपचार एवं सल्लाह दिनु हुन्छ । मेलाको दसैँ दिन सम्म करीव २(३ हजारको संख्यामा बोका ,परेवा लगायतका वली प्रदान गरीन्छ ।
सोनासती महरानीको मन्दिर सोनामाई स्थानको नामले प्रचलीत छ । यहाँ गणेश, राजदेवी,सरस्वती आदी देवी देवताको मुर्तीको अतिरीक्त तपसी बाबाको धुनी रहेको छ जसमा चौबीसै घण्टा आगो बलिरहन्छ । धर्मिक एवं ऐतिहासीक महत्व वोकेको सोनामाईको मन्दिर क्षेत्र भौगोलिक स्थिती र प्राकृती मनोरम दृश्यले भरीपुणर् रहेको यस मन्दिरको संरक्षण र विकास गर्न अत्यन्त आवश्यक छ । यो क्षेत्रको सही पहचान गरी संरक्षण तथा विकास गरीए पर्यटकिय क्षेत्र वनाउन सकिने धेरै सम्भावना रहेको छ ।
महोत्तरी–२ मा लक्ष्मण यादवको घरदैलो अभियान तीव्र देखिय..
रोहित यादव महोत्तरी,फाल्गुन १३ गते । महोत्तरी निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत वडा नम्बर ७, गोरहन्नामा न..
10 दिन पहिले
बाके मरहा साझेदारी वन उपभोक्ता समूहको वार्षिक साधारण सभ..
निरन्जन कुमार साह महोत्तरी, फाल्गुन ११ गते । महोत्तरी जिल्लाको लक्ष्मीनिया चौकस्थित कार्यालय परिसरमा बाक..
12 दिन पहिले
नेपाली कम्युनिस्ट पार्टीका युवा उम्मेदवार इन्जिनियर लक..
महोत्तरी, फागुन ११ गते । रोहित यादव नेपाली कम्युनिस्ट पार्टीका युवा उम्मेदवार इन्जिनियर लक्ष्मण यादवको घरद..
12 दिन पहिले
महोत्तरी क्षेत्र न. ४ मा महेन्द्र कुमार रायलाई श्रीपुरवा..
जितेन्द्र कुशवाहा महोत्तरी, फाल्गुन ९ गते । महोत्तरी निर्वाचन क्षेत्र नं. ४ मा महेन्द्र कुमार रायको पक्ष..
14 दिन पहिले
महोत्तरी–१ मा उत्साहको लहर: गिरिराज मणि पोखरेलतर्फ बढ्द..
रोहित यादव महोत्तरी, फाल्गुन ९ गते । महोत्तरी क्षेत्र नं. १ मा चुनावी माहोल दिनानुदिन तातिँदै गएको छ। गाउँ बस्त..
14 दिन पहिले
गौशाला–५ मा ढल निर्माण तथा सरसफाइ आयोजनाको शिलान्यास
निरन्जन कुमार साह महोत्तरी, माघ २६ गते ।गौशाला नगरपालिका–५ मा ढल निर्माण तथा सरसफाइ आयोजनाको शिलान्यास कार्..
26 दिन पहिले
पीडितको घरमै पुगेर उम्मेदवार महतोको मानवीय पहल
महोत्तरी ,माघ १३ गते । भ्रष्टाचारको अन्त्य र जनताको प्रत्यक्ष सेवा गर्ने प्रतिबद्धतासहित महोत्तरी क्षेत्र ..
1 महीना पहिले
निर्वाचन सुरक्षाका लागि महोत्तरीमा इजाजत प्राप्त हातहत..
निरन्जन कुमार साह महोत्तरी, पुष २८ गते । जिल्ला प्रशासन कार्यालय महोत्तरीले आगामी २०८२ साल फागुन २९ गते हुने प्..
2 महीना पहिले
महोत्तरीमा केही दिनदेखि बिहान–साँझ बाक्लो हुस्सु, जनजी..
भाग्यरेखा ठाकुर, महोत्तरी ।महोत्तरी जिल्लामा केही दिनदेखि बिहान र साँझ बाक्लो हुस्सु लाग्न थालेपछि जनजीवन प्रभ..
2 महीना पहिले
कठै, यो चिसो
निरन्जन कुमार साह, महोत्तरी कठै, यो चिसो केवल मौसमको कुरा होइन, यो राज्य, समाज र हाम्रो सामूहिक संवेदनशीलताको पर..
2 महीना पहिले
सहारा मल्टीपर्पस को–अपरेटिभ सोसाइटी लिमिटेड, गौशालाको ..
रोहित यादव पुस १७ गते, महोत्तरी महोत्तरी जिल्लाको गौशाला नगरपालिका–५ मा अवस्थित सहारा मल्टीपर्पस को–अपरे..
2 महीना पहिले
कमेन्ट गर्नुहोस्
view comments