महोत्तरीको धेरै पुरानो धार्मिक स्थल सोनामाई मन्दिर

4 वर्ष पहिले प्रकाशित

(2078-06-22 B.S.)

3027 पटक देखिएको

 

असोज २२ ,महोत्तरी

 महोत्तरी जिल्लाको औरही नगरपालिका वडा नं. ७ भोइलमा रहेको सोनासती महारानीको मन्दिर सोनामाई मन्दिरको नामले प्रचलीत छ । यो मन्दिर जिल्ला कै महत्वपूर्ण एवं चर्चित धार्मिक स्थलको रुपमा रहेको छ ।

यो स्थान बर्दिबास-जलेश्वर राजमार्गको बिचमा रहेको सोनामाईको मन्दिर सदरमुकाम जलेश्वरवाट २३ कि. मि. उत्तरमा पर्छ । यहाँ विशेष गरी भुत, प्रेत, पिसाच,दुष्ट आत्मा, बोक्सीहरु द्वारा सताइएका व्यक्तिहरुलाई झार फुक एवं तान्त्रीक विधी द्वारा निको पार्नुको अतिरिक्त सन्तान नभएकाहरुलाई सन्तान प्राप्त हुने जस्ता अनेकौ महत्वकांक्षाहरु पुरा हुने जन विश्वास रहेकाले यहाँ दैनिक जसो पुजा पाठ,आराधना,दर्शन तथा वलि प्रदान गर्न भक्तजनहरुको घुइँचो लाग्ने गर्दछ ।

साथै दसैमा यहाँ भुत मेला पनि लाग्ने गर्छ । सोनासती महारानीको उत्पतीको सम्वन्धमा चर्चा गर्दा करीव पाँच सय वर्ष पहिले हाल मन्दिर रहेको क्षेत्र पुरै जंगल थियो । जंगलमा गाई भैसी चराउन दक्षणी भेगवाट मान्छेहरु समुह वनाएर आउथ्यो र राती वास जंगल मै बस्थयो । एक दिन चरी रहेकै अवस्थामा पाँचवटा भैसी एकै साथ हरायो ।

भैसी खोज्दै जाँदा हाल मन्दिर रहेको क्षेत्रमा पुग्दा अनौठो अनुभव हुन थाल्यो एक छिन पछि सोनासती महारानी मानवको रुपमा प्रकट भई आफ्नो परीचय दिदै भैसी आफुसंग रहेको जानकारी गराउनु भयो । मलाई दैनीक पुजापाठ,साझवती, आरती गरे मात्र भैसी दिने नत्र नदिने शर्त अगाडी वढाउनु भयो । उनीहरुले शर्त स्वीकार गरे । त्यसै दिन देखी यहाँ पुजा, पाठ, आरती हुदै आएको छ ।

अर्को प्रसंगमा पुजारी माझी झाको मित्र माझी चौधरी विना कसुर विरगंज जेलमा थियो । जेलबाटै सोनासती महारानीको मन्दिर वनाइदिन्छु भनि स्मरण गर्दा जेलमा कसैलाई जानकारी नभइ उनि जेलवाट निस्के । मन्दिर निर्माण हुनुपुर्व यहाँ कहचरीया स्थान भन्ने एउटा धेरै पुरानो सिसौंको रुखको टोड्कामा सोनासती महरानी अवस्थित रहेको स्व. पुजारी राजेन्द्र झा वन्ठुको भनाइ थियो । केही बर्ष पछि पुजारीले कहचरीया स्थानबाट मुर्ती ल्याई हाल मन्दिर रहेको स्थानमा माटोको घर वनाई दैनीक पुजा पाठ गर्न थाल्नु भयो । पुर्व वाचा गरे अनुसार मन्दिर वनाई दिदा त्यसमा पुजापाठ हुनथाल्यो । पुरानो मन्दिर जीणर् भएको कारण त्यसलाई भत्काइ अहिले नयाँ मन्दिर वनेको छ र यसै मन्दिरमा माताको पुजा पाठ आरती दैनिक रुपमा भइरहेको छ ।

नेपाल कै धार्मिक एवं एतिहासिक धरोहर मध्येको यो मन्दिर पनि एउटा शक्ति पिठ हो । यहाँ विशेष गरी दसैमा नेपाल तथा छिमेकी मुलुक भारतका हजारौ श्रद्धालु भक्तजनहरुको घुइचो लाग्ने गर्छ । हरेक वर्ष वडादशैंको शुभ अवसरमा घटस्थापना देखी विजयादशमी सम्म धुम धाम संग विशेष पुजा अराधना गर्नुको साथै यहाँ ठुलो मेला लाग्ने गर्दछ ।

यसो भए तापनि प्रत्येक दिन यहाँ श्रद्धालु भक्तजनहरु पुजा पाठ गर्न, दर्शन गर्न ,वलि प्रदान गर्न, मनोकामना पुरा गर्न आउने क्रम जारी नै रहन्छ । मनोकामना पुरा भएको व्यक्ति पुर्व वाचा अनुसार लडु,मिठाई तथा वोका,परेवा,रागाू लगायतका पंच वलि चढाउने गर्छ । कतिले त सुन चाूदीका गहना,कपडा, मौर, गेरुवा,चनमा आदी चढाउने गर्छ । कतिले त विभिन्न किसिमका घण्टीहरु समेत चढाउने गर्छ । प्रत्येक वर्षको वैसाख देखी अशोज सम्म यस वरपरका छिमेकी गाउँहरुवाट(पहिले मेघनाथवाट) चामल,धुप,अगरवती, फुल,पैसा आदी संकलन गरी महिला र पुरुषको समुह वनाएर पुजा गर्न आउने चलन समेत रहेको छ ।

कुन दिन के के हुन्छ आदी शक्ति माता दर्गा भवानीको अनेकौ रुप रहेतापनि धर्मशास्त्रमा मुख्य रुपमा नौ रुपको वणर्न गरीएको पाइन्छ । पहिलो रुप शैलपुत्री ,दोश्रो व्रहमचारणी, तेश्रो चन्द्रघण्टा, तस्तै कुष्माण्डा, स्कन्धमाता र कात्यायनी माता आदी शक्तिको चौथो, पाचौ र छठौ रुपको नाम हो । सातौ, आठौं र नवौं रुपको नाम क्रमशः कालरात्री, महागौरी र सिद्धीदातृ रहेका छन् । हिन्दु धर्मालम्वीहरु दशैंमा यीनै नौ रुपको नौ दिनसम्म विशेष श्रद्धाको साथ पुजापाठ अर्चना गर्दै आइरहेका छन । यसै नौ दिनसम्म भक्तजनहरु मातालाई खुशी पार्न, इच्छा पुर्ती गर्न विभिन्न मन्दिर धाउछन ।

त्यसमा एउटा सोनामाईको मन्दिर नेपाल कै प्रसिद्ध एवं ख्याति कमाएको रुपमा चिनिएको छ । असोज शुक्ल प्रतिपदा देखी विजया दशमी सम्म यहाँ ठूलो मेला लाग्ने गर्छ । पहिलो अर्थात घटस्थापनाको दिन विहन ३(४ वजे पुजारीको घरवाट परमपरागत वाजागाजा (ढोल पिपही) को साथ सवै पुजारी सामेल भई “डाला”(धुप,दीप,अक्षत,कलश,नैवेध,रातो कपडा,खर्ग आदी) मन्दिरमा लगिन्छ र घटस्थापना हुन्छ एवं जमरा राखिन्छ । यसै दिन देखी नवरात्र आरम्भ हुन्छ । द्वितीया देखी षष्ठी सम्म ठुलो संख्यामा भक्तजनहरु आउने पुजापाठ गर्ने, दर्शन गर्ने, लडु, पेडा, मिठाइ, माता लाई चढाउने तथा वोका, परेवाको वलि प्रदान गर्ने र मेला लाग्ने गदर्छ । सप्तमीको दिन विभिन्न ठाउूवाट(विरता,डोलठी आदी) आएको फुलपाती मन्दिरमा भित्रिन्छ ।

त्यसै निशा पुजा अष्टमीको दिन हुन्छ र सो दिन रातीमा धुप-दिप, नैवेध,फल फुल,चुरा,सुन,चाूदी आदीले भव्य पुजा भई मन्दिर भित्रै बोकावली दिन्छ त्यस्तै कुभिन्डोको बलि राजदेवीलाइ दिइन्छ तथा माताको जीउ भरी घृत र सिन्दुर लगाई नयाँ कपडा लगाउने चलन छ । महानवमीको दिन करीब १०० देखी १५० को संख्यामा राूगाको बलि प्रदान हुन्छ । विजया दशमीको दिन फेरी डाला मन्दिरवाट परमपरागत वाजागाजाको साथ पुजारीको घरमा लगेर विधिवत तरीकाले सोनामाई मेलाको समाप्ती हुन्छ । यसै दिन यस वरपर (भोइल,टिमकिया, औरही, चेपकट, श्रीपुर,मेघनाथ गोरहन्ना आदी) का वासिन्दाहरु खुशीले लडु,मिठाई,पेडा,खोवा, जिलेवी आदी चढाउने गर्दछ ।

यसैविच चौठी देखी अष्टमी सम्म भुत मेला लाग्ने गदर्छ । यी पाूच दिन सम्म करीव तीन चार सयको संख्यामा आफुलाई भुत, प्रेत, पिसाच, दुष्ट आत्मा र बोक्सिहरु द्वारा सताइएका ठानिएका व्यक्तिहरु यस गाउूको चारै तिरको सिमा क्षेत्रमा प्रवेश गर्दा उक्त व्यक्तिहरु रुदै, कराउदै,दौडदै यहाू अवस्थित राजदेवीमाईको खुट्टानिर लडने गर्दछ र यहाूका पुजारीहरुले पिडीत व्यक्तिहरुलाई मन्त्र,तन्त्र,जन्त्र द्वारा बाध्ने तथा आयुर्वेदीक औषधीको माध्यमले वैदिक उपचार एवं सल्लाह दिनु हुन्छ । मेलाको दसैँ दिन सम्म करीव २(३ हजारको संख्यामा बोका ,परेवा लगायतका वली प्रदान गरीन्छ ।

सोनासती महरानीको मन्दिर सोनामाई स्थानको नामले प्रचलीत छ । यहाँ गणेश, राजदेवी,सरस्वती आदी देवी देवताको मुर्तीको अतिरीक्त तपसी बाबाको धुनी रहेको छ जसमा चौबीसै घण्टा आगो बलिरहन्छ । धर्मिक एवं ऐतिहासीक महत्व वोकेको सोनामाईको मन्दिर क्षेत्र भौगोलिक स्थिती र प्राकृती मनोरम दृश्यले भरीपुणर् रहेको यस मन्दिरको संरक्षण र विकास गर्न अत्यन्त आवश्यक छ । यो क्षेत्रको सही पहचान गरी संरक्षण तथा विकास गरीए पर्यटकिय क्षेत्र वनाउन सकिने धेरै सम्भावना रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मौसम परिवर्तनसँगै स्वास्थ्य जोखिम बढ्दो, सचेत रहन डा. जा..

ममता शर्मा महोत्तरी, कार्तिक २३ गते ।  मौसम परिवर्तनसँगै महोत्तरी लगायत मधेशका विभिन्न क्षेत्रमा रुघाखोकी, सर्..

3 दिन पहिले

माओवादी केन्द्रले मधेश प्रदेश संसदीय दलको नेतामा भरत प्..

महोत्तरी, कात्तिक १७ गते ।नेकपा (माओवादी केन्द्र)ले मधेश प्रदेश सभामा आफ्नो संसदीय दलको नेताको जिम्मेवारी फेरि ए..

9 दिन पहिले

आयोजककै कब्जामा मुन्नी मिश्री भलिबलको उपाधि

  महोत्तरी, कार्तिक ९ गते । गौशालाको कान्तिबजारमा सम्पन्न तेश्रो मुन्नी मिश्री भलिबलको उपाधि आयोजकले सुरक्ष..

17 दिन पहिले

बजारको फोहोरको आलोचना भएपछी महतो खुलासा गरे वास्तविक कु..

महोत्तरी, कार्तिक ९ गते ।महोत्तरीको गौशाला बजार फोहोर भएपछी जनसमुदायले गरेको आलोचनालाइ चिर्दै देव नारायण महतो..

17 दिन पहिले

छठ मनाउँदा मौसमको ख्याल गर्न अनुरोध

महोत्तरी, कार्तिक ८ गते । हिन्दू धर्मावलम्बीहरूको महान पर्व छठको अवसरमा मौसमविद्हरूले स्वास्थ्य र सुरक्षाप्रत..

18 दिन पहिले

मौसम परिवर्तनसँगै स्वास्थ्य जोखिम बढ्दो, सचेत रहन डा. जा..

ममता शर्मा महोत्तरी, कार्तिक २३ गते ।  मौसम परिवर्तनसँगै महोत्तरी लगायत मधेशका विभिन्न क्षेत्रमा रुघाखोकी, सर्..

3 दिन पहिले

माओवादी केन्द्रले मधेश प्रदेश संसदीय दलको नेतामा भरत प्..

महोत्तरी, कात्तिक १७ गते ।नेकपा (माओवादी केन्द्र)ले मधेश प्रदेश सभामा आफ्नो संसदीय दलको नेताको जिम्मेवारी फेरि ए..

9 दिन पहिले

बजारको फोहोरको आलोचना भएपछी महतो खुलासा गरे वास्तविक कु..

महोत्तरी, कार्तिक ९ गते ।महोत्तरीको गौशाला बजार फोहोर भएपछी जनसमुदायले गरेको आलोचनालाइ चिर्दै देव नारायण महतो..

17 दिन पहिले

छठ मनाउँदा मौसमको ख्याल गर्न अनुरोध

महोत्तरी, कार्तिक ८ गते । हिन्दू धर्मावलम्बीहरूको महान पर्व छठको अवसरमा मौसमविद्हरूले स्वास्थ्य र सुरक्षाप्रत..

18 दिन पहिले

महोत्तरीमा प्रदेशस्तरीय भलिवल प्रतियोगिता हुँदै

ममता शर्मामहोत्तरी, कार्तिक ६ गते । महोत्तरीको गौशालामा प्रदेशस्तरीय तेस्रो मुन्नी मिश्री स्मृति भलिवल प्रति..

20 दिन पहिले

देउसी भैलो खेल्दा स्वास्थ्य र अनुशासनमा ध्यान दिन सुझाव

निरञ्जन कुमार साह महोत्तरी, कार्तिक ५ गते । नेपालीहरुको मौलिक पर्व तिहारमा देशभर देउसी भैलोको रौनकता छाएको छ । दे..

21 दिन पहिले