शिला देवी झालाई हथौडा प्रहार गरि आफ्नै देवरले हत्या गरेको खुलासा , देवर पक्राउ

5 वर्ष पहिले प्रकाशित

(2078-06-31 B.S.)

2784 पटक देखिएको

असोज ३१,महोत्तरी 

शिला देवी झालाई हथौडा प्रहार गरी उनको देवरले हत्या गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले पत्रकार सम्मेलन मार्फत जानकारी गराएको  छ । 
गत बुधबार राती महोत्तरीको महोत्तरी गाउँपालिका वडा न. ३ मडै गाउँ बस्ने स्व. लाल किशोर झाको श्रीमती  ४२ वर्षीय शिला देवी झा आफ्नो घरमा एक्लै सुती रहेको बेला उनको टाउकोमा हथौडा प्रहार गरी  उनको   हत्या भएको थियो । 

उनको लाश मृत अवस्थामा ओछ्यानमा छ भनेर जिल्ला प्रहरी कार्यालय महोत्तरीलाइ २८ गते बिहान खबर प्राप्त हुनासाथ प्रहरी घटना स्थलमा पुगेको थियो । शिला देवी झाको कान्छो देवर संजय कुमार झाको २०७८ साल अषाढ महिनामा बिबाह भए पश्चात शिला देवी   झासँगै  संगोलमा  बसेका थिए । 

सो क्रममा शिला देवी झाले संजय कुमार झाको श्रीमती रिंकु देवी झालाई केरा खान दिएको दिनको राती उनको गर्भ तुहिएको थियो पछी संजय कुमार झा उनकी श्रीमतीको हजुरआमाको जनकपुर स्थित रहेको  घरमा बस्न गएका थिए ।
रिंकु देवी झाले बेला बेलामा मुखबाट फिंज निकाली बिरामी भईरहने गरेकोले उनको अस्पतालमा  चेक जांच हुंदा समेत उक्त रोग निको भैईरहेको थिएन ।

बिगत डेढ महिना अगाडी झाक्री लगाउंदा रिंकु देवी झा काम्ने क्रममा उनले आफूलाई शिला देवी झाको माईलो छोरा स्व. कृष्णा झा हुं भनि बताएको थिइन् । शिला देवी झाले आफ्नै श्रीमान लालकिशोर झा र आफ्नै छोरा कृष्णा झालाई टुनामुना गरी मारेको र अब संजय कुमार झाको श्रीमती रिंकु देवी झालाई समेत मार्ने भनी बताउने गरेकी थिइन् । 

शिला देवी झाले रिंकु देवी झालाई केरा खुवाएको कारण उनको गर्भ तुहिएको भन्ने मानसिकता बनाएको थिइन् । त्यस्तै संजय कुमार झाले शिला देबी झालाई दिएको सापटी रकम १२ लाख ३९ हजार पटक पटक फिर्तामाग्दा समेत नदिएकोले भाउजु शिला देवी झालाई मारे पछी मात्र आफ्नो परिवार सुरक्षित हुन्छ भन्ने अन्धबिश्वाशको कारण उनले शिला देवीको हत्या गरेका हुन् । संजय कुमार झा बुधबार साझ करिब ५ बजे तिर जनकपुरबाट साईकल चढेर मडै स्थित घरमा आएर राती सोही घरमा सुतिरहेकी भाउजु शिला देवीलाई बिहिबार बिहान करिब ३ बजेको समयमा भाउजु सुतेको बिछ्यौना मुनि रहेको हथौडाले झाको टाउकोमा तिन पटक  प्रहार  गरेर  हत्या  गरेका हुन् । हत्या पश्चात उनि पुन साइकलमा जनकपुर तर्फ गएका थिए ।

घटना पश्चात प्रहरीले अनुसन्धान गरि महोत्तरी गा.पा. वडा न. ३ मडै घर भई हाल धनुषाको जनकपुर उपमहानगरपालिका वडा न.२४ सोनापैडा टोल बस्ने ४२ वर्षीय र ज्याला मजदुरी गर्ने संजय कुमार झालाइ हिरासतमा लिई आवश्यक कारवाही अगाडी बढाइएको जिल्ला प्रहरी कार्यालय महोत्तरीको प्रहरी उपरीक्षक दिनेश आचार्यले जानकारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

गौशाला नगर प्रहरी पक्राउको विरोधमा भंगहा नगरपालिकाका क..

गौशाला, असार १९ । महोत्तरीको गौशाला नगरपालिकामा नियमित ड्युटीमा खटिएका आठ जना नगर प्रहरीलाई नेपाल प्रहरीले नियन..

6 दिन पहिले

गौशाला नगरपालिकाका कर्मचारीद्वारा नगर प्रहरीमाथिको दु..

महोत्तरी, असार १९ गते । महोत्तरीको गौशाला  नगरपालिकाका कर्मचारीहरूले नगर प्रहरीमाथि भएको दुर्व्यवहारको विर..

7 दिन पहिले

सम्सी गाउँपालिकाद्वारा ७१ करोड ६७ लाख ९५ हजार रुपैयाँको ..

गौशाला, असार ९ गते । महोत्तरीको सम्सी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ७१ करोड ६७ लाख ९५ हजार रुपैय..

16 दिन पहिले

रामगोपालपुर नगरपालिकाको १४औँ नगरसभा सम्पन्न, करिब ५० कर..

महोत्तरी, असार ८ गते । महोत्तरीको रामगोपालपुर नगरपालिकाले १४औँ नगरसभा सम्पन्न गर्दै आर्थिक वर्ष २०८३/८४ का लाग..

17 दिन पहिले

संसदीय समितलाई प्रभावकारी बनाउन जनता र सरोकारवालाको भू..

काठमाडौँ, जेठ २५ गते । संसदको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति डा ओजस्वी शेरचनले समितिको काम का..

1 महीना पहिले

गौशाला नगर प्रहरी पक्राउको विरोधमा भंगहा नगरपालिकाका क..

गौशाला, असार १९ । महोत्तरीको गौशाला नगरपालिकामा नियमित ड्युटीमा खटिएका आठ जना नगर प्रहरीलाई नेपाल प्रहरीले नियन..

6 दिन पहिले

सम्सी गाउँपालिकाद्वारा ७१ करोड ६७ लाख ९५ हजार रुपैयाँको ..

गौशाला, असार ९ गते । महोत्तरीको सम्सी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ७१ करोड ६७ लाख ९५ हजार रुपैय..

16 दिन पहिले

संसदीय समितलाई प्रभावकारी बनाउन जनता र सरोकारवालाको भू..

काठमाडौँ, जेठ २५ गते । संसदको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति डा ओजस्वी शेरचनले समितिको काम का..

1 महीना पहिले

भानुभक्त स्कुलले ल्यायो एसईई परीक्षा २०८२ मा उत्कृष्ट न..

महोत्तरी, बैशाख २९ गते । महोत्तरी जिल्लाको गौशाला नगरपालिका–१ रामनगरस्थित भानुभक्त मेमोरियल सेकेन्डरी इङ्ग..

2 महीना पहिले

गौशाला बजार व्यवस्थापनमा विवाद, वडा अध्यक्षकै नेतृत्वम..

गौशाला, चैत्र २१ गते । महोत्तरीको प्रमुख व्यापारिक केन्द्र गौशाला बजारमा बजार व्यवस्थापनका क्रममा विवाद चर्क..

3 महीना पहिले

रौतहटको रिसोर्टमा नक्कली सुन कारोबार पर्दाफास, चार जना प..

रौतहट, चैत्र ११ — रौतहटको चन्द्रनिगाहपुरस्थित एक रिसोर्टमा नक्कली सुन कारोबार भइरहेको सूचना पाएपछि प्रहरीले छ..

4 महीना पहिले