शिला देवी झालाई हथौडा प्रहार गरि आफ्नै देवरले हत्या गरेको खुलासा , देवर पक्राउ

4 वर्ष पहिले प्रकाशित

(2078-06-31 B.S.)

2718 पटक देखिएको

असोज ३१,महोत्तरी 

शिला देवी झालाई हथौडा प्रहार गरी उनको देवरले हत्या गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले पत्रकार सम्मेलन मार्फत जानकारी गराएको  छ । 
गत बुधबार राती महोत्तरीको महोत्तरी गाउँपालिका वडा न. ३ मडै गाउँ बस्ने स्व. लाल किशोर झाको श्रीमती  ४२ वर्षीय शिला देवी झा आफ्नो घरमा एक्लै सुती रहेको बेला उनको टाउकोमा हथौडा प्रहार गरी  उनको   हत्या भएको थियो । 

उनको लाश मृत अवस्थामा ओछ्यानमा छ भनेर जिल्ला प्रहरी कार्यालय महोत्तरीलाइ २८ गते बिहान खबर प्राप्त हुनासाथ प्रहरी घटना स्थलमा पुगेको थियो । शिला देवी झाको कान्छो देवर संजय कुमार झाको २०७८ साल अषाढ महिनामा बिबाह भए पश्चात शिला देवी   झासँगै  संगोलमा  बसेका थिए । 

सो क्रममा शिला देवी झाले संजय कुमार झाको श्रीमती रिंकु देवी झालाई केरा खान दिएको दिनको राती उनको गर्भ तुहिएको थियो पछी संजय कुमार झा उनकी श्रीमतीको हजुरआमाको जनकपुर स्थित रहेको  घरमा बस्न गएका थिए ।
रिंकु देवी झाले बेला बेलामा मुखबाट फिंज निकाली बिरामी भईरहने गरेकोले उनको अस्पतालमा  चेक जांच हुंदा समेत उक्त रोग निको भैईरहेको थिएन ।

बिगत डेढ महिना अगाडी झाक्री लगाउंदा रिंकु देवी झा काम्ने क्रममा उनले आफूलाई शिला देवी झाको माईलो छोरा स्व. कृष्णा झा हुं भनि बताएको थिइन् । शिला देवी झाले आफ्नै श्रीमान लालकिशोर झा र आफ्नै छोरा कृष्णा झालाई टुनामुना गरी मारेको र अब संजय कुमार झाको श्रीमती रिंकु देवी झालाई समेत मार्ने भनी बताउने गरेकी थिइन् । 

शिला देवी झाले रिंकु देवी झालाई केरा खुवाएको कारण उनको गर्भ तुहिएको भन्ने मानसिकता बनाएको थिइन् । त्यस्तै संजय कुमार झाले शिला देबी झालाई दिएको सापटी रकम १२ लाख ३९ हजार पटक पटक फिर्तामाग्दा समेत नदिएकोले भाउजु शिला देवी झालाई मारे पछी मात्र आफ्नो परिवार सुरक्षित हुन्छ भन्ने अन्धबिश्वाशको कारण उनले शिला देवीको हत्या गरेका हुन् । संजय कुमार झा बुधबार साझ करिब ५ बजे तिर जनकपुरबाट साईकल चढेर मडै स्थित घरमा आएर राती सोही घरमा सुतिरहेकी भाउजु शिला देवीलाई बिहिबार बिहान करिब ३ बजेको समयमा भाउजु सुतेको बिछ्यौना मुनि रहेको हथौडाले झाको टाउकोमा तिन पटक  प्रहार  गरेर  हत्या  गरेका हुन् । हत्या पश्चात उनि पुन साइकलमा जनकपुर तर्फ गएका थिए ।

घटना पश्चात प्रहरीले अनुसन्धान गरि महोत्तरी गा.पा. वडा न. ३ मडै घर भई हाल धनुषाको जनकपुर उपमहानगरपालिका वडा न.२४ सोनापैडा टोल बस्ने ४२ वर्षीय र ज्याला मजदुरी गर्ने संजय कुमार झालाइ हिरासतमा लिई आवश्यक कारवाही अगाडी बढाइएको जिल्ला प्रहरी कार्यालय महोत्तरीको प्रहरी उपरीक्षक दिनेश आचार्यले जानकारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मौसम परिवर्तनसँगै स्वास्थ्य जोखिम बढ्दो, सचेत रहन डा. जा..

ममता शर्मा महोत्तरी, कार्तिक २३ गते ।  मौसम परिवर्तनसँगै महोत्तरी लगायत मधेशका विभिन्न क्षेत्रमा रुघाखोकी, सर्..

3 दिन पहिले

माओवादी केन्द्रले मधेश प्रदेश संसदीय दलको नेतामा भरत प्..

महोत्तरी, कात्तिक १७ गते ।नेकपा (माओवादी केन्द्र)ले मधेश प्रदेश सभामा आफ्नो संसदीय दलको नेताको जिम्मेवारी फेरि ए..

9 दिन पहिले

आयोजककै कब्जामा मुन्नी मिश्री भलिबलको उपाधि

  महोत्तरी, कार्तिक ९ गते । गौशालाको कान्तिबजारमा सम्पन्न तेश्रो मुन्नी मिश्री भलिबलको उपाधि आयोजकले सुरक्ष..

17 दिन पहिले

बजारको फोहोरको आलोचना भएपछी महतो खुलासा गरे वास्तविक कु..

महोत्तरी, कार्तिक ९ गते ।महोत्तरीको गौशाला बजार फोहोर भएपछी जनसमुदायले गरेको आलोचनालाइ चिर्दै देव नारायण महतो..

17 दिन पहिले

छठ मनाउँदा मौसमको ख्याल गर्न अनुरोध

महोत्तरी, कार्तिक ८ गते । हिन्दू धर्मावलम्बीहरूको महान पर्व छठको अवसरमा मौसमविद्हरूले स्वास्थ्य र सुरक्षाप्रत..

18 दिन पहिले

मौसम परिवर्तनसँगै स्वास्थ्य जोखिम बढ्दो, सचेत रहन डा. जा..

ममता शर्मा महोत्तरी, कार्तिक २३ गते ।  मौसम परिवर्तनसँगै महोत्तरी लगायत मधेशका विभिन्न क्षेत्रमा रुघाखोकी, सर्..

3 दिन पहिले

माओवादी केन्द्रले मधेश प्रदेश संसदीय दलको नेतामा भरत प्..

महोत्तरी, कात्तिक १७ गते ।नेकपा (माओवादी केन्द्र)ले मधेश प्रदेश सभामा आफ्नो संसदीय दलको नेताको जिम्मेवारी फेरि ए..

9 दिन पहिले

बजारको फोहोरको आलोचना भएपछी महतो खुलासा गरे वास्तविक कु..

महोत्तरी, कार्तिक ९ गते ।महोत्तरीको गौशाला बजार फोहोर भएपछी जनसमुदायले गरेको आलोचनालाइ चिर्दै देव नारायण महतो..

17 दिन पहिले

छठ मनाउँदा मौसमको ख्याल गर्न अनुरोध

महोत्तरी, कार्तिक ८ गते । हिन्दू धर्मावलम्बीहरूको महान पर्व छठको अवसरमा मौसमविद्हरूले स्वास्थ्य र सुरक्षाप्रत..

18 दिन पहिले

महोत्तरीमा प्रदेशस्तरीय भलिवल प्रतियोगिता हुँदै

ममता शर्मामहोत्तरी, कार्तिक ६ गते । महोत्तरीको गौशालामा प्रदेशस्तरीय तेस्रो मुन्नी मिश्री स्मृति भलिवल प्रति..

20 दिन पहिले

देउसी भैलो खेल्दा स्वास्थ्य र अनुशासनमा ध्यान दिन सुझाव

निरञ्जन कुमार साह महोत्तरी, कार्तिक ५ गते । नेपालीहरुको मौलिक पर्व तिहारमा देशभर देउसी भैलोको रौनकता छाएको छ । दे..

21 दिन पहिले