अविरल वर्षाको कारण किसानको आँखामा आँसु ,मेहनत पानीमा

5 वर्ष पहिले प्रकाशित

(2078-07-02 B.S.)

2632 पटक देखिएको

ममता शर्मा
कार्तिक २ ,गौशाला ।

अविरल वर्षाका कारण खेतमै धान डुबान भएपछि किसान चिन्तित बनेका छन् ।किसानहरूको उत्पादन हुन लागेको धान डुबानमा परेपछि उनीहरू निराश भएका छन् । अधिकांश किसानहरूले काटेको धानलाई निरन्तरको वर्षाले डुबाएपछि उनीहरू ऋणमा डुब्ने भन्नेमा चिन्तित भएका हुन ।
मुरी रोपेर मानो फलानो सपनामा खेती गरेका किसान लाई वर्षाले पानीले निराश बनाइदिएको छ । गत वर्ष उखुको पैसा समयमा नपाएपछी किसानहरुले आसु बहाउनु परेको छ । त्यस घाउँमा सरकारले मल्हम नलगाउदै यस वर्षको फेरी अर्को घाउँ किसानहरुलाई     लागेको छ ।  फलेको र पाकेको धान घरमा ल्याउने बेला दैवीय प्रकोप वर्षा र हावाहुरीले धानलाइ नष्ट गरिदिएको छ । 
यस वर्ष राम्रो धान उत्पादन हुने भन्दै उत्साही भएका किसानहरू धान भित्राउने बेलाको बेमौसमी वर्षातले धानमा क्षति पुर्याएपछि भने उनीहरूलाई निराश बनाएको छ ।महोत्तरीको अधिकांस किसानहरूको काटेर घर भित्र्याउन लागेको धानमा क्षति पुगेको कृषक गोविन्द साहले  बताउनुभयो । खेतमा काटेर राखेको धानमा दुई दिन देखिको निरन्तर वर्षाका कारण ठूलो नोक्सानी भएको स्थानीय बासिन्दाले बताएका छन् । खेतमा काटेर राखेको धान पानीले भिजाएपछि किसानहरू लाई  ठुलो  नोक्सानी भएको छ ।
धान झार्नको लागि ठिक्क पारेर राखेको धान पानीले भिजाएपछि खेतमै पुन उम्रने हो कि भन्ने चिन्ता किसानमा रहेको छ । वर्षाले भिजेको धान झार्नु अघि फेरि सुकाउनु पर्ने पीडा किसानमा रहेको छ ।
पानी परेको धान मक्किने र गाईबस्तुलाई खुवाउने पराल समेत काम नलाग्ने हुन्छ भनेर स्थानीय राजिव महतोले बताउनु भयो । एक स्थानीयले आफ्ना मनका व्यथा जनप्रतिनिधिलाई भने ,“देशमा कुनै ठाउँमा केहि घटना हुदा राहत लिएर आइपुग्छन तर किसानहरुलाई जति ठुलो विपद आए   पनि    सरकार   नै पन्छिन्छ । 
के काम लाग्यो तिन तहको सरकार ?आउदै गरेको चुनावमा हामी सम्पूणर् किसान एक हौ र यस्ता फटाहा र ठग्ने नेतालाइ हामीले जरै देखि उखेलेर फाल्नुपर्छ । 
अनि मात्रै किसानको घरमा खुसियाली आउँन सक्छ । त्यहि किसानको खेतमा उब्जिएको अन्नले र त्यहि किसानको भोटले मोज गर्ने नेताहरु हुन्छन तर किसानहरु दुख र पीडाका साथ् आफ्ना जीवन व्यतित गरिरहेका छन् । 
कहिले उखुको पैसा लिनको लागि लडाई गर्नु पर्यो त कहिले खाद मलको लागि लालाहित हुनुपर्यो । यो तिन तहको सरकार नै निकम्मा भईसक्यो र किसानको लागि मरिसक्यो । यसरि उनले आखाबाट झार्दै आफ्ना दुखासो पोखेका छन्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

गौशाला नगर प्रहरी पक्राउको विरोधमा भंगहा नगरपालिकाका क..

गौशाला, असार १९ । महोत्तरीको गौशाला नगरपालिकामा नियमित ड्युटीमा खटिएका आठ जना नगर प्रहरीलाई नेपाल प्रहरीले नियन..

6 दिन पहिले

गौशाला नगरपालिकाका कर्मचारीद्वारा नगर प्रहरीमाथिको दु..

महोत्तरी, असार १९ गते । महोत्तरीको गौशाला  नगरपालिकाका कर्मचारीहरूले नगर प्रहरीमाथि भएको दुर्व्यवहारको विर..

6 दिन पहिले

सम्सी गाउँपालिकाद्वारा ७१ करोड ६७ लाख ९५ हजार रुपैयाँको ..

गौशाला, असार ९ गते । महोत्तरीको सम्सी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ७१ करोड ६७ लाख ९५ हजार रुपैय..

16 दिन पहिले

रामगोपालपुर नगरपालिकाको १४औँ नगरसभा सम्पन्न, करिब ५० कर..

महोत्तरी, असार ८ गते । महोत्तरीको रामगोपालपुर नगरपालिकाले १४औँ नगरसभा सम्पन्न गर्दै आर्थिक वर्ष २०८३/८४ का लाग..

17 दिन पहिले

संसदीय समितलाई प्रभावकारी बनाउन जनता र सरोकारवालाको भू..

काठमाडौँ, जेठ २५ गते । संसदको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति डा ओजस्वी शेरचनले समितिको काम का..

1 महीना पहिले

गौशाला नगर प्रहरी पक्राउको विरोधमा भंगहा नगरपालिकाका क..

गौशाला, असार १९ । महोत्तरीको गौशाला नगरपालिकामा नियमित ड्युटीमा खटिएका आठ जना नगर प्रहरीलाई नेपाल प्रहरीले नियन..

6 दिन पहिले

सम्सी गाउँपालिकाद्वारा ७१ करोड ६७ लाख ९५ हजार रुपैयाँको ..

गौशाला, असार ९ गते । महोत्तरीको सम्सी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ७१ करोड ६७ लाख ९५ हजार रुपैय..

16 दिन पहिले

संसदीय समितलाई प्रभावकारी बनाउन जनता र सरोकारवालाको भू..

काठमाडौँ, जेठ २५ गते । संसदको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति डा ओजस्वी शेरचनले समितिको काम का..

1 महीना पहिले

भानुभक्त स्कुलले ल्यायो एसईई परीक्षा २०८२ मा उत्कृष्ट न..

महोत्तरी, बैशाख २९ गते । महोत्तरी जिल्लाको गौशाला नगरपालिका–१ रामनगरस्थित भानुभक्त मेमोरियल सेकेन्डरी इङ्ग..

2 महीना पहिले

गौशाला बजार व्यवस्थापनमा विवाद, वडा अध्यक्षकै नेतृत्वम..

गौशाला, चैत्र २१ गते । महोत्तरीको प्रमुख व्यापारिक केन्द्र गौशाला बजारमा बजार व्यवस्थापनका क्रममा विवाद चर्क..

3 महीना पहिले

रौतहटको रिसोर्टमा नक्कली सुन कारोबार पर्दाफास, चार जना प..

रौतहट, चैत्र ११ — रौतहटको चन्द्रनिगाहपुरस्थित एक रिसोर्टमा नक्कली सुन कारोबार भइरहेको सूचना पाएपछि प्रहरीले छ..

4 महीना पहिले