अविरल वर्षाको कारण किसानको आँखामा आँसु ,मेहनत पानीमा
ममता शर्मा
कार्तिक २ ,गौशाला ।
अविरल वर्षाका कारण खेतमै धान डुबान भएपछि किसान चिन्तित बनेका छन् ।किसानहरूको उत्पादन हुन लागेको धान डुबानमा परेपछि उनीहरू निराश भएका छन् । अधिकांश किसानहरूले काटेको धानलाई निरन्तरको वर्षाले डुबाएपछि उनीहरू ऋणमा डुब्ने भन्नेमा चिन्तित भएका हुन ।
मुरी रोपेर मानो फलानो सपनामा खेती गरेका किसान लाई वर्षाले पानीले निराश बनाइदिएको छ । गत वर्ष उखुको पैसा समयमा नपाएपछी किसानहरुले आसु बहाउनु परेको छ । त्यस घाउँमा सरकारले मल्हम नलगाउदै यस वर्षको फेरी अर्को घाउँ किसानहरुलाई लागेको छ । फलेको र पाकेको धान घरमा ल्याउने बेला दैवीय प्रकोप वर्षा र हावाहुरीले धानलाइ नष्ट गरिदिएको छ ।
यस वर्ष राम्रो धान उत्पादन हुने भन्दै उत्साही भएका किसानहरू धान भित्राउने बेलाको बेमौसमी वर्षातले धानमा क्षति पुर्याएपछि भने उनीहरूलाई निराश बनाएको छ ।महोत्तरीको अधिकांस किसानहरूको काटेर घर भित्र्याउन लागेको धानमा क्षति पुगेको कृषक गोविन्द साहले बताउनुभयो । खेतमा काटेर राखेको धानमा दुई दिन देखिको निरन्तर वर्षाका कारण ठूलो नोक्सानी भएको स्थानीय बासिन्दाले बताएका छन् । खेतमा काटेर राखेको धान पानीले भिजाएपछि किसानहरू लाई ठुलो नोक्सानी भएको छ ।
धान झार्नको लागि ठिक्क पारेर राखेको धान पानीले भिजाएपछि खेतमै पुन उम्रने हो कि भन्ने चिन्ता किसानमा रहेको छ । वर्षाले भिजेको धान झार्नु अघि फेरि सुकाउनु पर्ने पीडा किसानमा रहेको छ ।
पानी परेको धान मक्किने र गाईबस्तुलाई खुवाउने पराल समेत काम नलाग्ने हुन्छ भनेर स्थानीय राजिव महतोले बताउनु भयो । एक स्थानीयले आफ्ना मनका व्यथा जनप्रतिनिधिलाई भने ,“देशमा कुनै ठाउँमा केहि घटना हुदा राहत लिएर आइपुग्छन तर किसानहरुलाई जति ठुलो विपद आए पनि सरकार नै पन्छिन्छ ।
के काम लाग्यो तिन तहको सरकार ?आउदै गरेको चुनावमा हामी सम्पूणर् किसान एक हौ र यस्ता फटाहा र ठग्ने नेतालाइ हामीले जरै देखि उखेलेर फाल्नुपर्छ ।
अनि मात्रै किसानको घरमा खुसियाली आउँन सक्छ । त्यहि किसानको खेतमा उब्जिएको अन्नले र त्यहि किसानको भोटले मोज गर्ने नेताहरु हुन्छन तर किसानहरु दुख र पीडाका साथ् आफ्ना जीवन व्यतित गरिरहेका छन् ।
कहिले उखुको पैसा लिनको लागि लडाई गर्नु पर्यो त कहिले खाद मलको लागि लालाहित हुनुपर्यो । यो तिन तहको सरकार नै निकम्मा भईसक्यो र किसानको लागि मरिसक्यो । यसरि उनले आखाबाट झार्दै आफ्ना दुखासो पोखेका छन्
मौसम परिवर्तनसँगै स्वास्थ्य जोखिम बढ्दो, सचेत रहन डा. जा..
ममता शर्मा महोत्तरी, कार्तिक २३ गते । मौसम परिवर्तनसँगै महोत्तरी लगायत मधेशका विभिन्न क्षेत्रमा रुघाखोकी, सर्..
3 दिन पहिले
माओवादी केन्द्रले मधेश प्रदेश संसदीय दलको नेतामा भरत प्..
महोत्तरी, कात्तिक १७ गते ।नेकपा (माओवादी केन्द्र)ले मधेश प्रदेश सभामा आफ्नो संसदीय दलको नेताको जिम्मेवारी फेरि ए..
9 दिन पहिले
आयोजककै कब्जामा मुन्नी मिश्री भलिबलको उपाधि
महोत्तरी, कार्तिक ९ गते । गौशालाको कान्तिबजारमा सम्पन्न तेश्रो मुन्नी मिश्री भलिबलको उपाधि आयोजकले सुरक्ष..
17 दिन पहिले
बजारको फोहोरको आलोचना भएपछी महतो खुलासा गरे वास्तविक कु..
महोत्तरी, कार्तिक ९ गते ।महोत्तरीको गौशाला बजार फोहोर भएपछी जनसमुदायले गरेको आलोचनालाइ चिर्दै देव नारायण महतो..
17 दिन पहिले
छठ मनाउँदा मौसमको ख्याल गर्न अनुरोध
महोत्तरी, कार्तिक ८ गते । हिन्दू धर्मावलम्बीहरूको महान पर्व छठको अवसरमा मौसमविद्हरूले स्वास्थ्य र सुरक्षाप्रत..
18 दिन पहिले
मौसम परिवर्तनसँगै स्वास्थ्य जोखिम बढ्दो, सचेत रहन डा. जा..
ममता शर्मा महोत्तरी, कार्तिक २३ गते । मौसम परिवर्तनसँगै महोत्तरी लगायत मधेशका विभिन्न क्षेत्रमा रुघाखोकी, सर्..
3 दिन पहिले
माओवादी केन्द्रले मधेश प्रदेश संसदीय दलको नेतामा भरत प्..
महोत्तरी, कात्तिक १७ गते ।नेकपा (माओवादी केन्द्र)ले मधेश प्रदेश सभामा आफ्नो संसदीय दलको नेताको जिम्मेवारी फेरि ए..
9 दिन पहिले
बजारको फोहोरको आलोचना भएपछी महतो खुलासा गरे वास्तविक कु..
महोत्तरी, कार्तिक ९ गते ।महोत्तरीको गौशाला बजार फोहोर भएपछी जनसमुदायले गरेको आलोचनालाइ चिर्दै देव नारायण महतो..
17 दिन पहिले
छठ मनाउँदा मौसमको ख्याल गर्न अनुरोध
महोत्तरी, कार्तिक ८ गते । हिन्दू धर्मावलम्बीहरूको महान पर्व छठको अवसरमा मौसमविद्हरूले स्वास्थ्य र सुरक्षाप्रत..
18 दिन पहिले
महोत्तरीमा प्रदेशस्तरीय भलिवल प्रतियोगिता हुँदै
ममता शर्मामहोत्तरी, कार्तिक ६ गते । महोत्तरीको गौशालामा प्रदेशस्तरीय तेस्रो मुन्नी मिश्री स्मृति भलिवल प्रति..
20 दिन पहिले
देउसी भैलो खेल्दा स्वास्थ्य र अनुशासनमा ध्यान दिन सुझाव
निरञ्जन कुमार साह महोत्तरी, कार्तिक ५ गते । नेपालीहरुको मौलिक पर्व तिहारमा देशभर देउसी भैलोको रौनकता छाएको छ । दे..
21 दिन पहिले
मौसम परिवर्तनसँगै स्वास्थ्य जोखिम बढ्दो, सचेत रहन डा. जा..
ममता शर्मा महोत्तरी, कार्तिक २३ गते । मौसम परिवर्तनसँ..
कमेन्ट गर्नुहोस्
view comments