गौशाला उद्योग वाणिज्य संघद्वारा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा व्यापारीहरु नआउदा अध्यक्ष चिन्तित
निरन्जन साह
कार्तिक ५ ,गौशाला
महोत्तरीको गौशाला उद्योग वाणिज्य संघको आयोजनामा नेपालीहरुको महान चाडपर्व दशै, दिपावली तथा छठ पर्वको शुभकामना आदान प्रदान कार्यक्रम गौशाला पार्टी प्यालेशमा सम्पन्न भएको छ । गौशाला उद्योग वाणिज्य संघद्वारा शुक्रबार १ बजे संचालन हुने गरि आयोजना गरिएको कार्यक्रममा करिब ४ सय जनलाई निमन्त्रणा गरिएको थियो ।
उक्त कार्यक्रमको अध्यक्षता गौशाला उद्योग वाणिज्य संघका अध्यक्ष रामराजा प्रसाद साह गरेको थिए भने प्रमुख अतिथि नेपाली कांग्रेसका केन्द्रिय सदस्य कल्याण गुरुङ थिए । १ बजे कार्यक्रम आयोजना गरिएको थियो तर सोमा ५/७ जना अतिथिहरु साढे २ बजे उपस्थित भए ।

जसमा व्यापारीहरु उपस्थित नहुदा उद्योग वाणिज्य संघका अध्यक्ष चिन्तित भएका थिए । पछी ३ बजे करिब २०/२५ जनाको उपस्थितिमा कार्यक्रम संचालन भएको थियो । शुभकामना आदान प्रदानको क्रममा सबै वक्ताहरुले एउटै कुरा भनेका थिए “व्यापारीहरु उपस्थित नहुनुमा दोषी को छ ?व्यापारी या उद्योग वाणिज्य संघ । तर कम्तिमा व्यापारीहरु उपस्थित भएर यस कार्यक्रमलाई भव्य रुपमा संचालन गरेको भए आज लज्जास्पद हुनुपर्ने थिएन ।
त्यसैगरी गौशाला उद्योग वाणिज्य संघका सचिव रमेश यादवले भने“व्यापारीहरु तथा संघका सदस्यहरु उपस्थित नहुनुमा गौशाला उद्योग वाणिज्य संघको कमीकमजोरी देखिएको छ । एक त सदस्यहरुलाइ आसन ग्रहण गराएन अर्को यो हाम्रो व्यापारीहरुको संघ हो । व्यापारीहरुको कार्यक्रम हो । तर राजनीतिकर्मी प्रमुख अतिथि हुनु उद्योग वाणिज्य संघ व्यापारीहरुको नभएर पार्टीगत भएको भनेर आलोचना गरेका छन् ।
कार्यक्रमको अन्त्यमा अध्यक्ष रामराजा प्रसाद साहले उपस्थित भएका प्रमुख अतिथिको संघका सचिव यादवले अपमान गरेको भन्दै आपति जनाएका छन् ।
उद्योग वाणिज्य संघको भवनको शिलान्यास जसपाका नेता लक्ष्मी महतोले गर्दा हुने तर यस कार्यक्रममा प्रमुख अतिथि नेपाली कांग्रेसका नेता हुदा किन दुखि हुने भनेर उनले आलोचना गरेका छन् ।
पछी संघका अध्यक्ष र संघका सचिव रमेश यादव बीच एकआपसमा भनाभन समेत भएको थियो ।
गौशाला नगर प्रहरी पक्राउको विरोधमा भंगहा नगरपालिकाका क..
गौशाला, असार १९ । महोत्तरीको गौशाला नगरपालिकामा नियमित ड्युटीमा खटिएका आठ जना नगर प्रहरीलाई नेपाल प्रहरीले नियन..
6 दिन पहिले
गौशाला नगरपालिकाका कर्मचारीद्वारा नगर प्रहरीमाथिको दु..
महोत्तरी, असार १९ गते । महोत्तरीको गौशाला नगरपालिकाका कर्मचारीहरूले नगर प्रहरीमाथि भएको दुर्व्यवहारको विर..
6 दिन पहिले
सम्सी गाउँपालिकाद्वारा ७१ करोड ६७ लाख ९५ हजार रुपैयाँको ..
गौशाला, असार ९ गते । महोत्तरीको सम्सी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ७१ करोड ६७ लाख ९५ हजार रुपैय..
16 दिन पहिले
रामगोपालपुर नगरपालिकाको १४औँ नगरसभा सम्पन्न, करिब ५० कर..
महोत्तरी, असार ८ गते । महोत्तरीको रामगोपालपुर नगरपालिकाले १४औँ नगरसभा सम्पन्न गर्दै आर्थिक वर्ष २०८३/८४ का लाग..
17 दिन पहिले
संसदीय समितलाई प्रभावकारी बनाउन जनता र सरोकारवालाको भू..
काठमाडौँ, जेठ २५ गते । संसदको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति डा ओजस्वी शेरचनले समितिको काम का..
1 महीना पहिले
गौशाला नगर प्रहरी पक्राउको विरोधमा भंगहा नगरपालिकाका क..
गौशाला, असार १९ । महोत्तरीको गौशाला नगरपालिकामा नियमित ड्युटीमा खटिएका आठ जना नगर प्रहरीलाई नेपाल प्रहरीले नियन..
6 दिन पहिले
सम्सी गाउँपालिकाद्वारा ७१ करोड ६७ लाख ९५ हजार रुपैयाँको ..
गौशाला, असार ९ गते । महोत्तरीको सम्सी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ७१ करोड ६७ लाख ९५ हजार रुपैय..
16 दिन पहिले
संसदीय समितलाई प्रभावकारी बनाउन जनता र सरोकारवालाको भू..
काठमाडौँ, जेठ २५ गते । संसदको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति डा ओजस्वी शेरचनले समितिको काम का..
1 महीना पहिले
भानुभक्त स्कुलले ल्यायो एसईई परीक्षा २०८२ मा उत्कृष्ट न..
महोत्तरी, बैशाख २९ गते । महोत्तरी जिल्लाको गौशाला नगरपालिका–१ रामनगरस्थित भानुभक्त मेमोरियल सेकेन्डरी इङ्ग..
2 महीना पहिले
गौशाला बजार व्यवस्थापनमा विवाद, वडा अध्यक्षकै नेतृत्वम..
गौशाला, चैत्र २१ गते । महोत्तरीको प्रमुख व्यापारिक केन्द्र गौशाला बजारमा बजार व्यवस्थापनका क्रममा विवाद चर्क..
3 महीना पहिले
रौतहटको रिसोर्टमा नक्कली सुन कारोबार पर्दाफास, चार जना प..
रौतहट, चैत्र ११ — रौतहटको चन्द्रनिगाहपुरस्थित एक रिसोर्टमा नक्कली सुन कारोबार भइरहेको सूचना पाएपछि प्रहरीले छ..
4 महीना पहिले
गौशाला नगरपालिकाका कर्मचारीद्वारा नगर प्रहरीमाथिको दु..
महोत्तरी, असार १९ गते । महोत्तरीको गौशाला नगरपालिका..
गौशाला नगर प्रहरी पक्राउको विरोधमा भंगहा नगरपालिकाका क..
गौशाला, असार १९ । महोत्तरीको गौशाला नगरपालिकामा नियमित ड..
कमेन्ट गर्नुहोस्
view comments