बारामा सस्तो बजार रमाइलो मेलाको उदघाटन सम्पन्न
उपेन्द्र पासवान
कार्तिक ११ गते
बाराको सदरमुकाम कलैयामा सस्तो रमाईलो मेला २०७८ को नगर प्रमुख राजेश राय यादवले रिबन काटेर उद्घाटन गरेका छन । द जिनियस डान्स एकेडेमी कलैयाको आयोजनामा शुरु भएको मेला वडा नम्बर ४ जानकी हल पछाडीको मैदानमा लागेको छ ।

अदालत टोलको खाली ठाउमा शुरु मेला आज देखि २२ गते सम्म चल्ने आयोजक संस्थाका अध्यक्ष अन्कुश ब्याहुतले जानकारी गराएका छन । ब्याहुतले सो मेलाको लागि सम्बन्धित निकायबाट आवश्यक सहयोग मिलिरहेको बताएका छन ।
अहिले पनि मेलाका लागि स्टलहरु धमाधम बुकिङ्ग समेत भैरहेको उनले बताए । ब्याहुतले मेलाका लागि अन्दाजी ३० लाखको लागत लाग्ने बताउदै स्पोन्सर तथा सहयोगी हातहरु अझ सम्पर्कमा आईरहेको बताए ।
मेलाले कलैयाको आन्तरिक पर्यटन बिकास संगै व्यापारमा समेत टेवा पुग्ने र स्थानिय उपजको पनि बजारिकरण हुने प्रमुख अतिथी यादवले जनाएका छन।
यादवले मेलाको लागि आवश्यक पर्ने सबै सहयोग कलैया सरकारले गर्ने बताउदै यी र यस्ता मेलाको सम्बर्द्धन तथा प्रवर्द्धन कलैया सरकार संगै सम्पूर्ण नगर बासिले गर्नुपर्ने बताएका छन ।
आयोजकले समस्त सरोकारवालालाई मेला सफल गर्न आवश्यक सहयोगका लागि आग्रह गरेको छ । मेलामा रहने स्टलको लागत रु.५ हजार देखि २५ हजार सम्म रहेको आयोजक संस्थाका सचिव अर्जुन गुप्ताले बताएका छन ।
उद्घाटन कार्यक्रममा नगर उपप्रमुख रहिमा खातुन,प्रमुख प्रशासकिय अधिकृत नाथु साह,वडा नम्बर २ का अध्यक्ष राजेश मण्डल,४ का अध्यक्ष जट्टा शंकर सहनी,१२ का अध्यक्ष राजेश्वर केशरी,१९ का लतिफ मिया ठकुराई,२१ का अध्यक्ष पुनदेव रौनियार,२२ का अध्यक्ष लालबाबु यादव ,२५ का अध्यक्ष राजेश स्वर्नकार,२७ का अध्यक्ष रेयाजुल अन्सारी,प्रशासन शाखा प्रमुख हाजी मुस्ताक अन्सारी,बारा उधोग बाणिज्य संघका अध्यक्ष राजकुमार साह, कोषाध्यक्ष राजेश बुढा,तरुण दल बाराका अध्यक्ष लुकेश सिंह,लोसपा नेता जय प्रकाश साह,राष्ट्रीय युवा संघ का केन्द्रिय सदस्य पप्पु साह,वाईसिएलका केन्द्रिय सदस्य डा.सुशील साह,जेसिज कलैयाका अध्यक्ष शम्भु कुप्ता,धनिलाल सरार्फ,गङ्गा सागर कुश्वाहा,जेसिजका महासचिव पवन कुश्वाहा,नेबि संघका नेता दिपेन्द्र पटेल,नेजामुदिन अन्सारी ,गणेश ब्याहुत कलवार,आशिष् कुमार गुप्ता,धर्मेन्द्र यादव,सन्दिप बरै लगायतकाको उपस्थिति रहेको थियो ।
मेलामा विभिन्न खालका मनोरञ्जनात्मक खेल तमासाको समेत आगमन भैइसकेको छ । मेलाको प्राविधिक सहयोग द लिड ईन्टरटेनमेन्ट एन्ड एडभरटाईजले गरेको छ भने कलैया सिटि जिसिजले सहयोग गरिरहेको छ । मेलाको मुख्य सहयोगी कलैया उपमहानगरपालिका रहेको छ ।
गौशाला नगर प्रहरी पक्राउको विरोधमा भंगहा नगरपालिकाका क..
गौशाला, असार १९ । महोत्तरीको गौशाला नगरपालिकामा नियमित ड्युटीमा खटिएका आठ जना नगर प्रहरीलाई नेपाल प्रहरीले नियन..
6 दिन पहिले
गौशाला नगरपालिकाका कर्मचारीद्वारा नगर प्रहरीमाथिको दु..
महोत्तरी, असार १९ गते । महोत्तरीको गौशाला नगरपालिकाका कर्मचारीहरूले नगर प्रहरीमाथि भएको दुर्व्यवहारको विर..
6 दिन पहिले
सम्सी गाउँपालिकाद्वारा ७१ करोड ६७ लाख ९५ हजार रुपैयाँको ..
गौशाला, असार ९ गते । महोत्तरीको सम्सी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ७१ करोड ६७ लाख ९५ हजार रुपैय..
16 दिन पहिले
रामगोपालपुर नगरपालिकाको १४औँ नगरसभा सम्पन्न, करिब ५० कर..
महोत्तरी, असार ८ गते । महोत्तरीको रामगोपालपुर नगरपालिकाले १४औँ नगरसभा सम्पन्न गर्दै आर्थिक वर्ष २०८३/८४ का लाग..
17 दिन पहिले
संसदीय समितलाई प्रभावकारी बनाउन जनता र सरोकारवालाको भू..
काठमाडौँ, जेठ २५ गते । संसदको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति डा ओजस्वी शेरचनले समितिको काम का..
1 महीना पहिले
गौशाला नगर प्रहरी पक्राउको विरोधमा भंगहा नगरपालिकाका क..
गौशाला, असार १९ । महोत्तरीको गौशाला नगरपालिकामा नियमित ड्युटीमा खटिएका आठ जना नगर प्रहरीलाई नेपाल प्रहरीले नियन..
6 दिन पहिले
सम्सी गाउँपालिकाद्वारा ७१ करोड ६७ लाख ९५ हजार रुपैयाँको ..
गौशाला, असार ९ गते । महोत्तरीको सम्सी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ७१ करोड ६७ लाख ९५ हजार रुपैय..
16 दिन पहिले
संसदीय समितलाई प्रभावकारी बनाउन जनता र सरोकारवालाको भू..
काठमाडौँ, जेठ २५ गते । संसदको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति डा ओजस्वी शेरचनले समितिको काम का..
1 महीना पहिले
भानुभक्त स्कुलले ल्यायो एसईई परीक्षा २०८२ मा उत्कृष्ट न..
महोत्तरी, बैशाख २९ गते । महोत्तरी जिल्लाको गौशाला नगरपालिका–१ रामनगरस्थित भानुभक्त मेमोरियल सेकेन्डरी इङ्ग..
2 महीना पहिले
गौशाला बजार व्यवस्थापनमा विवाद, वडा अध्यक्षकै नेतृत्वम..
गौशाला, चैत्र २१ गते । महोत्तरीको प्रमुख व्यापारिक केन्द्र गौशाला बजारमा बजार व्यवस्थापनका क्रममा विवाद चर्क..
3 महीना पहिले
रौतहटको रिसोर्टमा नक्कली सुन कारोबार पर्दाफास, चार जना प..
रौतहट, चैत्र ११ — रौतहटको चन्द्रनिगाहपुरस्थित एक रिसोर्टमा नक्कली सुन कारोबार भइरहेको सूचना पाएपछि प्रहरीले छ..
4 महीना पहिले
गौशाला नगरपालिकाका कर्मचारीद्वारा नगर प्रहरीमाथिको दु..
महोत्तरी, असार १९ गते । महोत्तरीको गौशाला नगरपालिका..
गौशाला नगर प्रहरी पक्राउको विरोधमा भंगहा नगरपालिकाका क..
गौशाला, असार १९ । महोत्तरीको गौशाला नगरपालिकामा नियमित ड..
कमेन्ट गर्नुहोस्
view comments