बारामा सस्तो बजार रमाइलो मेलाको उदघाटन सम्पन्न
उपेन्द्र पासवान
कार्तिक ११ गते
बाराको सदरमुकाम कलैयामा सस्तो रमाईलो मेला २०७८ को नगर प्रमुख राजेश राय यादवले रिबन काटेर उद्घाटन गरेका छन । द जिनियस डान्स एकेडेमी कलैयाको आयोजनामा शुरु भएको मेला वडा नम्बर ४ जानकी हल पछाडीको मैदानमा लागेको छ ।

अदालत टोलको खाली ठाउमा शुरु मेला आज देखि २२ गते सम्म चल्ने आयोजक संस्थाका अध्यक्ष अन्कुश ब्याहुतले जानकारी गराएका छन । ब्याहुतले सो मेलाको लागि सम्बन्धित निकायबाट आवश्यक सहयोग मिलिरहेको बताएका छन ।
अहिले पनि मेलाका लागि स्टलहरु धमाधम बुकिङ्ग समेत भैरहेको उनले बताए । ब्याहुतले मेलाका लागि अन्दाजी ३० लाखको लागत लाग्ने बताउदै स्पोन्सर तथा सहयोगी हातहरु अझ सम्पर्कमा आईरहेको बताए ।
मेलाले कलैयाको आन्तरिक पर्यटन बिकास संगै व्यापारमा समेत टेवा पुग्ने र स्थानिय उपजको पनि बजारिकरण हुने प्रमुख अतिथी यादवले जनाएका छन।
यादवले मेलाको लागि आवश्यक पर्ने सबै सहयोग कलैया सरकारले गर्ने बताउदै यी र यस्ता मेलाको सम्बर्द्धन तथा प्रवर्द्धन कलैया सरकार संगै सम्पूर्ण नगर बासिले गर्नुपर्ने बताएका छन ।
आयोजकले समस्त सरोकारवालालाई मेला सफल गर्न आवश्यक सहयोगका लागि आग्रह गरेको छ । मेलामा रहने स्टलको लागत रु.५ हजार देखि २५ हजार सम्म रहेको आयोजक संस्थाका सचिव अर्जुन गुप्ताले बताएका छन ।
उद्घाटन कार्यक्रममा नगर उपप्रमुख रहिमा खातुन,प्रमुख प्रशासकिय अधिकृत नाथु साह,वडा नम्बर २ का अध्यक्ष राजेश मण्डल,४ का अध्यक्ष जट्टा शंकर सहनी,१२ का अध्यक्ष राजेश्वर केशरी,१९ का लतिफ मिया ठकुराई,२१ का अध्यक्ष पुनदेव रौनियार,२२ का अध्यक्ष लालबाबु यादव ,२५ का अध्यक्ष राजेश स्वर्नकार,२७ का अध्यक्ष रेयाजुल अन्सारी,प्रशासन शाखा प्रमुख हाजी मुस्ताक अन्सारी,बारा उधोग बाणिज्य संघका अध्यक्ष राजकुमार साह, कोषाध्यक्ष राजेश बुढा,तरुण दल बाराका अध्यक्ष लुकेश सिंह,लोसपा नेता जय प्रकाश साह,राष्ट्रीय युवा संघ का केन्द्रिय सदस्य पप्पु साह,वाईसिएलका केन्द्रिय सदस्य डा.सुशील साह,जेसिज कलैयाका अध्यक्ष शम्भु कुप्ता,धनिलाल सरार्फ,गङ्गा सागर कुश्वाहा,जेसिजका महासचिव पवन कुश्वाहा,नेबि संघका नेता दिपेन्द्र पटेल,नेजामुदिन अन्सारी ,गणेश ब्याहुत कलवार,आशिष् कुमार गुप्ता,धर्मेन्द्र यादव,सन्दिप बरै लगायतकाको उपस्थिति रहेको थियो ।
मेलामा विभिन्न खालका मनोरञ्जनात्मक खेल तमासाको समेत आगमन भैइसकेको छ । मेलाको प्राविधिक सहयोग द लिड ईन्टरटेनमेन्ट एन्ड एडभरटाईजले गरेको छ भने कलैया सिटि जिसिजले सहयोग गरिरहेको छ । मेलाको मुख्य सहयोगी कलैया उपमहानगरपालिका रहेको छ ।
मौसम परिवर्तनसँगै स्वास्थ्य जोखिम बढ्दो, सचेत रहन डा. जा..
ममता शर्मा महोत्तरी, कार्तिक २३ गते । मौसम परिवर्तनसँगै महोत्तरी लगायत मधेशका विभिन्न क्षेत्रमा रुघाखोकी, सर्..
3 दिन पहिले
माओवादी केन्द्रले मधेश प्रदेश संसदीय दलको नेतामा भरत प्..
महोत्तरी, कात्तिक १७ गते ।नेकपा (माओवादी केन्द्र)ले मधेश प्रदेश सभामा आफ्नो संसदीय दलको नेताको जिम्मेवारी फेरि ए..
9 दिन पहिले
आयोजककै कब्जामा मुन्नी मिश्री भलिबलको उपाधि
महोत्तरी, कार्तिक ९ गते । गौशालाको कान्तिबजारमा सम्पन्न तेश्रो मुन्नी मिश्री भलिबलको उपाधि आयोजकले सुरक्ष..
17 दिन पहिले
बजारको फोहोरको आलोचना भएपछी महतो खुलासा गरे वास्तविक कु..
महोत्तरी, कार्तिक ९ गते ।महोत्तरीको गौशाला बजार फोहोर भएपछी जनसमुदायले गरेको आलोचनालाइ चिर्दै देव नारायण महतो..
17 दिन पहिले
छठ मनाउँदा मौसमको ख्याल गर्न अनुरोध
महोत्तरी, कार्तिक ८ गते । हिन्दू धर्मावलम्बीहरूको महान पर्व छठको अवसरमा मौसमविद्हरूले स्वास्थ्य र सुरक्षाप्रत..
18 दिन पहिले
मौसम परिवर्तनसँगै स्वास्थ्य जोखिम बढ्दो, सचेत रहन डा. जा..
ममता शर्मा महोत्तरी, कार्तिक २३ गते । मौसम परिवर्तनसँगै महोत्तरी लगायत मधेशका विभिन्न क्षेत्रमा रुघाखोकी, सर्..
3 दिन पहिले
माओवादी केन्द्रले मधेश प्रदेश संसदीय दलको नेतामा भरत प्..
महोत्तरी, कात्तिक १७ गते ।नेकपा (माओवादी केन्द्र)ले मधेश प्रदेश सभामा आफ्नो संसदीय दलको नेताको जिम्मेवारी फेरि ए..
9 दिन पहिले
बजारको फोहोरको आलोचना भएपछी महतो खुलासा गरे वास्तविक कु..
महोत्तरी, कार्तिक ९ गते ।महोत्तरीको गौशाला बजार फोहोर भएपछी जनसमुदायले गरेको आलोचनालाइ चिर्दै देव नारायण महतो..
17 दिन पहिले
छठ मनाउँदा मौसमको ख्याल गर्न अनुरोध
महोत्तरी, कार्तिक ८ गते । हिन्दू धर्मावलम्बीहरूको महान पर्व छठको अवसरमा मौसमविद्हरूले स्वास्थ्य र सुरक्षाप्रत..
18 दिन पहिले
महोत्तरीमा प्रदेशस्तरीय भलिवल प्रतियोगिता हुँदै
ममता शर्मामहोत्तरी, कार्तिक ६ गते । महोत्तरीको गौशालामा प्रदेशस्तरीय तेस्रो मुन्नी मिश्री स्मृति भलिवल प्रति..
20 दिन पहिले
देउसी भैलो खेल्दा स्वास्थ्य र अनुशासनमा ध्यान दिन सुझाव
निरञ्जन कुमार साह महोत्तरी, कार्तिक ५ गते । नेपालीहरुको मौलिक पर्व तिहारमा देशभर देउसी भैलोको रौनकता छाएको छ । दे..
21 दिन पहिले
मौसम परिवर्तनसँगै स्वास्थ्य जोखिम बढ्दो, सचेत रहन डा. जा..
ममता शर्मा महोत्तरी, कार्तिक २३ गते । मौसम परिवर्तनसँ..
कमेन्ट गर्नुहोस्
view comments