म आफ्नै कार्यकालमा गौशाला नगरपालिकामा नापी र मालपोत कार्यालय स्थापना गर्नेछु :मन्त्रि श्रेष्ठ

4 वर्ष पहिले प्रकाशित

(2078-07-16 B.S.)

3344 पटक देखिएको

गौशाला महोत्तरी

कार्तिक १६

महोत्तरीको गौशाला नगरपालिकामा रहेको गाई गौशालाको जग्गा र गुठि संस्थानको जग्गालाई संरक्षण गर्नुपर्ने भुमि व्यवस्था सहकारी तथा गरिवी निवारण मन्त्रि शशि श्रेष्ठले बताउनु भएको छ  गौशाला नगरपालिका अन्तर्गत रहेका गाई गौशालाको जग्गा र गुठी संस्थानको जग्गा अतिक्रमण भईरहेको सन्दर्भमा बक्ताहरुले उठाएका प्रश्नहरुको उत्तर म रातदिन मेहनत गरेर यो सन्दर्भमा चाडै भन्दा चाडै अतिक्रमणको र बिचौलियाको समस्यालाइ समाधान गर्न लागि परेको छु  साथै भूमिहीन जनताहरुलाई भूमिको पनि व्यवस्था गरेर लालपुर्जा हस्तान्तरण गर्ने छु भनेर उहाले बताउनु भएको छ 

मंगलवार महोत्तरीको गौशाला नगरपालिकामा नेकपा माओवादी केन्द्रले आयोजना गरेको शुभकामना आदान प्रदान  कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले यस्तो प्रतिबद्धता जनाएका हुन् 

गौशाला स्थितका सम्पूर्ण वडाहरु नमुनाको रुपमा बिकसित भएका तर यहाँ गाई गौशाला तथा गुठीहरुको जमिन अतिक्रमण गरेर सम्पूर्ण कामहरु भ्रष्टचारमा भईरहेको युवा नेता सूर्यनारायण साहले बताए 

आम नागरिकहरुले सरकारी  सुबिधाको लागि पनि अनावश्यक रुपमा खर्च गर्नु परेको गुनासो गर्दै नापी कार्यालय र मालपोत कार्यालय स्थानीय स्तरबाटै संचालित हुनपर्ने गौशाला नगरपालिका वडा न.१२ वडा अध्यक्ष तथा दलित मुक्ति संगठनका नेता कृष्ण बहादुर विश्वकर्माले बताएका छन् 

गाई गौशालाका गाईहरू खान नपाएर मरिरहेको भन्दै प्रदेश न.२ का आन्तरिक मामिला तथा संचार मन्त्रि भरत प्रसाद साहले जबसम्म गाई गौशालाको जिम्मा प्रदेश सरकारलाइ दिईदैन तबसम्म यसको संरक्षण र सम्बर्धन हुदैन भनेर भनेका छन् 

यदि यहि मंच बाट प्रमुख अतिथि मन्त्रि शशी श्रेष्ठले गौशाला नगरपालिकामा मालपोत र नापी शाखा स्थापनाको घोषणा गर्नुहुन्छ भने २४ घण्टा भित्रमा गौशाला नगरपालिकाले भवन र कर्मचारीको व्यवस्था गर्न तयार छ भनेर नगरका मेयर शिवनाथ महतोले प्रतिबद्धता व्यक्त गरेका छन् । 

त्यस्तै सम्पूर्ण वक्ताहरुको कुरा सुनेर प्रमुख अतिथि मन्त्रि शशी श्रेष्ठले भने,"यो मंच बाट घोषणा गर्न मिल्दैन तर जनताको सेवाको लागि अहोरात्र काम गरेर छिटो भन्दा छिटै म आफ्नै कार्यालयमा गौशाला नगरपालिकामा यो कार्यको प्रारम्भ गर्ने छु "

उक्त कार्यक्रममा शुभकामना आदान प्रदान गर्दै नेकपा माओवादी केन्द्रको गौशाला नगरपालिकाका नगर संयोजक बिष्णु लामाले कार्यक्रम समापन गरेका थिए

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मौसम परिवर्तनसँगै स्वास्थ्य जोखिम बढ्दो, सचेत रहन डा. जा..

ममता शर्मा महोत्तरी, कार्तिक २३ गते ।  मौसम परिवर्तनसँगै महोत्तरी लगायत मधेशका विभिन्न क्षेत्रमा रुघाखोकी, सर्..

3 दिन पहिले

माओवादी केन्द्रले मधेश प्रदेश संसदीय दलको नेतामा भरत प्..

महोत्तरी, कात्तिक १७ गते ।नेकपा (माओवादी केन्द्र)ले मधेश प्रदेश सभामा आफ्नो संसदीय दलको नेताको जिम्मेवारी फेरि ए..

9 दिन पहिले

आयोजककै कब्जामा मुन्नी मिश्री भलिबलको उपाधि

  महोत्तरी, कार्तिक ९ गते । गौशालाको कान्तिबजारमा सम्पन्न तेश्रो मुन्नी मिश्री भलिबलको उपाधि आयोजकले सुरक्ष..

17 दिन पहिले

बजारको फोहोरको आलोचना भएपछी महतो खुलासा गरे वास्तविक कु..

महोत्तरी, कार्तिक ९ गते ।महोत्तरीको गौशाला बजार फोहोर भएपछी जनसमुदायले गरेको आलोचनालाइ चिर्दै देव नारायण महतो..

17 दिन पहिले

छठ मनाउँदा मौसमको ख्याल गर्न अनुरोध

महोत्तरी, कार्तिक ८ गते । हिन्दू धर्मावलम्बीहरूको महान पर्व छठको अवसरमा मौसमविद्हरूले स्वास्थ्य र सुरक्षाप्रत..

17 दिन पहिले

मौसम परिवर्तनसँगै स्वास्थ्य जोखिम बढ्दो, सचेत रहन डा. जा..

ममता शर्मा महोत्तरी, कार्तिक २३ गते ।  मौसम परिवर्तनसँगै महोत्तरी लगायत मधेशका विभिन्न क्षेत्रमा रुघाखोकी, सर्..

3 दिन पहिले

माओवादी केन्द्रले मधेश प्रदेश संसदीय दलको नेतामा भरत प्..

महोत्तरी, कात्तिक १७ गते ।नेकपा (माओवादी केन्द्र)ले मधेश प्रदेश सभामा आफ्नो संसदीय दलको नेताको जिम्मेवारी फेरि ए..

9 दिन पहिले

बजारको फोहोरको आलोचना भएपछी महतो खुलासा गरे वास्तविक कु..

महोत्तरी, कार्तिक ९ गते ।महोत्तरीको गौशाला बजार फोहोर भएपछी जनसमुदायले गरेको आलोचनालाइ चिर्दै देव नारायण महतो..

17 दिन पहिले

छठ मनाउँदा मौसमको ख्याल गर्न अनुरोध

महोत्तरी, कार्तिक ८ गते । हिन्दू धर्मावलम्बीहरूको महान पर्व छठको अवसरमा मौसमविद्हरूले स्वास्थ्य र सुरक्षाप्रत..

17 दिन पहिले

महोत्तरीमा प्रदेशस्तरीय भलिवल प्रतियोगिता हुँदै

ममता शर्मामहोत्तरी, कार्तिक ६ गते । महोत्तरीको गौशालामा प्रदेशस्तरीय तेस्रो मुन्नी मिश्री स्मृति भलिवल प्रति..

20 दिन पहिले

देउसी भैलो खेल्दा स्वास्थ्य र अनुशासनमा ध्यान दिन सुझाव

निरञ्जन कुमार साह महोत्तरी, कार्तिक ५ गते । नेपालीहरुको मौलिक पर्व तिहारमा देशभर देउसी भैलोको रौनकता छाएको छ । दे..

21 दिन पहिले