जल र जीवनको दृष्टिकोणबाट छठ पर्व महत्वपूर्ण : पूर्व शिक्षामन्त्री पोखरेल

5 वर्ष पहिले प्रकाशित

(2078-07-23 B.S.)

2584 पटक देखिएको

रोशन कुमार महतो 

बर्दिबास, २४ गते ।

महोत्तरी क्षेत्र नं. १ का प्रतिनिधिसभा सांसद गिरीराजमणी पोखरेलले वातावरणमैत्री छठ पर्व मनाउन सबैमा आग्रह गरेका छन् ।

पूर्व शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री समेत रहेका नेता पोखरेलले महापर्व छठलाई मौलिक रुपमा मनाउन सबैमा अपिल गरेका हुन् । ‘नेपाल संस्कृतिमा व्यापक विविधता भएको देश हो । यसकै एउटा परिचय हो छठ पर्व,’नेता पोखरेलले पत्रकारहरुसंग कुरा गर्दै भने,‘एउटा क्षेत्र र समुदायले मनाउने यो पर्वले यदिखेर राष्ट्रिय स्वरुप ग्रहण गरिसकेको छ ।’ छठ पर्वको माहौलले उत्सवमय बनेको उनले औल्याए । कृषि युगको त्यो बेलाको चेतनाको प्रतीकको रूपमा स्थापित यो पर्व अहिलेको पुजीवादी युगमा पनि विस्तार हुने क्रममा रहेको नेता पोखरेलको भनाई छ ।

‘छठ पर्वको विस्तारको क्रममा यसको मौलिकता बारे पनि सबैको ध्यान जान जरुरी छ,’उनले भने, ‘प्रकृति त्यतिबेला आज जस्तो ज्ञेय थिएन । सूर्यकै कारण जीवन सम्भव भएको ठानेर मानिसहरु उषा (बिहान) र प्रति उषा (साँझ) मा सूर्यको उपासना गर्थे ।

सूर्यको आराधना गरी सकरात्मक उर्जा र शक्ति प्राप्त गर्थे ।’ तर, अहिले छठ मात्र हैन सबै पर्वहरू भड्किला भएको नेता पोखरेलले बताए । छठ घाटमा पड्काइने पटकाले उत्पन्न गर्ने प्रदुषणले वातावरण दुषित बनाईने गरेको नेता पोखरेलले बताए । भनिन्छ अरूको देखासिखी गर्दै जाँदा छठकै ऐतिहासिकता र मौलिकतामानै ह्रास आउन थालेको छ । ‘पर्व मनाउन ऋण लिन थालिएको छ । हाम्रा सोच, विचार र आचरणहरु उत्पादन र आत्मनिर्भरता उन्मुख छैनन्,’पूर्व शिक्षा, विज्ञान तथा प्रविधी मन्त्री पोखरेल समेत रहेको नेता पोखरेलले भने,‘वस्तुहरु उत्पादन गर्ने होइन बजारमा गएर किन्ने प्रविधि बढ्दो छ ।’ अध्येताहरु भन्छन् पर्वमा नयाँनयाँ अध्याय थपेर ब्रतालुलाई सकारात्मक उर्जा दिने हैन बिमार बनाउने प्रक्रिया सुरु भएका छन् ।तर, छठ पर्व जल र मानव जीवनको दृष्टिकोणबाट महत्वपूर्ण रहेको नेता पोरेलले बताए । ‘प्रायः पोखरीहरू पहिला जस्तो स्वास्थ्यको कोणबाट सफा छैनन्,’उनले भने, ‘मानव जीवनमा जल र प्रकाशको असाधारण महत्व छ ।

ओजनको पत्रमा प्वाल पारेर माथिको वातावरण पनि प्रदूषित बनाइएको छ । तल पानीका मुहानहरु पनि सुरक्षित गर्न सकेका छैनौं ।’पोखरीहरुको संरक्षण पनि पर्वहरूको कोणबट त्यतिनै महत्वका विषयहरु हुने रहेको बताउँदैं उनले थपें,‘वर्षमा एकदिन मात्र हैन वर्षे भरि पोखरीहरु संरक्षण गरेर मात्र हामी छठ जस्ता पर्वहरूलाई पनि स्वस्थ बनाउन सक्छौं ।’

नेता पोखरेलले सबैलाई वातावरणमैत्री भएर यसवर्षको छठ मनाउन आग्रह गर्दै छठ पर्वको उपलक्ष्यमा सबैलाई हार्दिक शुभकामना व्यक्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

गौशाला नगर प्रहरी पक्राउको विरोधमा भंगहा नगरपालिकाका क..

गौशाला, असार १९ । महोत्तरीको गौशाला नगरपालिकामा नियमित ड्युटीमा खटिएका आठ जना नगर प्रहरीलाई नेपाल प्रहरीले नियन..

6 दिन पहिले

गौशाला नगरपालिकाका कर्मचारीद्वारा नगर प्रहरीमाथिको दु..

महोत्तरी, असार १९ गते । महोत्तरीको गौशाला  नगरपालिकाका कर्मचारीहरूले नगर प्रहरीमाथि भएको दुर्व्यवहारको विर..

6 दिन पहिले

सम्सी गाउँपालिकाद्वारा ७१ करोड ६७ लाख ९५ हजार रुपैयाँको ..

गौशाला, असार ९ गते । महोत्तरीको सम्सी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ७१ करोड ६७ लाख ९५ हजार रुपैय..

16 दिन पहिले

रामगोपालपुर नगरपालिकाको १४औँ नगरसभा सम्पन्न, करिब ५० कर..

महोत्तरी, असार ८ गते । महोत्तरीको रामगोपालपुर नगरपालिकाले १४औँ नगरसभा सम्पन्न गर्दै आर्थिक वर्ष २०८३/८४ का लाग..

17 दिन पहिले

संसदीय समितलाई प्रभावकारी बनाउन जनता र सरोकारवालाको भू..

काठमाडौँ, जेठ २५ गते । संसदको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति डा ओजस्वी शेरचनले समितिको काम का..

1 महीना पहिले

गौशाला नगर प्रहरी पक्राउको विरोधमा भंगहा नगरपालिकाका क..

गौशाला, असार १९ । महोत्तरीको गौशाला नगरपालिकामा नियमित ड्युटीमा खटिएका आठ जना नगर प्रहरीलाई नेपाल प्रहरीले नियन..

6 दिन पहिले

सम्सी गाउँपालिकाद्वारा ७१ करोड ६७ लाख ९५ हजार रुपैयाँको ..

गौशाला, असार ९ गते । महोत्तरीको सम्सी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ७१ करोड ६७ लाख ९५ हजार रुपैय..

16 दिन पहिले

संसदीय समितलाई प्रभावकारी बनाउन जनता र सरोकारवालाको भू..

काठमाडौँ, जेठ २५ गते । संसदको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति डा ओजस्वी शेरचनले समितिको काम का..

1 महीना पहिले

भानुभक्त स्कुलले ल्यायो एसईई परीक्षा २०८२ मा उत्कृष्ट न..

महोत्तरी, बैशाख २९ गते । महोत्तरी जिल्लाको गौशाला नगरपालिका–१ रामनगरस्थित भानुभक्त मेमोरियल सेकेन्डरी इङ्ग..

2 महीना पहिले

गौशाला बजार व्यवस्थापनमा विवाद, वडा अध्यक्षकै नेतृत्वम..

गौशाला, चैत्र २१ गते । महोत्तरीको प्रमुख व्यापारिक केन्द्र गौशाला बजारमा बजार व्यवस्थापनका क्रममा विवाद चर्क..

3 महीना पहिले

रौतहटको रिसोर्टमा नक्कली सुन कारोबार पर्दाफास, चार जना प..

रौतहट, चैत्र ११ — रौतहटको चन्द्रनिगाहपुरस्थित एक रिसोर्टमा नक्कली सुन कारोबार भइरहेको सूचना पाएपछि प्रहरीले छ..

4 महीना पहिले