महोत्तरीमा एक बालिका बलात्कृत ,वडा अध्यक्षद्वारा ढाकचेप गर्ने प्रयास

5 वर्ष पहिले प्रकाशित

(2078-07-28 B.S.)

3475 पटक देखिएको

ममता शर्मा 

कार्तिक २८  

बिगत केही दिन देखी महोत्तरीमा महिला हिँसा र बलात्कार जस्ता घटनाहरुमा वृद्धि भएको छ ।

महोत्तरीको सम्सी गाउँपालिका वडा नं ६ मा १४ वर्षिय बालिकामाथि सामुहिक बलात्कार भएको छ। वालिकाको अनुसार वयस्क अवस्थाका करिब २२/२३ वर्षीय दुई जना स्थानीय पुरुषले जबर्जस्तीकरणी गरेका हुन्।

जसमा वडा नं ७ का वडा अध्यक्ष मदन राय र नेपाली कांग्रेसका नेता उतिम रायले पंचायतीमा रु.७५ हजार रकम दिएर घटना ढाकछेप गर्ने प्रयास गरेको पिडित वालिकाले बताएकी छिन ।

बितेको छठ पर्वको साझिया अर्घको दिन (२४ गते ) रातिको करिब ११:३० बजेतिर घर फर्किने क्रममा घटना घटेको पिडित बालिकाले बताइन।

उनले भनिन् ,"म र मेरो साथी घर फर्किदै थियौ । मेरो साथीको घर आए पछी उनि आफ्नो बाटो लागिन । म आफ्नो घर तिर अगाडी बढे । अचानक दुइ जना अपरिचित पुरुषहरु मोटरसाइकिलमा आए र मेरो मुख हातले थुनेर मोटरसाइकलमा बसाई आफ्नो घर लगे । वरपर कोहि मानिसहरु थिएनन् । घरमा लगेर मेरो हात खुट्टा बाधेर दुवै पुरुषले पालै पालो म सँग जबर्जस्तिकरणी गरे । घरमा ठुलो स्वरमा डिजे बजाएकोले कसैले चाल पाएनन् । करिब एक डेढ घण्टा पछी मलाइ घरको बाहिर निकालेर छोडे र म डरले रुदै आफ्नो घरमा आए। घटनाको बारेमा आफ्नो आमालाइ सबै कुरा भने पछी आरोपीतको घरमा गएर गुनासो गर्दा आरोपित पक्षले धाक धम्कि दिएर भगाईदिएको र हाल आरोपित फरार रहेको पिडितको आमाले बताएकी छिन।

आरोपीले सजाय पाउनैपर्छ भन्ने माग राख्दै पिडित पक्षले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका छन्। बालिकाको स्वास्थ्य परिक्षण गरिएको तर रिपोर्ट आउन बाकि रहेको उनकी आमाले बताइन । घटना ढाकछेप गर्न वडा नं ७ का वडा अध्यक्ष मदन राय र नेपाली कांग्रेसका नेता उतिम राय लगायतका व्यक्तिहरुले रकम दिएर घटना मिलाउने प्रयास गरेको समेत पिडितकि आमाले बताइन। तर इज्जतको बदलामा पैसाको कुनै महत्व नरहेको वालिकाको बुबाले बताएका छन् ।आफुहरुलाई न्याय तथा आरोपीलाई कडा भन्दा कडा सजाय दिनुपर्ने उनले माग गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

गौशाला नगर प्रहरी पक्राउको विरोधमा भंगहा नगरपालिकाका क..

गौशाला, असार १९ । महोत्तरीको गौशाला नगरपालिकामा नियमित ड्युटीमा खटिएका आठ जना नगर प्रहरीलाई नेपाल प्रहरीले नियन..

6 दिन पहिले

गौशाला नगरपालिकाका कर्मचारीद्वारा नगर प्रहरीमाथिको दु..

महोत्तरी, असार १९ गते । महोत्तरीको गौशाला  नगरपालिकाका कर्मचारीहरूले नगर प्रहरीमाथि भएको दुर्व्यवहारको विर..

6 दिन पहिले

सम्सी गाउँपालिकाद्वारा ७१ करोड ६७ लाख ९५ हजार रुपैयाँको ..

गौशाला, असार ९ गते । महोत्तरीको सम्सी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ७१ करोड ६७ लाख ९५ हजार रुपैय..

16 दिन पहिले

रामगोपालपुर नगरपालिकाको १४औँ नगरसभा सम्पन्न, करिब ५० कर..

महोत्तरी, असार ८ गते । महोत्तरीको रामगोपालपुर नगरपालिकाले १४औँ नगरसभा सम्पन्न गर्दै आर्थिक वर्ष २०८३/८४ का लाग..

17 दिन पहिले

संसदीय समितलाई प्रभावकारी बनाउन जनता र सरोकारवालाको भू..

काठमाडौँ, जेठ २५ गते । संसदको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति डा ओजस्वी शेरचनले समितिको काम का..

1 महीना पहिले

गौशाला नगर प्रहरी पक्राउको विरोधमा भंगहा नगरपालिकाका क..

गौशाला, असार १९ । महोत्तरीको गौशाला नगरपालिकामा नियमित ड्युटीमा खटिएका आठ जना नगर प्रहरीलाई नेपाल प्रहरीले नियन..

6 दिन पहिले

सम्सी गाउँपालिकाद्वारा ७१ करोड ६७ लाख ९५ हजार रुपैयाँको ..

गौशाला, असार ९ गते । महोत्तरीको सम्सी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ७१ करोड ६७ लाख ९५ हजार रुपैय..

16 दिन पहिले

संसदीय समितलाई प्रभावकारी बनाउन जनता र सरोकारवालाको भू..

काठमाडौँ, जेठ २५ गते । संसदको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति डा ओजस्वी शेरचनले समितिको काम का..

1 महीना पहिले

भानुभक्त स्कुलले ल्यायो एसईई परीक्षा २०८२ मा उत्कृष्ट न..

महोत्तरी, बैशाख २९ गते । महोत्तरी जिल्लाको गौशाला नगरपालिका–१ रामनगरस्थित भानुभक्त मेमोरियल सेकेन्डरी इङ्ग..

2 महीना पहिले

गौशाला बजार व्यवस्थापनमा विवाद, वडा अध्यक्षकै नेतृत्वम..

गौशाला, चैत्र २१ गते । महोत्तरीको प्रमुख व्यापारिक केन्द्र गौशाला बजारमा बजार व्यवस्थापनका क्रममा विवाद चर्क..

3 महीना पहिले

रौतहटको रिसोर्टमा नक्कली सुन कारोबार पर्दाफास, चार जना प..

रौतहट, चैत्र ११ — रौतहटको चन्द्रनिगाहपुरस्थित एक रिसोर्टमा नक्कली सुन कारोबार भइरहेको सूचना पाएपछि प्रहरीले छ..

4 महीना पहिले