रामगोपालपुर नगरपालिकामा दुर्घटना हुदा एक जना घाइते

4 वर्ष पहिले प्रकाशित

(2078-07-29 B.S.)

2801 पटक देखिएको

कार्तिक, २९ 

महोत्तरीको रामगोपालपुर नगरपालिकामा दुर्घटना हुदा एक जना घाइते भएका छन्। घाइते हुनेमा स्थानीय सिकेन्द्र यादवको छोरा २ वर्षीय आर्यश यादव रहेका छन् ।

आइतबार करिब ६ :३० बजेको समयमा यादवलाइ रामगोपालपुर न.पा. वडा नं. ६ स्थित ज.९ प ८२७४ नं.को मोटरसाईकलले ठक्कर दिदा घाईते भएका थिए। उनलाई जनकपुर पठाइएको प्रहरीले जनाएको छ। साथै मोटरसाईकल प्रहरीको नियन्त्रणमा रहेको र मोटरसाईकल चालक उपचारमा संलग्न रहेको प्रहरीले जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

त्यस्तै आइतबार करिब १९:१० बजेको समयमा महोत्तरी गौशाला नगरपालिका वडा न. ३ स्थित औरहिबाट गौशाला तर्फ जादै गरेको ON TEST मोटरसाईकल अनियन्त्रित भई दुर्घटना हुदा मोटरसाईकल चालक वडा न.४ बस्ने करिब ३० वर्षीय जयकिशोर साह घाईते भएका छन्।

उनलाई उपचारको लागि स्थानिय राधाकृष्ण स्वास्थ्य क्लिनिक औरहिमा लगिएको प्रहरीले जनाएको छ। मोटरसाईकल प्रहरीको नियन्त्रणमा रहेको छ। त्यस्तैगरी आइतबार करिब साढे नौ बजेको समयमा महोत्तरी बर्दिवास नगरपालिका १० स्थित पुर्व पश्चितम लोक मार्गमा सर्लाहीबाट बर्दिवास तर्फ आउदै गरेको ना ५४ प ४६०० नं. को मोटरसाईकलले बाटो क्रस गर्नै लागेको गोरु संग अचानक ठक्कर खादा गोरुको घटनास्थलमै मृत्यू भएको छ।

मोटरसाइकल चालक रौतहट चन्द्रपुर न.पा. १ बस्ने बर्ष २८ को श्याम काफ्ले घाईते भएका छन्। उनलाई उपचारको लागी बर्दिवास स्थित शुभ स्वस्तिक अस्पताल पठाईएको प्रहरीले जनाएको छ। त्यस्तै सोमाबर १०:१५ बजेको समयमा महोत्तरीको जलेश्वर नगरपालिका वडा नं. ६ खैरा चौक स्थित जनकपुर जलेश्वर सडक खण्डमा जनकपुरबाट भिठ्ठामोड तर्फ जाँदै गरेको ना. १ ख. ८४१ नं. को यात्रु बाहक बसले भिठ्ठामोडबाट जनकपुर तर्फ जाँदै गरेको साईकललाई ठक्कर दिदा चाकल सोहि नगरपालिका वडा न. ४ सुगा बस्ने ईन्दल महतोको छोरा १० वर्षीय तुलेश्वर महतो र साईकल पछाडि सवार मोहन महतोको छोरा ७ वर्षीय अवधेश महतो घाईते भएका छन् ।

उनीहरुलाइ उपचारको लागि जलेश्वर अस्पताल पठाइएको र बस तथा चालक प्रहरीको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ। त्यस्तै सोमबार करिब १ :२० बजेको समयमा महोत्तरीको सम्सीगा.पा.४ स्थित BR 3005932 नं.को मोटरसाईकललाई नम्बर नखुलेको मोटरसाईकले ठक्कर दिदा BR 3005932 नं.को मोटरसाईकल चालक सम्सी गा.पा.७ बस्ने अं.२१ वर्षीय संतोष कुमार यादव घाईते भएका छन् ।

उनलाई उपचारको लागि जनकपुर तर्फ लगिएको तथा फरार मोटरसाइकल चालकको खोजतलास भईरहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मौसम परिवर्तनसँगै स्वास्थ्य जोखिम बढ्दो, सचेत रहन डा. जा..

ममता शर्मा महोत्तरी, कार्तिक २३ गते ।  मौसम परिवर्तनसँगै महोत्तरी लगायत मधेशका विभिन्न क्षेत्रमा रुघाखोकी, सर्..

3 दिन पहिले

माओवादी केन्द्रले मधेश प्रदेश संसदीय दलको नेतामा भरत प्..

महोत्तरी, कात्तिक १७ गते ।नेकपा (माओवादी केन्द्र)ले मधेश प्रदेश सभामा आफ्नो संसदीय दलको नेताको जिम्मेवारी फेरि ए..

9 दिन पहिले

आयोजककै कब्जामा मुन्नी मिश्री भलिबलको उपाधि

  महोत्तरी, कार्तिक ९ गते । गौशालाको कान्तिबजारमा सम्पन्न तेश्रो मुन्नी मिश्री भलिबलको उपाधि आयोजकले सुरक्ष..

17 दिन पहिले

बजारको फोहोरको आलोचना भएपछी महतो खुलासा गरे वास्तविक कु..

महोत्तरी, कार्तिक ९ गते ।महोत्तरीको गौशाला बजार फोहोर भएपछी जनसमुदायले गरेको आलोचनालाइ चिर्दै देव नारायण महतो..

17 दिन पहिले

छठ मनाउँदा मौसमको ख्याल गर्न अनुरोध

महोत्तरी, कार्तिक ८ गते । हिन्दू धर्मावलम्बीहरूको महान पर्व छठको अवसरमा मौसमविद्हरूले स्वास्थ्य र सुरक्षाप्रत..

17 दिन पहिले

मौसम परिवर्तनसँगै स्वास्थ्य जोखिम बढ्दो, सचेत रहन डा. जा..

ममता शर्मा महोत्तरी, कार्तिक २३ गते ।  मौसम परिवर्तनसँगै महोत्तरी लगायत मधेशका विभिन्न क्षेत्रमा रुघाखोकी, सर्..

3 दिन पहिले

माओवादी केन्द्रले मधेश प्रदेश संसदीय दलको नेतामा भरत प्..

महोत्तरी, कात्तिक १७ गते ।नेकपा (माओवादी केन्द्र)ले मधेश प्रदेश सभामा आफ्नो संसदीय दलको नेताको जिम्मेवारी फेरि ए..

9 दिन पहिले

बजारको फोहोरको आलोचना भएपछी महतो खुलासा गरे वास्तविक कु..

महोत्तरी, कार्तिक ९ गते ।महोत्तरीको गौशाला बजार फोहोर भएपछी जनसमुदायले गरेको आलोचनालाइ चिर्दै देव नारायण महतो..

17 दिन पहिले

छठ मनाउँदा मौसमको ख्याल गर्न अनुरोध

महोत्तरी, कार्तिक ८ गते । हिन्दू धर्मावलम्बीहरूको महान पर्व छठको अवसरमा मौसमविद्हरूले स्वास्थ्य र सुरक्षाप्रत..

17 दिन पहिले

महोत्तरीमा प्रदेशस्तरीय भलिवल प्रतियोगिता हुँदै

ममता शर्मामहोत्तरी, कार्तिक ६ गते । महोत्तरीको गौशालामा प्रदेशस्तरीय तेस्रो मुन्नी मिश्री स्मृति भलिवल प्रति..

20 दिन पहिले

देउसी भैलो खेल्दा स्वास्थ्य र अनुशासनमा ध्यान दिन सुझाव

निरञ्जन कुमार साह महोत्तरी, कार्तिक ५ गते । नेपालीहरुको मौलिक पर्व तिहारमा देशभर देउसी भैलोको रौनकता छाएको छ । दे..

21 दिन पहिले