मिश्रको दर्जनौ संघ सस्थाद्वारा भव्य  बिदाई तथा सम्मान

4 वर्ष पहिले प्रकाशित

(2078-07-30 B.S.)

3888 पटक देखिएको

उपेन्द्र पासवान

कार्तिक ३०गते

जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता समेत रहेका प्रहरी नायब उपरीक्षक गौतम मिश्रको सरुवा भए पछी आज सदरमुकाम कलैयामा विभिन्न संघ संस्थाले उनको बिदाई तथा सम्मान गरेको छ ।

प्रहरी नायब उपरीक्षकको सरुवा महानगरीय प्रहरी वृत बालाजुमा भएको छ । आज एक कार्यक्रमका बीच कलैया उपमहानगरपालिका वडा नम्बर ६ मा रहेको गोपाल सेवा समितिको सभाहलमा उनको जिल्लाका दर्जनौं संघसंस्थाले बिदाई तथा सम्मान गरेका हुन् ।

बारामा करिब २ बर्ष काम गरेका प्रहरी नायब उपरीक्षक मिश्र अत्यन्तै सरल स्वभावका थिए । उनको त्यही स्वभावले बाराली जनताले सोझै मिश्र संग आ आफ्नो समस्या राख्ने गरेकोले बिदाइ तथा सम्मान कार्यक्रममा सबैले उनको प्रसंशा गरेका हुन् ।

कार्यक्रममा बोल्दै प्रहरी नायव उपरीक्षक मिश्रले व्यवसायिक प्रहरी सेवा प्रवाह नै आफ्नो पहिलो प्राथमिकता भएको बताउदै आगामी दिनमा नागरीकसंग हातेमालो गर्दै समाजका व्याप्त समस्यालाई पार लगाउन आफुलाई बारा बसाईले थप दक्ष बनाएको बताउनु भयो ।

उक्त कार्यक्रमको अध्यक्षता सामुदायिक प्रहरी सेवा केन्द्र कलैयाका अध्यक्ष महम्मद सागिरको रहेको थियो । कार्यक्रममा विशिष्ट अतिथि गोपाल सेवा समिति बाराका अध्यक्ष जंगबहादुर यादव संगै नेपाल भोजपुरी प्रतिष्ठानका अध्यक्ष राम प्रसाद साह , नेपाल लेखापढी कानुन व्यवसायी एसोसिएसन बारा कलैयाका अध्यक्ष बृज किशोर यादव , भगत जी नेपाल लेखा पढी कानुन व्यवासायी  एसोसिएसन बाराका उपाअध्यक्ष शुवपुजन ठाकुर, नेपाल लेखापढी कानुन व्यवसायी एसोसिएसन बाराका सदस्य उपेन्द्र पासवान, नेपाल स्काउट बाराका आयुक्त भरत साह , समाजसेवी तथा नेपाल लेखापढी कानुन ब्यवसायी संघ का सल्लाहकार पन्नालाल कुश्वाहा , महिला संजाल बाराकी अध्यक्ष बबिता जयसवाल ,विश्व हिन्दु युवा संघ बाराका अध्यक्ष सागर पटेल,मनोकामना कलेजका प्रमुख रामबाबु कुश्वाहा,ब्राईट ल्याण्ड बोर्डिङका संस्थापक रामधारी यादव,नेपाल पुर्व प्रहरी संगठनका बारा अध्यक्ष यज्ञनन्द द्विबेदी,समाजसेवी अमरदिन मन्सूर,नेपाल पत्रकार महासंघ बाराका सचिव अनिल गौरब,पतन्जली योगपिठ कलैयाका अध्यक्ष सुरेश साह,साक्षर सामुदायिक सिकाई केन्द्र कलैयाका नवल किशोर चौरसिया,सहित विभिन्न संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधिको उपस्थिति रहेको थियो ।

मिश्रको स्थानमा जिल्ला प्रहरी कार्यालय बारामा प्रहरी नायब उपरीक्षक राजेश थापा आउने भएका छन् । उनी यस अगाडी प्रहरी बृत जगाती , भक्तपुरमा कार्यरत थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मौसम परिवर्तनसँगै स्वास्थ्य जोखिम बढ्दो, सचेत रहन डा. जा..

ममता शर्मा महोत्तरी, कार्तिक २३ गते ।  मौसम परिवर्तनसँगै महोत्तरी लगायत मधेशका विभिन्न क्षेत्रमा रुघाखोकी, सर्..

3 दिन पहिले

माओवादी केन्द्रले मधेश प्रदेश संसदीय दलको नेतामा भरत प्..

महोत्तरी, कात्तिक १७ गते ।नेकपा (माओवादी केन्द्र)ले मधेश प्रदेश सभामा आफ्नो संसदीय दलको नेताको जिम्मेवारी फेरि ए..

9 दिन पहिले

आयोजककै कब्जामा मुन्नी मिश्री भलिबलको उपाधि

  महोत्तरी, कार्तिक ९ गते । गौशालाको कान्तिबजारमा सम्पन्न तेश्रो मुन्नी मिश्री भलिबलको उपाधि आयोजकले सुरक्ष..

17 दिन पहिले

बजारको फोहोरको आलोचना भएपछी महतो खुलासा गरे वास्तविक कु..

महोत्तरी, कार्तिक ९ गते ।महोत्तरीको गौशाला बजार फोहोर भएपछी जनसमुदायले गरेको आलोचनालाइ चिर्दै देव नारायण महतो..

17 दिन पहिले

छठ मनाउँदा मौसमको ख्याल गर्न अनुरोध

महोत्तरी, कार्तिक ८ गते । हिन्दू धर्मावलम्बीहरूको महान पर्व छठको अवसरमा मौसमविद्हरूले स्वास्थ्य र सुरक्षाप्रत..

17 दिन पहिले

मौसम परिवर्तनसँगै स्वास्थ्य जोखिम बढ्दो, सचेत रहन डा. जा..

ममता शर्मा महोत्तरी, कार्तिक २३ गते ।  मौसम परिवर्तनसँगै महोत्तरी लगायत मधेशका विभिन्न क्षेत्रमा रुघाखोकी, सर्..

3 दिन पहिले

माओवादी केन्द्रले मधेश प्रदेश संसदीय दलको नेतामा भरत प्..

महोत्तरी, कात्तिक १७ गते ।नेकपा (माओवादी केन्द्र)ले मधेश प्रदेश सभामा आफ्नो संसदीय दलको नेताको जिम्मेवारी फेरि ए..

9 दिन पहिले

बजारको फोहोरको आलोचना भएपछी महतो खुलासा गरे वास्तविक कु..

महोत्तरी, कार्तिक ९ गते ।महोत्तरीको गौशाला बजार फोहोर भएपछी जनसमुदायले गरेको आलोचनालाइ चिर्दै देव नारायण महतो..

17 दिन पहिले

छठ मनाउँदा मौसमको ख्याल गर्न अनुरोध

महोत्तरी, कार्तिक ८ गते । हिन्दू धर्मावलम्बीहरूको महान पर्व छठको अवसरमा मौसमविद्हरूले स्वास्थ्य र सुरक्षाप्रत..

17 दिन पहिले

महोत्तरीमा प्रदेशस्तरीय भलिवल प्रतियोगिता हुँदै

ममता शर्मामहोत्तरी, कार्तिक ६ गते । महोत्तरीको गौशालामा प्रदेशस्तरीय तेस्रो मुन्नी मिश्री स्मृति भलिवल प्रति..

20 दिन पहिले

देउसी भैलो खेल्दा स्वास्थ्य र अनुशासनमा ध्यान दिन सुझाव

निरञ्जन कुमार साह महोत्तरी, कार्तिक ५ गते । नेपालीहरुको मौलिक पर्व तिहारमा देशभर देउसी भैलोको रौनकता छाएको छ । दे..

21 दिन पहिले