आउँदो चुनावमा धेरै सिट ल्याएर ठुलो पार्टी बन्ने छ : प्रचण्ड
निरन्जन साह ।
महोत्तरीको रामगोपालपुरमा कार्तिक २७ गते राखिएको माओवादी पार्टीको विशाल जनसभामा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अस्वस्थ भएको कारण कार्यक्रम स्थगित गरि पुनः मंसिर १ गते रामगोपालपुरमा आयोजना गरिएको बिशाल जनसभाको अध्यक्षता पार्टीको कमरेट तुलसी ढुंगाना गरेका थिए ।
प्रमुख अतिथि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ,विशेष अतिथि पुर्व शिक्षा ,विज्ञान तथा प्रविधि मन्त्रि गिरिराज मणि पोखरेल,प्रदेश न.२ का आन्तरिक मामिला तथा संचार मन्त्रि भरत प्रसाद साह , जिल्ला अध्यक्ष राजु खड्का लगायत पार्टीका अन्य अतिथिहरुको साथै ठुलो संख्या जनसमुदायको सहभागिता रहेको थियो ।

कार्यक्रममा सर्वप्रथम स्वागत मन्तव्य दिदै राजु खड्काले भने ,“प्राप्त गरेको अधिकारहरुलाई सुनिश्चित गर्न आज यो जनसभा गर्न परेको छ । हामीले पार्टी एकता गर्नुको कारण संविधानमा रहेका अधिकार जनता समक्ष पुर्याउनु थियो । माओवादी पार्टीको मुख्य उदेश्य हो, सबै समाजमा बिकास । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो मन्तव्य दिदै बिशाल जनसभामा भने,“ आउदो चुनाबमा सबैभन्दा ठुलो पार्टी माओवादी केन्द्र बन्ने छ । किनभने मधेशको लागि आज सम्म सबै पार्टी ठगि गर्दै आएका साबित भएका छन् । जुन मधेश केन्द्रित दलहरु मधेशको मसिहा छु भन्नेहरु आफनो घुडा टेकेर केपी ओलीको साथ गएर मधेसी जनताको भावना संग खेलवाड गरिरहेका छन् । मधेशीको लागि एक मात्र पार्टी माओवादी केन्द्र हो । चार बर्ष पश्चात पुन ः यो रामगोपालपुरमा म आएको छु। यो चार बर्षमा राजनैतिक क्षेत्रमा धेरै उतार चढाव र परिवर्तन आएका छन ।

आज देखिएको विशाल जनसभामा जनसमुदायको उपस्थितले आउने चुनावमा प्रेदेश न. २ मा सबभन्दा ठुलो पार्टीको रुपमा माओवादी केन्द्र रहने छ भन्ने मलाइ बिस्वाश भएको छ । बास्तवमा मधेशी मुस्लिम दलित आदिवासी जनजाती उत्पीडित जनसमुदायको पहिचान र अधिकारको लडाई जनयुद्ध मार्फत लडीएको छ ।मधेशमा जब जन आन्दोलनको उपलब्धि हुन थाल्यो प्रतिक्रिया बादी ,दलालहरु ,सामन्तवादहरु सहन नसकेर जनताहरुमा भ्रम फैलाउन थाले । तर आजको उपस्थितले जनसमुदायमा फेरी माओवादी प्रति विश्वास जागेको छ ।यो हजारौको बलिदानबाट आएको संघियता हो ।यसलाई जोगाउनु पर्छ । मधेशी जनताका हक र अधिकार संग सम्बन्धित मुद्धाहरुलाई सम्बोधन गर्दै संबिधान संशोधन हुनुपर्छ भनेर मैले दुई पल्ट संविधान संशोधनको लागि दर्ता गराए किनभने मधेशी जनतालाइ जति हक र अधिकार चाहिएको छ । त्यो मिल्नै पर्छ । संविधान संशोधन हुनुपर्छ । उनले संशोधन हुन नदिने केपि ओली नै हून भनेर आरोप लगाएका छन् । उनले भने ,“त्यति मात्र कहाँ होर मधेशी जनताको लागि मसिहा हू भनेर मधेशी दलका राजेन्द्र महतो, महन्त ठाकुर केपी ओली संग मिलेर सरकारमा गए । म बरु मर्न तयार छु तर जनताको भावना संग खेल्ने छैन ।
जनताको साथमा इमान्दारीतापुर्वक काम गर्ने छु र आउदो चुनावमा ठुलो मत ल्याएर एक नयाँ पार्टी बनाउनै पर्छ भन्दै जनसमुदायलाइ अपिल गर्दै उनले भने ,“राष्ट्रिय बचाउनु पर्छ ।संविधान जोगाउनु पर्छ सबैको समाबेसी समानुपातिक बनाउनु पर्छ ।“

मौसम परिवर्तनसँगै स्वास्थ्य जोखिम बढ्दो, सचेत रहन डा. जा..
ममता शर्मा महोत्तरी, कार्तिक २३ गते । मौसम परिवर्तनसँगै महोत्तरी लगायत मधेशका विभिन्न क्षेत्रमा रुघाखोकी, सर्..
3 दिन पहिले
माओवादी केन्द्रले मधेश प्रदेश संसदीय दलको नेतामा भरत प्..
महोत्तरी, कात्तिक १७ गते ।नेकपा (माओवादी केन्द्र)ले मधेश प्रदेश सभामा आफ्नो संसदीय दलको नेताको जिम्मेवारी फेरि ए..
9 दिन पहिले
आयोजककै कब्जामा मुन्नी मिश्री भलिबलको उपाधि
महोत्तरी, कार्तिक ९ गते । गौशालाको कान्तिबजारमा सम्पन्न तेश्रो मुन्नी मिश्री भलिबलको उपाधि आयोजकले सुरक्ष..
17 दिन पहिले
बजारको फोहोरको आलोचना भएपछी महतो खुलासा गरे वास्तविक कु..
महोत्तरी, कार्तिक ९ गते ।महोत्तरीको गौशाला बजार फोहोर भएपछी जनसमुदायले गरेको आलोचनालाइ चिर्दै देव नारायण महतो..
17 दिन पहिले
छठ मनाउँदा मौसमको ख्याल गर्न अनुरोध
महोत्तरी, कार्तिक ८ गते । हिन्दू धर्मावलम्बीहरूको महान पर्व छठको अवसरमा मौसमविद्हरूले स्वास्थ्य र सुरक्षाप्रत..
17 दिन पहिले
मौसम परिवर्तनसँगै स्वास्थ्य जोखिम बढ्दो, सचेत रहन डा. जा..
ममता शर्मा महोत्तरी, कार्तिक २३ गते । मौसम परिवर्तनसँगै महोत्तरी लगायत मधेशका विभिन्न क्षेत्रमा रुघाखोकी, सर्..
3 दिन पहिले
माओवादी केन्द्रले मधेश प्रदेश संसदीय दलको नेतामा भरत प्..
महोत्तरी, कात्तिक १७ गते ।नेकपा (माओवादी केन्द्र)ले मधेश प्रदेश सभामा आफ्नो संसदीय दलको नेताको जिम्मेवारी फेरि ए..
9 दिन पहिले
बजारको फोहोरको आलोचना भएपछी महतो खुलासा गरे वास्तविक कु..
महोत्तरी, कार्तिक ९ गते ।महोत्तरीको गौशाला बजार फोहोर भएपछी जनसमुदायले गरेको आलोचनालाइ चिर्दै देव नारायण महतो..
17 दिन पहिले
छठ मनाउँदा मौसमको ख्याल गर्न अनुरोध
महोत्तरी, कार्तिक ८ गते । हिन्दू धर्मावलम्बीहरूको महान पर्व छठको अवसरमा मौसमविद्हरूले स्वास्थ्य र सुरक्षाप्रत..
17 दिन पहिले
महोत्तरीमा प्रदेशस्तरीय भलिवल प्रतियोगिता हुँदै
ममता शर्मामहोत्तरी, कार्तिक ६ गते । महोत्तरीको गौशालामा प्रदेशस्तरीय तेस्रो मुन्नी मिश्री स्मृति भलिवल प्रति..
20 दिन पहिले
देउसी भैलो खेल्दा स्वास्थ्य र अनुशासनमा ध्यान दिन सुझाव
निरञ्जन कुमार साह महोत्तरी, कार्तिक ५ गते । नेपालीहरुको मौलिक पर्व तिहारमा देशभर देउसी भैलोको रौनकता छाएको छ । दे..
21 दिन पहिले
मौसम परिवर्तनसँगै स्वास्थ्य जोखिम बढ्दो, सचेत रहन डा. जा..
ममता शर्मा महोत्तरी, कार्तिक २३ गते । मौसम परिवर्तनसँ..
कमेन्ट गर्नुहोस्
view comments