आउँदो चुनावमा धेरै सिट ल्याएर ठुलो पार्टी बन्ने छ : प्रचण्ड

5 वर्ष पहिले प्रकाशित

(2078-08-01 B.S.)

5112 पटक देखिएको

निरन्जन साह ।

महोत्तरीको रामगोपालपुरमा कार्तिक २७ गते राखिएको माओवादी पार्टीको विशाल जनसभामा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अस्वस्थ भएको कारण कार्यक्रम स्थगित गरि पुनः मंसिर १ गते रामगोपालपुरमा आयोजना गरिएको बिशाल जनसभाको अध्यक्षता पार्टीको कमरेट तुलसी ढुंगाना गरेका थिए ।

प्रमुख अतिथि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ,विशेष अतिथि पुर्व शिक्षा ,विज्ञान तथा प्रविधि मन्त्रि गिरिराज मणि पोखरेल,प्रदेश न.२ का आन्तरिक मामिला तथा संचार मन्त्रि भरत प्रसाद साह , जिल्ला अध्यक्ष राजु खड्का लगायत पार्टीका अन्य अतिथिहरुको साथै ठुलो संख्या जनसमुदायको सहभागिता रहेको थियो ।

कार्यक्रममा सर्वप्रथम स्वागत मन्तव्य दिदै राजु खड्काले भने ,“प्राप्त गरेको अधिकारहरुलाई सुनिश्चित गर्न आज यो जनसभा गर्न परेको छ । हामीले पार्टी एकता गर्नुको कारण संविधानमा रहेका अधिकार जनता समक्ष पुर्याउनु थियो । माओवादी पार्टीको मुख्य उदेश्य हो, सबै समाजमा बिकास । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो मन्तव्य दिदै बिशाल जनसभामा भने,“ आउदो चुनाबमा सबैभन्दा ठुलो पार्टी माओवादी केन्द्र बन्ने छ । किनभने मधेशको लागि आज सम्म सबै पार्टी ठगि गर्दै आएका साबित भएका छन् । जुन मधेश केन्द्रित दलहरु मधेशको मसिहा छु भन्नेहरु आफनो घुडा टेकेर केपी ओलीको साथ गएर मधेसी जनताको भावना संग खेलवाड गरिरहेका छन् । मधेशीको लागि एक मात्र पार्टी माओवादी केन्द्र हो । चार बर्ष पश्चात पुन ः यो रामगोपालपुरमा म आएको छु। यो चार बर्षमा राजनैतिक क्षेत्रमा धेरै उतार चढाव र परिवर्तन आएका छन ।

आज देखिएको विशाल जनसभामा जनसमुदायको उपस्थितले आउने चुनावमा प्रेदेश न. २ मा सबभन्दा ठुलो पार्टीको रुपमा माओवादी केन्द्र रहने छ भन्ने मलाइ बिस्वाश भएको छ । बास्तवमा मधेशी मुस्लिम दलित आदिवासी जनजाती उत्पीडित जनसमुदायको पहिचान र अधिकारको लडाई जनयुद्ध मार्फत लडीएको छ ।मधेशमा जब जन आन्दोलनको उपलब्धि हुन थाल्यो प्रतिक्रिया बादी ,दलालहरु ,सामन्तवादहरु सहन नसकेर जनताहरुमा भ्रम फैलाउन थाले । तर आजको उपस्थितले जनसमुदायमा फेरी माओवादी प्रति विश्वास जागेको छ ।यो हजारौको बलिदानबाट आएको संघियता हो ।यसलाई जोगाउनु पर्छ । मधेशी जनताका हक र अधिकार संग सम्बन्धित मुद्धाहरुलाई सम्बोधन गर्दै संबिधान संशोधन हुनुपर्छ भनेर मैले दुई पल्ट संविधान संशोधनको लागि दर्ता गराए किनभने मधेशी जनतालाइ जति हक र अधिकार चाहिएको छ । त्यो मिल्नै पर्छ । संविधान संशोधन हुनुपर्छ । उनले संशोधन हुन नदिने केपि ओली नै हून भनेर आरोप लगाएका छन् । उनले भने ,“त्यति मात्र कहाँ होर मधेशी जनताको लागि मसिहा हू भनेर मधेशी दलका राजेन्द्र महतो, महन्त ठाकुर केपी ओली संग मिलेर सरकारमा गए । म बरु मर्न तयार छु तर जनताको भावना संग खेल्ने छैन ।

जनताको साथमा इमान्दारीतापुर्वक काम गर्ने छु र आउदो चुनावमा ठुलो मत ल्याएर एक नयाँ पार्टी बनाउनै पर्छ भन्दै जनसमुदायलाइ अपिल गर्दै उनले भने ,“राष्ट्रिय बचाउनु पर्छ ।संविधान जोगाउनु पर्छ सबैको समाबेसी समानुपातिक बनाउनु पर्छ ।“

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

गौशाला नगर प्रहरी पक्राउको विरोधमा भंगहा नगरपालिकाका क..

गौशाला, असार १९ । महोत्तरीको गौशाला नगरपालिकामा नियमित ड्युटीमा खटिएका आठ जना नगर प्रहरीलाई नेपाल प्रहरीले नियन..

6 दिन पहिले

गौशाला नगरपालिकाका कर्मचारीद्वारा नगर प्रहरीमाथिको दु..

महोत्तरी, असार १९ गते । महोत्तरीको गौशाला  नगरपालिकाका कर्मचारीहरूले नगर प्रहरीमाथि भएको दुर्व्यवहारको विर..

6 दिन पहिले

सम्सी गाउँपालिकाद्वारा ७१ करोड ६७ लाख ९५ हजार रुपैयाँको ..

गौशाला, असार ९ गते । महोत्तरीको सम्सी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ७१ करोड ६७ लाख ९५ हजार रुपैय..

16 दिन पहिले

रामगोपालपुर नगरपालिकाको १४औँ नगरसभा सम्पन्न, करिब ५० कर..

महोत्तरी, असार ८ गते । महोत्तरीको रामगोपालपुर नगरपालिकाले १४औँ नगरसभा सम्पन्न गर्दै आर्थिक वर्ष २०८३/८४ का लाग..

17 दिन पहिले

संसदीय समितलाई प्रभावकारी बनाउन जनता र सरोकारवालाको भू..

काठमाडौँ, जेठ २५ गते । संसदको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति डा ओजस्वी शेरचनले समितिको काम का..

1 महीना पहिले

गौशाला नगर प्रहरी पक्राउको विरोधमा भंगहा नगरपालिकाका क..

गौशाला, असार १९ । महोत्तरीको गौशाला नगरपालिकामा नियमित ड्युटीमा खटिएका आठ जना नगर प्रहरीलाई नेपाल प्रहरीले नियन..

6 दिन पहिले

सम्सी गाउँपालिकाद्वारा ७१ करोड ६७ लाख ९५ हजार रुपैयाँको ..

गौशाला, असार ९ गते । महोत्तरीको सम्सी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ७१ करोड ६७ लाख ९५ हजार रुपैय..

16 दिन पहिले

संसदीय समितलाई प्रभावकारी बनाउन जनता र सरोकारवालाको भू..

काठमाडौँ, जेठ २५ गते । संसदको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति डा ओजस्वी शेरचनले समितिको काम का..

1 महीना पहिले

भानुभक्त स्कुलले ल्यायो एसईई परीक्षा २०८२ मा उत्कृष्ट न..

महोत्तरी, बैशाख २९ गते । महोत्तरी जिल्लाको गौशाला नगरपालिका–१ रामनगरस्थित भानुभक्त मेमोरियल सेकेन्डरी इङ्ग..

2 महीना पहिले

गौशाला बजार व्यवस्थापनमा विवाद, वडा अध्यक्षकै नेतृत्वम..

गौशाला, चैत्र २१ गते । महोत्तरीको प्रमुख व्यापारिक केन्द्र गौशाला बजारमा बजार व्यवस्थापनका क्रममा विवाद चर्क..

3 महीना पहिले

रौतहटको रिसोर्टमा नक्कली सुन कारोबार पर्दाफास, चार जना प..

रौतहट, चैत्र ११ — रौतहटको चन्द्रनिगाहपुरस्थित एक रिसोर्टमा नक्कली सुन कारोबार भइरहेको सूचना पाएपछि प्रहरीले छ..

4 महीना पहिले