गौशाला त्रिभुवन माध्यमिक विद्यालयको समिति गठनमा राजनीतिकर्मी र प्रधानाध्यापकको मनोमानी
निरन्जन साह
महोत्तरीको गौशाला स्थित त्रिभुवन माध्यमिक विद्यालयमा प्रत्यक्ष रुपमा राजनितीक पेशामा लागेका व्यक्तिहरुले मनोमानी ढङ्गले र राजनीतिक दलको बाडफाडमा शिक्षालाइ राजीनिक र व्यापारीकरणमा परिणत गर्ने उद्देश्यले अस्थायी विद्यालय व्यवस्थापन समिती गठन गरिएको अभिभावकहरुले आरोप लगाएका छन् ।
बिगतमा ४/४ पटक अभिभावक भेला हुदा पनि समिति गठन हुन नसकेको र अन्तिम पल्ट गौशाला नगरपालिका वडा न.५ मा नेपाली कांग्रेसबाट निर्वाचित वडा अध्यक्ष धर्वेन्द्र साहको नेतृत्वमा स्कुल संचालन गर्न दिइएको थियो । अचानक कार्तिक ३० गते शिक्षा विकास तथा समन्वय एकाई महोत्तरी जलेश्वरले स्वीकृति गरि पठाएको पत्र अनुसार चयन गरिएको अधिकांश सदस्यहरु सक्रिय रुपमा राजनितीक पेशामा लागेका छन् ।
वडा नं. ५ को अध्यक्ष धर्मेन्द्र साहको अध्यक्षतामा ११ सदस्यीय समिती चयन भएको विद्यालय स्रोतले जनाएको छ ।
सदस्यहरुमा राजनीतिकर्मी श्रीकिशोर साह, गौशाला नगर कार्यपालिका सदस्य दिनेश कुमार साह कलवार, वडा नं. २ का वडासदस्य कुमरकान्त झा, गौशाला उद्योग वाणिज्य संघका अध्यक्ष रामराजाप्रसाद साह, नेकपा एमालेका नेता रामऔतार महासेठ, नेपाली काँग्रेसका लक्ष्मी शर्मा रहेका वडा अध्यक्ष साहले जानकारी दिएका छन् ।
त्यस्तै समितीका अन्य सदस्यहरुमा रामसोगारथ यादव र नजया खातुनको नाम रहेको छ । विद्यालयको प्रधानाध्यापक अमोद कुमार साह सदस्य सचिव रहेको सो समितीको शिक्षक प्रतिनिधीमा कपिलराज वरालको नाम राखिएको छ ।
जबकी व्यवस्थापन समितिको गठन प्रक्रिया एन अनुसार विद्यालय व्यवस्थापन समितिको गठन परियोजनाको लागि विद्यार्थीका बाबु ,आमा ,बाजे ,बज्यै मध्ये कुनै एकजनाको नाम मात्र अभिभावकको रुपमा राखेर समिति गठन गर्नुपर्ने हुन्छ तर यस समितिमा बस्नेहरु कोहि अभिभावक छैनन् तरपनि समितिमा बस्नु कतिको जायज हो भनेर अभिभावकहरुले आलोचना गरेका छन् ।

एक अभिभावकले भने ,"यो समिति शिक्षाको सुधार तथा यसका गुणस्तरियताको लागि आएको हैन । विद्यालयमा आउने करोडौ बजेटमा भ्रष्टाचारी गरेर आउँदै गरेको चुनावको खर्च जोहो गर्ने उद्देश्यले यो समिति गठन भएको हो । हामी कुनै शर्तमा यो समितिलाइ मान्दैनौ।"
त्यस्तै प्रत्यक्ष रुपमा राजनितीक क्षेत्र अंगालेका व्यक्तित्वलाई समितीमा राखिएको भन्दै स्थानिय युवाहरुले विरोध जनाएका छन् । राजनितीक रुपमा गठन गरिएको समिती आफुहरुलाई मान्य नहुने स्थानिय युवा रामवाबु यादवले बताए ।
एक हप्ताको अवधिमा विद्यालयले अभिभावक भेला नडाके आफुहरु आन्दोलनमा उत्रिने प्रमोद महतोले बताए । विद्यालयको व्यवस्थापन समितीमा अभिभावकलाई नराखिकन पहुँच भएको व्यक्तिलाई ग्राहयता दिनु दुखद रहेको महतोले आरोप लगाएका छन् ।
मौसम परिवर्तनसँगै स्वास्थ्य जोखिम बढ्दो, सचेत रहन डा. जा..
ममता शर्मा महोत्तरी, कार्तिक २३ गते । मौसम परिवर्तनसँगै महोत्तरी लगायत मधेशका विभिन्न क्षेत्रमा रुघाखोकी, सर्..
3 दिन पहिले
माओवादी केन्द्रले मधेश प्रदेश संसदीय दलको नेतामा भरत प्..
महोत्तरी, कात्तिक १७ गते ।नेकपा (माओवादी केन्द्र)ले मधेश प्रदेश सभामा आफ्नो संसदीय दलको नेताको जिम्मेवारी फेरि ए..
9 दिन पहिले
आयोजककै कब्जामा मुन्नी मिश्री भलिबलको उपाधि
महोत्तरी, कार्तिक ९ गते । गौशालाको कान्तिबजारमा सम्पन्न तेश्रो मुन्नी मिश्री भलिबलको उपाधि आयोजकले सुरक्ष..
17 दिन पहिले
बजारको फोहोरको आलोचना भएपछी महतो खुलासा गरे वास्तविक कु..
महोत्तरी, कार्तिक ९ गते ।महोत्तरीको गौशाला बजार फोहोर भएपछी जनसमुदायले गरेको आलोचनालाइ चिर्दै देव नारायण महतो..
17 दिन पहिले
छठ मनाउँदा मौसमको ख्याल गर्न अनुरोध
महोत्तरी, कार्तिक ८ गते । हिन्दू धर्मावलम्बीहरूको महान पर्व छठको अवसरमा मौसमविद्हरूले स्वास्थ्य र सुरक्षाप्रत..
17 दिन पहिले
मौसम परिवर्तनसँगै स्वास्थ्य जोखिम बढ्दो, सचेत रहन डा. जा..
ममता शर्मा महोत्तरी, कार्तिक २३ गते । मौसम परिवर्तनसँगै महोत्तरी लगायत मधेशका विभिन्न क्षेत्रमा रुघाखोकी, सर्..
3 दिन पहिले
माओवादी केन्द्रले मधेश प्रदेश संसदीय दलको नेतामा भरत प्..
महोत्तरी, कात्तिक १७ गते ।नेकपा (माओवादी केन्द्र)ले मधेश प्रदेश सभामा आफ्नो संसदीय दलको नेताको जिम्मेवारी फेरि ए..
9 दिन पहिले
बजारको फोहोरको आलोचना भएपछी महतो खुलासा गरे वास्तविक कु..
महोत्तरी, कार्तिक ९ गते ।महोत्तरीको गौशाला बजार फोहोर भएपछी जनसमुदायले गरेको आलोचनालाइ चिर्दै देव नारायण महतो..
17 दिन पहिले
छठ मनाउँदा मौसमको ख्याल गर्न अनुरोध
महोत्तरी, कार्तिक ८ गते । हिन्दू धर्मावलम्बीहरूको महान पर्व छठको अवसरमा मौसमविद्हरूले स्वास्थ्य र सुरक्षाप्रत..
17 दिन पहिले
महोत्तरीमा प्रदेशस्तरीय भलिवल प्रतियोगिता हुँदै
ममता शर्मामहोत्तरी, कार्तिक ६ गते । महोत्तरीको गौशालामा प्रदेशस्तरीय तेस्रो मुन्नी मिश्री स्मृति भलिवल प्रति..
20 दिन पहिले
देउसी भैलो खेल्दा स्वास्थ्य र अनुशासनमा ध्यान दिन सुझाव
निरञ्जन कुमार साह महोत्तरी, कार्तिक ५ गते । नेपालीहरुको मौलिक पर्व तिहारमा देशभर देउसी भैलोको रौनकता छाएको छ । दे..
21 दिन पहिले
मौसम परिवर्तनसँगै स्वास्थ्य जोखिम बढ्दो, सचेत रहन डा. जा..
ममता शर्मा महोत्तरी, कार्तिक २३ गते । मौसम परिवर्तनसँ..
कमेन्ट गर्नुहोस्
view comments