आन्तरिक मामिला तथा संचारमन्त्री भरतप्रसाद साहको प्रमुख आतिथ्यमा साइकल वितरण कार्यक्रम सम्पन्न

4 वर्ष पहिले प्रकाशित

(2078-08-10 B.S.)

3239 पटक देखिएको

मङ्सिर १० 

महोत्तरीको गौशाला नगरपालिका वडा न. ६ फुलकाहा स्थित साईकल वितरण कार्यक्रम सम्पन्न भएको छ ।

शुक्रवार श्री मा.वि. भेडियाही फुलकाहामा आयोजित साईकल वितरण कार्यक्रममा प्रदेश नं. २ का आन्तरिक मामिला तथा संचारमन्त्री भरतप्रसाद साह, प्रतिनिधीसभा सदस्य दिलकुमारी साह,गौशाला नगरपालिकाका उपप्रमुख आशा लामा ,वडा अध्यक्ष नथुनी राउत लगायत विभिन्न शिक्षक तथा विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

प्रदेश २ का सरकारको वेटी पढाउ, वेटी वचाउ अभियान अन्तर्गत साइकल वितरण कार्यक्रममा विद्यालयमा कक्षा ९ मा अध्ययनरत २६ जना छात्रालाइ साइकल वितरण गरिएको छ  ।

कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री साहले समाजिक स्तरमा रहेको विकृति तथा विसंगति र अन्धविश्वास जस्ता गलत मनोभावको कारणले गर्दा छोरी शिक्षा तर्फ बढी मात्रामा उन्मुख हुन नसकेको बताएका छन् ।उनले समाजमा शिक्षक र विद्यार्थी र शिक्षाप्रेमीको सकारात्मक भुमिकाको आवश्यकता उपर मन्त्री साहले जोड दिए । मन्त्री साहले भने, ‘शिक्षाको जिम्मेवारी तीनैतहका सरकारलाई वाँडिएको छ । जसको कारण एक अर्काको भरमा पर्दा शैक्षिक क्षेत्रमा सोचेअनुरुपको विकास हुन सकेको छैन् ।

त्यस्तै प्रतिनिधीसभा सदस्य दिलकुमारी साहले कोरोनाका कारण लामो समयदेखि पठनपाठन अवरुद्ध रहेको समयमा शिक्षकहरुले समयमै कार्यसम्पादन गरिदिनका लागि शिक्षकहरुसमक्ष आग्रह गरेकी छिन् ।१६ दिने लैङ्गिक हिंसामुक्त अभियान संचालन भईरहेको समयमा हिंसालाई न्युनिकरण हुने किसिमको भुमिका निर्वाह गरिदिनका लागि गौशाला नगरपालिकाका उपमेयर आशा लामाले जोड दिईन् । उपमेयर लामाले भनिन्,‘लैङ्गिक हिंसाको शिकारमा समाजमा महिला मात्र होईन्, पुरुष पनि प्रत्यक्ष रुपमा यसको शिकारमा फस्दै आएका छन् । समाजिक कुरितीका तत्वहरु वालवाविवाह, महिलाहिंसा लगायतका प्रवृतिको अन्त्य गर्नका लागि सवैको भुमिकाको आवश्यक रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मौसम परिवर्तनसँगै स्वास्थ्य जोखिम बढ्दो, सचेत रहन डा. जा..

ममता शर्मा महोत्तरी, कार्तिक २३ गते ।  मौसम परिवर्तनसँगै महोत्तरी लगायत मधेशका विभिन्न क्षेत्रमा रुघाखोकी, सर्..

3 दिन पहिले

माओवादी केन्द्रले मधेश प्रदेश संसदीय दलको नेतामा भरत प्..

महोत्तरी, कात्तिक १७ गते ।नेकपा (माओवादी केन्द्र)ले मधेश प्रदेश सभामा आफ्नो संसदीय दलको नेताको जिम्मेवारी फेरि ए..

9 दिन पहिले

आयोजककै कब्जामा मुन्नी मिश्री भलिबलको उपाधि

  महोत्तरी, कार्तिक ९ गते । गौशालाको कान्तिबजारमा सम्पन्न तेश्रो मुन्नी मिश्री भलिबलको उपाधि आयोजकले सुरक्ष..

17 दिन पहिले

बजारको फोहोरको आलोचना भएपछी महतो खुलासा गरे वास्तविक कु..

महोत्तरी, कार्तिक ९ गते ।महोत्तरीको गौशाला बजार फोहोर भएपछी जनसमुदायले गरेको आलोचनालाइ चिर्दै देव नारायण महतो..

17 दिन पहिले

छठ मनाउँदा मौसमको ख्याल गर्न अनुरोध

महोत्तरी, कार्तिक ८ गते । हिन्दू धर्मावलम्बीहरूको महान पर्व छठको अवसरमा मौसमविद्हरूले स्वास्थ्य र सुरक्षाप्रत..

17 दिन पहिले

मौसम परिवर्तनसँगै स्वास्थ्य जोखिम बढ्दो, सचेत रहन डा. जा..

ममता शर्मा महोत्तरी, कार्तिक २३ गते ।  मौसम परिवर्तनसँगै महोत्तरी लगायत मधेशका विभिन्न क्षेत्रमा रुघाखोकी, सर्..

3 दिन पहिले

माओवादी केन्द्रले मधेश प्रदेश संसदीय दलको नेतामा भरत प्..

महोत्तरी, कात्तिक १७ गते ।नेकपा (माओवादी केन्द्र)ले मधेश प्रदेश सभामा आफ्नो संसदीय दलको नेताको जिम्मेवारी फेरि ए..

9 दिन पहिले

बजारको फोहोरको आलोचना भएपछी महतो खुलासा गरे वास्तविक कु..

महोत्तरी, कार्तिक ९ गते ।महोत्तरीको गौशाला बजार फोहोर भएपछी जनसमुदायले गरेको आलोचनालाइ चिर्दै देव नारायण महतो..

17 दिन पहिले

छठ मनाउँदा मौसमको ख्याल गर्न अनुरोध

महोत्तरी, कार्तिक ८ गते । हिन्दू धर्मावलम्बीहरूको महान पर्व छठको अवसरमा मौसमविद्हरूले स्वास्थ्य र सुरक्षाप्रत..

17 दिन पहिले

महोत्तरीमा प्रदेशस्तरीय भलिवल प्रतियोगिता हुँदै

ममता शर्मामहोत्तरी, कार्तिक ६ गते । महोत्तरीको गौशालामा प्रदेशस्तरीय तेस्रो मुन्नी मिश्री स्मृति भलिवल प्रति..

20 दिन पहिले

देउसी भैलो खेल्दा स्वास्थ्य र अनुशासनमा ध्यान दिन सुझाव

निरञ्जन कुमार साह महोत्तरी, कार्तिक ५ गते । नेपालीहरुको मौलिक पर्व तिहारमा देशभर देउसी भैलोको रौनकता छाएको छ । दे..

21 दिन पहिले