महिलाबाट समेत महिला पिडित

4 वर्ष पहिले प्रकाशित

(2078-08-10 B.S.)

2683 पटक देखिएको

रञ्जन भण्डारी

महोत्तरी,१०  मंसिर ।

महोत्तरीमा महिलाबाटै समेत महिला पिडित भएको एक कार्यक्रमका विच प्रदेश साँसद शारदा थापाले बताएकि छिन । पुरुषबाट हिंसा र पिडा पाईरहेकि महिलाहरु केहि हदसम्म महिलाबाटै समेत पिडित हुुनु परेको उहाले बताएकि हुन । महिला हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत निकालिएको प्रभातफेरी पश्चात जिल्ला समन्वय समितिको सभाहलमा भएको कार्यक्रममा उहाले सो बताईन ।

परिवारमा सासुबाट बुहारी,बुहारीबाट सासु,भाउजुबाट नन्द र नन्दबाट भाउजु पिडित हुनु परेको घटनाहरु समेत देखिने गरिएको उहाले बताएकि हुन । श्रीमानबाट श्रीमति,ससुराबाट बुहारी,देवरबाट भाउजु पिडित भैरहेको घटना भैरहदा महिलाबाटै समेत महिला पिडित हुुनु दुर्भाग्यपुणर् भएको भन्दै उनले महिला हिंसा विरुद्धको १६ दिने अभियानको यस वर्षको देशव्यापी नारा “घरैबाट सुरु गरौ,महिला हिंसा अन्त्य गरौ” भन्ने नारालाई चरितार्थ गर्न घरबाटै हिंसा रोक्न सवैले आजैबाट प्रतिवद्धता जनाउन आग्रह गरिन ।

राष्ट्रिय महिला आयोगको आयोजन र आरेक नेपाल,टिपिओ नेपाल,महिला सचेतना समुह,ईन्सेक लगायतका महोत्तरी स्थित विभिन्न संघसंस्थाको सह आयोजनमा भएको उक्त कार्यक्रममा अध्यक्षता गर्दै राष्ट्रिय महिला आयोगकि सदस्य जया घिमिरेले महोत्तरीमा विगत केहि समय भित्रै महिला विरुद्धको विभिन्न जघन्य घटनाहरु घटेको पाइएकोमा सवै निकाय यसप्रति गम्भिर भई यस्ता घटनाहरु पुनः हुन नदिन र भएका घटनाहरुमा समेत कडाईका साथ अपराधीहरुलाई कानुनी कठघरामा ल्याउन सचेत गराईन । उनले बोक्सी आरोपमा महिलाको हत्या,मलमुत्र खुवाइएको,कुटपिट गरिएको घटनाहरु तथा नावालिकहरुलाई समेत बलात्कार गरिएको घटनाहरुमा राष्ट्रिय महिला आयोगको गम्भिर ध्यानाकर्षण भएको बताउदै आफुहरु पिडितहरुको घर घरमै पुग्दा उनीहरुको असह्य पिडा देखेकोले यस्ता घटनाहरुका दोषीहरुले उन्मुक्ति नपाउने अपेक्षा रहेको बताईन ।

उनले जघन्य प्रकृतिका घटनाहरुमा दोषीलाई धरौटीमा छाडिदा पिडितमाथी अन्याय हुन सक्ने भएकोले यसप्रति सवै पक्ष गम्भिर हुनु पर्ने बताईन ।

यता एकडारा गाउपालिका,मनरा सिस्वा नगरपालिका र मटिहानी नगरपालिकाका अध्यक्ष तथा प्रमुखहरुले समेत समाजमा विद्यमान अन्धविश्वास,कुरिती र कुसंस्कारका साथै महिलामाथी हुने विभिन्न प्रकारका हिंसात्मक घटनाहरु प्रति आफुहरु सजग रहेको बताउदै समाजबाटै यसता गलत कृयाकलाप हटाउन जनप्रतिनिधी,स्थानिय,प्रसासन,प्रहरी र अधिकारकर्मीहरु लगायतका सवै सरोकारवालाहरु ऐक्यवद्ध हुनु पर्ने बताए ।

कार्यक्रममा महिला अधिकारकर्मी गुञ्जा रायले विगतका विभिन्न महिला विरुद्धको घटनाहरुलाई सम्झदै केहि घटनामा प्रहरीबाट समेत कमि कमजोरीहरु भएको देखिएकोले प्रहरी पिडकको नभई पिडितलाई पिडकको नभई पिडितको हुन आग्रह गरिन । उनले निश्चयपनि पिडित भएर आउने सवै पिडित नहुन पनि सक्ने भएकोले प्रहरीले यथार्थमात्र अनुसन्धान गरि वाहिर ल्याईदिए त्यसले पिडितलाई निक्कै राहत पुग्ने बताईन । विभिन्न राजनितिकर्मीबाट समेत विभिन्न महिला हिंसाका र आपराधिक घटनाहरुमा महिला पिडितलाई दवार र प्रभावमा पारी गाउमै मिल्न बाध्य पारिने गरिएकोले त्यसप्रति समेत राजनितिकर्मीहरु सचेत हुनु पर्ने आवश्यक रहेको बताईन ।   महोत्तरीमा बढ्दो महिला हिंसाका घटनाहरु,बलात्कार,बोक्सी काण्ड लगायतका घटनाले अझै महिलाहरुको हितमा धेरै काम गर्न तथा लडाई लड्न बाकि रहेको देखिन्छ ।

कार्यक्रममा प्रदेशसभा सदस्यहरु,विभिन्न पालिकाका अध्यक्ष, प्रमुख, उपाध्यक्ष, उपप्रमुख,जिल्ला समन्वय समिति प्रमुख,प्रमुख जिल्ला अधिकारी,सुरक्षा निकाय प्रमुखहरु तथा विभिन्न संघसंगठनका प्रतिनिधी तथा प्रमुखका साथै विद्यार्थी,शिक्षकका साथै सयौको संख्यामा सर्वसाधारणहरुको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मौसम परिवर्तनसँगै स्वास्थ्य जोखिम बढ्दो, सचेत रहन डा. जा..

ममता शर्मा महोत्तरी, कार्तिक २३ गते ।  मौसम परिवर्तनसँगै महोत्तरी लगायत मधेशका विभिन्न क्षेत्रमा रुघाखोकी, सर्..

3 दिन पहिले

माओवादी केन्द्रले मधेश प्रदेश संसदीय दलको नेतामा भरत प्..

महोत्तरी, कात्तिक १७ गते ।नेकपा (माओवादी केन्द्र)ले मधेश प्रदेश सभामा आफ्नो संसदीय दलको नेताको जिम्मेवारी फेरि ए..

9 दिन पहिले

आयोजककै कब्जामा मुन्नी मिश्री भलिबलको उपाधि

  महोत्तरी, कार्तिक ९ गते । गौशालाको कान्तिबजारमा सम्पन्न तेश्रो मुन्नी मिश्री भलिबलको उपाधि आयोजकले सुरक्ष..

17 दिन पहिले

बजारको फोहोरको आलोचना भएपछी महतो खुलासा गरे वास्तविक कु..

महोत्तरी, कार्तिक ९ गते ।महोत्तरीको गौशाला बजार फोहोर भएपछी जनसमुदायले गरेको आलोचनालाइ चिर्दै देव नारायण महतो..

17 दिन पहिले

छठ मनाउँदा मौसमको ख्याल गर्न अनुरोध

महोत्तरी, कार्तिक ८ गते । हिन्दू धर्मावलम्बीहरूको महान पर्व छठको अवसरमा मौसमविद्हरूले स्वास्थ्य र सुरक्षाप्रत..

17 दिन पहिले

मौसम परिवर्तनसँगै स्वास्थ्य जोखिम बढ्दो, सचेत रहन डा. जा..

ममता शर्मा महोत्तरी, कार्तिक २३ गते ।  मौसम परिवर्तनसँगै महोत्तरी लगायत मधेशका विभिन्न क्षेत्रमा रुघाखोकी, सर्..

3 दिन पहिले

माओवादी केन्द्रले मधेश प्रदेश संसदीय दलको नेतामा भरत प्..

महोत्तरी, कात्तिक १७ गते ।नेकपा (माओवादी केन्द्र)ले मधेश प्रदेश सभामा आफ्नो संसदीय दलको नेताको जिम्मेवारी फेरि ए..

9 दिन पहिले

बजारको फोहोरको आलोचना भएपछी महतो खुलासा गरे वास्तविक कु..

महोत्तरी, कार्तिक ९ गते ।महोत्तरीको गौशाला बजार फोहोर भएपछी जनसमुदायले गरेको आलोचनालाइ चिर्दै देव नारायण महतो..

17 दिन पहिले

छठ मनाउँदा मौसमको ख्याल गर्न अनुरोध

महोत्तरी, कार्तिक ८ गते । हिन्दू धर्मावलम्बीहरूको महान पर्व छठको अवसरमा मौसमविद्हरूले स्वास्थ्य र सुरक्षाप्रत..

17 दिन पहिले

महोत्तरीमा प्रदेशस्तरीय भलिवल प्रतियोगिता हुँदै

ममता शर्मामहोत्तरी, कार्तिक ६ गते । महोत्तरीको गौशालामा प्रदेशस्तरीय तेस्रो मुन्नी मिश्री स्मृति भलिवल प्रति..

20 दिन पहिले

देउसी भैलो खेल्दा स्वास्थ्य र अनुशासनमा ध्यान दिन सुझाव

निरञ्जन कुमार साह महोत्तरी, कार्तिक ५ गते । नेपालीहरुको मौलिक पर्व तिहारमा देशभर देउसी भैलोको रौनकता छाएको छ । दे..

21 दिन पहिले