मटिहानीमा ग्यास चुल्हा र सिलिण्डर वितरण

4 वर्ष पहिले प्रकाशित

(2078-08-11 B.S.)

4969 पटक देखिएको

रञ्जन भण्डारी

महोत्तरी,११ मंसिर 

महोत्तरीको मटिहानी नगरपालिकामा १३३  दलित परिवारलाई ग्यास चुल्हो र सिलिण्डर वितरण गरिएको छ । मटिहानी नगरपालिकाको आर्थिक लगानीमा वडा नं. ४,६,७ र ९ का दलित परिवारलाई उक्त सामग्री वितरण गरिएको हो ।

मेयर हरि प्रसाद मण्डल,उपमेयर र वडाअध्यक्षहरु तथा स्थानिय विभिन्न व्यक्तित्वहरुको उपस्थितिमा मटिहानी स्थित राम मा.वि.को प्रांगणमा एक कार्यक्रम आयोजना गरि विपन्न दलित परिवारहरुलाई चुल्हो सेट र ग्यास सिलिण्डर दिइएको हो ।

अहिले वन जंगलको विनास हुदै गईरहेको अवस्थामा दाउरा समेतको अभाव देखिएको तथा चिसो मौसममा माटोकै चुल्हो र घुरको कारण आगलागीका घटनाहरु समेत वढीरहेको तथा स्वास्थ्यमै समेत प्रतिकुल असर परिरहेको अवस्थामा ग्यास चुल्होले यि सवै समस्या कम गर्ने अपेक्षा सहित उक्त सामग्री वितरण गरिएको हो ।

मटिहानी नगरपालिकाका मेयर हरि प्रसाद मण्डलले आज वितरण गरिएको सामग्री तपाईहरुसंग भेटघाट गर्दाको सानो कोसेली मात्र भएको बताउदै आउने दिनहरुमा अझै जेष्ठ नागरिक,गरिव तथा विपन्नको लागि विभिन्न सामग्री वितरणको कार्यक्रम रहेको बताए । उनले समय परिवर्तन हुदै गईरहेको अवस्थामा ग्यासमा खाना पकाउदा सहज हुने भएपनि ग्यासमा खाना पकाउदा अपनाउनु पर्ने सवै सावधानी  वारे विस्तृत रुपमा बुझाउन तालिम दिने व्यक्तिहरु समेत यहि कार्यक्रममा उपलब्ध रहेकोले उनीहरुसंग सिकेरमात्र ग्यासको प्रयोग गर्न आग्रह गरे ।

मेयर मण्डलले नगरपालिकाका सवै नागरिकलाई ग्यास चुल्हा र सिलिण्डर दिन नसकिने भएपनि केहि लक्षित वर्ग तथा विपन्नहरुलाई उक्त सामग्री वितरण गर्ने लक्ष्य रहेको र सोहि अनुसार वितरण सुरु गरिएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मौसम परिवर्तनसँगै स्वास्थ्य जोखिम बढ्दो, सचेत रहन डा. जा..

ममता शर्मा महोत्तरी, कार्तिक २३ गते ।  मौसम परिवर्तनसँगै महोत्तरी लगायत मधेशका विभिन्न क्षेत्रमा रुघाखोकी, सर्..

3 दिन पहिले

माओवादी केन्द्रले मधेश प्रदेश संसदीय दलको नेतामा भरत प्..

महोत्तरी, कात्तिक १७ गते ।नेकपा (माओवादी केन्द्र)ले मधेश प्रदेश सभामा आफ्नो संसदीय दलको नेताको जिम्मेवारी फेरि ए..

9 दिन पहिले

आयोजककै कब्जामा मुन्नी मिश्री भलिबलको उपाधि

  महोत्तरी, कार्तिक ९ गते । गौशालाको कान्तिबजारमा सम्पन्न तेश्रो मुन्नी मिश्री भलिबलको उपाधि आयोजकले सुरक्ष..

17 दिन पहिले

बजारको फोहोरको आलोचना भएपछी महतो खुलासा गरे वास्तविक कु..

महोत्तरी, कार्तिक ९ गते ।महोत्तरीको गौशाला बजार फोहोर भएपछी जनसमुदायले गरेको आलोचनालाइ चिर्दै देव नारायण महतो..

17 दिन पहिले

छठ मनाउँदा मौसमको ख्याल गर्न अनुरोध

महोत्तरी, कार्तिक ८ गते । हिन्दू धर्मावलम्बीहरूको महान पर्व छठको अवसरमा मौसमविद्हरूले स्वास्थ्य र सुरक्षाप्रत..

17 दिन पहिले

मौसम परिवर्तनसँगै स्वास्थ्य जोखिम बढ्दो, सचेत रहन डा. जा..

ममता शर्मा महोत्तरी, कार्तिक २३ गते ।  मौसम परिवर्तनसँगै महोत्तरी लगायत मधेशका विभिन्न क्षेत्रमा रुघाखोकी, सर्..

3 दिन पहिले

माओवादी केन्द्रले मधेश प्रदेश संसदीय दलको नेतामा भरत प्..

महोत्तरी, कात्तिक १७ गते ।नेकपा (माओवादी केन्द्र)ले मधेश प्रदेश सभामा आफ्नो संसदीय दलको नेताको जिम्मेवारी फेरि ए..

9 दिन पहिले

बजारको फोहोरको आलोचना भएपछी महतो खुलासा गरे वास्तविक कु..

महोत्तरी, कार्तिक ९ गते ।महोत्तरीको गौशाला बजार फोहोर भएपछी जनसमुदायले गरेको आलोचनालाइ चिर्दै देव नारायण महतो..

17 दिन पहिले

छठ मनाउँदा मौसमको ख्याल गर्न अनुरोध

महोत्तरी, कार्तिक ८ गते । हिन्दू धर्मावलम्बीहरूको महान पर्व छठको अवसरमा मौसमविद्हरूले स्वास्थ्य र सुरक्षाप्रत..

17 दिन पहिले

महोत्तरीमा प्रदेशस्तरीय भलिवल प्रतियोगिता हुँदै

ममता शर्मामहोत्तरी, कार्तिक ६ गते । महोत्तरीको गौशालामा प्रदेशस्तरीय तेस्रो मुन्नी मिश्री स्मृति भलिवल प्रति..

20 दिन पहिले

देउसी भैलो खेल्दा स्वास्थ्य र अनुशासनमा ध्यान दिन सुझाव

निरञ्जन कुमार साह महोत्तरी, कार्तिक ५ गते । नेपालीहरुको मौलिक पर्व तिहारमा देशभर देउसी भैलोको रौनकता छाएको छ । दे..

21 दिन पहिले