प्रधानाध्यापक नेतृत्व विकास तालिम सम्पन्न

5 वर्ष पहिले प्रकाशित

(2078-08-12 B.S.)

2944 पटक देखिएको

मङ्सिर १२ 

रञ्जन भण्डारी 

महोत्तरीको पिपरा गाउँपालिका स्थित  सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुलाई नेतृत्व विकास तालिम दिइएको छ ।

पिपरा गाउँपालिकाको आयोजना तथा मानव स्रोत विकास केन्द्र सानोठिमी,जाईका आइमिन परियोजनाको सहकार्यमा उक्त तालिम दिइएको हो । स्थानिय सोर्ह विद्यालयका प्रधानाध्यापकहरु सहभागि उक्त तालिममा शिक्षा विज्ञान तथा प्रविधी मन्त्रालयको निति अनुरुप सवै सामुदायिक विद्यालयहरुले विद्यालय सुधार योजना बनाउनु पर्ने भएकोमा उक्त योजना निर्माण गर्न सहयोग पुग्ने उदेश्यका साथ तालिम संचालन गरिएको सहजकर्ता संस्थाले वताएको छ ।

पिपरा गाउँपालिका शिक्षा शाखाका प्रमुख राजकिशोर झाले सहजिकरण गरेको उक्त तालिमको समापन परियोजनाका टिम लिडर केन्जी ओहराले गरेका छन । तालिमको समापन कार्यक्रमलाई सम्बोधन गर्दै ओहराले परियोजनाको उदेश्य स्थानिय विद्यालयमा पठन पाठन गरिरहेका बालबालिकाको गणित विषय प्रति अभिरुची जगाउने र उक्त विषयमा दक्षता दिलाउने रहेको बताउदै सोहि उदेश्य पुर्तिको लागि प्रधानाध्यापकहरुलाई पुर्व तयारी अन्तर्गत तालिम प्रदान गरिएको बताए । उनले पिपरा गाउँपालिकामा परियोजनाले सफलता पाउन सके यसलाई थप पालिकाहरुमा समेत विस्तार गर्न सकिने र यसले बालबालिका कै भविष्य उज्वल बनाउन सहज हुने बताए ।

विगतमा यसै क्षेत्रमा उत्पादन भएका गणित विषयका शिक्षकहरुले देश विदेशमा नाम कमाएको बताउदै अहिले गणित विषय प्रति बालबालिकाको अभिरुची घटदै गईरहेकोमा पुनः यस विषय प्रति अभिरुची बढाउने उदेश्यका साथ आफुहरु लागिपरेको उनले बताए ।
तालिम समापन कार्यक्रममा परियोजनाका प्रोग्राम कोर्डिनेटर रिसा ओचु,परियोजनाका नेपाली कोर्डिनेटर विष्णु आचार्य तथा एकाउण्ट तथा प्रसासन अधिकृत विन्दु ढकाल समेतको उपस्थिति रहेको थियो । जलेश्वर स्थित रेडक्रस सोसाईटीको सभाहलमा संचालन भएको उक्त कार्यक्रमको संचालन परियोजना अधिकृत विनय बाबु ढकालले गरेका थिए ।
जाईका आइमिन परियोजनाको सहकार्यमा केहि दिन पुर्व नै विद्यार्थीहरुलाई स्वाध्याय सामग्री समेत प्रदान गरिसकिएको छ भने  महोत्तरीका सवै पालिकाका शिक्षा शाखा प्रमुखहरुलाई एक एक थान ल्यापटप समेत वितरण गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

गौशाला नगर प्रहरी पक्राउको विरोधमा भंगहा नगरपालिकाका क..

गौशाला, असार १९ । महोत्तरीको गौशाला नगरपालिकामा नियमित ड्युटीमा खटिएका आठ जना नगर प्रहरीलाई नेपाल प्रहरीले नियन..

6 दिन पहिले

गौशाला नगरपालिकाका कर्मचारीद्वारा नगर प्रहरीमाथिको दु..

महोत्तरी, असार १९ गते । महोत्तरीको गौशाला  नगरपालिकाका कर्मचारीहरूले नगर प्रहरीमाथि भएको दुर्व्यवहारको विर..

6 दिन पहिले

सम्सी गाउँपालिकाद्वारा ७१ करोड ६७ लाख ९५ हजार रुपैयाँको ..

गौशाला, असार ९ गते । महोत्तरीको सम्सी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ७१ करोड ६७ लाख ९५ हजार रुपैय..

16 दिन पहिले

रामगोपालपुर नगरपालिकाको १४औँ नगरसभा सम्पन्न, करिब ५० कर..

महोत्तरी, असार ८ गते । महोत्तरीको रामगोपालपुर नगरपालिकाले १४औँ नगरसभा सम्पन्न गर्दै आर्थिक वर्ष २०८३/८४ का लाग..

17 दिन पहिले

संसदीय समितलाई प्रभावकारी बनाउन जनता र सरोकारवालाको भू..

काठमाडौँ, जेठ २५ गते । संसदको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति डा ओजस्वी शेरचनले समितिको काम का..

1 महीना पहिले

गौशाला नगर प्रहरी पक्राउको विरोधमा भंगहा नगरपालिकाका क..

गौशाला, असार १९ । महोत्तरीको गौशाला नगरपालिकामा नियमित ड्युटीमा खटिएका आठ जना नगर प्रहरीलाई नेपाल प्रहरीले नियन..

6 दिन पहिले

सम्सी गाउँपालिकाद्वारा ७१ करोड ६७ लाख ९५ हजार रुपैयाँको ..

गौशाला, असार ९ गते । महोत्तरीको सम्सी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ७१ करोड ६७ लाख ९५ हजार रुपैय..

16 दिन पहिले

संसदीय समितलाई प्रभावकारी बनाउन जनता र सरोकारवालाको भू..

काठमाडौँ, जेठ २५ गते । संसदको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति डा ओजस्वी शेरचनले समितिको काम का..

1 महीना पहिले

भानुभक्त स्कुलले ल्यायो एसईई परीक्षा २०८२ मा उत्कृष्ट न..

महोत्तरी, बैशाख २९ गते । महोत्तरी जिल्लाको गौशाला नगरपालिका–१ रामनगरस्थित भानुभक्त मेमोरियल सेकेन्डरी इङ्ग..

2 महीना पहिले

गौशाला बजार व्यवस्थापनमा विवाद, वडा अध्यक्षकै नेतृत्वम..

गौशाला, चैत्र २१ गते । महोत्तरीको प्रमुख व्यापारिक केन्द्र गौशाला बजारमा बजार व्यवस्थापनका क्रममा विवाद चर्क..

3 महीना पहिले

रौतहटको रिसोर्टमा नक्कली सुन कारोबार पर्दाफास, चार जना प..

रौतहट, चैत्र ११ — रौतहटको चन्द्रनिगाहपुरस्थित एक रिसोर्टमा नक्कली सुन कारोबार भइरहेको सूचना पाएपछि प्रहरीले छ..

4 महीना पहिले