प्रधानाध्यापक नेतृत्व विकास तालिम सम्पन्न
मङ्सिर १२
रञ्जन भण्डारी
महोत्तरीको पिपरा गाउँपालिका स्थित सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुलाई नेतृत्व विकास तालिम दिइएको छ ।
पिपरा गाउँपालिकाको आयोजना तथा मानव स्रोत विकास केन्द्र सानोठिमी,जाईका आइमिन परियोजनाको सहकार्यमा उक्त तालिम दिइएको हो । स्थानिय सोर्ह विद्यालयका प्रधानाध्यापकहरु सहभागि उक्त तालिममा शिक्षा विज्ञान तथा प्रविधी मन्त्रालयको निति अनुरुप सवै सामुदायिक विद्यालयहरुले विद्यालय सुधार योजना बनाउनु पर्ने भएकोमा उक्त योजना निर्माण गर्न सहयोग पुग्ने उदेश्यका साथ तालिम संचालन गरिएको सहजकर्ता संस्थाले वताएको छ ।
पिपरा गाउँपालिका शिक्षा शाखाका प्रमुख राजकिशोर झाले सहजिकरण गरेको उक्त तालिमको समापन परियोजनाका टिम लिडर केन्जी ओहराले गरेका छन । तालिमको समापन कार्यक्रमलाई सम्बोधन गर्दै ओहराले परियोजनाको उदेश्य स्थानिय विद्यालयमा पठन पाठन गरिरहेका बालबालिकाको गणित विषय प्रति अभिरुची जगाउने र उक्त विषयमा दक्षता दिलाउने रहेको बताउदै सोहि उदेश्य पुर्तिको लागि प्रधानाध्यापकहरुलाई पुर्व तयारी अन्तर्गत तालिम प्रदान गरिएको बताए । उनले पिपरा गाउँपालिकामा परियोजनाले सफलता पाउन सके यसलाई थप पालिकाहरुमा समेत विस्तार गर्न सकिने र यसले बालबालिका कै भविष्य उज्वल बनाउन सहज हुने बताए ।
विगतमा यसै क्षेत्रमा उत्पादन भएका गणित विषयका शिक्षकहरुले देश विदेशमा नाम कमाएको बताउदै अहिले गणित विषय प्रति बालबालिकाको अभिरुची घटदै गईरहेकोमा पुनः यस विषय प्रति अभिरुची बढाउने उदेश्यका साथ आफुहरु लागिपरेको उनले बताए ।
तालिम समापन कार्यक्रममा परियोजनाका प्रोग्राम कोर्डिनेटर रिसा ओचु,परियोजनाका नेपाली कोर्डिनेटर विष्णु आचार्य तथा एकाउण्ट तथा प्रसासन अधिकृत विन्दु ढकाल समेतको उपस्थिति रहेको थियो । जलेश्वर स्थित रेडक्रस सोसाईटीको सभाहलमा संचालन भएको उक्त कार्यक्रमको संचालन परियोजना अधिकृत विनय बाबु ढकालले गरेका थिए ।
जाईका आइमिन परियोजनाको सहकार्यमा केहि दिन पुर्व नै विद्यार्थीहरुलाई स्वाध्याय सामग्री समेत प्रदान गरिसकिएको छ भने महोत्तरीका सवै पालिकाका शिक्षा शाखा प्रमुखहरुलाई एक एक थान ल्यापटप समेत वितरण गरिसकेको छ ।
मौसम परिवर्तनसँगै स्वास्थ्य जोखिम बढ्दो, सचेत रहन डा. जा..
ममता शर्मा महोत्तरी, कार्तिक २३ गते । मौसम परिवर्तनसँगै महोत्तरी लगायत मधेशका विभिन्न क्षेत्रमा रुघाखोकी, सर्..
3 दिन पहिले
माओवादी केन्द्रले मधेश प्रदेश संसदीय दलको नेतामा भरत प्..
महोत्तरी, कात्तिक १७ गते ।नेकपा (माओवादी केन्द्र)ले मधेश प्रदेश सभामा आफ्नो संसदीय दलको नेताको जिम्मेवारी फेरि ए..
9 दिन पहिले
आयोजककै कब्जामा मुन्नी मिश्री भलिबलको उपाधि
महोत्तरी, कार्तिक ९ गते । गौशालाको कान्तिबजारमा सम्पन्न तेश्रो मुन्नी मिश्री भलिबलको उपाधि आयोजकले सुरक्ष..
17 दिन पहिले
बजारको फोहोरको आलोचना भएपछी महतो खुलासा गरे वास्तविक कु..
महोत्तरी, कार्तिक ९ गते ।महोत्तरीको गौशाला बजार फोहोर भएपछी जनसमुदायले गरेको आलोचनालाइ चिर्दै देव नारायण महतो..
17 दिन पहिले
छठ मनाउँदा मौसमको ख्याल गर्न अनुरोध
महोत्तरी, कार्तिक ८ गते । हिन्दू धर्मावलम्बीहरूको महान पर्व छठको अवसरमा मौसमविद्हरूले स्वास्थ्य र सुरक्षाप्रत..
17 दिन पहिले
मौसम परिवर्तनसँगै स्वास्थ्य जोखिम बढ्दो, सचेत रहन डा. जा..
ममता शर्मा महोत्तरी, कार्तिक २३ गते । मौसम परिवर्तनसँगै महोत्तरी लगायत मधेशका विभिन्न क्षेत्रमा रुघाखोकी, सर्..
3 दिन पहिले
माओवादी केन्द्रले मधेश प्रदेश संसदीय दलको नेतामा भरत प्..
महोत्तरी, कात्तिक १७ गते ।नेकपा (माओवादी केन्द्र)ले मधेश प्रदेश सभामा आफ्नो संसदीय दलको नेताको जिम्मेवारी फेरि ए..
9 दिन पहिले
बजारको फोहोरको आलोचना भएपछी महतो खुलासा गरे वास्तविक कु..
महोत्तरी, कार्तिक ९ गते ।महोत्तरीको गौशाला बजार फोहोर भएपछी जनसमुदायले गरेको आलोचनालाइ चिर्दै देव नारायण महतो..
17 दिन पहिले
छठ मनाउँदा मौसमको ख्याल गर्न अनुरोध
महोत्तरी, कार्तिक ८ गते । हिन्दू धर्मावलम्बीहरूको महान पर्व छठको अवसरमा मौसमविद्हरूले स्वास्थ्य र सुरक्षाप्रत..
17 दिन पहिले
महोत्तरीमा प्रदेशस्तरीय भलिवल प्रतियोगिता हुँदै
ममता शर्मामहोत्तरी, कार्तिक ६ गते । महोत्तरीको गौशालामा प्रदेशस्तरीय तेस्रो मुन्नी मिश्री स्मृति भलिवल प्रति..
20 दिन पहिले
देउसी भैलो खेल्दा स्वास्थ्य र अनुशासनमा ध्यान दिन सुझाव
निरञ्जन कुमार साह महोत्तरी, कार्तिक ५ गते । नेपालीहरुको मौलिक पर्व तिहारमा देशभर देउसी भैलोको रौनकता छाएको छ । दे..
21 दिन पहिले
मौसम परिवर्तनसँगै स्वास्थ्य जोखिम बढ्दो, सचेत रहन डा. जा..
ममता शर्मा महोत्तरी, कार्तिक २३ गते । मौसम परिवर्तनसँ..
कमेन्ट गर्नुहोस्
view comments