गौशालामा रहेको वि.के. हेल्थ केयरको लापरवाही ,सम्बन्धित निकाय मौन

4 वर्ष पहिले प्रकाशित

(2078-08-20 B.S.)

5567 पटक देखिएको

निरन्जन कुमार साह 

महोत्तरीको गौशाला नगरपालिका स्थित रहेको वि.के हेल्थ केयर हस्पिटल प्रा.लि. ले लापरवाही गरेको पाइएको छ  । गौशाला नगरपालिकाको नगर कार्यपालिकाको करिब सय मिटरको दुरीमा रहेको वि.के हेल्थ केयर हस्पिटल प्रा.लि. ले पैसा कमाउने लोभमा गर्न नहुने कार्य गरेको पाइएको छ  । सामाजिक संजाल द्वारा आफ्नो विज्ञापनमा प्रचार प्रसार गर्दै २४ औ घण्टा अपरेसन सहितको प्रसुती सेवा र पाठेघरको जटिल शल्यक्रिया सेवा जस्ता कार्य गर्ने गरेको उल्लेख गरिएको छ  । विगत केहि दिनदेखि पेट चिरेर बच्चा निकाल्ने काम अर्थात शल्यक्रिया द्वारा बच्चा निकाल्ने काम हस्पिटलले गरेको छ  । जबकी शल्यक्रिया गर्नको लागि :

  • कम्तिमा १५-२५ शैयाको हस्पिटल हुनुपर्ने ,
  • शल्यक्रिया प्रदान गर्ने कक्षमा प्रति शैया  कम्तिमा एकजना शल्य चिकित्सक ,एकजना एनेस्थेटिक्स ,एकजना इन्चार्ज ,एकजना शल्यक्रिया सहायक र एकजना नर्स हुनुपर्ने,
  • आइसीयु ,एनआइसीयु ,सिसियु आदिमा प्रति शैयामा एकजना स्टाफ नर्स व्यवस्था हुनु पर्ने,
  • प्रसुती कक्षका लेवर बेडमा Skill Birth Attendants तालिम प्राप्त नर्स हुनुपर्ने ,
  • ब्लड बैंक हुनुपर्ने  ।

लगायत अन्य सेवाहरुको भएको हस्पिटल र मान्यताप्राप्त हस्पिटलले मात्र शल्यक्रिया गर्न पाउने व्यवस्था रहेको छ  । तर वि.के.हेल्थ केयरमा शल्यक्रिया गर्ने सुबिधा नरहेको र नगरपालिकाको अनुमतिबिना नै अपरेसन जस्ता जटिल कार्य गरिरहेका छन्  ।केहि दिन अघि ४ अपरेसन सफलतापुर्वक गरेको वि.के हेल्थ केयरको सामाजिक संजालमा उल्लेख रहेको छ  । हस्पिटलका संचालक विरेन्द्र कुमार महतोका अनुसार गौशाला नगरपालिकाको कार्यालयमा अनुमतिको लागि माग गरे पनि सुनुवाई नभए पछी आफ्नै स्वेच्छाले अपरेसन कार्य संचालन गरिएको उनले बताएका छन्  ।

गौशाला नगरपालिकाका जनस्वास्थ्य निरीक्षक मनोज कुमार सिंहका अनुसार गौशाला नगरपालिकामा कार्य विधि बन्ने क्रममा रहेको छ  । जसले गर्दा इजाजत दिन नसकेको उनले बताए  । बिना अनुमति यस्तो जटिल कार्य गरि जीवनसंग खेलवाड गर्ने अधिकार कसले दियो भन्ने सन्दर्भमा छिटै नै कारवाहीको प्रक्रिया अगाडी बढाइने उनले बताए  । नगरपालिका अन्तर्गत रहेको क्लिनिक ,हस्पिटललाइ नीतिनियम अनुसार संचालन गर्न लगाउने प्रतिबद्धता व्यक्त गरेका छन्   । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मौसम परिवर्तनसँगै स्वास्थ्य जोखिम बढ्दो, सचेत रहन डा. जा..

ममता शर्मा महोत्तरी, कार्तिक २३ गते ।  मौसम परिवर्तनसँगै महोत्तरी लगायत मधेशका विभिन्न क्षेत्रमा रुघाखोकी, सर्..

3 दिन पहिले

माओवादी केन्द्रले मधेश प्रदेश संसदीय दलको नेतामा भरत प्..

महोत्तरी, कात्तिक १७ गते ।नेकपा (माओवादी केन्द्र)ले मधेश प्रदेश सभामा आफ्नो संसदीय दलको नेताको जिम्मेवारी फेरि ए..

9 दिन पहिले

आयोजककै कब्जामा मुन्नी मिश्री भलिबलको उपाधि

  महोत्तरी, कार्तिक ९ गते । गौशालाको कान्तिबजारमा सम्पन्न तेश्रो मुन्नी मिश्री भलिबलको उपाधि आयोजकले सुरक्ष..

17 दिन पहिले

बजारको फोहोरको आलोचना भएपछी महतो खुलासा गरे वास्तविक कु..

महोत्तरी, कार्तिक ९ गते ।महोत्तरीको गौशाला बजार फोहोर भएपछी जनसमुदायले गरेको आलोचनालाइ चिर्दै देव नारायण महतो..

17 दिन पहिले

छठ मनाउँदा मौसमको ख्याल गर्न अनुरोध

महोत्तरी, कार्तिक ८ गते । हिन्दू धर्मावलम्बीहरूको महान पर्व छठको अवसरमा मौसमविद्हरूले स्वास्थ्य र सुरक्षाप्रत..

17 दिन पहिले

मौसम परिवर्तनसँगै स्वास्थ्य जोखिम बढ्दो, सचेत रहन डा. जा..

ममता शर्मा महोत्तरी, कार्तिक २३ गते ।  मौसम परिवर्तनसँगै महोत्तरी लगायत मधेशका विभिन्न क्षेत्रमा रुघाखोकी, सर्..

3 दिन पहिले

माओवादी केन्द्रले मधेश प्रदेश संसदीय दलको नेतामा भरत प्..

महोत्तरी, कात्तिक १७ गते ।नेकपा (माओवादी केन्द्र)ले मधेश प्रदेश सभामा आफ्नो संसदीय दलको नेताको जिम्मेवारी फेरि ए..

9 दिन पहिले

बजारको फोहोरको आलोचना भएपछी महतो खुलासा गरे वास्तविक कु..

महोत्तरी, कार्तिक ९ गते ।महोत्तरीको गौशाला बजार फोहोर भएपछी जनसमुदायले गरेको आलोचनालाइ चिर्दै देव नारायण महतो..

17 दिन पहिले

छठ मनाउँदा मौसमको ख्याल गर्न अनुरोध

महोत्तरी, कार्तिक ८ गते । हिन्दू धर्मावलम्बीहरूको महान पर्व छठको अवसरमा मौसमविद्हरूले स्वास्थ्य र सुरक्षाप्रत..

17 दिन पहिले

महोत्तरीमा प्रदेशस्तरीय भलिवल प्रतियोगिता हुँदै

ममता शर्मामहोत्तरी, कार्तिक ६ गते । महोत्तरीको गौशालामा प्रदेशस्तरीय तेस्रो मुन्नी मिश्री स्मृति भलिवल प्रति..

20 दिन पहिले

देउसी भैलो खेल्दा स्वास्थ्य र अनुशासनमा ध्यान दिन सुझाव

निरञ्जन कुमार साह महोत्तरी, कार्तिक ५ गते । नेपालीहरुको मौलिक पर्व तिहारमा देशभर देउसी भैलोको रौनकता छाएको छ । दे..

21 दिन पहिले