गौशालामा रहेको वि.के. हेल्थ केयरको लापरवाही ,सम्बन्धित निकाय मौन
निरन्जन कुमार साह
महोत्तरीको गौशाला नगरपालिका स्थित रहेको वि.के हेल्थ केयर हस्पिटल प्रा.लि. ले लापरवाही गरेको पाइएको छ । गौशाला नगरपालिकाको नगर कार्यपालिकाको करिब सय मिटरको दुरीमा रहेको वि.के हेल्थ केयर हस्पिटल प्रा.लि. ले पैसा कमाउने लोभमा गर्न नहुने कार्य गरेको पाइएको छ । सामाजिक संजाल द्वारा आफ्नो विज्ञापनमा प्रचार प्रसार गर्दै २४ औ घण्टा अपरेसन सहितको प्रसुती सेवा र पाठेघरको जटिल शल्यक्रिया सेवा जस्ता कार्य गर्ने गरेको उल्लेख गरिएको छ । विगत केहि दिनदेखि पेट चिरेर बच्चा निकाल्ने काम अर्थात शल्यक्रिया द्वारा बच्चा निकाल्ने काम हस्पिटलले गरेको छ । जबकी शल्यक्रिया गर्नको लागि :
- कम्तिमा १५-२५ शैयाको हस्पिटल हुनुपर्ने ,
- शल्यक्रिया प्रदान गर्ने कक्षमा प्रति शैया कम्तिमा एकजना शल्य चिकित्सक ,एकजना एनेस्थेटिक्स ,एकजना इन्चार्ज ,एकजना शल्यक्रिया सहायक र एकजना नर्स हुनुपर्ने,
- आइसीयु ,एनआइसीयु ,सिसियु आदिमा प्रति शैयामा एकजना स्टाफ नर्स व्यवस्था हुनु पर्ने,
- प्रसुती कक्षका लेवर बेडमा Skill Birth Attendants तालिम प्राप्त नर्स हुनुपर्ने ,
- ब्लड बैंक हुनुपर्ने ।
लगायत अन्य सेवाहरुको भएको हस्पिटल र मान्यताप्राप्त हस्पिटलले मात्र शल्यक्रिया गर्न पाउने व्यवस्था रहेको छ । तर वि.के.हेल्थ केयरमा शल्यक्रिया गर्ने सुबिधा नरहेको र नगरपालिकाको अनुमतिबिना नै अपरेसन जस्ता जटिल कार्य गरिरहेका छन् ।केहि दिन अघि ४ अपरेसन सफलतापुर्वक गरेको वि.के हेल्थ केयरको सामाजिक संजालमा उल्लेख रहेको छ । हस्पिटलका संचालक विरेन्द्र कुमार महतोका अनुसार गौशाला नगरपालिकाको कार्यालयमा अनुमतिको लागि माग गरे पनि सुनुवाई नभए पछी आफ्नै स्वेच्छाले अपरेसन कार्य संचालन गरिएको उनले बताएका छन् ।

गौशाला नगरपालिकाका जनस्वास्थ्य निरीक्षक मनोज कुमार सिंहका अनुसार गौशाला नगरपालिकामा कार्य विधि बन्ने क्रममा रहेको छ । जसले गर्दा इजाजत दिन नसकेको उनले बताए । बिना अनुमति यस्तो जटिल कार्य गरि जीवनसंग खेलवाड गर्ने अधिकार कसले दियो भन्ने सन्दर्भमा छिटै नै कारवाहीको प्रक्रिया अगाडी बढाइने उनले बताए । नगरपालिका अन्तर्गत रहेको क्लिनिक ,हस्पिटललाइ नीतिनियम अनुसार संचालन गर्न लगाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..
गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..
6 दिन पहिले
असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..
रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..
17 दिन पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
24 दिन पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
28 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिरà..
1 महीना पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ à¤..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
1 महीना पहिले
जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..
गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा म..
कमेन्ट गर्नुहोस्
view comments