महिला हिंसा अन्त्य गर्न स्वयम् आफ्नै सोच हिंसामुक्त गर्नु आवश्यक : आशा लामा
ममता शर्मा ।
महोत्तरीको गौशाला नगरपालिकाका उपप्रमुख आशा लामाले हिँसा अन्त्य गर्नको लागि आफ्नो सोचमा परिवर्तन गर्नुपर्ने बताउनुभएको छ । उहाँले आफ्नो व्यक्तिगत स्तरबाट नै सुरुवात गरे मात्र परिवार ,समाज र राष्ट्रमा हिंसा अन्त्य हुने बताउनुभएको छ । गौशाला नगरपालिका वडा न.२ निगौल स्थित रहेको निगौल मा.वि. मा नगरपालिकाद्वारा आयोजित लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत १२ औ दिनको कार्यक्रममा उहाँले यस्तो बताउनु भएको हो । उहाँले भन्नु भयो ,"महिला भएकै कारण हुने विभेदका परिणाम स्वरुप महिलामाथि हुने हिंसाले निरन्तरता पाएको छ ,यसको अन्त्य गर्न महिलाले आफ्नो स्वपहिचानका साथ समाजका गतिविधिमा अगाडी बढ्नुपर्छ ।"

स्थानीय सरकारले मात्र नभएर यसमा समाजका व्यक्तिहरुले स्वयम् आफैमा हिंसा नहुने तथा गर्न नदिने अडान लिई प्रतिबद्ध भएमा मात्र यसको उन्मुलन गर्न सकिनेमा उहाँले जोड दिनु भएको छ ।
सोमबार विद्यालयको प्रांगणमा गौशाला नगरपालिका वडा न.२ को अध्यक्ष शेष सलामको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा उपप्रमुख आशा लामा ,नगरपालिका सामाजिक सुरक्षा विकास शाखा प्रमुख अस्मिता शर्मा ,न्यायिक समितिका कर्मचारी प्रकाश महरा ,विद्यालयका प्रधानाध्यापक ,शिक्षक विनय सिंह लगायत विभिन्न शिक्षक शिक्षिका तथा विद्यार्थीहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा लैङ्गिक हिंसा अभियान सफल गर्नको विद्यालय स्तरबाट विद्यार्थीहरुमा चेतना विकास हुनुपर्ने अधिकांश वक्ताहरुले जोड दिएका छन् ।
हिंसा जानेर वा नजानेर पनि समाज तथा परिवारमा हुदै आइरहेको बताउदै विद्यालयका शिक्षक विनय सिंहले हिंसालाइ सम्झौताको रुपमा नलिएर त्यसको विरुद्धमा आवाज स्वत उठाउनुपर्नेमा जोड दिनुभएको छ ।

साक्षरताको प्रभावले मात्र महिला हिंसा मुक्त हुन सक्छ र यसको बारेमा बुझेर सम्बन्धित ठाउँमा आफ्नो आवाज बुलन्द गर्न सकेमा हिंसाको स्वरूप समाजबाट र परिवारबाट कम गर्न सकिने उहाँले बताउनु भएको छ ।
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको १२ औ दिनको कार्यक्रम सोहि दिन गौशाला नगरपालिका वडा न.३ नवराजपुर स्थित पनि नगरपालिकाद्वारा संचालन गरिएको थियो जसमा समाजका महिलाहरुको बिशेष सहभागिता रहेको थियो ।
गौशाला नगर प्रहरी पक्राउको विरोधमा भंगहा नगरपालिकाका क..
गौशाला, असार १९ । महोत्तरीको गौशाला नगरपालिकामा नियमित ड्युटीमा खटिएका आठ जना नगर प्रहरीलाई नेपाल प्रहरीले नियन..
6 दिन पहिले
गौशाला नगरपालिकाका कर्मचारीद्वारा नगर प्रहरीमाथिको दु..
महोत्तरी, असार १९ गते । महोत्तरीको गौशाला नगरपालिकाका कर्मचारीहरूले नगर प्रहरीमाथि भएको दुर्व्यवहारको विर..
6 दिन पहिले
सम्सी गाउँपालिकाद्वारा ७१ करोड ६७ लाख ९५ हजार रुपैयाँको ..
गौशाला, असार ९ गते । महोत्तरीको सम्सी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ७१ करोड ६७ लाख ९५ हजार रुपैय..
16 दिन पहिले
रामगोपालपुर नगरपालिकाको १४औँ नगरसभा सम्पन्न, करिब ५० कर..
महोत्तरी, असार ८ गते । महोत्तरीको रामगोपालपुर नगरपालिकाले १४औँ नगरसभा सम्पन्न गर्दै आर्थिक वर्ष २०८३/८४ का लाग..
17 दिन पहिले
संसदीय समितलाई प्रभावकारी बनाउन जनता र सरोकारवालाको भू..
काठमाडौँ, जेठ २५ गते । संसदको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति डा ओजस्वी शेरचनले समितिको काम का..
1 महीना पहिले
गौशाला नगर प्रहरी पक्राउको विरोधमा भंगहा नगरपालिकाका क..
गौशाला, असार १९ । महोत्तरीको गौशाला नगरपालिकामा नियमित ड्युटीमा खटिएका आठ जना नगर प्रहरीलाई नेपाल प्रहरीले नियन..
6 दिन पहिले
सम्सी गाउँपालिकाद्वारा ७१ करोड ६७ लाख ९५ हजार रुपैयाँको ..
गौशाला, असार ९ गते । महोत्तरीको सम्सी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ७१ करोड ६७ लाख ९५ हजार रुपैय..
16 दिन पहिले
संसदीय समितलाई प्रभावकारी बनाउन जनता र सरोकारवालाको भू..
काठमाडौँ, जेठ २५ गते । संसदको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति डा ओजस्वी शेरचनले समितिको काम का..
1 महीना पहिले
भानुभक्त स्कुलले ल्यायो एसईई परीक्षा २०८२ मा उत्कृष्ट न..
महोत्तरी, बैशाख २९ गते । महोत्तरी जिल्लाको गौशाला नगरपालिका–१ रामनगरस्थित भानुभक्त मेमोरियल सेकेन्डरी इङ्ग..
2 महीना पहिले
गौशाला बजार व्यवस्थापनमा विवाद, वडा अध्यक्षकै नेतृत्वम..
गौशाला, चैत्र २१ गते । महोत्तरीको प्रमुख व्यापारिक केन्द्र गौशाला बजारमा बजार व्यवस्थापनका क्रममा विवाद चर्क..
3 महीना पहिले
रौतहटको रिसोर्टमा नक्कली सुन कारोबार पर्दाफास, चार जना प..
रौतहट, चैत्र ११ — रौतहटको चन्द्रनिगाहपुरस्थित एक रिसोर्टमा नक्कली सुन कारोबार भइरहेको सूचना पाएपछि प्रहरीले छ..
4 महीना पहिले
गौशाला नगरपालिकाका कर्मचारीद्वारा नगर प्रहरीमाथिको दु..
महोत्तरी, असार १९ गते । महोत्तरीको गौशाला नगरपालिका..
गौशाला नगर प्रहरी पक्राउको विरोधमा भंगहा नगरपालिकाका क..
गौशाला, असार १९ । महोत्तरीको गौशाला नगरपालिकामा नियमित ड..
कमेन्ट गर्नुहोस्
view comments