महिला हिंसा अन्त्य गर्न स्वयम् आफ्नै सोच हिंसामुक्त गर्नु आवश्यक : आशा लामा

4 वर्ष पहिले प्रकाशित

(2078-08-20 B.S.)

3336 पटक देखिएको

ममता शर्मा ।

महोत्तरीको गौशाला नगरपालिकाका उपप्रमुख आशा लामाले हिँसा अन्त्य गर्नको लागि आफ्नो सोचमा परिवर्तन गर्नुपर्ने बताउनुभएको छ  उहाँले आफ्नो व्यक्तिगत स्तरबाट नै सुरुवात गरे मात्र परिवार ,समाज र राष्ट्रमा हिंसा अन्त्य हुने बताउनुभएको छ  गौशाला नगरपालिका वडा न.२ निगौल स्थित रहेको  निगौल मा.वि. मा नगरपालिकाद्वारा आयोजित लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत १२ औ दिनको कार्यक्रममा उहाँले यस्तो बताउनु भएको हो  उहाँले भन्नु भयो ,"महिला भएकै कारण हुने विभेदका परिणाम स्वरुप महिलामाथि हुने हिंसाले निरन्तरता पाएको छ ,यसको अन्त्य गर्न महिलाले आफ्नो स्वपहिचानका साथ समाजका गतिविधिमा अगाडी बढ्नुपर्छ ।"

स्थानीय सरकारले मात्र नभएर यसमा समाजका व्यक्तिहरुले स्वयम् आफैमा हिंसा नहुने तथा गर्न नदिने अडान लिई प्रतिबद्ध भएमा मात्र यसको उन्मुलन गर्न सकिनेमा उहाँले जोड दिनु भएको छ 

सोमबार विद्यालयको प्रांगणमा गौशाला नगरपालिका वडा न.२ को अध्यक्ष शेष सलामको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा उपप्रमुख आशा लामा ,नगरपालिका सामाजिक सुरक्षा विकास शाखा प्रमुख अस्मिता शर्मा ,न्यायिक समितिका कर्मचारी प्रकाश महरा ,विद्यालयका प्रधानाध्यापक ,शिक्षक विनय सिंह लगायत विभिन्न शिक्षक शिक्षिका तथा विद्यार्थीहरुको सहभागिता रहेको थियो 

कार्यक्रममा लैङ्गिक हिंसा अभियान सफल गर्नको विद्यालय स्तरबाट विद्यार्थीहरुमा चेतना विकास हुनुपर्ने अधिकांश वक्ताहरुले जोड दिएका छन्  

हिंसा जानेर वा नजानेर पनि समाज तथा परिवारमा हुदै आइरहेको बताउदै विद्यालयका शिक्षक विनय सिंहले हिंसालाइ सम्झौताको रुपमा नलिएर त्यसको विरुद्धमा आवाज स्वत उठाउनुपर्नेमा जोड दिनुभएको छ 

साक्षरताको प्रभावले मात्र महिला हिंसा मुक्त हुन सक्छ र यसको बारेमा बुझेर सम्बन्धित ठाउँमा आफ्नो आवाज बुलन्द गर्न सकेमा हिंसाको स्वरूप समाजबाट र परिवारबाट कम गर्न सकिने उहाँले बताउनु भएको छ 

लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको १२ औ दिनको कार्यक्रम सोहि दिन गौशाला नगरपालिका वडा न.३ नवराजपुर स्थित पनि नगरपालिकाद्वारा संचालन गरिएको थियो  जसमा समाजका महिलाहरुको बिशेष सहभागिता रहेको थियो 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मौसम परिवर्तनसँगै स्वास्थ्य जोखिम बढ्दो, सचेत रहन डा. जा..

ममता शर्मा महोत्तरी, कार्तिक २३ गते ।  मौसम परिवर्तनसँगै महोत्तरी लगायत मधेशका विभिन्न क्षेत्रमा रुघाखोकी, सर्..

3 दिन पहिले

माओवादी केन्द्रले मधेश प्रदेश संसदीय दलको नेतामा भरत प्..

महोत्तरी, कात्तिक १७ गते ।नेकपा (माओवादी केन्द्र)ले मधेश प्रदेश सभामा आफ्नो संसदीय दलको नेताको जिम्मेवारी फेरि ए..

9 दिन पहिले

आयोजककै कब्जामा मुन्नी मिश्री भलिबलको उपाधि

  महोत्तरी, कार्तिक ९ गते । गौशालाको कान्तिबजारमा सम्पन्न तेश्रो मुन्नी मिश्री भलिबलको उपाधि आयोजकले सुरक्ष..

17 दिन पहिले

बजारको फोहोरको आलोचना भएपछी महतो खुलासा गरे वास्तविक कु..

महोत्तरी, कार्तिक ९ गते ।महोत्तरीको गौशाला बजार फोहोर भएपछी जनसमुदायले गरेको आलोचनालाइ चिर्दै देव नारायण महतो..

17 दिन पहिले

छठ मनाउँदा मौसमको ख्याल गर्न अनुरोध

महोत्तरी, कार्तिक ८ गते । हिन्दू धर्मावलम्बीहरूको महान पर्व छठको अवसरमा मौसमविद्हरूले स्वास्थ्य र सुरक्षाप्रत..

17 दिन पहिले

मौसम परिवर्तनसँगै स्वास्थ्य जोखिम बढ्दो, सचेत रहन डा. जा..

ममता शर्मा महोत्तरी, कार्तिक २३ गते ।  मौसम परिवर्तनसँगै महोत्तरी लगायत मधेशका विभिन्न क्षेत्रमा रुघाखोकी, सर्..

3 दिन पहिले

माओवादी केन्द्रले मधेश प्रदेश संसदीय दलको नेतामा भरत प्..

महोत्तरी, कात्तिक १७ गते ।नेकपा (माओवादी केन्द्र)ले मधेश प्रदेश सभामा आफ्नो संसदीय दलको नेताको जिम्मेवारी फेरि ए..

9 दिन पहिले

बजारको फोहोरको आलोचना भएपछी महतो खुलासा गरे वास्तविक कु..

महोत्तरी, कार्तिक ९ गते ।महोत्तरीको गौशाला बजार फोहोर भएपछी जनसमुदायले गरेको आलोचनालाइ चिर्दै देव नारायण महतो..

17 दिन पहिले

छठ मनाउँदा मौसमको ख्याल गर्न अनुरोध

महोत्तरी, कार्तिक ८ गते । हिन्दू धर्मावलम्बीहरूको महान पर्व छठको अवसरमा मौसमविद्हरूले स्वास्थ्य र सुरक्षाप्रत..

17 दिन पहिले

महोत्तरीमा प्रदेशस्तरीय भलिवल प्रतियोगिता हुँदै

ममता शर्मामहोत्तरी, कार्तिक ६ गते । महोत्तरीको गौशालामा प्रदेशस्तरीय तेस्रो मुन्नी मिश्री स्मृति भलिवल प्रति..

20 दिन पहिले

देउसी भैलो खेल्दा स्वास्थ्य र अनुशासनमा ध्यान दिन सुझाव

निरञ्जन कुमार साह महोत्तरी, कार्तिक ५ गते । नेपालीहरुको मौलिक पर्व तिहारमा देशभर देउसी भैलोको रौनकता छाएको छ । दे..

21 दिन पहिले