ट्राफिक सचेतना अभियान २०७८ बर्दिबासमा सम्पन्न

4 वर्ष पहिले प्रकाशित

(2078-08-27 B.S.)

2748 पटक देखिएको

ममता शर्मा 

महोत्तरीको बर्दिबास नगरपालिकाको बर्दिबास चौक स्थित ट्राफिक सचेतना अभियान २०७८ बर्दिबासमा सम्पन्न  भएको छ  कार्यक्रम  तपाइको सुरक्षित यात्रा हाम्रो चाहना नारा सहित सवारी दुर्घटना न्यूनीकरणको लागि अभियान सप्ताह रुपमा संचालन गरिएको हो   ट्राफिक नियमको पालना गरौ ,अति बेगमा सवारी साधन नचलाऔ ,सभ्य नागरिकको परिचय दिउ लगायतको प्लेकार्ड सहित ट्राफिक प्रहरीहरुले  बर्दिबास चोकको परिक्रमा गर्दै प्रभात फेरी गरेका थिए 

महोत्तरी जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक दिनेश आचार्यको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा प्रमुख अतिथि प्रदेश सभा सदस्य माननीय शारदादेवी थापा ,प्रमुख जिल्ला अधिकारि बासुदेव दाहाल ,बर्दिबासका नगर प्रमुख बिदुर कार्की ,वडा न.३ का वडा अध्यक्ष राजन प्रसाद ढुंगाना ,नेकपा माओवादी केन्द्र प्रदेश कमिटि सदस्य तथा प्रदेश न. २ वाइसियल इन्चार्ज शंकर महतो ,होटल तथा पर्यटन व्यवसायी संघ महोत्तरीका अध्यक्ष सुदिप कार्की लगायत विभिन्न प्रहरीहरुको सहभागिता रहेको थियो 

२०७७ /०७८ मा सवारी दुर्घटनाको संख्या ५०५ ,मृत्यु संख्या ६३ ,घाइते ५१६ ,कारवाहीमा २२३६५ जना परेको  र २०७८/०७९ मा नुयिनिकरण भएर हालसम्म १७२ सवारी दुर्घटना ,मृत्यु १६ , घाइते १८२ ,कारवाहीमा १०१४५ जना परेको कार्यक्रम संचालकले जानकारी दिएका छन्  ।  त्यस्तै आर्थिक वर्ष २०७८ /०७८ कारवाहीबाट १६१९४००० राजस्व संकलन भएको र २०७८/७९ रु.८०८९५०० संकलन भएको बताएका छन्   

कार्यक्रममा नगरका अध्यक्ष बिदुर कार्कीले आफ्ना मन्तव्य राख्दै भने ,” ट्राफिकले गरेका कामहरु सुन्दर र व्यवस्थित रहेको छ  सडक सुरक्षाको दायित्व प्रहरीको मात्र नभएर सबैको हो उनले विभिन्न सामाजिक कारणले सडक दुर्घटना  हुने गरेको बताउदै यो अभियान सिंगो राज्यको बने मात्र सार्थक हुने बताएका छन्

त्यस्तै नेपाल स्वरोजगार अटो यातायात व्यवसायी संघका अध्यक्ष हर्क विश्वकर्माले सर्वसाधारणको लापरवाही ,यन्त्रको गडबडी ,सडकको अवस्था ,प्रहरीको जिम्मेवारी जस्ता कुराले गर्दा सडक दुर्घटना हुने भएकोले सवारीसाधनको प्रयोग सबैले जिम्मेवारीपुर्वक गर्नुपर्नेमा जोड दिएका छन्  उनले प्रदेश न.२ मा यसको कारणले सबभन्दा बढी राजस्व कर संकलन हुने बताएका छन् 

नेकपा माओवादी केन्द्र प्रदेश कमिटि सदस्य तथा प्रदेश न. २ वाइसियल इन्चार्ज शंकर महतोले विद्यालयमा यस्ता कार्यक्रमको आवश्यकता रहेको बताउदै यो आधुनिक युगमा पनि सडक दुर्घटना हुनु आफ्नै अकालमा मृत्यु हुनु संकेत हो यो समस्या ट्राफिक प्रहरीले मात्र कन्ट्रोल गर्न नसक्ने बताएका छन् 

त्यस्तै बर्दिबास नगरपालिका वडा न.३ का वडा अध्यक्ष राजन प्रसाद ढुंगानाले सवारी चाप र जनघनत्वको बिकास भइरहेको बताउदै यसलाई न्यूनीकरण गर्न राज्यको तर्फबाट शसक्त ढंगले कार्य गर्ने ,सम्सी नाकामा कडाइ गर्ने ,अभिभावक सचेतनामा जोड दिनुपर्ने बताएका छन् 

त्यसैगरी महोत्तरीका प्रमुख जिल्ला अधिकारि बासुदेव दाहालले दुर्घटनाको स्थिति कहाली लाग्दो बताउदै नियमको पालना गरेर सबैले आफ्नो आफ्नो ठाउबाट योगदान पुर्याउनु पर्ने बताएका छन् । उनले सबैले आफ्नो कर्तव्य बुझेमा दुर्घटनामा कमी आउँने बताएका छन् । उनले यस्ता नियमका कुराहरु भाषण गरेर मात्र लागु नहुने भएकोले यसलाई व्यवहारमा उतार्नु जरुरि भएको बताएका छन् । साथै उनले २० %लागु औषधका कैदीबन्दी कारागारमा भएको पनि जानकारी गराएका छन्

प्रमुख अतिथि माननीय शारदा देवी थापाले प्रहरीले बहन गर्ने गरेको जोखिम र समाजमा खेलेको भूमिका सराहनीय र सम्मानजनक भएको बताउनु भएको छ उहाँले सर्वसाधारणको गैर जिम्मेवारीपूर्ण व्यवहारमा प्रहरीले आफ्नो कर्तव्य पुरा गरेको बताउनु भएको छ  उहाँले आफ्नै  ड्राइभरले समेत ट्राफिक नियम पालना नगरेको बताउदै सबै  सवारी चालकमा नैतिकता देखिनुपर्नेमा जोड दिनु भएको छ  साथै उहाँले २० वर्ष भन्दा अगाडिको बिहे ,मृत्युपछिको भोज र ३३ %महिलाको सहभागिता नभएको कार्यक्रम संचालन नहोस भनेर कार्यक्रममा सुझाब समेत दिनुभएको थियो 

कार्यक्रमको समापन गर्दै जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक दिनेश आचार्यले ट्राफिक नियमको पालना सबैले गर्नुपर्ने नगरेमा आफ्नै ज्यान जोखिममा पर्ने बताएका छन् 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सोनमाका स्कुलमा पुगे एसियाका उत्कृष्ठ प्रध्यानाध्यापक ..

महोत्तरी, भदौं १६ गते  महोत्तरीको सोनामा गाउँपालिका–२ स्थित श्री सरस्वती जनता माध्यमिक विद्यालयमा आइतवार एस..

9 दिन पहिले

गौशालामा निजी विद्यालयले स्कुल बस र्याली निकाल्यो

महोत्तरी, भदौं १६ गते  सरकारले ल्याउन लागेको संघीय शिक्षा ऐनको विरोधमा सोमवार गौशाला बजारमा निजी विद्यालयहरुल..

9 दिन पहिले

काठमाडौँमा उखु किसानको आन्दोलन, अनुदान भुक्तानीको माग

काठमाडौँ, भदौ १३ । गत आर्थिक वर्षको उखुको अनुदान भुक्तानी माग गर्दै उखु किसानहरुले राजधानी केन्द्रित आन्दोलन सु..

12 दिन पहिले

नाई–ठाकुर समुदायका विद्यार्थीहरूको भव्य सम्मान समारोह ..

काठमाडौँ । नाई–ठाकुर समुदायका विद्यार्थीहरूको शैक्षिक उपलब्धिलाई सम्मान गर्ने उद्देश्यले स्वतन्त्र नाई संघ (..

14 दिन पहिले

गौर घटनाको षड्यन्त्रपूर्ण निर्णय विरुद्ध गौशालामा जसपा..

महोत्तरी, भदौं ८ गते । महोत्तरीको गौशालामा गौर घटनाको षड्यन्त्रपूर्ण निर्णय विरुद्ध जनता समाजवादी पार्टी जसप..

17 दिन पहिले

सोनमाका स्कुलमा पुगे एसियाका उत्कृष्ठ प्रध्यानाध्यापक ..

महोत्तरी, भदौं १६ गते  महोत्तरीको सोनामा गाउँपालिका–२ स्थित श्री सरस्वती जनता माध्यमिक विद्यालयमा आइतवार एस..

9 दिन पहिले

गौशालामा निजी विद्यालयले स्कुल बस र्याली निकाल्यो

महोत्तरी, भदौं १६ गते  सरकारले ल्याउन लागेको संघीय शिक्षा ऐनको विरोधमा सोमवार गौशाला बजारमा निजी विद्यालयहरुल..

9 दिन पहिले

काठमाडौँमा उखु किसानको आन्दोलन, अनुदान भुक्तानीको माग

काठमाडौँ, भदौ १३ । गत आर्थिक वर्षको उखुको अनुदान भुक्तानी माग गर्दै उखु किसानहरुले राजधानी केन्द्रित आन्दोलन सु..

12 दिन पहिले

नाई–ठाकुर समुदायका विद्यार्थीहरूको भव्य सम्मान समारोह ..

काठमाडौँ । नाई–ठाकुर समुदायका विद्यार्थीहरूको शैक्षिक उपलब्धिलाई सम्मान गर्ने उद्देश्यले स्वतन्त्र नाई संघ (..

14 दिन पहिले

गौर घटनाको षड्यन्त्रपूर्ण निर्णय विरुद्ध गौशालामा जसपा..

महोत्तरी, भदौं ८ गते । महोत्तरीको गौशालामा गौर घटनाको षड्यन्त्रपूर्ण निर्णय विरुद्ध जनता समाजवादी पार्टी जसप..

17 दिन पहिले

उखुको अनुदान भुक्तानीको माग गर्दै उखु किसानहरु आन्दोलि..

महोत्तरी, भदौं ८ गते । गत आर्थिक बर्षको उखुको अनुदान भुक्तानीको माग गर्दै उखु किसानहरुले काठमाडौं केन्द्रीत आ..

17 दिन पहिले