हिन्दू परिषद नेपालको राष्ट्रिय सम्मेलन एवं प्रशिक्षण कार्यक्रम सुरु
वीरगंज, ९ पुस
उपेन्द्र पासवान
हिन्दू परिषद नेपालले वीरगंजमा दुई दिने राष्ट्रिय सम्मेलन एवं प्रशिक्षण कार्यक्रमको शुभारम्भ गरेको छ । परिषदले शुक्रवार देखि सोल्टी गार्डेन होटल एण्ड पार्टी प्यालेशमा एक भव्य समारोहका बिच भारतका मधुमुनि गुरु, नेपालका धर्मपाल गुरु, संयुक्त जनआन्दोलन मोर्चाका अध्यक्ष तारानाथ लुईटेल, बरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारी, पूर्व डिआईजी कृष्णभत्त ब्रह्मचार्यले संयुक्त रुपमा पानसमा बत्ति बाली र गमलामा पानी हाली कार्यक्रमको उद्घाटन गर्नु भएको थियो ।
उद्घाटन शत्रमा सम्बोधन गर्दै अतिथिहरुले नेपाललाई विदेशीको ईसारामा धर्मनिरपेक्ष घोषणा गरिए पनि अब नेपाल छिटै हिन्दू राष्ट्र घोषणा हुने विश्वास व्यक्त गरेका थिए । नेपालमा ८२ प्रतिशत ओमकार हिन्दू समुदाय रहे पनि विदेशीको लोभमा परि केही राजनीतिकदलका नेताहरुले धर्मनिरपेक्ष घोषणा गराएका हुन् ।
अब सम्पूर्ण नेपालीहरु एकजुट भई नेपाललाई हिन्दू राष्ट्र बनाउनु पर्नेमा जोड दिएका थिए । नेपाल धर्मनिरपेक्ष घोषणा भए देखि नै हिन्दू धर्ममाथि बारम्बार आक्रमण भईरहेकोले अब सम्पूर्ण हिन्दूहरु एकजुट भएर कडा संघर्ष गर्नुपर्नेमा वक्ताहरुले जोड दिएका थिए ।
नेपालीहरुको पहिचान स्थापित गराउनका लागि पनि नेपाललाई हिन्दू राष्ट्र घोषणा गर्नु पर्नेमा जोड दिदै हिन्दूहरुलाई बलजफ्ती अन्य धर्ममा रुपान्तरण गर्न केही दलालहरु लागेकोले त्यस्ता दलालहरुलाई समयमै अगाह गर्न आग्रह गरेका थिए ।
क्रिश्यचन, मुस्लिम धर्मका केही व्यक्तिहरुले नेपालमा रहेका गरिब, असहाय परिवारलाई पैसाको लोभ देखाई धर्म परिवर्तन गराउन दिनरात प्रयास गरिरहे पनि त्यस्ता कुतत्वहरुलाई समाजबाट बहिस्कार तथा सरकारले पनि त्यस्ता व्यक्तिहरुलाई कडा भन्दा कडा कारवाही गर्नु पर्नेमा जोड दिएका थिए । उदघाटन कार्यक्रम पश्चात बेलुका ५ बजे देखि ८ बजे सम्म धार्मिक सांस्कृतिक कार्यक्रम हुने जनाईएको छ ।
त्यसैगरी भोली १० गते बिहान देखि प्रशिक्षण तथा हिन्दू धर्म संस्कृतिमाथि योग्दान पुर्याएका व्यक्तिहरुलाई सम्मान गरिने जनाईएको छ । परिषद्का राष्ट्रिय अध्यक्ष संतोष पटेलको अध्यक्षतामा भएको उदघाटन शत्रमा बुटवलका वरिष्ठ समाजसेवी एवं उद्योगी मनोज मित्तल, वरिष्ठ समाजसेवी जगरनाथ प्रसाद कुर्मी, ज्येष्ठ नागरिक समाज पर्साका सचिव नरेन्द्र तिवारी, सावित्रि माता, आरती माता, कालि माता, सुनसरीका दिपक महराज आतरे, सनातन संस्कृति समाजका महासचिव पुष्पराज पराजुली, समाजिक अभियनता अगनी भुसाल, ब्रह्मकुमार गोकुल, केन्द्रिय कोषाध्यक्ष संजय सर्राफ, केन्द्रिय सदस्य रमेश रौनियार, सुरेश साह कानु, लालबाबु प्रसाद कुर्मी, विनोद प्रसाद कुर्मी, चित्रञ्जन श्रीवास्तव, पिंकी महासेठ, अरुण झा, सुनिता रौनियार, सजना खतिवडा, पर्सा जिल्ला अध्यक्ष हरेन्द्र पटेल, बारा जिल्ला अध्यक्ष गोपाल बाबा, जनकपुर जिल्ला अध्यक्ष सत्रुध्न साह, रौतहट जिल्ला उपाध्यक्ष रंजित पटेल लगायत बारा, पर्सा जिल्लाका नगर कमिटि, वडा कमिटिका पदाधिकारी तथा सदस्यहरुको सहभागीता रहेको थियो ।
सो कार्यक्रममा देशका ७२ जिल्लाबाट करिब ५ सयको सहभागीता रहेको थियो । परिषद्का केन्द्रिय उपाध्यक्ष बिजय गुप्ताले स्वागत गर्नु भएको कार्यक्रमको सञ्चालन कृष्ण कान्त झाले गरेका थिए । कार्यक्रममा पंडित सचितानन्द दुबेले स्वस्तिक वाचन गरेका थिए ।
कार्यक्रममा भारत एवं नेपालका विभिन्न धर्मगुरु, पुजारी, हिन्दूवादी अगुवाहरू डा. चिन्तामणी योगी, डा. सुरेन्द्र भण्डारी, धर्मपाल गुरु, डा. दिपक शाक्य, प्रोफेसर बासु कर्ण, अरबिन्द श्रेष्ठ लगायतकाले प्रशिक्षण दिनु हुने जनाईएको छ ।
गौशाला नगर प्रहरी पक्राउको विरोधमा भंगहा नगरपालिकाका क..
गौशाला, असार १९ । महोत्तरीको गौशाला नगरपालिकामा नियमित ड्युटीमा खटिएका आठ जना नगर प्रहरीलाई नेपाल प्रहरीले नियन..
6 दिन पहिले
गौशाला नगरपालिकाका कर्मचारीद्वारा नगर प्रहरीमाथिको दु..
महोत्तरी, असार १९ गते । महोत्तरीको गौशाला नगरपालिकाका कर्मचारीहरूले नगर प्रहरीमाथि भएको दुर्व्यवहारको विर..
6 दिन पहिले
सम्सी गाउँपालिकाद्वारा ७१ करोड ६७ लाख ९५ हजार रुपैयाँको ..
गौशाला, असार ९ गते । महोत्तरीको सम्सी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ७१ करोड ६७ लाख ९५ हजार रुपैय..
16 दिन पहिले
रामगोपालपुर नगरपालिकाको १४औँ नगरसभा सम्पन्न, करिब ५० कर..
महोत्तरी, असार ८ गते । महोत्तरीको रामगोपालपुर नगरपालिकाले १४औँ नगरसभा सम्पन्न गर्दै आर्थिक वर्ष २०८३/८४ का लाग..
17 दिन पहिले
संसदीय समितलाई प्रभावकारी बनाउन जनता र सरोकारवालाको भू..
काठमाडौँ, जेठ २५ गते । संसदको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति डा ओजस्वी शेरचनले समितिको काम का..
1 महीना पहिले
गौशाला नगर प्रहरी पक्राउको विरोधमा भंगहा नगरपालिकाका क..
गौशाला, असार १९ । महोत्तरीको गौशाला नगरपालिकामा नियमित ड्युटीमा खटिएका आठ जना नगर प्रहरीलाई नेपाल प्रहरीले नियन..
6 दिन पहिले
सम्सी गाउँपालिकाद्वारा ७१ करोड ६७ लाख ९५ हजार रुपैयाँको ..
गौशाला, असार ९ गते । महोत्तरीको सम्सी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ७१ करोड ६७ लाख ९५ हजार रुपैय..
16 दिन पहिले
संसदीय समितलाई प्रभावकारी बनाउन जनता र सरोकारवालाको भू..
काठमाडौँ, जेठ २५ गते । संसदको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति डा ओजस्वी शेरचनले समितिको काम का..
1 महीना पहिले
भानुभक्त स्कुलले ल्यायो एसईई परीक्षा २०८२ मा उत्कृष्ट न..
महोत्तरी, बैशाख २९ गते । महोत्तरी जिल्लाको गौशाला नगरपालिका–१ रामनगरस्थित भानुभक्त मेमोरियल सेकेन्डरी इङ्ग..
2 महीना पहिले
गौशाला बजार व्यवस्थापनमा विवाद, वडा अध्यक्षकै नेतृत्वम..
गौशाला, चैत्र २१ गते । महोत्तरीको प्रमुख व्यापारिक केन्द्र गौशाला बजारमा बजार व्यवस्थापनका क्रममा विवाद चर्क..
3 महीना पहिले
रौतहटको रिसोर्टमा नक्कली सुन कारोबार पर्दाफास, चार जना प..
रौतहट, चैत्र ११ — रौतहटको चन्द्रनिगाहपुरस्थित एक रिसोर्टमा नक्कली सुन कारोबार भइरहेको सूचना पाएपछि प्रहरीले छ..
4 महीना पहिले
गौशाला नगरपालिकाका कर्मचारीद्वारा नगर प्रहरीमाथिको दु..
महोत्तरी, असार १९ गते । महोत्तरीको गौशाला नगरपालिका..
गौशाला नगर प्रहरी पक्राउको विरोधमा भंगहा नगरपालिकाका क..
गौशाला, असार १९ । महोत्तरीको गौशाला नगरपालिकामा नियमित ड..
कमेन्ट गर्नुहोस्
view comments