गौशालामा फुटबल प्रतियोगिता संचालन
पुष १६
निरन्जन साह
महोत्तरीको गौशाला नगरपालिका वडा न.४ स्थित रहेको बिर्ता फिल्डमा प्रदेश स्तरीय स्व. राम लखन चौधरी स्मृतिकप फुटबल प्रतियोगिता संचालन भएको छ । १० औ संस्करणको उक्त फुटबल प्रतियोगितामा माइस्थान ,महोत्तरीक पंचधुरा टिम र इश्वरपुर १० सर्लाहीका खयरा टिमबीच प्रतिस्पर्धा भएको छ ।

स्व. राम लखन चौधरीको सम्झनामा बिर्ता सपोर्ट क्लब द्वारा प्रत्येक वर्ष फुटबल प्रतियोगिता संचालन हुने गरेको छ । २०६१ सालमा अज्ञात समुहहरुद्वारा गोलि हानि हत्या भएको र २०६४ सालमा शहिद घोषणा भएका स्व.राम लखन चौधरीको सम्झनामा फुटबल प्रतियोगिता प्रत्येक वर्ष आयोजना बिर्ता क्लबले गर्ने गरेको उनले बताए । समाजमा गरिब तथा विपन्नको लागि महत्वपूर्ण योगदान पुर्याउने सफल स्व.राम लखन चौधरी एक जुधारु नेता थिए ।
बिर्ता स्पोर्ट्स क्लबका अध्यक्ष अशोक महतोको अध्यक्षतामा संचालन भएको उक्त फुटबल प्रतियोगिताको उद्घाटन कार्यक्रममा गौशाला नगरपालिका वडा न.४ का वडा अध्यक्ष रामबाबु साह ,इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक विष्णुप्रदिप बस्याल ,जसपाका केन्द्रिय सदस्य रमेश कुमार महतो ,नेकपा एमाले पार्टीका गौशाला नगर अध्यक्ष अजय कुमार महतो ,जनमत पार्टीका केन्द्रिय सदस्य विरेन्द्र महतो (जीवन त्यागि ) लगायत क्लबका सदस्यहरु ,विभिन्न खेलप्रेमी ,बुद्धिजीविहरु तथा जनसमुदायको उपस्थिति रहेको थियो ।
त्यस्तै कार्यक्रमका मिडिया पार्टनरमा रेडियो जुनतारा ,रेडियो गौशाला ,रेडियो रुपान्तरण ,शिरिष न्युज लगायत रहेको क्लबका अध्यक्ष अशोक महतोले जानकारी दिएका छन् ।
शुक्रबार (१६ गते ) आयोजना भएको यो फुटबल प्रतियोगिता पुष ३० गते समापन हुने र प्रथम टिमलाइ रकम रु.६० हजार र दोश्रो हुने टिमलाई रकम रु.३० हजार पुरस्कार सहित सम्मान गरिने महतोले जानकारी दिएका छन् ।
आज भएको खेलमा सहभागी भएका खयरा टिम ०-२ गोलले बिजेता भएको छ ।
मौसम परिवर्तनसँगै स्वास्थ्य जोखिम बढ्दो, सचेत रहन डा. जा..
ममता शर्मा महोत्तरी, कार्तिक २३ गते । मौसम परिवर्तनसँगै महोत्तरी लगायत मधेशका विभिन्न क्षेत्रमा रुघाखोकी, सर्..
3 दिन पहिले
माओवादी केन्द्रले मधेश प्रदेश संसदीय दलको नेतामा भरत प्..
महोत्तरी, कात्तिक १७ गते ।नेकपा (माओवादी केन्द्र)ले मधेश प्रदेश सभामा आफ्नो संसदीय दलको नेताको जिम्मेवारी फेरि ए..
9 दिन पहिले
आयोजककै कब्जामा मुन्नी मिश्री भलिबलको उपाधि
महोत्तरी, कार्तिक ९ गते । गौशालाको कान्तिबजारमा सम्पन्न तेश्रो मुन्नी मिश्री भलिबलको उपाधि आयोजकले सुरक्ष..
17 दिन पहिले
बजारको फोहोरको आलोचना भएपछी महतो खुलासा गरे वास्तविक कु..
महोत्तरी, कार्तिक ९ गते ।महोत्तरीको गौशाला बजार फोहोर भएपछी जनसमुदायले गरेको आलोचनालाइ चिर्दै देव नारायण महतो..
17 दिन पहिले
छठ मनाउँदा मौसमको ख्याल गर्न अनुरोध
महोत्तरी, कार्तिक ८ गते । हिन्दू धर्मावलम्बीहरूको महान पर्व छठको अवसरमा मौसमविद्हरूले स्वास्थ्य र सुरक्षाप्रत..
17 दिन पहिले
मौसम परिवर्तनसँगै स्वास्थ्य जोखिम बढ्दो, सचेत रहन डा. जा..
ममता शर्मा महोत्तरी, कार्तिक २३ गते । मौसम परिवर्तनसँगै महोत्तरी लगायत मधेशका विभिन्न क्षेत्रमा रुघाखोकी, सर्..
3 दिन पहिले
माओवादी केन्द्रले मधेश प्रदेश संसदीय दलको नेतामा भरत प्..
महोत्तरी, कात्तिक १७ गते ।नेकपा (माओवादी केन्द्र)ले मधेश प्रदेश सभामा आफ्नो संसदीय दलको नेताको जिम्मेवारी फेरि ए..
9 दिन पहिले
बजारको फोहोरको आलोचना भएपछी महतो खुलासा गरे वास्तविक कु..
महोत्तरी, कार्तिक ९ गते ।महोत्तरीको गौशाला बजार फोहोर भएपछी जनसमुदायले गरेको आलोचनालाइ चिर्दै देव नारायण महतो..
17 दिन पहिले
छठ मनाउँदा मौसमको ख्याल गर्न अनुरोध
महोत्तरी, कार्तिक ८ गते । हिन्दू धर्मावलम्बीहरूको महान पर्व छठको अवसरमा मौसमविद्हरूले स्वास्थ्य र सुरक्षाप्रत..
17 दिन पहिले
महोत्तरीमा प्रदेशस्तरीय भलिवल प्रतियोगिता हुँदै
ममता शर्मामहोत्तरी, कार्तिक ६ गते । महोत्तरीको गौशालामा प्रदेशस्तरीय तेस्रो मुन्नी मिश्री स्मृति भलिवल प्रति..
20 दिन पहिले
देउसी भैलो खेल्दा स्वास्थ्य र अनुशासनमा ध्यान दिन सुझाव
निरञ्जन कुमार साह महोत्तरी, कार्तिक ५ गते । नेपालीहरुको मौलिक पर्व तिहारमा देशभर देउसी भैलोको रौनकता छाएको छ । दे..
21 दिन पहिले
मौसम परिवर्तनसँगै स्वास्थ्य जोखिम बढ्दो, सचेत रहन डा. जा..
ममता शर्मा महोत्तरी, कार्तिक २३ गते । मौसम परिवर्तनसँ..

कमेन्ट गर्नुहोस्
view comments