शितलहर प्रभावितलाई सैनिक श्रीमती संघको राहत

4 वर्ष पहिले प्रकाशित

(2078-09-16 B.S.)

2411 पटक देखिएको

रञ्जन भण्डारी

महोत्तरी,१६ पौष ।

महोत्तरीमा शितलहर प्रभावित मटिहानी नगरपालिका ४ मझौरा स्थित मुसहर वस्तीका ६० परिवारलाई सैनिक श्रीमती संघ र प्रकौली स्थित रणभिम गणको तर्फबाट राहत स्वरुप खाद्यान्न तथा न्यानो छल्न कम्बल सहयोग गरिएको छ । श्री नं. ९ वाहिनीका वाहिनीपति सहायक रथी शिशिर चन्द्र केसीको विशेष उपस्थितिमा विपन्न परिवारलाई राहत वितरण गरिएको हो ।

शितलहरले अति प्रभावित वस्तीहरु महोत्तरीमा अझै भएको र सेना तथा सेना परिवारको तर्फबाट यो सानो प्रयासमात्र भएको सहायक रथी केसीले वताए । उनले नेपाली सेनाले शितलहर,वाढी,आगलागी लगायतका सवै विपदको वेला सेना सहयोगीको भुमिका निर्वाह गरिरहेकोमा महोत्तरीमा शितलहर प्रभावितकै लागि गत वर्षहरु झै चिया र दाउरा वितरण लगायतका कार्यक्रमहरुलाई समेत निरन्तरता दिने प्रतिवद्धता व्यक्त गरे ।

यता मटिहानी नगरपालिकाका नगरप्रमुख हरि प्रसाद मण्डलले आफ्नै पालिकामा अझै केहि वस्तीका दलित तथा विपन्नहरु प्रभावित रहेकोमा नगरपालिकाकै तर्फबाट र अन्य निकायहरुबाट समेत सहयोगको प्रयास भैरहेको बताए । पालिकामा अधिकांश ग्रामिण वस्ती रहेको र उक्त वस्तीहरुमा दलित तथा विपन्नहरुको संख्या अत्यधिक रहेकोमा क्रमिक रुपमा सवै प्रभावितहरुको लागि सहयोग जुटाउन आफुहरु लागि परेको बताए ।

कार्यक्रममा महोत्तरीका प्रमुख जिल्ला अधिकारी वासुदेव दाहालले समेत विपदको वेला हुनेले नहुनेलाई सहयोग गरेर एकअर्काको पुरुकको भुमिका निर्वाह गर्नु पर्ने बताए । तपाई हाम्रो सानो सहयोगले कसैको जिवन नै जोगिन सक्ने भएकोले आफ्नो स्तरबाट शितलहर प्रभावितलाई आवश्यक सहयोग गर्नु पर्ने बताए ।

उनले स्थानिय विपत व्यवस्थापन समितिले स्थानिय तहहरु तथा विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्थासंग समन्वय गरि शितलहर प्रभावितहरुलाई राहतको व्यवस्थापनको लागि प्रयास थालिसकेको थपे ।

अझै महोत्तरीका प्राय सवै स्थानिय तहका दलित वस्तीहरुमा वसोवास गरिरहेका अतिविपन्न परिवारहरु परालकै ओछ्यान र परालकै घुरा तापेर चिसो छल्नुको विकल्प छैन । परिवर्तित मौसमले प्रत्यक्ष प्रभाव पारेको वस्तीहरुमा अझै राहतको प्रतिक्षा रहेकोमा नेपाली सेना तथा स्थानिय तह र अन्य सरोकारवाला निकायले उक्त स्थानहरुमा समेत शितलहर प्रभावितहरुलाई सहयोग गर्ने अपेक्षा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मौसम परिवर्तनसँगै स्वास्थ्य जोखिम बढ्दो, सचेत रहन डा. जा..

ममता शर्मा महोत्तरी, कार्तिक २३ गते ।  मौसम परिवर्तनसँगै महोत्तरी लगायत मधेशका विभिन्न क्षेत्रमा रुघाखोकी, सर्..

3 दिन पहिले

माओवादी केन्द्रले मधेश प्रदेश संसदीय दलको नेतामा भरत प्..

महोत्तरी, कात्तिक १७ गते ।नेकपा (माओवादी केन्द्र)ले मधेश प्रदेश सभामा आफ्नो संसदीय दलको नेताको जिम्मेवारी फेरि ए..

9 दिन पहिले

आयोजककै कब्जामा मुन्नी मिश्री भलिबलको उपाधि

  महोत्तरी, कार्तिक ९ गते । गौशालाको कान्तिबजारमा सम्पन्न तेश्रो मुन्नी मिश्री भलिबलको उपाधि आयोजकले सुरक्ष..

17 दिन पहिले

बजारको फोहोरको आलोचना भएपछी महतो खुलासा गरे वास्तविक कु..

महोत्तरी, कार्तिक ९ गते ।महोत्तरीको गौशाला बजार फोहोर भएपछी जनसमुदायले गरेको आलोचनालाइ चिर्दै देव नारायण महतो..

17 दिन पहिले

छठ मनाउँदा मौसमको ख्याल गर्न अनुरोध

महोत्तरी, कार्तिक ८ गते । हिन्दू धर्मावलम्बीहरूको महान पर्व छठको अवसरमा मौसमविद्हरूले स्वास्थ्य र सुरक्षाप्रत..

17 दिन पहिले

मौसम परिवर्तनसँगै स्वास्थ्य जोखिम बढ्दो, सचेत रहन डा. जा..

ममता शर्मा महोत्तरी, कार्तिक २३ गते ।  मौसम परिवर्तनसँगै महोत्तरी लगायत मधेशका विभिन्न क्षेत्रमा रुघाखोकी, सर्..

3 दिन पहिले

माओवादी केन्द्रले मधेश प्रदेश संसदीय दलको नेतामा भरत प्..

महोत्तरी, कात्तिक १७ गते ।नेकपा (माओवादी केन्द्र)ले मधेश प्रदेश सभामा आफ्नो संसदीय दलको नेताको जिम्मेवारी फेरि ए..

9 दिन पहिले

बजारको फोहोरको आलोचना भएपछी महतो खुलासा गरे वास्तविक कु..

महोत्तरी, कार्तिक ९ गते ।महोत्तरीको गौशाला बजार फोहोर भएपछी जनसमुदायले गरेको आलोचनालाइ चिर्दै देव नारायण महतो..

17 दिन पहिले

छठ मनाउँदा मौसमको ख्याल गर्न अनुरोध

महोत्तरी, कार्तिक ८ गते । हिन्दू धर्मावलम्बीहरूको महान पर्व छठको अवसरमा मौसमविद्हरूले स्वास्थ्य र सुरक्षाप्रत..

17 दिन पहिले

महोत्तरीमा प्रदेशस्तरीय भलिवल प्रतियोगिता हुँदै

ममता शर्मामहोत्तरी, कार्तिक ६ गते । महोत्तरीको गौशालामा प्रदेशस्तरीय तेस्रो मुन्नी मिश्री स्मृति भलिवल प्रति..

20 दिन पहिले

देउसी भैलो खेल्दा स्वास्थ्य र अनुशासनमा ध्यान दिन सुझाव

निरञ्जन कुमार साह महोत्तरी, कार्तिक ५ गते । नेपालीहरुको मौलिक पर्व तिहारमा देशभर देउसी भैलोको रौनकता छाएको छ । दे..

21 दिन पहिले