शितलहर प्रभावितलाई सैनिक श्रीमती संघको राहत

5 वर्ष पहिले प्रकाशित

(2078-09-16 B.S.)

2507 पटक देखिएको

रञ्जन भण्डारी

महोत्तरी,१६ पौष ।

महोत्तरीमा शितलहर प्रभावित मटिहानी नगरपालिका ४ मझौरा स्थित मुसहर वस्तीका ६० परिवारलाई सैनिक श्रीमती संघ र प्रकौली स्थित रणभिम गणको तर्फबाट राहत स्वरुप खाद्यान्न तथा न्यानो छल्न कम्बल सहयोग गरिएको छ । श्री नं. ९ वाहिनीका वाहिनीपति सहायक रथी शिशिर चन्द्र केसीको विशेष उपस्थितिमा विपन्न परिवारलाई राहत वितरण गरिएको हो ।

शितलहरले अति प्रभावित वस्तीहरु महोत्तरीमा अझै भएको र सेना तथा सेना परिवारको तर्फबाट यो सानो प्रयासमात्र भएको सहायक रथी केसीले वताए । उनले नेपाली सेनाले शितलहर,वाढी,आगलागी लगायतका सवै विपदको वेला सेना सहयोगीको भुमिका निर्वाह गरिरहेकोमा महोत्तरीमा शितलहर प्रभावितकै लागि गत वर्षहरु झै चिया र दाउरा वितरण लगायतका कार्यक्रमहरुलाई समेत निरन्तरता दिने प्रतिवद्धता व्यक्त गरे ।

यता मटिहानी नगरपालिकाका नगरप्रमुख हरि प्रसाद मण्डलले आफ्नै पालिकामा अझै केहि वस्तीका दलित तथा विपन्नहरु प्रभावित रहेकोमा नगरपालिकाकै तर्फबाट र अन्य निकायहरुबाट समेत सहयोगको प्रयास भैरहेको बताए । पालिकामा अधिकांश ग्रामिण वस्ती रहेको र उक्त वस्तीहरुमा दलित तथा विपन्नहरुको संख्या अत्यधिक रहेकोमा क्रमिक रुपमा सवै प्रभावितहरुको लागि सहयोग जुटाउन आफुहरु लागि परेको बताए ।

कार्यक्रममा महोत्तरीका प्रमुख जिल्ला अधिकारी वासुदेव दाहालले समेत विपदको वेला हुनेले नहुनेलाई सहयोग गरेर एकअर्काको पुरुकको भुमिका निर्वाह गर्नु पर्ने बताए । तपाई हाम्रो सानो सहयोगले कसैको जिवन नै जोगिन सक्ने भएकोले आफ्नो स्तरबाट शितलहर प्रभावितलाई आवश्यक सहयोग गर्नु पर्ने बताए ।

उनले स्थानिय विपत व्यवस्थापन समितिले स्थानिय तहहरु तथा विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्थासंग समन्वय गरि शितलहर प्रभावितहरुलाई राहतको व्यवस्थापनको लागि प्रयास थालिसकेको थपे ।

अझै महोत्तरीका प्राय सवै स्थानिय तहका दलित वस्तीहरुमा वसोवास गरिरहेका अतिविपन्न परिवारहरु परालकै ओछ्यान र परालकै घुरा तापेर चिसो छल्नुको विकल्प छैन । परिवर्तित मौसमले प्रत्यक्ष प्रभाव पारेको वस्तीहरुमा अझै राहतको प्रतिक्षा रहेकोमा नेपाली सेना तथा स्थानिय तह र अन्य सरोकारवाला निकायले उक्त स्थानहरुमा समेत शितलहर प्रभावितहरुलाई सहयोग गर्ने अपेक्षा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..

गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..

6 दिन पहिले

असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..

रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..

16 दिन पहिले

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

23 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

27 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिरà..

1 महीना पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ à¤..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

1 महीना पहिले