बारामा पत्रकार सम्मेलन सभा हलको समुद्घाटन सम्पन्न
उपेन्द्र पासवान
बारा जिल्ला स्थित कलैया उपमहानगरपालिकामा रहेको जी न्यूज नेटवर्क प्रा. लि. को आफ्नै नव निर्मित सुबिधा सम्पन्न पत्रकार सम्मेलन सभा हलको एक कार्यक्रमका बिच समुद्घाटन भएको छ । कार्यक्रमका प्रमुख अतिथि माननीय प्रमोद गुप्ताले पानस बति बालेर उक्त हलको उद्घाटन गरेका हुन । जी न्यूज नेटवर्कले अति नै कम समयमा बारा सहित देशकै लोकप्रिय एवं विश्वसनीय सञ्चार माध्यमको रूपमा स्थापित भएको र यस मिडियाले आम जनताको मन जित्दै र आवाज बिहिनको आवाज उठाउँदै अघि बढदै जानेछ भनी विश्वास रहेको समेत गुप्ताले बोलेका छन् ।
आनन्द शर्मा साहसी व्यक्ति रहेको समेत गुप्ताले बताए । जी न्यूज नेटवर्कका प्रबन्ध निर्देशक आनन्द शर्मा असिमित शक्ति भएका व्यक्ति हुन । उनी यस सञ्चार माध्यमलाई सफलताको शिखर सम्म पकै पनि पुर्याउनु हुनेछ भनी विश्वास रहेको कार्यक्रमका विशिष्ट अतिथी एवं उद्योग वाणिज्य संघ बाराका उपाध्यक्ष प्रदीप कुमार साह (गोल्डेन) ले बताए ।
रामबाबु साहले भने - आनन्द शर्माले बारा जिल्लामा एउटा नौलो कुरा लिएर आउनुभएको छ । यसले सम्पुर्ण बारा बासिको सिर उच्च भएको छ । आनन्द शर्मा सफल संचारकर्मी मात्र नभएर उनी राजनीतिक र मिडिया प्रशिक्षकको रूपमा पनि आफ्नो नाम सहित देशको नाम चिनाउन सफल रहेको व्यक्ति हुन । उहाँ जस्तो व्यक्तिलाई सम्पुर्ण नेपालीले सहयोग र साथ दिई अघि बढनमा मद्दत गर्नुपर्छ । चार वटा बिरोधी पत्रिका चार हजार सेना भन्दा पनि डर लाग्दा हुन्छन् ।” "पत्रकारिता सभ्यसमाजको शिक्षक, समालोचक, र पहरेदार हो, जसले समाज परिवर्तन र सुधारमा महत्वपुर्ण भुमिका खेल्छ । पत्रकारिता आवजविहिनको आवाज हो जसले समाज भएका विकृती र विसंगतीहरूलाइको पर्दाफास गर्दै यसले पहुँच नभएका सर्वसाधारण नागरिकको पक्षमा वकालत गर्दछ । पत्रकारिताले शासक र शासित वर्गविचको भेदलाई कम गर्दै आपसी सम्वाद, सहमती, र सहकार्यको वातावरण सिर्जना गर्दछ ।
यसले समाजमा लुकेर गरिने भ्रष्टचारलाई पर्दाफास गर्दै निरुत्साहित गदै सभ्य समाज निर्माणमा महत्वपुर्ण भुमिका निर्वाह खेल्न भुमिका खेल्छ । ओझेलमा परेका पिछडीएका, हेपिएका विकासको मुलधारमा नसमेटीएका सर्वसाधारण नागरिकलाई सशक्तिकरण गर्ने माध्यम नै पत्रकारिता रहेको रामचन्द्र चौधरीले बताए । "राज्यको ‘वाचडग’ वा राज्यको चौथो अंगको उपाधी पाएको पत्रकारिता आज विभिन्न चुनौतीसंग खेलिरहेको अवस्था छ । नेपालका विभिन्न भौगोलिक विकटता भएका क्षेत्रमा त झनै चुनौतीपुर्ण बिषय छ । पत्रकारिता अवसरले भरिएको चुनौतीपूर्ण पेसाका रुपमा पनि लिइने गरिन्छ । पत्रकारिता क्षेत्रमा राज्यको लगानी सून्यप्राय छ । यसकारण पनि पत्रकारिता क्षेत्रमा झनै चुनौति बढेको देखिन्छ । नेपाली पत्रकारिता क्षेत्रले एक सय वर्ष पार गरिसक्दा पनि यस क्षेत्रका चुनौतीहरू भने कम हुनसकेका छैनन् । किनकि, मिडिया क्षेत्रमा लगानीको अभाव छ । व्यावसायिक पत्रकारिताको अभ्यास कम छ । यसले गर्दा मिडिया क्षेत्रमा काम गर्ने मिडियाकर्मिहरू टिक्न सकिरहेका छैनन् । मिडियामा काम गर्ने मिडियाकर्मिहरू नै नटिकेपछि मिडिया हाउसहरूको अवस्था के र पत्रकारिताको अवस्था के ? भन्ने प्रश्न उब्जिन्छन् । आर्थिक अभाव, दक्ष जनशक्तिको अभाव, अव्यवस्थित मिडिया हाउसहरू पत्रकारिता क्षेत्रका समस्या हुन् । जवसम्म मिडिया हाउस आर्थिक रुपमा सवल हुन सक्दैनन् तवसम्म पत्रकारिता दिगो र सवल बन्न नसक्ने जी न्यूज नेटवर्कका प्रबन्ध निर्देशक आनन्द शर्माले बताए ।"
आनन्द शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा माननीय प्रमोद गुप्ता, उधोग बाणिज्य संघ बाराका उपाध्यक्ष प्रदीप कुमार साह (गोल्डेन), जनमत पार्टीका केन्द्रिय सदस्य रामबाबु साह, नेपाल परिवार दलका जिल्ला अध्यक्ष रामचन्द्र चौधरी, नेकपा एकीकृत समाजवादीका जिल्ला सदस्य एवं युवा संघका प्रदेश संयोजक ध्रुव यादव, नेकपा एकीकृत समाजवादीका नगर अध्यक्ष हरिओम साह लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको उद्घोषण भने रमेश साहको रहेको थियो ।
मौसम परिवर्तनसँगै स्वास्थ्य जोखिम बढ्दो, सचेत रहन डा. जा..
ममता शर्मा महोत्तरी, कार्तिक २३ गते । मौसम परिवर्तनसँगै महोत्तरी लगायत मधेशका विभिन्न क्षेत्रमा रुघाखोकी, सर्..
3 दिन पहिले
माओवादी केन्द्रले मधेश प्रदेश संसदीय दलको नेतामा भरत प्..
महोत्तरी, कात्तिक १७ गते ।नेकपा (माओवादी केन्द्र)ले मधेश प्रदेश सभामा आफ्नो संसदीय दलको नेताको जिम्मेवारी फेरि ए..
9 दिन पहिले
आयोजककै कब्जामा मुन्नी मिश्री भलिबलको उपाधि
महोत्तरी, कार्तिक ९ गते । गौशालाको कान्तिबजारमा सम्पन्न तेश्रो मुन्नी मिश्री भलिबलको उपाधि आयोजकले सुरक्ष..
17 दिन पहिले
बजारको फोहोरको आलोचना भएपछी महतो खुलासा गरे वास्तविक कु..
महोत्तरी, कार्तिक ९ गते ।महोत्तरीको गौशाला बजार फोहोर भएपछी जनसमुदायले गरेको आलोचनालाइ चिर्दै देव नारायण महतो..
17 दिन पहिले
छठ मनाउँदा मौसमको ख्याल गर्न अनुरोध
महोत्तरी, कार्तिक ८ गते । हिन्दू धर्मावलम्बीहरूको महान पर्व छठको अवसरमा मौसमविद्हरूले स्वास्थ्य र सुरक्षाप्रत..
17 दिन पहिले
मौसम परिवर्तनसँगै स्वास्थ्य जोखिम बढ्दो, सचेत रहन डा. जा..
ममता शर्मा महोत्तरी, कार्तिक २३ गते । मौसम परिवर्तनसँगै महोत्तरी लगायत मधेशका विभिन्न क्षेत्रमा रुघाखोकी, सर्..
3 दिन पहिले
माओवादी केन्द्रले मधेश प्रदेश संसदीय दलको नेतामा भरत प्..
महोत्तरी, कात्तिक १७ गते ।नेकपा (माओवादी केन्द्र)ले मधेश प्रदेश सभामा आफ्नो संसदीय दलको नेताको जिम्मेवारी फेरि ए..
9 दिन पहिले
बजारको फोहोरको आलोचना भएपछी महतो खुलासा गरे वास्तविक कु..
महोत्तरी, कार्तिक ९ गते ।महोत्तरीको गौशाला बजार फोहोर भएपछी जनसमुदायले गरेको आलोचनालाइ चिर्दै देव नारायण महतो..
17 दिन पहिले
छठ मनाउँदा मौसमको ख्याल गर्न अनुरोध
महोत्तरी, कार्तिक ८ गते । हिन्दू धर्मावलम्बीहरूको महान पर्व छठको अवसरमा मौसमविद्हरूले स्वास्थ्य र सुरक्षाप्रत..
17 दिन पहिले
महोत्तरीमा प्रदेशस्तरीय भलिवल प्रतियोगिता हुँदै
ममता शर्मामहोत्तरी, कार्तिक ६ गते । महोत्तरीको गौशालामा प्रदेशस्तरीय तेस्रो मुन्नी मिश्री स्मृति भलिवल प्रति..
20 दिन पहिले
देउसी भैलो खेल्दा स्वास्थ्य र अनुशासनमा ध्यान दिन सुझाव
निरञ्जन कुमार साह महोत्तरी, कार्तिक ५ गते । नेपालीहरुको मौलिक पर्व तिहारमा देशभर देउसी भैलोको रौनकता छाएको छ । दे..
21 दिन पहिले
मौसम परिवर्तनसँगै स्वास्थ्य जोखिम बढ्दो, सचेत रहन डा. जा..
ममता शर्मा महोत्तरी, कार्तिक २३ गते । मौसम परिवर्तनसँ..
कमेन्ट गर्नुहोस्
view comments